संयुक्त राज्य अमेरिकाको भर्जिनियामा ‘ASEZ भावी लिडर फोरम’

अपराध न्यूनीकरणमा नेतृत्व लिने लिडरहरूको प्रवर्द्धन

संयुक्त राज्य अमेरिका

April 28, 2019 421 हेरेको संख्या

अप्रिल २८ तारिखमा संयुक्त राज्य अमेरिकाको भर्जिनिया, न्यूपोर्ट न्यूजमा अवस्थित परमेश्वरको मण्डलीमा ‘ASEZ भावी लिडर फोरम’को आयोजना गरियो । भविष्यका कर्णधार विश्वविद्यालय विद्यार्थीहरूलाई अपराध रोकथाम तथा न्यूनीकरणमा नेतृत्व लिने भावी लिडरको रूपमा हुर्काउनुको साथै स्थानीयवासीको सहभागितालाई जगाउनको निम्ति योजनाहरू विकास गर्ने हेतुले उक्त फोरमको आयोजना गरिएको थियो । अपराध रोकथाम गरेर सुरक्षित समाज निर्माण गर्ने कार्यको निम्ति नगरका प्रहरी अधिकृत, ASEZ सदस्यहरू र ९० जना स्थानीयवासीहरू एकजुट भएका थिए ।

फोरममा, ASEZको एक हिस्सा रहेको “एकसाथ अपराध न्यूनीकरण(Reduce Crime Together)” प्रोजेक्टमा न्यूपोर्ट न्यूजका प्रहरी प्रमुख स्टीभन ड्रयू, शेरिफ गब्रियल मोर्गन, नोर्फोल्क स्टेट विश्वविद्यालयका प्राध्यापक डयानिएल वर्मन र स्थानीय वकील जेफ्री रिडल प्रवक्ताको रूपमा प्रस्तुत भएका थिए । उनीहरूले अपराध न्यूनीकरण र रोकथामसम्बन्धी शिक्षामा जोड दिनुका साथै त्यसमा सहभागी हुनुको महत्त्वमाथि प्रकाश पारेका थिए । यसको अतिरिक्त उनीहरूले आमाको प्रेममा आधारित रुचि र हेरचाहले समाजका सदस्यहरूबीचको दूरी तथा आपसी विवाद कम गर्न सकिने कुरा बताएका थिए ।

प्रवक्ताहरूले आफ्नो प्रस्तुतिपछि हस्ताक्षरमार्फत ASEZका गतिविधिहरूमा समर्थन जनाउने इच्छा जाहेर गरे । शेरिफ गब्रियल मोर्गनले भने, “साँचो परिवर्तन ल्याउन चाहने यहाँहरूको इच्छालाई मैले महसुस गर्न सकें । यो सङ्गठन(ASEZ)लाई समाजका जरुरी पक्षहरू एकदमै राम्ररी थाहा छ, यही कुराले मेरो मन एकदमै जोशले भरिदिन्छ ।” सोही दिनमा सहभागीहरूले दैनिक जीवनमा हुने अपराधहरू रोकथामको निम्ति लागू गर्न सकिने योजनाबारे छलफल गरे, अनि माताको मनद्वारा एकसाथ समाजलाई सुरक्षित बनाउने पहिलो कदम चाले ।