नव वर्षमा पारिवारिक आदत परिवर्तन गरौं !

19,392 भ्यु
본문 읽기 4:35
현재 언어는 음성 재생을 지원하지 않습니다.

“हामीहरू जे बारम्बार गर्छौं त्यसैका परिणाम हौं । तब त उत्कृष्टता, कार्य नभएर आदत हो” भनेर कुनै एक दर्शनशास्त्रीले भनेका थिए ।

आदतचाहिँ हामीले बनाउने कुरा हो, तर पछि गएर आदतले नै हामीलाई बनाउँछ । असल आदतले हामीलाई सही मार्गमा डोऱ्याएर एक उत्कृष्ट मानिस बनाउँछ भने खराब आदत हाम्रो बाटोको बाधक बन्न पुग्छ । त्यति मात्र नभएर एउटा सामान्य आदतले हाम्रो नजिक रहने परिवारका सदस्यहरूबीच कलह उत्पन्न गराउन सक्छ । नव वर्षको सुरुवातसँगै सबैले नयाँ आदत लिने योजना गरेका हुन्छन् । यहाँहरूले पनि सुधार्न चाहनुभएको आफ्नो पुरानो आदत वा लिन चाहेको नयाँ आदत निर्धारण गरेर परिवारसँगै बाँड्दा कसो होला ? अनि एक-अर्कालाई सफलता मिल्न सक्ने गरी प्रोत्साहन पनि दिनुहोला । के थाहा, सानो परिवर्तनले अझ ठूलो परिवर्तन पनि ल्याउन सक्छ !

सुझाव
सुधार गर्नुपर्ने आदतको बारेमा एक-अर्कासँग छलफल गर्ने
आफूले सुधार्नुपर्ने आदतको बारेमा परिवारले दिएको सुझावमा कान लगाउने
नयाँ आदतको बारेमा सरल तर विस्तृत योजना बनाउने
नयाँ आदत बसाल्ने निर्णय लिएपछि सबैको सामु प्नण गर्ने
(उदाहरणको लागि, “म आजदेखि मेरो …….. आदतलाई हटाएर ………. गर्नेछु ।”)
प्रत्येक सदस्यका योजनाहरू लेखेर सबैले देख्ने ठाउँमा टाँस्ने
आदत पात्रो[habit calendar] बनाएर हरेक दिन कार्यान्वयन गरे/नगरेको जाँच गर्ने
परिवारका सदस्यहरूले बनाएको योजना पूरा गर्न मद्दत गर्ने
परिवारका सदस्यहरूले गरेको प्रयत्नको प्रशंसा गरिदिने
एक महिना बितेपछि आफ्ना विचारहरू राख्ने, अनि केही हदसम्म सफल भएको खण्डमा आफ्नो सफलताको खुशी मनाउने