एक जनाको भूमिका

10,131 भ्यु
लेख सुन्नुहोस् 3:04

केही वर्षअघि बेलायतमा आयोजित दौड प्रतियोगितामा कल्पना नै गर्न नसकिने अचम्मको घटना घट्यो । उक्त खेलमा एक जनाबाहेक अरू ५,००० जना सबै अयोग्य ठहरिए । घटना यसप्रकार थियो :

वास्तवमा पहिलो स्थानमा दौडिरहेका खेलाडी दोस्रो स्थानमा दौडिरहेका खेलाडीभन्दा अलि टाढै थिए । तर दोस्रो स्थानमा दौडिरहेका खेलाडी अचानक गलत बाटोतिर दौडिए । एकदमै तीव्र गतिमा ती खेलाडीको पछाडि दौडिरहेका बाँकी सबै खेलाडीहरू पनि गलत बाटोतिरै दौडिए । त्यसो हुँदा उनीहरूले ४२.१९५ कि.मि.को दौड २६४ मि. मात्र दौडेर समाप्त गरे । अन्तत: एक जना खेलाडी मात्र सही बाटोतिर दौडेर दौड पूरा गरी विजेता बन्न सके । अन्य खेलाडीहरूले जसोतसो समाप्ति रेखा पार गरे, तर तिनीहरू सबै अयोग्य ठहरिए ।

एक जना व्यक्तिको भूमिका कति महत्वपूर्ण हुँदोरहेछ भन्ने कुरा यो घटनाद्वारा महसुस गर्न सकिन्छ । हामी पनि त्यो ‘एक जना व्यक्ति’ हुन सक्छौं । म एक जनाको कारणले धेरै मानिसहरू सही बाटोमा हिँड्न सक्छन् भने गलत बाटोमा पनि हिँड्न सक्छन्, यसकारण हामीहरू सधैँ सही बाटोमा हिँड्नुपर्छ ।

एक जनाको भूमिका

3:04
0:00 3:04

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।