-
bible-word-nefaith-life-ne
- सबै
- समाचार
- Local Churches
Local Churches
जागिरेहरूका निम्ति हिलिङ गोष्ठी, कोरियाका ३ वटा सहरमा र मङ्गोलियाको उलानबटोरमा आयोजना
“हामीले नपठाए पनि गइहाल्ने आइतबार र हामीले नबोलाए पनि आइहाल्ने सोमबार ।” कोरियाको छन्आनस्थित सबुग मण्डलीमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’– सहानुभूति टकबाट ‘कार्यक्षेत्रमा तपाईंलाई थकित बनाउने कुरा के हो ?’ भनेर सोधिएको सर्वेक्षणमा एक जना सहभागीको रोचक जवाफले सबैलाई हँसायो । योचाहिँ आफ्नो थकित जीवनमा जति समय आराम गरे पनि अपुग हुने जागिरेहरूको भावनालाई दर्शाउने वाक्य थियो । व्यस्त जागिरेहरूलाई आराम प्रदान गर्ने ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’ सेप्टेम्बर १ तारिखमा कोरियाको सबैभन्दा ठूलो पर्यटनस्थल जेजुदो टापू, सङनाम र छनानमा एकैसाथ आयोजना गरियो । १५ तारिखमा, मङ्गोलियाको उलानबटोरमा पनि आयोजना गरिएको यस कार्यक्रमले स्थानीय बासिन्दाहरूबाट ठूलो प्रतिक्रिया आयो । कुल २,२०० जनाको सहभागिता रहेको कोरियाको जेजु ओरा मण्डली, छनान सबुग मण्डली र नयाँ यरूशलेम इमे मन्दिरमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ…
September 1, 2019
पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा आयोजित साङ्गीतिक कन्सर्ट
‘विश्वको साझा भाषा’ रहेको सङ्गीतको शक्तिद्वारा समाजमा एलोहिम परमेश्वरको प्रेम प्रसार गर्न र खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्न पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा साङ्गीतिक कन्सर्टको आयोजना गरियो । प्रत्येक देशका परमेश्वरको मण्डलीका सन्तहरूद्वारा तयार पारिएको यस पटकको साङ्गीतिक कन्सर्टको स्थान र आकार भिन्नाभिन्नै भए पनि सुन्दर धुनहरूद्वारा रचिएको प्रेरणा भने एउटै थियो । पेरुको मोकेग्वाका ज्वालामुखी पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट हालसालै, पेरुको मोकेग्वास्थित उबिनासमा ज्वालामुखी विस्फोटको सङ्केत देखिएसँगै स्थानीयवासीहरूको चिन्ता बढ्दैगइरहेको छ । ज्वालामुखीबाट वायुमण्डलमा ५,००० मिटर(१६,४०० फिट)को उचाइसम्म खरानी र ग्यास उत्सर्जन भइसकेको छ, अनि खरानीले पानी दूषित पार्नुको साथै बालीनाली सखाप पारेको छ । त्यसैले पेरुको फसेत मण्डलीबाट ज्वालामुखी पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्टको आयोजना गरियो । अगस्ट ११मा, बिदाको मौका पारेर आयोजना गरिएको कन्सर्टमा सन्तहरू लगायत…
August 11, 2019
संयुक्त राज्य अमेरिकाको भर्जिनियामा ‘ASEZ भावी लिडर फोरम’
अप्रिल २८ तारिखमा संयुक्त राज्य अमेरिकाको भर्जिनिया, न्यूपोर्ट न्यूजमा अवस्थित परमेश्वरको मण्डलीमा ‘ASEZ भावी लिडर फोरम’को आयोजना गरियो । भविष्यका कर्णधार विश्वविद्यालय विद्यार्थीहरूलाई अपराध रोकथाम तथा न्यूनीकरणमा नेतृत्व लिने भावी लिडरको रूपमा हुर्काउनुको साथै स्थानीयवासीको सहभागितालाई जगाउनको निम्ति योजनाहरू विकास गर्ने हेतुले उक्त फोरमको आयोजना गरिएको थियो । अपराध रोकथाम गरेर सुरक्षित समाज निर्माण गर्ने कार्यको निम्ति नगरका प्रहरी अधिकृत, ASEZ सदस्यहरू र ९० जना स्थानीयवासीहरू एकजुट भएका थिए । फोरममा, ASEZको एक हिस्सा रहेको “एकसाथ अपराध न्यूनीकरण(Reduce Crime Together)” प्रोजेक्टमा न्यूपोर्ट न्यूजका प्रहरी प्रमुख स्टीभन ड्रयू, शेरिफ गब्रियल मोर्गन, नोर्फोल्क स्टेट विश्वविद्यालयका प्राध्यापक डयानिएल वर्मन र स्थानीय वकील जेफ्री रिडल प्रवक्ताको रूपमा प्रस्तुत भएका थिए । उनीहरूले अपराध न्यूनीकरण र रोकथामसम्बन्धी शिक्षामा जोड दिनुका साथै त्यसमा सहभागी हुनुको महत्त्वमाथि…
संयुक्त राज्य अमेरिका
April 28, 2019
संयुक्त राज्य अमेरिकाको IL सिकागो मण्डलीमा ‘परिवार कृतज्ञता दिवस’ कार्यक्रम
मार्च १७ तारिख, संयुक्त राज्य अमेरिकाको IL सिकागो मण्डलीमा ‘परिवार कृतज्ञता दिवस’ कार्यक्रमको आयोजना गरियो । व्यस्त कार्यतालिकाले गर्दा परिवारजन अथवा साथीहरूसित सामान्यतया व्यक्त गर्न नसकेको प्रेम, कृतज्ञता र क्षमायाचनालाई व्यक्त गर्नको निम्ति सन्तहरू आफैले यो कार्यक्रमको तयारी गरेका हुन् । कार्यक्रममा आमन्त्रित १०० जनाभन्दा बढी परिवारजन, कार्यक्रमस्थलको एक कुनामा प्रदर्शन गरिएका तस्वीरहरू अवलोकन गर्दै निरन्तर हाँसे । यस कार्यक्रममा बालकहरूले एकताबद्ध भएर प्रस्तुत गरेका मनोरम नृत्य र गीतले दर्शक वृन्दको मनमा उत्साह जगाइदियो । कार्यक्रमको मुख्य आकर्षणचाहिँ भिडियो पत्र थियो । “अहिलेसम्म मलाई हुर्काउन तपाईंले कति धेरै परिश्रम गर्नुभयो भन्ने मलाई राम्ररी थाहा छ,” “म सानो छँदा बुबाले काम मात्र गर्नुभएको चाहिँ परिवारको निम्ति रहेछ भन्ने थाहा थिएन । माफ गर्नुहोस्,” “आमा, तपाईं संसारको सबैभन्दा उत्कृष्ट आमा हुनुहुन्छ,” “दाइ,…
संयुक्त राज्य अमेरिका
March 17, 2019