-
bible-word-nefaith-life-ne
- सबै
- समाचार
- Local Churches
समाचार
हामी विश्वव्यापी परमेश्वरको मण्डलीसम्बन्धी खबरहरू सम्प्रेषण गर्दछौं ।
सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी
नियमित महासभाको कार्यतालिकाले रफ्तार लिएको अप्रिल ४ तारिखमा ‘सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी’ कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजना गरियो । ‘एलोहिम परमेश्वर र नयाँ करारको सत्यतालाई सही तरिकाले जानकारी दिएर सम्पूर्ण मानव-जातिलाई मुक्तिमा डोऱ्याऔं’ भन्ने लक्ष्यका साथ आयोजित यस कार्यक्रममा देश-विदेशका पादरी कर्मचारीहरू र स्थानीय सन्तहरूको उपस्थिति रहेको थियो । मन्दिर र गोष्ठी हल मात्र नभएर अन्य सुविधा कक्षहरूसमेत खचाखच भरिएको थियो । ७ अरब मानव-जातिले मुक्तिको सत्यतालाई महसुस गरून् भनेर प्रार्थना गरिदिनुभएकी माताको प्रार्थनाबाट गोष्ठी आरम्भ भयो । जर्मनी, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, पेरु र भारत गरेर ५ देशका ८ जना वक्ताहरूले बाइबलीय आधारमा जीव विज्ञान, चिकित्सा विज्ञान, शिक्षण शास्त्र, मानव विज्ञान, आधुनिक तथा समकालीन इतिहास इत्यादि विषयहरूलाई समेटेर ‘तपाईंको शिक्षक को हुनुहुन्छ ?’ ‘सेतो…
दक्षिण कोरिया
April 4, 2019
सन् २०१९ नियमित महासभा
आशापूर्ण सन् २०१९ पवित्र पात्रोअनुसार नव वर्ष उदाएको छ । पवित्र पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन(अप्रिल ५ तारिख)भन्दा ४ दिनअघि अप्रिल १ तारिखदेखि कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा पवित्र आत्माको उपस्थितिमा सन् २०१९ नियमित महासभाको आयोजना गरियो । ‘विश्व सुसमाचार पूरा गरेर मानव-जातिलाई आशा प्रदान गरौं’ भन्ने नाराका साथ आयोजित यो वर्षको नियमित महासभामा कोरिया मात्र नभएर विदेशका पादरी कर्मचारीहरूको पनि सहभागिता रह्यो । सबै पादरी कर्मचारीहरूले उज्ज्वल सुसमाचारको प्रतिफल प्राप्त गरेको सन् २०१८लाई बिदाइ गरेर सन् २०१९को नयाँ भिजन लिए । अगमवक्ताहरूले ६ रात ७ दिनसम्म परमेश्वरको वचनमा पूर्ण ध्यान केन्द्रित गरे, अनि विश्व सुसमाचारको खबर निरन्तर सुनेर प्रकाशको गतिमा विश्व सुसमाचारको अगमवाणी पूरा गर्नुहुने परमेश्वरको शक्तिलाई अनुभव गरे । यसको साथै उनीहरूले अगमवक्ताको मनस्थिति र मानसिकता, मण्डलीको धार्मिक…
दक्षिण कोरिया
April 1, 2019
७३औँ विदेशी सन्त भ्रमण टोली
ख्रीष्ट आन साङ होङज्यूको जन्मको १०१औँ वार्षिकोत्सवको उपलक्ष्यमा एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका र यूरोप गरेर ५ महादेशका १० देशमा भएका ६२ वटा मण्डलीहरूबाट विशेष प्रतिनिधि टोली नयाँ यरूशलेम माताकहाँ आए । उनीहरू नै एलोहिम परमेश्वरलाई स्तुति गर्नका निम्ति आएका ७३औँ विदेशी सन्त भ्रमण टोली हुन् । सन् २०१८ डिसेम्बर ३१मा कोरिया छिरेका भ्रमण टोलीमा परम्परागत र आधुनिक दुवै गीतहरू गाउनेदेखि लिएर वाद्यवादन, नृत्य जस्ता विभिन्न क्षेत्रमा पेशेवर र प्रतिभाशाली १२५ जना सन्तहरू थिए । व्यस्त कार्यतालिकाको बाबजुद माताले हिउँदको ठन्डीमा टाढाका देशहरूबाट आएका सन्तानहरूलाई न्यानो गरी स्वागत गर्नुभयो । अति नै तिर्सना गर्नुभएका सन्तानहरूलाई माताले अँगाल्नुहुँदै विभिन्न भाषाहरूमा “माया गर्छु” भन्नुभयो, र विदेशी सन्तानहरू कोरियामा रहने अवधिभर कसैलाई कुनै असुविधाविना परमेश्वरको महिमा प्रदर्शन गरेर पवित्र आत्माको प्रेरणा प्रशस्त…
दक्षिण कोरिया
December 31, 2018
विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ, ‘मानव अधिकार दिवस’ प्रवर्द्धन क्याम्पेनको आयोजना
डिसेम्बर १० तारिखचाहिँ यूएनद्वारा निर्धारित मानव अधिकार दिवस हो । सन् १९४८मा यूएनको पाँचौँ महासभा समितिद्वारा ‘मानव अधिकार विश्वव्यापी घोषणा’लाई स्वीकृति दिने हेतुले सो तारिख तोकिएको थियो । यूएनका सदस्य राष्ट्रहरूले यो दिनको सम्झना गर्दै मानव अधिकारलाई सुधार्न सक्दो प्रयास गर्ने गर्छन् । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ(आसेज)ले मानव अधिकार दिवसको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा डिसेम्बर ६ तारिखदेखि १३ तारिखसम्म कोरिया लगायत संयुक्त राज्य अमेरिका, गणतन्त्र दक्षिण अफ्रिका, यूक्रेन इत्यादि गरी १४ देशका १४६ वटा विश्वविद्यालयहरूमा मानव अधिकार दिवस प्रवर्द्धन क्याम्पेनको आयोजना गऱ्यो । त्यो नै मर्यादा, स्वतन्त्रता र समानता जस्ता आधारभूत मानव अधिकार सबैले उपभोग गर्न सक्ने गरी जनचेतना जगाउन र ख्रीष्टले उदाहरण देखाउनुभएको मानव-जातिप्रतिको प्रेमलाई कार्यान्वयन गर्नको निम्ति हो । ASEZ सदस्यहरूले आफू आबद्ध…
December 6, 2018
सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिरोधका लागि टक कन्सर्ट
यूएन अन्तर्राष्ट्रिय विपत् जोखिम न्यूनीकरण कार्यालय(UNISDR)का प्रमुख मामी मिज्युटोरीले गत अक्टोबरमा UNISDRको एउटा प्रतिवेदनमा “अत्यधिक मौसमी घटनाबाट निम्तिने आर्थिक नोक्सानीको कुनै टुङ्गो हुँदैन” भनेका थिए । जलवायु समस्याको प्रतिरोध गर्नमा अन्तर्राष्ट्रिय समुदायको सक्रिय सहभागिता जरुरी छ भनेर विज्ञहरूले औँल्याउनुको कारण पनि यही हो । नोभेम्बर २२ तारिखमा परमेश्वरको मण्डलीले ‘सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिरोधको निम्ति टक कन्सर्ट’ कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरको गोष्ठी कक्षमा आयोजना गऱ्यो । यसको उद्देश्यचाहिँ जलवायु परिवर्तनप्रति सारा विश्वको ध्यान खिँच्नु र भावी पुस्ताका अगुवा रहेका हाम्रा विश्वविद्यालय विद्यार्थीहरूको राय र सिर्जनशील भिजनहरू साझा गर्नु हो । गत अक्टोबरमा पेरुको ASEZ अन्तर्राष्ट्रिय फोरममा सहभागी भएका प्रधान न्यायाधीश दुर्बेली अपोलिनार रोड्रिगेज तिनेओ(पेरु)ले कार्यक्रमका एक वक्ताको रूपमा कोरियाको भ्रमण गरे । संयुक्त राज्य अमेरिका, गणतन्त्र दक्षिण अफ्रिका,…
दक्षिण कोरिया
November 22, 2018
परमेश्वरको मण्डली अन्तर्राष्ट्रिय वातावरण अवार्ड ‘ग्रीन एप्पल अवार्ड’(स्वर्ण र काँस्य)द्वारा एकैसाथ सम्मानित
परमेश्वरको मण्डलीले विश्वका ४ मुख्य वातावरण अवार्डहरूमध्येको एक, ग्रीन एप्पल अवार्ड प्राप्त गरेको छ । नोभेम्बर १२ तारिखमा बेलायतको लन्डन वेस्टमिन्स्टर दरबार, हाउस अफ कमन्समा आयोजित सन् २०१८ ग्रीन एप्पल अवार्ड समारोहमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ASEZ(विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन)लाई ‘ग्रीन एप्पल वातावरण अवार्ड(Green apple Environment Award)’मध्ये स्वर्ण अवार्डले र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई काँस्य अवार्डले सम्मानित गरियो । अन्तर्राष्ट्रिय लाभ-निरपेक्ष वातावरण सङ्गठन रहेको बेलायतको ‘द ग्रीन अर्गनाइजेसन(The Green Organization)’द्वारा सञ्चालित ग्रीन एप्पल अवार्डचाहिँ यूरोपेली संघ(EU)को कार्यकारी समिति र बेलायत वातावरण संरक्षण संस्थाद्वारा आधिकारिक रूपमा मान्यता प्राप्त सर्वोत्कृष्ट वातावरण अवार्ड हो । हरेक वर्ष सरकारी निकाय तथा सार्वजनिक संघ-संस्थाहरूलाई लक्षित गरेर वातावरण संरक्षणमा उत्कृष्ट योगदान पुऱ्याएको सङ्गठनलाई यो अवार्ड दिइने गरिन्छ । यसरी विश्वभरिका समस्त उद्यमहरूबाट गरिने पर्यावरण…
संयुक्त अधिराज्य
November 12, 2018