माता परमेश्वरसित दर्शनभेट

विदेश भ्रमण टोली

विदेश भ्रमण टोलीहरू माता परमेश्वरलाई भेट्नको निम्ति कोरिया भ्रमण गर्छन् । देश,
भाषा र संस्कृति फरक-फरक भए तापनि आत्मिक परिवार भएकाले उनीहरू माताको न्यानो प्रेमभित्र एक हुन्छन् ।

७० पटकभन्दा बढी कोरिया भ्रमण

सन् २०००देखि विदेश भ्रमण टोलीले ७० पटकभन्दा बढी कोरिया भ्रमण गरेका छन् । प्रत्येक वर्ष औसत १,५०० जनाभन्दा बढी सन्तहरू माताको प्रेमबाट प्रभावित हुँदै कोरियाको संस्कृति अनुभव गरेर फर्कन्छन् । यो सबै, आफ्नो परिवारलाई अँगाल्नुहुने माताको प्रेमले गर्दा सम्भव भएको हो ।

प्रत्येकलाई न्यानो प्रेम दिनुहुने माताको तिर्सना गर्दै अहिले पनि विश्वभरिका धेरै मानिसहरू कोरिया भ्रमण गर्न चाहन्छन् । विश्वव्यापी गाउँका परिवारहरूमाझ परमेश्वरको प्रेम बाँड्न परमेश्वरको मण्डली सधैँ समर्पित रहन्छ ।

२१औँ शताब्दीको तीर्थस्थल, दक्षिण कोरिया

केही मानिसहरू ख्रीष्टका शारीरिक छापहरूको खोजीमा इस्राएलको यरूशलेमको तीर्थयात्रा गर्छन् । तर यो युगमा संसारका मानिसहरूको निम्ति अत्यन्तै विशेष ठाउँ नै कोरिया हो । किनकि कोरियाचाहिँ बाइबलको अगमवाणीअनुसार पवित्र आत्मा र दुलही आउनुभएको देश हो, जहाँ स्वर्गीय यरूशलेम माता परमेश्वरलाई भेटेर उहाँको असीम प्रेम महसुस गरी जीवनको वचन सीधै सुन्न र सिक्न सकिन्छ ।

विश्वभरिको परमेश्वरको मण्डलीका सन्तहरूका लागि कोरिया भ्रमणचाहिँ तीर्थयात्राजस्तै हो । उनीहरू माताको प्रेम सीधै सिकेर अनुभव गरी आफ्नो देशमा फर्केर त्यसलाई कार्यान्वयन गर्न चाहन्छन् ।

बाइबलको अगमवाणीको पूर्णता

असङ्ख्य मानिसहरू पृथ्वीको पूर्वको पल्लो छेउको देश कोरियामा आइरहेका चाहिँ बाइबलमा त्यसरी नै अगमवाणी गरिएकोले हो । संसारका जाति-जातिहरू स्वर्गीय यरूशलेम माताकहाँ आउनेछन् भनेर बाइबलमा अगमवाणी गरिएको छ । त्यो वचनअनुसार विश्वभरिका सन्तहरू माता परमेश्वरलाई भेट्न ‘बादलझैँ, ढुकुरझैँ’ उडेर कोरियामा आइरहेका छन् ।

जाति-जातिहरू तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन् ...
“बादलझैँ उड्ने र ढुकुरझैँ तिनीहरूका गुँडतिर उड्ने यी को हुन् ?”
यशैया ६०:३-८

कार्यक्रमहरू

उनीहरूले बाइबलको सत्यता र माताको प्रेम सिक्छन्, अनि स्थानीय मण्डलीहरूको भ्रमणद्वारा स्वर्गीय परिवारलाई भेट्दै कोरियाको इतिहास र सुन्दर संस्कृतिको अनुभव गर्छन् ।

अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

विश्वका विभिन्न देशहरूबाट एकै ठाउँमा भेला भएका
बुद्धिजीवीहरूले माता परमेश्वरको अस्तित्व र प्रेमको गवाही दिन्छन् ।

अन्तर्राष्ट्रिय फोरम र बैठक

मानव-जातिलाई खुशी प्रदान गर्न र विश्वव्यापी समस्याहरू समाधान गर्नका निम्ति फोरम,
गोष्ठी र बैठकमार्फत सन्तहरूले विचारहरू सङ्कलन गर्छन् ।

सत्यता प्रशिक्षण

उनीहरू नयाँ करारको सत्यता अझ गहिरो गरी सिक्छन्,
अनि अन्य देशबाट आएका सन्तहरूसँग बाइबल प्रस्तुति गर्दै वचन बाँड्छन् ।

सांस्कृतिक कार्यक्रम

उनीहरू अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा सहभागी भएर पारिवारिक प्रेम बाँड्छन् ।

संस्कृति अनुभव

उनीहरू कोरियाको इतिहास र संस्कृति अनुभव गर्नुको साथै त्यसभित्र समाविष्ट बुद्धि,
शिष्टाचार सिक्दै परमेश्वरको सुसमाचारको पाइलालाई अनुभव गर्छन् ।

स्थानीय मण्डलीहरूको भ्रमण

शरीर धारण गरेर आउनुभएका एलोहिम परमेश्वरको पाइलालाई पछ्याउँदै उनीहरू प्रत्येक क्षेत्रका स्थानीय मण्डलीहरूको भ्रमण गर्छन् ।

विदेशका सन्तहरूसँगको अन्तर्वार्ता

“सत्यता ग्रहण गरेर पिता परमेश्वर र माता परमेश्वरलाई महसुस गर्न पाएकोमा म साँच्चै खुशी छु ।”

माताको अनुग्रहलाई अभिव्यक्त गर्न सक्ने शब्द नै छैन जस्तो लाग्छ । कोरियामा मातालाई भेटेपछि मात्र माताले सबैलाई दिनुहुने प्रेम बुझ्न सकें ।

जेम्स
म्यानचेस्टर, संयुक्त अधिराज्य

कोरियाचाहिँ स्वर्गीय माता रहनुहुने अगमवाणीको भूमि हो । त्यसैले स्वर्गीय माताबाट मात्र पाउन सकिने जीवनको पानी ग्रहण गर्न म कोरिया आएको हुँ ।

नेथन
मेम्फिस, संयुक्त राज्य अमेरिका

म कोरियामा अझ ठूलो महसुस प्राप्त गर्न र आत्मिक तृष्णाले छटपटाइरहेको फ्रान्स र यूरोपमा परमेश्वरको वचन सुनाउनको निम्ति आएको हुँ ।

जिल
पेरिस, फ्रान्स

साँच्चै हाम्री माता सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ । मैले आफ्नै आँखाले माताको महिमा प्रत्यक्ष देख्न पाएँ ।

कार्लोस फ्रेङ्क
फसेत, पेरु

मैले परमेश्वरको मण्डलीलाई नत्याग्ने अन्तिम कारण नै माता परमेश्वर हुनुहुन्छ । बाल्यकालदेखि नै मैले सधैँ माता परमेश्वरको चाह गरेको थिएँ, अनि मलाई यो मण्डलीले मात्र हाम्री स्वर्गीय मातासम्बन्धी गहन सत्यता सिकाएको छ ।

डेभिड
सान डिएगो, संयुक्त राज्य अमेरिका

तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।” म बाइबलको सबै अगमवाणीलाई विश्वास गर्छु, मातालाई विश्वास गर्छु । अनि माता परमेश्वर हुनुहुन्छ भन्ने कुरा पनि म जान्दछु ।

ल्यूडमिला
​ब्लागोभेस्चेन्स्क, रुस

यस पटकको भ्रमणद्वारा माता साँच्चै परमेश्वर हुनुहुन्छ, र उहाँले नै हामीलाई चुन्नुभएको हो भन्ने कुरा महसुस गरें ।

मार्क
​बर्लिन, जर्मनी

मलाई कोरियामा आउन सक्ने आशिष् दिनुभएर यो अन्तिम युगमा अगमवक्ता बन्ने मौका दिनुभएका स्वर्गीय पिता र मातालाई सहृदयले धन्यवाद चढाउँदछु ।

एलेक्स
केप टाउन, गणतन्त्र दक्षिण अफ्रिका

यहाँ कोरियामा पाएको यी सम्पूर्ण आशिष् र आत्मिक भोजनद्वारा म एङ्गोलामा फर्केर गएपछि, मेरो जीवनलाई सुसमाचारमा समर्पित गर्न चाहन्छु ।

जोआओ साल्भाडोर
लुआन्डा, एङ्गोला

मैले जे गरे पनि पिता-माताले गर्नुभएको त्यो महान् प्रेम र बलिदानलाई तिर्न अपुग नै हुनेछ । मैले थोरै भए पनि गर्न सक्ने कुरा भनेको मातालाई यो पृथ्वीमा महिमा र प्रशंसा दिलाउन आफ्नो सारा जीवन पूर्ण रूपमा समर्पण गर्नु हो ।

जोन
बेलभिल, न्यू जर्सी, संयुक्त राज्य अमेरिका