सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको नियमित भेला

कार्यक्षेत्रमा ज्योति चम्काउने एकता र आज्ञाकारिताको शक्ति

दक्षिण कोरिया

September 8, 2019 660 हेरेको संख्या

परमेश्वरको मण्डलीका जागिरे युवा सन्तहरूले “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” भन्नुभएका ख्रीष्टको वचनलाई आफ्नो कार्यक्षेत्रमा पनि कार्यान्वयन गर्न क्षेत्र तथा पेशाअनुसारको कार्यक्षेत्र मण्डली सङ्गठन स्थापना गरी सक्रिय रूपले विविध स्वयंसेवाका गतिविधिहरू गरिरहेका छन् ।

सेप्टेम्बर ८ तारिखका दिन, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको नियमित भेला आयोजना गरियो । कोरियाको विभिन्न क्षेत्रका कार्यक्षेत्र मिसन सङ्गठनमा आबद्ध युवाहरूले एक ठाउँमा जम्मा भएर बाइबलको वचनद्वारा आफ्नो विश्वासलाई जाँच्ने अनि नमूना प्रस्तुति तथा छलफल गर्ने जस्ता विविध कार्यक्रमहरूमार्फत सुसमाचारको भिजनलाई निश्चित गर्ने समय लिए ।

पहिलो चरणको आराधनामा, कठिन जागिरे जीवनको बाबजुद बाइबलका शिक्षाहरूलाई पछ्याउँदै सुकर्मद्वारा अनवरत रूपले परमेश्वरको महिमा प्रकट गरेका युवाहरूको बारम्बार प्रशंसा गर्नुहुँदै माताले प्रचुर आशिष्‌को निम्ति प्रार्थना गरिदिनुभयो । माताले “परमेश्वरबाट योग्य ठहरिएर सुसमाचारको जिम्मा पाउनुभएका यहाँहरू नै अगमवाणीका नायक-नायिका हुनुहुन्छ” भन्नुभएर उनीहरूमा आत्मगौरवको भाव रोपिदिनुभयो । त्यसको साथै “हराएका सन्तानहरूप्रति दुःखित हुनुहुँदै आफ्नो जीवनसमेत बाँकी नराखी मुक्तिको बाटो खोलिदिनुभएका परमेश्वरको प्रेम र उदाहरणलाई पछ्याएका विश्वासका पुर्खाहरूको जस्तो विश्वास र साहस सिकेर प्रत्येकले आ-आफ्नो क्षेत्रबाट आत्मा बचाउने कार्यमा परिश्रम गर्दै स्वर्गमा तयार पारिएको सबै इनाम प्राप्त गरौं” भन्ने शिक्षा दिनुभयो (१ थेस २:३-४; प्रे ५:३८-४२; मत्ती २७:२७-३८; कल ३:२३-२५; २ यूह १:८) ।

दोस्रो चरणको कार्यक्रम पुरस्कार वितरण समारोहसँगै आरम्भ भयो । कार्यक्षेत्रमा ईमानदारपूर्वक काम गर्दै सुकर्मद्वारा अरूको निम्ति उदाहरण बनेको १४ वटा कार्यक्षेत्र मिसन सङ्गठनलाई पुरस्कार प्रदान गरियो । त्यसपछि जागिरे युवाहरूले सन् २०१९को पूर्वार्द्धका गतिविधिको रिपोर्ट र विश्वभरिका उत्कृष्ट गतिविधिहरूको रिपोर्ट, समाचार वाचन गरेझैँ प्रस्तुत गरे । तीमध्ये सबैको ध्यानाकृष्ट गरेको एउटा गतिविधि थियो, ‘प्रेमको टिफिन बक्स ।’ योचाहिँ कामले गर्दा थकित भएका सहकर्मीहरूलाई सारा मनले तयार पारिएको टिफिन बक्स अथवा खाजा दिँदै प्रोत्साहनको सन्देश सुनाउनको निम्ति गरिएको कार्य थियो । यसको अतिरिक्त युवाहरूले जागिरेहरूका निम्ति हिलिङ गोष्ठी, बुबाको साँचो मन प्रदर्शनी र ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनीमा आफ्ना सहकर्मीहरूलाई आमन्त्रण गरेर महसुस बाँड्दै सहानुभूति र विचारशीलताले भरिएको कार्यक्षेत्र बनाउन कोसिस गरे । ग्रीष्मको बिदामा, उनीहरूले विदेशका स्थानीय सन्तहरूसँगै प्रेमको टिफिन बक्स पुऱ्याउने कार्यक्रम लगायत बाटो सरसफाइ, रक्तदान अभियान, कोरियाली भाषा सिक्ने कक्षा सञ्चालन जस्ता स्वयंसेवाका गतिविधिहरू गर्दै अर्थपूर्ण समय व्यतीत गरे ।

“सपनाद्वारा बनेको जहाज चढेर अगमवाणीको समुद्रतर्फ जोडका साथ लम्किरहनुभएका यहाँहरूको स्वरूप देख्नुभएर पिता अत्यन्त प्रभावित हुनुहुन्छ होला । ‘सर्वोत्तमचाहिँ प्रेम नै हो’ भन्ने वचनलाई हृदयमा खोपेर प्रेम हुनुभएका परमेश्वरको साथमा हिँड्दै सबै आशा र लक्ष्य पूरा गरौं” भन्नुहुँदै माताले पुनः बल प्रदान गर्नुभयो । महासचिव पास्टर गिम जु छलले ‘आज्ञाकारिता’को मूल्यलाई जोड दिनुहुँदै “माताको वचनमा सधैँ कान लगाएर उहाँले दिनुभएको वचनको अर्थ र निर्देशनलाई बुझेर त्यसैअनुसार गऱ्यौं भने हामीले उही स्थानमा, उही तरिकाद्वारा पनि आशिषित परिणाम प्राप्त गर्नेछौं । आगामी दिनमा पनि माताको वचनअनुसार परमेश्वरको कार्यमा खुशीसाथ आफूलाई समर्पण गर्दै नयाँ प्रेरितहरूको पुस्तक लेखौं” भन्नुहुँदै प्रोत्साहन दिनुभयो ।

नियमित भेला समाप्त भएपछि जागिरे युवाहरूले “एक दिनमा सबैभन्दा बढी समय बिताउने कार्यक्षेत्र परमेश्वरको प्रेम र आशिष् बाँड्ने ठाउँ बनोस् भन्ने चाहन्छौं” भनेर एकसाथ भने । पशुधन उत्पादन प्रशोधन उद्योगमा कार्यरत ब्रदर गिम हा नल(कोरियाको गिम्हेबाट)ले “हरेक बिहान सन्तानहरूसँग भेला भएर अध्ययन गर्ने बाइबलको वचन नै सुन्दर मन र हँसिलो मुहारद्वारा एक दिन व्यतीत गर्ने शक्ति बन्छ । बिहान सबेरैदेखि कामको लागि कडा मेहनत गर्ने सहकर्मीहरूले पनि परमेश्वरभित्र सान्त्वना पाउन सक्ने गरी म यथासक्दो प्रयत्न गर्नेछु” भन्दै आफ्नो सङ्कल्प जाहेर गरे ।