WATV.org is provided in English. Would you like to change to English?

धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरू

38,493 भ्यु

बाइबलमा, धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरूका कार्यसम्बन्धी थुप्रै अभिलेखहरू छन् । तिनीहरूको कार्यद्वारा, यो युगमा हामीले लिनुपर्ने धैर्यताको मनस्थितिबारे अध्ययन गर्नेछौं ।

१. अय्यूबको धैर्यता

परमेश्वरले हेर्नुहुँदा अय्यूब धर्मी र निर्दोष मानिस थिए । छोरा-छोरीहरू पनि धेरै भएका तिनी समृद्ध थिए, अनि तिनलाई कुनै कुराको कमी थिएन । अय्यूबको डाह गरेको शैतानले अय्यूबलाई सहनै गाह्रो हुने परीक्षा गऱ्यो । अय्यूबले आफ्नो सम्पत्ति र सन्तानहरूसमेत गुमाए । यद्यपि ती सबै परीक्षाहरूको बाबजुद अय्यूबले गनगन नगरी केवल परमेश्वरलाई प्रशंसा गरे ।

… भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु । परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस् ।” यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन् । अयू १:२१-२२

शैतानले अय्यूबको पैतालादेखि टाउकोसम्मै कष्टप्रद खटिरा उब्जाइदिएर लगातार परीक्षा गऱ्यो । अय्यूबकी पत्नीले तिनलाई “के अझै पनि परमेश्वरलाई विश्वास गरिरहनुहुन्छ ? परमेश्वरलाई सराप्नुहोस् र उहाँबाट फर्कनुहोस्” भनिन् । तर त्यस्तो चरम अवस्थामा समेत अय्यूबले परमेश्वरप्रतिको आफ्नो विश्वासलाई दह्रिलो गरी कायम राखे ।

अय्यूबले जवाफ दिए, “तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्दछ्यौ । परमेश्वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने ?” यी सबै कुरामा आफूले बोलेको कुरामा अय्यूबले पाप गरेनन् । अयू २:१०

यसरी परमेश्वरप्रतिको आफ्नो विश्वासलाई जोगाएर शैतानको दुष्ट षड्यन्त्रमाथि विजयी भएका अय्यूबलाई परमेश्वरले प्रशस्त आशिष् दिनुभयो । तिनका सबै धन-सम्पत्तिहरू पहिलेको भन्दा दुई गुणा बढाइदिनुभयो, र सन्तानहरू पनि धेरै दिनुभयो । अय्यूबले चरम पीडाको बीचमा पनि अन्त्यसम्म आफ्नो विश्वासलाई जोगाएर आशिष् पाउन सक्नुको कारणचाहिँ तिनले धैर्य धारण गरेकाले थियो । हामीले पनि अय्यूबको उदाहरणलाई पछ्याउँदै सम्पूर्ण कठिनाइहरूलाई धैर्यताद्वारा जितेर परमेश्वरबाट प्रशस्त आशिष् प्राप्त गर्नुपर्छ ।

हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं । तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ । याक ५:११

२. प्रेरित पावलको धैर्यता

सुसमाचार प्रचार गर्ने क्रममा प्रेरित पावल विभिन्न परीक्षा र कठिनाइबीच गुज्रिए । तिनी धेरै पल्ट कैदमा परे, एक कम चालीस कोर्रा ५ पल्ट खाए, ढुङ्गाले हानिए, तिनी चढेको जहाज ध्वस्त भयो, एक दिन एक रात समुद्रमा बिताए । तिनी नदीहरूका जोखिममा, डाँकूहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, सहरको जोखिममा, उजाड-स्थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा परे । परिश्रममा र कष्टमा, कति-कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परे (२ कोर ११:२३-२७) । यस्ता चरम कठिनाइहरूको बाबजुद तिनले अन्त्यसम्मै आफ्नो विश्वास जोगाएकाले परमेश्वरबाट धेरै आशिष् प्राप्त गरे ।

प्रेरित पावलले सबै प्रकारका कठिनाइहरूलाई सहन सकेका चाहिँ तिनले धैर्य धारण गरेकाले हो । तिनले सुरुको मण्डलीका सन्तहरूलाई पनि धैर्य धारण गर्दै विश्वासको बाटो हिँड्नुपर्छ भनेर जोड दिए ।

यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं । हिब्रू १२:१

धैर्यताद्वारा कठिनाइ र परीक्षालाई जितेर परमेश्वरको आशिष् पाएका प्रेरित पावललाई हामीले याद गर्नुपर्छ । धैर्यताविना कदापि आशिष् प्राप्त गर्न सकिँदैन । हामीहरू जस्तोसुकै कठिनाइ आइपरे तापनि अन्त्यसम्म धैर्य धारण गर्दै जितेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको आशिष् प्राप्त गर्ने सन्तहरू होऔं ।

परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ । हिब्रू १०:३६

समीक्षात्मक प्रश्न
अय्यूबले शैतानको परीक्षामा पनि अन्त्यसम्म परमेश्वरप्रतिको विश्वासलाई जोगाएर आशिष् प्राप्त गर्न सकेका चाहिँ तिनले कस्तो मन लिएकाले थियो त ?
प्रेरित पावलले हिब्रू १०:३६मा, धैर्य धारण गर्नुपर्ने कारणबारे कसरी वर्णन गरेका छन् ?