​सबैभन्दा महान् उपहार, मानव-शरीर​

5,819 भ्यु

भनिन्छ, एउटा कार बनाउन २५,००० पाटपुर्जाहरू चाहिन्छ, अनि बोइङ ७४७ बिमान बनाउन करिब साढे ४ करोड पाटपुर्जाहरूको आवश्यकता पर्छ ।

त्यसोभए हाम्रो शरीरचाहिँ नि त ? हाम्रो शरीरमा करिब १ नील कोषीय तन्तुहरू, २.५ नील राता रक्त कोषिकाहरू, २.५ अरब स्वेत रक्त कोषिकाहरू हुन्छ, अनि जिब्रोमा मात्र ९,००० वटा स्वाद कोषिकाहरू हुन्छ । जम्मा ३०० ग्रामको मानव-मुटु एक दिनमा १ लाख चोटि धड्किन्छ । त्यसले ७,२०० लिटर रगत पम्प गरेर प्रतिघण्टा २१६ कि.मिको गतिले शरीरभित्रका रक्त नलीहरूमा निरन्तर प्रवाह गरिरहन्छ ।

अनि फोक्सोले दिनहुँ करिब २०,००० चोटि श्वास-प्रश्वास गर्दै १०,००० लिटर हावा लिन्छ । शरीरको कुल तौलको २.५ प्रतिशत भाग ओगट्ने मस्तिष्कमा १.४ अरब स्नायु कोषिकाहरू हुन्छ, अनि दैनिक ७० लाख मस्तिष्क कोषिकाहरूले कार्य गर्ने भएकोले हामीले सोच्ने काम गर्न सकेका हौं । तपाईंले कुनै प्रयत्न नगरे पनि अथवा आदेश नदिए पनि प्रत्येक अङ्गहरूले विनाविश्राम आ-आफ्नो भूमिका शान्त रूपले निर्वाह गरिरहेको हुन्छ ।

यसर्थ यसलाई ‘अद्भुत र आश्चर्यजनक’बाहेक अन्य कुनै तरिकाले अभिव्यक्त गर्न सकिँदैन ।

कुनै पनि अत्याधुनिक मेशिनसँग तुलना गर्न नसकिने यस्तो शरीर हामीले जन्मेको समयदेखि विनादाम पाएका छौं । हामीहरू पृथ्वीमा जिउने क्रममा यो एउटा यथार्थता मात्र पनि, हामीलाई मूल्यवान् र इनामदायक कार्य गर्नतर्फ प्रेरणा पुऱ्याउन काफी छ जस्तो लाग्छ ।