WATV.org is provided in English. Would you like to change to English?

सन् २०१९ ASEZ अन्तर्राष्ट्रिय शिखर सम्मेलन

अपराधमुक्त संसारतर्फ परिवर्तनको निम्ति ठूलो फड्को

दक्षिण कोरिया

July 15, 2019 868 हेरेको संख्या

सानो ट्राफिक नियम उल्लङ्घन गर्ने कुरादेखि अरूको जीवनलाई हानि पुऱ्याउने जघन्य अपराधसम्म, सबै अपराधहरू ‘मानिस’बाट हुने गर्छ । अपराधको दर घटाउन र अपराध रोकथाम गर्नका लागि समाजका प्रत्येक व्यक्तिहरू परिवर्तन हुन आवश्यक छ ।

अपराधमुक्त संसार, शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका निम्ति क्याम्पसबाट परिवर्तन सृजना गर्ने आकांक्षाका साथ विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू जुलाई १५ तारिखमा, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित ‘सन् २०१९ ASEZ अन्तर्राष्ट्रिय शिखर सम्मेलन’मा सहभागी भए । ‘अपराधमुक्त संसारतर्फ परिवर्तनको निम्ति ठूलो फड्को’ भन्ने शीर्षकअन्तर्गत, ASEZको ‘एकसाथ अपराध न्यूनीकरण(Reduce Crime Together, RCT)’ परियोजनालाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्ने कार्य-योजनाबारे छलफल गर्न तयार पारिएको उक्त कार्यक्रममा सउल राष्ट्रिय विश्वविद्यालय (कोरिया), हार्भड विश्वविद्यालय (संयुक्त राज्य अमेरिका), केप टाउन विश्वविद्यालय (दक्षिण अफ्रिका), वेस्टर्न विश्वविद्यालय (अस्ट्रेलिया) इत्यादि विश्वविद्यालयहरूबाट आएका ६ वटा महादेशभित्रका ४२ वटा देशका ASEZ सदस्यहरू लगायत प्राध्यापकहरू, पत्रकारहरू गरेर २,५०० जनाभन्दा बढीले सहभागिता जनाएका थिए । संयुक्त राज्य अमेरिका, बेलायत, मेक्सिको इत्यादि देशका विशिष्ट व्यक्तित्वहरूले बधाईका सन्देशहरू पनि पठाएका थिए । भारतकी पूर्व राष्ट्रपति प्रतिभा देवी सिंह पाटिलले “ASEZका सम्पूर्ण गतिविधिहरू प्रशंसायोग्य छन्” भन्ने भिडियो सन्देश पठाएकी थिइन् ।

पहिलो चरण विशेषज्ञ व्याख्यान : ज्ञान र अनुभवको आधारमा विभिन्न वर्गका प्रतिष्ठित व्यक्तिहरूको सल्लाह

निरन्तर हुने अपराधलाई न्यूनीकरण गर्नमा प्रयत्नरत विश्वविद्यालय विद्यार्थीहरूमाझ एलोहिम परमेश्वरको आशिष्‌ सधैँ साथमा रहेको चाहनुहुने महासचिव पास्टर गिम जु छलको प्रार्थनासँगै सम्मेलन आरम्भ भयो । पहिलो चरणको विशेषज्ञ व्याख्यानको विषयचाहिँ ‘उत्प्रेरणा’ थियो । सम्मेलनमा सहभागी भएका पेरुभेली न्याय विभागका आपराधिक प्रक्रिया कोडका प्रशासक, डेभिड अल्बर्टो मार्कोस पिस्कोयाले आफ्नो व्याख्यानमा किशोर अपराधको गम्भीरतालाई उल्लेख गर्दै “युवाहरू नै समाजमा सन्तुलन कायम राख्ने आधार हुन् । बालबालिका र युवाहरूलाई जीवनको नमूना बनाउने युवाहरूको भूमिकाबाट नै अपराध रोकथाम गर्ने समाधान पत्ता लगाउन सकिन्छ” भनेका थिए ।

यूक्रेनको राष्ट्रिय पेडागोजिकल ड्रगोमानोभ विश्वविद्यालयका अध्यक्ष, आन्द्रुसिछेन्को भिक्टोर पेट्रोभिचले आफ्नो भिडियो व्याख्यानमा ज्ञान र विवेकद्वारा अपराध हटाउनमा विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण हुने कुरालाई जोड दिँदै विश्वविद्यालय विद्यार्थीहरूले ‘भविष्यतर्फको सफलता’को रूपमा आफ्नो भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे । ब्राजिलको अमेजोनासको फेडेरल विश्वविद्यालयकी शिक्षाध्यक्ष(रेक्टर), सिल्बिओ मारियो पुगा फेरेइराले “अपराधमुक्त संसारतर्फको ठूलो फड्कोचाहिँ संसारकै महत्त्वपूर्ण कार्य हो । भविष्यका लिडर रहेका युवाहरूलाई अपराध न्यूनीकरण गर्न र अझ राम्रो एवम् व्यवस्थित समाज बनाउने प्रमुख भूमिका निर्वाह गर्न प्रोत्साहन दिने आजको यस कार्यक्रमको म पूरा समर्थन गर्दछु” भनिन् । फिलिपिन्सको आन्तरिक तथा स्थानीय सरकार सचिव, एदुआद्रो एनो अनि अर्जेन्टिनाको ला रिओहाजुको सरकार सुरक्षा मन्त्री, होसे मानुएल दे ला फुएन्तेले पनि देशको सुरक्षा अवस्था तथा सरकार र प्रहरीको अपराध प्रतिक्रिया प्रणालीबारे वर्णन गर्दै विश्वविद्यालय विद्यार्थीहरूको एकता र सहकार्यको लागि आग्रह गरे ।

दोस्रो चरण विश्वविद्यालय विद्यार्थी शिखर सम्मेलन : महादेश र देशका प्रतिनिधिहरूको विचार सङ्कलन

विश्वविद्यालय विद्यार्थी शिखर सम्मेलनचाहिँ ‘युवा नेतृत्व(Youth-led)’ भन्ने शीर्षकमा आयोजना भएको थियो । विश्वविद्यालय विद्यार्थीहरूले आफ्नो आवाज उठाउँदै अपराध रोकथामका उपायहरूको खोजी गरे । यूएनजस्तो अन्तर्राष्ट्रिय सङ्गठनको बैठक शैली अपनाइएको यस ठाउँमा प्रत्येक महादेशबाट ६ जना प्रतिनिधिहरूले वर्तमान अपराधको अवस्था प्रस्तुत गर्दै सोहीअनुसारको संयुक्त गतिविधिहरूको प्रस्ताव राखे । आधारभूत क्रम उल्लङ्घनदेखि हत्याजस्तो हिंस्रक अपराध र हालको सामाजिक समस्या रहेको घृणा-अपराध(हेट क्राइम) तथा साइबर अपराधसम्मका समस्याहरूको सामना गरी त्यसको समाधान गर्ने विचारहरू बाहिर आए ।

तीमध्ये उत्तर अमेरिकाकी प्रतिनिधि सिस्टर सिडनी एलिस रोजर्स(वेबर राष्ट्रिय विश्वविद्यालय, यूटा, संयुक्त राज्य अमेरिका)ले साइबर क्षेत्रलाई अपराधबाट सुरक्षित गर्ने अर्थमा ‘जिरो क्राइम वेब जोन(Zero Crime Web Zone)’ गठन गर्न सल्लाह दिइन् । यूरोपका प्रतिनिधि ब्रदर बेर्नान्डो मिल्लर(म्युनिक प्रविधि विश्वविद्यालय, जर्मनी)ले हिजोआज हिंस्रक अपराधहरू वृद्धि हुनुको कारण नै ‘मानव अधिकारबारे जनचेतनाको कमी’ रहेको कुरा औँल्याउँदै हरेक नागरिकले परिवर्तन ल्याउन सक्नको निम्ति मानव अधिकारबारे जनचेतना प्रवर्द्धन अभियान सञ्चालन गर्न सुझाव दिए ।

देशका प्रतिनिधिहरूले प्रत्येक एजेन्डामा गरेका सहमति र असहमतिको मत गणनाअनुसार सङ्कल्पका बुँदाहरू तयार गरियो । प्रत्येक देशका प्रतिनिधिहरूले RCT प्रोजेक्टको अनुभवको आधारमा आ-आफ्नो विचार राखे । फिलिपिन्सकी प्रतिनिधि, सिस्टर दाफ्नी जेपन्ता जासिन्तो(तार्लाक स्टेट विश्वविद्यालय, फिलिपिन्स)ले अपराध रोकथामको निम्ति आफूहरूले आयोजना गरेको फोरम र राष्ट्रिय प्रहरी निकायसँग गरेको MOU हस्ताक्षरको विषयमा बताउँदै “आधारभूत क्रमबारे नागरिक जनचेतना विकास गर्न र अपराध न्यूनीकरण गर्न केन्द्रीय तथा स्थानीय सरकारसँग सक्रिय वार्ता र सञ्जाल निर्माण गर्न आवश्यक छ” भनिन् । मोजाम्बिककी प्रतिनिधि, मारिनेला दा एस्पेरान्जा जुआङ(एडवार्डु मोन्डलान विश्वविद्यालय, मोजाम्बिक)ले “विश्वविद्यालयहरूसँगको सञ्जाललाई प्रबल पार्नु पनि महत्त्वपूर्ण छ । आसेज एकसाथ अपराध न्यूनीकरण रिपोर्टलाई शैक्षिक पाठ्यक्रममा पनि समावेश गराएर, विद्यार्थीहरूबाट अपराध रोकथामका अवधारणाहरू सङ्कलन गरेर स्वाभाविक रूपले जनचेतनामा बद्लाव आउने गराऔं” भनिन् ।

करीब डेढ घण्टासम्म जारी रहेको सम्मेलनको अन्तमा, उनीहरू सन् २०२१सम्ममा ६ वटै महादेशहरूमा लागू गर्ने सहकारितामा पुगे । ‘शिक्षा, कार्यान्वयन र ऐक्यबद्धता’ यी ३ क्षेत्रसम्बन्धी विस्तृत कार्य योजना रहेको ‘परिवर्तनका निर्माताहरूको सङ्कल्प(Change Makers’ Resolution)’ले अपराधमुक्त संसार निर्माणको निम्ति विश्वविद्यालय विद्यार्थीहरूको भूमिका र कर्तव्यलाई जोड दिएको छ । प्रत्येक महादेशका प्रतिनिधिहरूले सङ्कल्प-पत्र उच्च सोरमा पाठ गरेर हस्ताक्षर गर्दा, यता सहभागीहरूले जोडदार तालीद्वारा समर्थन र सहभागिता जनाए ।

सम्मेलनको अन्तमा, आसेजका गतिविधिहरूलाई सहयोग गर्न सल्लाह समिति गठन गरियो । भविष्यवक्ता जेरोम सि. ग्लेन, मिलेनियम प्रोजेक्टका निर्देशक, विश्वविद्यालयका अध्यक्षहरू र प्राध्यापकहरू, स्थानीय नगरपालिका प्रमुखहरू इत्यादि थुप्रै विज्ञहरूले सहृदयले आसेजलाई समर्थन गर्ने वाचा गरे ।

पृथ्वीको वातावरणलाई संरक्षण गरेर मानव समाजलाई माताको प्रेमले भर्न प्रयत्न गर्दैआएको आसेजले यस पटकको शिखर सम्मेलनलाई उन्नतिको सुरुवातको रूपमा लिँदै अझ व्यवस्थित र विश्वव्यापी गतिविधिहरू अगि बढाउँदैलानेछ । विश्वविद्यालय बिदा हुने अगस्ट महिनामा विश्वभरिका आसेज सदस्यहरूले ३० वटाभन्दा बढी देशका अन्तर्राष्ट्रिय संघ-संस्थाहरू, सरकारी निकायहरू, नगरपालिकाहरू र NGOहरूसँग सञ्जाल निर्माण गरेर RCT गोष्ठी, ग्रीन क्याम्पस सरसफाइ अभियान इत्यादि गतिविधि र स्वयंसेवाहरूद्वारा सर्वसाधारणको ध्यानाकर्षण एवम् सहभागिताका लागि प्रोत्साहन दिने योजना गरेका छन् ।

एकाग्र ज्ञान र अभ्यासद्वारा लगनशीलताका साथ कार्य गर्ने आसेज विश्वविद्यालय विद्यार्थीहरूको चिच्च्याहट एसिया, उत्तर र दक्षिण अमेरिका, यूरोप, ओसिनिया र अफ्रिकामा गुञ्जिन थालिसकेको छ : “We will change our future, with you(हामीहरू हाम्रो भविष्यलाई तपाईंको साथमा परिवर्तन गर्नेछौं) !”

परिवर्तनका निर्माताहरूको सङ्कल्प
Change Makers’ Resolution
  • हामी वयस्क र बालबालिकाको निम्ति चरित्र शिक्षा तथा भावना निर्माण गर्ने प्रोग्राम आयोजना गर्नेछौं ।
  • हामी एकसाथ अपराध न्यूनीकरण रिपोर्टलाई शैक्षिक पाठ्यक्रमको रूपमा विकास गर्दैलानेछौं ।
  • हामी मानव अधिकार अभियान अनलाइन र अफलाइनबाट जारी गर्नेछौं ।
  • हामी प्रत्येक देशको आपराधिक अवस्थालाई मध्यनजर गर्दै सामुदायिक स्वयंसेवा गतिविधिहरू गर्नेछौं ।
  • हामी अपराधका कारणहरू जाँचेर रिपोर्ट गर्ने ‘अपराध रोकथाम विश्वविद्यालय विद्यार्थी प्रेस’ सञ्चालन गर्नेछौं ।
  • हामी आसेज आबद्ध रहेको १७५ वटै देशका प्रत्येक सहरमा जेरो क्राइम स्ट्रीट र जेरो क्राइम स्कूल तोक्नेछौं ।
  • हामी सरकार, कम्पनी र NGOहरूसँग सञ्जाल निर्माण गरेर फोरमको आयोजना गर्नुका साथै संयुक्त परियोजनाको विकास गर्नेछौं ।
  • हामी आसेज सल्लाह समितिद्वारा हाम्रा क्रियाकलापहरूलाई अगि बढाउनेछौं, अनि विभिन्न क्षेत्रका लिडरहरूसँगको निरन्तरको वार्तालापद्वारा हाम्रो क्षमता दह्रिलो बनाउनेछौं ।