सबै कुरा परमेश्वरले नै दिनुभयो

शमूएल ३०

53,261 भ्यु
लेख सुन्नुहोस् 6:50

योचाहिँ दाऊद र उनका छ सय मानिसहरू शाऊलको डरले भागेर पलिश्तीहरूको सिक्लग सहरमा गएको कुरा हो । अमालेकीहरूले सिक्लग सहरमाथि आक्रमण गरेर तिनीहरूका सबै स्त्री र केटाकेटीहरूलाई बन्दी बनाएर लगे । दाऊदले आफ्ना छ सय मानिसहरूका साथ अमालेकीहरूलाई खेदे, तर बासोरको खोल्सामा आइपुग्दा तिनीहरूमध्ये धेरै जना थकित भए । दाऊदले खोल्सा तर्न नसक्ने गरी साह्रै थाकेका मानिसहरूलाई सामान कुर्न त्यहीँ छोडिदिए, अनि बाँकी चार सय मानिसहरू लिएर अमालेकीहरूलाई खेद्‌न गए, र ठूलो विजय हासिल गरे ।

दाऊद र उनका मानिसहरूले बन्दी बनाएर लगिएका स्त्री र केटाकेटीहरूलाई फिर्ता मात्र ल्याएनन्, तर लूटका सबै माल पनि साथमा लिएर बासोरको खोल्सामा आए, र दाऊदले मालसामान कुर्न खटिएका ती मानिसहरूलाई अभिवादन गरे । दाऊदले तिनीहरूलाई पहिलाको जस्तै व्यवहार गरे, तर तिनीसँगै युद्धमा गएका चार सय मानिसहरूमध्ये कतिपयले चाहिँ यो कुरा मन पराएनन् र तिनीहरूले यसो भनेर आफ्नो असन्तुष्टि पोखे ।

“यी मानिसहरू हामीसँग गएनन् । हामीले फिर्ता ल्याएका लूटका मालबाट हामी तिनीहरूलाई केही पनि भाग लाउनेछैनौं, केवल तिनीहरूले आ-आफ्ना पत्नी र छोराछोरी लैजाऊन् ।”

दाऊदले तिनीहरूको विचार दुष्ट भएको देखे र तिनीहरूलाई कडा चेतावनी दिँदै भने ।

“यहोवा परमेश्वरले हामीलाई रक्षा गर्नुभयो, यी सब दिनुभयो, र दुश्मनहरूलाई हाम्रा हातमा दिनुभयो । अब उहाँले दिनुभएका चीजहरूसँग त्यसो गर्नेछैनौं । तिनीहरूले गरेको प्रस्तावमा को सहमत हुन्छ ? मालसामान हेर्न बसेकाहरूले लडाइँमा जानेहरूकै बराबर हिस्सा पाउनेछन् । सबैले बराबर हिस्सा पाउनेछन् ।”

युद्धमा दाऊदले विजय हासिल गर्न सक्नुको कारणचाहिँ “उनीहरूलाई खेद्‌ । तैंले उनीहरूलाई भेट्टाएर सबैलाई छुटाउनेछस्” भन्ने परमेश्वरको वचनले गर्दा थियो (१ शमू ३०:८)। तर कतिपय मानिसहरूले भने विजयको श्रेय आफैँलाई दिए र लूटको मालमाथि लोभ गरे । यसैकारण दाऊदले विजय दिनुहुने परमेश्वर हुनुहुन्छ र लूटको माल पनि सबै परमेश्वरले नै दिनुभएको हो भनी सम्झाए । अनि युद्धको अग्रपंक्तिमा खटिनेहरू र मालसामान कुर्नेहरू दुवैलाई बराबर लुटका माल भाग लगाए ।

जुनसुकै युगमा होस् विजय गराइदिनुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ । सुसमाचार प्रचार गर्ने जिम्मेवारी पाएका हामीले पनि आ-आफ्नो स्थानमा रहेर सुम्पिएको सुसमाचार कार्यलाई इमानदारिताका साथ पूरा गऱ्यौं भने, परमेश्वरले हामी सबैलाई आशिष्‌ दिनुहुनेछ ।

सबै कुरा परमेश्वरले नै दिनुभयो

6:50
0:00 6:50

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।