August 26, 2019

विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ, ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी

दिगो सहर र समाज निर्माणमा युवाहरूको भूमिकाबारे छलफल

संयुक्त राज्य अमेरिका

514 हेरेको संख्या

स्वस्थ समाज, स्वस्थ पृथ्वी निर्माणको लागि क्याम्पसभित्र र बाहिर कार्यरत परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ), यूएनको निमन्त्रणामा अगस्ट २६ तारिखदेखि ३ दिनसम्म आयोजित ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी भयो । यूएन नागरिक समाज सम्मेलन(UN DPI·NGO Conference)चाहिँ NGOहरूका लागि सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो, जहाँ १०० वटाभन्दा बढी देशको नागरिक समाजका ७०० जनाभन्दा बढी प्रतिनिधिहरू भेला भएर फोरम, वर्कशप र प्रदर्शनीद्वारा मौसम परिवर्तन, मानव अधिकार र विविध स्वयंसेवा कार्यबारे छलफल गर्ने गर्छन् ।

संयुक्त राज्य अमेरिकाको यूटा सल्ट लेक सिटीको सल्ट प्यालेस अधिवेशन केन्द्रमा गरिएको यो वर्षको सम्मेलनको विषयचाहिँ ‘समावेशी, सुरक्षित, लचिलो र दिगो सहर तथा मानव-बस्ती निर्माण’ थियो । अहिले विश्वको आधा जनसङ्ख्या बसोबास गरिरहेको र सन् २०५०सम्म उक्त दर वृद्धि भएर ६८% पुग्ने अनुमान गरिएको सहरका विविध समस्याहरू समाधान गर्ने र वातावरण प्रवर्द्धन गर्ने विषयचाहिँ मुख्य गृहकार्यमध्येको एक बनेको छ । आसेजले २८ तारिखमा ‘युवा नवीनता र स्वयंसेवा’ भन्ने शीर्षकमा वर्कशप गरेर दिगो सहरको निम्ति युवाहरूको भूमिकामाथि प्रकाश पाऱ्यो ।

यूएन अधिकृतहरू, नागरिक समाजवादीहरू, प्राध्यापकहरू र विश्वविद्यालय विद्यार्थीहरूसहित २५० जनाभन्दा बढीको सहभागिता रहेको यस ठाउँमा, आसेजका गतिविधिहरूमा सहकार्य गर्दैआएका यूटा यूएन सङ्गठनका अध्यक्ष क्याथेरिन सेन्ट जोन र यूटा विश्वविद्यालयको लोवेल बेन्नियन सामुदायिक सेवा केन्द्रका कार्यकारी निर्देशक डिन मेकगभर्नले प्रस्तुति दिए । यी दुवै वक्ताले सहकारिताको महत्त्वमाथि जोड दिए । तिनीहरूका अनुसार, नवीन जवान पुस्ता र अनुभवी वयस्क पुस्ता एकसाथ मिलेर काम गर्दा आदर्श स्वयंसेवा कार्य सम्भव हुन्छ । कार्यकारी निर्देशक मेकगभर्नले “धेरै हातहरू, शिरहरू र मनहरूको खाँचो परेको यो समयमा आसेजले मानिसहरूलाई भेला गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ” भन्दै निरन्तर कार्य गरिदिन अनुरोध गरे । आसेज सल्ट लेक सिटी क्षेत्रका प्रतिनिधि युवा विद्यार्थी सिडनी रोजर्सले “स्वतन्त्रता र अवसरहरू धेरै पाउने युवाहरूले आ-आफ्नो योग्यताद्वारा संसारलाई बदल्न प्रयत्न गर्ने हो भने मानव-जातिले सामना गर्ने समस्याहरू हल गर्नका लागि नवीन समाधानका उपायहरू पत्ता लाग्नेछ” भन्दै प्रस्तोता सहभागीहरूलाई समर्थन गरे ।

आसेजले सम्मेलनको दौरान यूटाको यूएन सङ्गठन जस्ता विभिन्न निकायहरूसित MOU समर्थन हस्ताक्षर गऱ्यो । त्यसपछि आसेजले दिगो सहर र समाजको सञ्जाल स्थापना गर्न र सर्वसाधारणको सहभागिता जगाउन सेप्टेम्बर ८ तारिख कोलोराडो, डेन्भरको डबल ट्रीको ग्रेन्ड बलरुममा मौसम परिवर्तनसम्बन्धी फोरमको आयोजना गऱ्यो ।