दक्षिण कोरिया

योचाहिँ बाइबलको अगमवाणीअनुसार पवित्र आत्मा र दुलही आउनुभएको पृथ्वीको पूर्वी पल्लो छेउको आशिषित देश हो ।

Korea

सारा संसारलाई मुक्तिमा डोऱ्याउने सत्यताको भूमि

“साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ । तर त्यो मऱ्यो भने त्यसले धेरै फल फलाउँछ” (यूह १२:२४) भन्नुभएको वचनअनुसार दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले प्रेम र बलिदानद्वारा छर्नुभएको जीवनको बीउले कोरियाभरि फैलिएर प्रशस्त फल फलाएको छ ।

केवल आधा शताब्दीभित्र कोरियाभरि ४०० वटा शाखा मण्डलीहरू स्थापना भयो ।

कोरियाको सउलदेखि लिएर अन्य ६ वटा महानगरहरू, ग्यङगी प्रान्त, गाङवन प्रान्त, छुङछङ प्रान्त, ग्यङसाङ प्रान्त, जल्ला प्रान्त र जेजु टापूमा समेत स्थापना भएको परमेश्वरको मण्डलीका सन्तहरूले स्थानीयवासीहरूसँग सुमधुर सम्बन्ध गाँस्दै समाजलाई सुन्दर बनाउँछन् । यसको साथै कोरियाली अगमवक्ताहरूले विश्वका ठाउँ-ठाउँमा गएर मुक्तिको सत्यता सुनाउँछन् ।

कोरियामा परमेश्वरको मण्डली