खड्कुलोको आँसु

28,832 भ्यु
लेख सुन्नुहोस् 3:06

विगतका दिनहरूमा कोरियाली आमाहरूले चुलोमा आगो फुकेर खड्कुलोमा खाना पकाउँथे । जसरी घर बनाउन, कपडा सिलाउन, वा लेख लेख्न धेरै परिश्रम आवश्यक पर्छ, त्यसरी नै खड्कुलोमा खाना पकाउनका लागि पनि धेरै परिश्रम गर्नुपर्छ । खड्कुलोमा खाना पकाउनुचाहिँ हिजोआजको जस्तो विद्युतीय राइस कुकर अथवा ग्याँस स्टोभमा जस्तो सजिलो हुँदैन ।

चामल पखालेर भिजाउने, पानीको मात्रा मिलाउने र दाउराले आगो बाल्ने जस्ता प्रक्रियाहरूमा उचित सीपको आवश्यकता पर्दछ । चामल हालेको खड्कुलोबाट बाफ आउन थालेपछि, खड्कुलोको ढकनलाई चिसो कपडाले पुछिरहनुपर्छ । त्यसो गर्दा ढकनभित्रको बाफ पानी बन्छ र खड्कुलो र ढकनबीचको खाली भागलाई बन्द गर्दै तल बग्छ ।

खड्कुलोको बाहिर बग्ने पानीलाई ‘खड्कुलोको आँसु’ भनिन्छ । यो नामले, आफ्नो परिवारको निम्ति हरेक दिन खाना पकाउनुपर्ने र सासु-ससुरा भएको नयाँ घरमा आँसु लुकाएर कठिन वैवाहिक जीवन सहनुपर्ने आमाको जीवनलाई झल्काउँछ । कोरियालीहरू खानाको शक्तिले बाँचेका हौं भनेर भन्छन् तर वास्तवमा उनीहरू आमाको प्रेम र बलिदानले बाँचेका हुन् ।

खड्कुलोको आँसु

3:06
0:00 3:06

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।