करारको महत्त्व

मानव जीवनमा सम्पूर्ण कुराहरू प्रतिज्ञाद्वारा कायम हुन्छ । कार्यालयको जीवन, वैवाहिक जीवन, एउटा सामान किनबेचको कारोवारजस्ता हरेक पक्षहरू प्रतिज्ञाद्वारा पूरा भइरहेको छ । प्राचीन समयमा वस्तु–विनिमय प्रणालीद्वारा गरिने कारोबार अहिले आएर मुद्रा, चेक, क्रेडिट कार्ड इत्यादिको प्रयोगद्वारा गर्ने गरिन्छ । एउटै कागज भए तापनि कुनै कागज सामान्य टिस्यू पेपरको रूपमा प्रयोग भइरहेको छ भने कुनैचाहिँ सय रुपैयाँ, एक हजार रुपैयाँ गरी विभिन्न मूल्यहरूको रूपमा प्रयोग भइरहेको छ । योचाहिँ मानिस–मानिसबीच सम्झौता र प्रतिज्ञा भएकोले गर्दा हो । परमेश्वर र हामीबीच पनि यस्तै प्रतिज्ञा कायम छ । १. बप्तिस्माद्वारा कायम भएको परमेश्वर र परमेश्वरका प्रजाबीचको करार हामीले सुरुमा सत्यता ग्रहण गर्दा लिएको बप्तिस्माचाहिँ परमेश्वर र परमेश्वरका प्रजाबीचको करारको चिन्ह हो । हामीले सामान्य दिनमा नुहाउँदा प्रयोग गर्ने पानी र बप्तिस्माको निम्ति…

परमेश्वरको आज्ञा पालन गर्नुपर्ने कारण

यदि हामी परमेश्वरका प्रजा हौं भने, हामीले उहाँले स्थापना गर्नुभएका आज्ञाहरू पालन गर्नुपर्छ । परमेश्वरको आज्ञा पालन गर्न किन महत्वपूर्ण छ भन्ने कुरा बाइबलद्वारा अध्ययन गरौं । १. परमेश्वरलाई प्रेम गर्नेहरूले परमेश्वरका आज्ञाहरू पालन गर्छन् मानिसहरू आफूले मन पराएको व्यक्तिलाई भेटेको बेलामा हरेक उपाय र तरिकाद्वारा त्यो व्यक्तिप्रतिको आफ्नो प्रेम दर्शाउन प्रयत्न गर्छन् । कहिले पत्रहरू मार्फत, कहिले गुलाबको फूल मार्फत, कहिले विभिन्न उपहारहरू मार्फत आफ्नो प्रेम व्यक्त गर्ने प्रयास गर्छन् । त्यसोभए हामीले परमेश्वरप्रतिको हाम्रो प्रेम कसरी व्यक्त गर्नुपर्छ ? परमेश्‍वरले हामीले उहाँप्रतिको हाम्रो प्रेमलाई पत्रहरू, गुलाबहरू वा उपहारहरूद्वारा व्यक्त गरेको चाहनुहुन्न, बरु उहाँ हामीले 'परमेश्‍वरका आज्ञाहरू पालन गरेर' उहाँको प्रेम व्यक्त गरेको चाहनुहुन्छ । “ “मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ…