“हामीहरू जे बारम्बार गर्छौं त्यसैका परिणाम हौं । तब त उत्कृष्टता, कार्य नभएर आदत हो” भनेर कुनै एक दर्शनशास्त्रीले भनेका थिए ।
आदतचाहिँ हामीले बनाउने कुरा हो, तर पछि गएर आदतले नै हामीलाई बनाउँछ । असल आदतले हामीलाई सही मार्गमा डोऱ्याएर एक उत्कृष्ट मानिस बनाउँछ भने खराब आदत हाम्रो बाटोको बाधक बन्न पुग्छ । त्यति मात्र नभएर एउटा सामान्य आदतले हाम्रो नजिक रहने परिवारका सदस्यहरूबीच कलह उत्पन्न गराउन सक्छ । नव वर्षको सुरुवातसँगै सबैले नयाँ आदत लिने योजना गरेका हुन्छन् । यहाँहरूले पनि सुधार्न चाहनुभएको आफ्नो पुरानो आदत वा लिन चाहेको नयाँ आदत निर्धारण गरेर परिवारसँगै बाँड्दा कसो होला ? अनि एक-अर्कालाई सफलता मिल्न सक्ने गरी प्रोत्साहन पनि दिनुहोला । के थाहा, सानो परिवर्तनले अझ ठूलो परिवर्तन पनि ल्याउन सक्छ !
- सुझाव
- सुधार गर्नुपर्ने आदतको बारेमा एक-अर्कासँग छलफल गर्ने
- आफूले सुधार्नुपर्ने आदतको बारेमा परिवारले दिएको सुझावमा कान लगाउने
- नयाँ आदतको बारेमा सरल तर विस्तृत योजना बनाउने
- नयाँ आदत बसाल्ने निर्णय लिएपछि सबैको सामु प्नण गर्ने
(उदाहरणको लागि, “म आजदेखि मेरो …….. आदतलाई हटाएर ………. गर्नेछु ।”) - प्रत्येक सदस्यका योजनाहरू लेखेर सबैले देख्ने ठाउँमा टाँस्ने
- आदत पात्रो[habit calendar] बनाएर हरेक दिन कार्यान्वयन गरे/नगरेको जाँच गर्ने
- परिवारका सदस्यहरूले बनाएको योजना पूरा गर्न मद्दत गर्ने
- परिवारका सदस्यहरूले गरेको प्रयत्नको प्रशंसा गरिदिने
- एक महिना बितेपछि आफ्ना विचारहरू राख्ने, अनि केही हदसम्म सफल भएको खण्डमा आफ्नो सफलताको खुशी मनाउने