मुख्य अवार्डहरू
मानव-जातिप्रतिको परमेश्वरको प्रेमले सारा संसार प्रभावित भइरहेको छ । व्यक्तिवाद र स्वार्थीपना हाबी भएको
संसारमा निःस्वार्थ सेवाद्वारा छिमेकी तथा समाजलाई सहयोग पुऱ्याउँदैआएको परमेश्वरको मण्डलीले विभिन्न देशका
सरकारी निकाय र संघ-संस्थाहरूबाट पदक, कदर-पत्र, प्रशंसा-पत्र गरेर ४,८००भन्दा बढी पुरस्कारहरू प्राप्त गरेको छ ।
The President’s Volunteer Service Award
अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड
संयुक्त राज्य अमेरिकाको सबैभन्दा प्रतिष्ठित स्वयंसेवा अवार्ड
व्यक्ति विशेषलाई दिइने प्रतिष्ठित आजीवन अवार्ड तथा सङ्गठनलाई दिइने स्वर्ण अवार्ड (५८ पटक)
योचाहिँ संयुक्त राज्य अमेरिकामा छिमेक र समाजको सेवा गरेका व्यक्ति विशेष वा सङ्गठनलाई दिइने सर्वोत्कृष्ट अवार्ड हो । सेवा पुऱ्याएको समयअनुसार पुरस्कारलाई काँस्य स्तर, रजत स्तर र स्वर्ण स्तरमा वर्गीकरण गरिएको छ । विशेष गरी आफ्नो जीवनकालमा ४,००० घण्टाभन्दा बढी समयसम्म समर्पणयुक्त सेवा गरेको व्यक्ति विशेषलाई काँस्य, रजत, स्वर्ण स्तरको पुरस्कार लगायत प्रतिष्ठित आजीवन अवार्ड प्रदान गरिन्छ ।
परमेश्वरको मण्डलीले वातावरण सरसफाइ, रक्तदान अभियान, छिमेकीलाई सहयोग, विपत्ति राहत, ज्येष्ठ नागरिकहरूको हितको निम्ति विभिन्न स्वयंसेवा गतिविधिहरूद्वारा राष्ट्र र समाजको विकासमा योगदान पुऱ्याएकोले व्यक्ति विशेषलाई दिइने प्रतिष्ठित आजीवन अवार्ड तथा सङ्गठनलाई दिइने स्वर्ण अवार्डद्वारा मण्डलीलाई सम्मान गरिएको छ ।
- आजीवन उपलब्धि अवार्ड
- सन् २०११, १ पटक
- स्वर्ण अवार्ड
- सन् २०२३, ५ पटक / सन् २०२२, ५ पटक / सन् २०२१, १ पटक / सन् २०२०, ३ पटक / सन् २०१९, ३० पटक / सन् २०१८, ६ पटक / सन् २०१७, ३ पटक / सन् २०१५, ३ पटक / सन् २०१४, १ पटक / सन् २०११, १ पटक
- रजत अवार्ड
- सन् २०२३, २ पटक / सन् २०१८, १ पटक
- काँस्य अवार्ड
- सन् २०१९, ४ पटक / सन् २०१८, १ पटक / सन् २०१७, १ पटक
संयुक्त राज्य अमेरिकाका स्थानीय सरकारबाट घोषणा-पत्र तथा सङ्कल्प-पत्र २० पटकभन्दा बढी वाचन
संयुक्त राज्य अमेरिकाका विभिन्न क्षेत्रहरूमा परमेश्वरको मण्डलीलाई विशेष आदर तथा सम्मान गर्ने घोषणा-पत्र तथा सङ्कल्प-पत्र वाचन गरियो ।
संयुक्त राज्य अमेरिकाको एटलान्टा नगर परिषद्को घोषणा-पत्र
“... परमेश्वरको मण्डलीले माता परमेश्वरको प्रेमद्वारा थुप्रै स्वयंसेवा गतिविधिहरू गरिरहेको छ । त्यसैले हामी, एटलान्टा नगर परिषद्का सदस्य तथा एटलान्टा नगरबासीहरूको तर्फबाट परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई मान्यता दिँदछौं । हामी यो कुराको साक्षीको रूपमा एटलान्टा सहरको छाप लगाउँछौं ।”
- राष्ट्रपति सिचर सि. मिचेल तथा सिटी परिषद्का सबै सदस्यहरू
परमेश्वरको मण्डलीको सम्झनात्मक दिवस घोषणा
अमेरिकाको डेन्भर, ओर्लेन्डो, सान डिएगो लगायतका सहरहरूले परमेश्वरको मण्डलीको सम्झनात्मक दिवस घोषणा गर्नुको साथै देशका नागरिकहरूलाई मण्डलीको स्वयंसेवामा सहभागी हुन प्रोत्साहन दिएको थियो ।
संयुक्त अधिराज्य ग्रेटर म्यानचेस्टरका १० नगरपालिकाहरूबाट अवार्ड
म्यानचेस्टर, साल्फोर्ड, बोल्टन, बेरी, रोचडेल, स्टकपोर्ट, टेमसाइड, ट्रफर्ड, विगन, ओल्डम गरी ग्रेटर म्यानचेस्टरका सबै नगरपालिकाहरूबाट परमेश्वरको मण्डलीलाई नगर प्रमुखको पुरस्कार, मन्त्रीको पुरस्कार, सभागृह वातावरण पुरस्कार, उपलब्धि पुरस्कार तथा प्रमाण-पत्रहरूद्वारा सम्मान गरियो ।
बेलायती महारानी अवार्डThe President’s Volunteer Service Award
तीन कोरियाली सरकारबाट राष्ट्रपतीय अवार्डले सम्मानित
राष्ट्रपतीय सङ्गठन पुरस्कार, सरकारी पदक, राष्ट्रपतीय प्रमाण-पत्र
मण्डलीले आँधी, बाढी र तेल चुहावटले गर्दा क्षतिग्रस्त ठाउँहरूमा मर्मत-सम्भार कार्य, सेवल-हो पानीजहाज दुर्घटना हुँदा निःशुल्क भोजन वितरण सेवा, वातावरण सरसफाइ, विपत्ति राहत कार्य, समर्थन जस्ता विभिन्न सेवाद्वारा दक्षिण कोरियाको राष्ट्रिय विकास र मेलमिलापमा योगदान पुऱ्याएको कदरस्वरूप सङ्गठनको सर्वोत्कृष्ट सम्मान रहेको राष्ट्रपतीय सङ्गठन पुरस्कार लगायत सरकारी पदक तथा राष्ट्रपतीय प्रमाण-पत्रद्वारा मण्डलीलाई सम्मान गरिएको हो ।
कोरियाली राष्ट्रपतीय सङ्गठन पुरस्कार
सङ्गठनले प्राप्त गर्ने सबैभन्दा प्रतिष्ठित पुरस्कार
योचाहिँ कुनै निश्चित क्षेत्रमा ५ वर्षभन्दा बढी समयसम्म लगातार सेवाको कार्य गर्ने समूह वा सङ्गठनलाई दिइने पुरस्कार हो । उक्त पुरस्कार धार्मिक सङ्गठनले प्राप्त गर्नु भनेको एक उल्लेखनीय कुरा हो । यो पुरस्कारचाहिँ मण्डलीले आँधी, बाढी, तेल चुहावटले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार सेवा, सेवल-हो पानीजहाज दुर्घटना हुँदा नि:शुल्क भोजन वितरण सेवा, समुद्री किनार सरसफाइजस्ता स्वयंसेवा कार्यहरूद्वारा समुद्री वातावरण संरक्षण तथा सुरक्षा लगायत दुर्घटना रोकथाममा योगदान पुऱ्याएको कदरस्वरूप मण्डलीलाई प्रदान गरिएको हो ।
पेरु राष्ट्रिय सभाबाट सम्मान पदक
पेरुको राष्ट्रिय सभाको सम्मान पदक , 'कमेन्डाडोर'द्वारा सम्मानित
पेरुको राष्ट्रिय सभाले परमेश्वरको मण्डलीलाई सर्वोत्कृष्ट सम्मान, 'गणतन्त्र पेरुको राष्ट्रिय सभा सम्मान पदक(Medalla de Honor del Congreso de la República del Perú)' प्रदान गर्यो । परमेश्वरको मण्डलीले प्राप्त गरेको पदकचाहिँ राष्ट्रिय सभाका कुल ५ श्रेणीका पदकहरूमध्ये सङ्गठनलाई प्रदान गरिने सर्वोत्कृष्ट श्रेणी ‘कमेन्डाडोर(कमान्डर)’ हो ।
आमाको मनद्वारा गरिएको विपद् राहत गतिविधि, रक्तदान, वातावरण सरसफाइ, विपन्न वर्गका लागि सहयोग जस्ता अनवरत स्वयंसेवाका गतिविधिहरूमार्फत राष्ट्र र समाजको सद्भाव र विकासमा योगदान पुर्याएबापत् मण्डलीलाई सम्मान गरिएको हो ।
"पेरुको राष्ट्रिय सभाको पदक समीक्षा समितिले अन्तर्राष्ट्रिय धार्मिक संस्था, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा स्थानीय समुदायमा गरिएको उत्कृष्ट सामाजिक योगदान र स्वयंसेवाका गतिविधिहरूको कदर गर्दै राष्ट्रिय सभाको सम्मान पदक 'कमेन्डाडोर' प्रदान गरेको छ ।"
अलेक्जान्ड्रो सोटो रेयेस, पेरुको राष्ट्रिय सभाका अध्यक्ष तथा पेरुको राष्ट्रिय सभाको पदक समीक्षा समितिका अध्यक्ष
राष्ट्रिय विकासमा योगदान पुऱ्याउने सङ्गठनको लागि सर्वोत्कृष्ट अवार्ड
गणतन्त्र पेरुको राष्ट्रिय सभाको सम्मान पदक
परमेश्वरको मण्डलीले राष्ट्रिय विकासमा पुऱ्याएको योगदानको कदर गर्दै पेरुको राष्ट्रिय सभाले परमेश्वरको मण्डलीको ६०औँ वार्षिकोत्सवको अवसरमा सम्मान पदक प्रदान गऱ्यो । विगत २५ वर्षमा, परमेश्वरको मण्डलीले पेरुभरि विपद् राहत गतविधि, वातावरण संरक्षण जस्ता स्वयंसेवाका गतिविधिहरू १,३५० पटक भन्दा बढी सञ्चालन गरेको छ । यो एउटा असाधारण उपलब्धि हो, किनकि यति प्रतिष्ठित अवार्डबाट कुनै धार्मिक संस्थालाई सम्मान गरिएको यो नै पहिलो पटक हो ।
सम्बन्धित लेख पढ्ने