परिवारको ‘गोप्य सहयोगी’ बनिदिने !
본문 읽기
4:38
현재 언어는 음성 재생을 지원하지 않습니다.

कसैले यहाँहरूको हेरचाह गरिदियो, यहाँहरूलाई खुशी तुल्यायो, र गाह्रो अवस्थामा खुशीसाथ सहयोग गर्न खोज्यो भने कस्तो लाग्छ त ? खुशी र हौसला मिल्नुको साथै मनोबल पनि बढ्छ नि ? यहाँहरूसँग त्यसो गरिदिने व्यक्तिहरू त पहिल्यैदेखि नै छन् । ती हुन् परिवार !
तर हामीहरू यो यथार्थतालाई प्रायः बिर्सने गर्छौं । परिवारबाट प्रेम पाइरहेको भए पनि धन्यवाद नदिईकन उल्टै उनीहरूप्रति गनगन र गुनासो गरेका अवस्थाहरू पनि हुन सक्छ ।
यो महिनाचाहिँ आफ्नो परिवारबाट कुनै कुराको अपेक्षा नगरी गोप्य रूपमा परिवारको निम्ति कुनै असल काम गरिदिएर ‘परिवारको गोप्य सहयोगी’ बनिदिँदा कसो होला ? प्रेम लिँदाको खुशीभन्दा प्रेम दिँदाको खुशी अझ ठूलो छ भन्ने कुरा जान्न सकिनेछ ।
- सुझाव
- मिसनको अवधि निर्धारण गर्ने
- कागजको टुक्रामा परिवारका सबै सदस्यहरूको नाम लेखेर प्रत्येकले एउटा-एउटा छान्ने
- कसको नाम पऱ्यो भनेर छान्ने व्यक्तिले कसैलाई पनि नभन्ने
- आफूले नाम छानेको व्यक्तिको निम्ति एक दिनमा एउटा वा त्योभन्दा बढी सुकर्म गरिदिने (सहयोग गरिदिने, हेरचाह गरिदिने, मुस्काउने, नम्र व्यवहार गर्ने, कुनै उपहार दिने वा कृतज्ञता अभिव्यक्त गर्दै नोट लेखेर दिने)
- मिसन अवधि समाप्त भएपछि एक-अर्कालाई आ-आफ्नो सहयोगी को थियो भनेर अनुमान लगाउन भन्ने
- आफूलाई हेरचाह गरेको सदस्यका ३ वटा असल पक्षहरू बताउने
- मिसन अवधि समाप्त भएपछि एक-आपसमा महसुस बाँड्ने र गोप्य सहयोगीलाई धन्यवाद व्यक्त गर्ने
- केवल २ जनाको परिवार भएको अथवा सबै परिवारका सदस्यहरू एकसाथ यो मिसनमा सहभागी हुन नसकिएको खण्डमा एकलै सहभागी भएर परिवारका सदस्यहरूसँग बाँड्दा हुन्छ ।