धैर्य
धैर्य धारण गर्नुपर्ने कारण
विश्वासको जीवनमा हामीले धैर्य धारण गर्नुपर्ने कारण के होला ? बाइबलमार्फत यसको कारण पत्ता लगाऔं । १. उद्धार पाउन “भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन् । मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ । तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसैको उद्धार हुनेछ ।” मत्ती १०:२१-२२ अन्त्यसम्म स्थिर रहनेको उद्धार हुनेछ भनेर बाइबलमा सिकाइएको छ । यसकारण हामीले उद्धार पाउनलाई धैर्य धारण गर्नुपर्छ । अहिलेसम्म जतिसुकै ठूलो विश्वास लिएको भए पनि अन्त्यसम्म धैर्य धारण गर्न सकिएन भने त्यो विश्वासको के अर्थ रहन्छ र ? हामीले धैर्यताद्वारा विभिन्न कठिनाइहरूलाई जित्दै मुक्तिको आशिष् पाउनुपर्छ । तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ । लूक २१:१९ यो वचनमा पनि, हामीले धैर्यताद्वारा आत्माको मुक्ति…
धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरू
बाइबलमा, धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरूका कार्यसम्बन्धी थुप्रै अभिलेखहरू छन् । तिनीहरूको कार्यद्वारा, यो युगमा हामीले लिनुपर्ने धैर्यताको मनस्थितिबारे अध्ययन गर्नेछौं । १. अय्यूबको धैर्यता परमेश्वरले हेर्नुहुँदा अय्यूब धर्मी र निर्दोष मानिस थिए । छोरा-छोरीहरू पनि धेरै भएका तिनी समृद्ध थिए, अनि तिनलाई कुनै कुराको कमी थिएन । अय्यूबको डाह गरेको शैतानले अय्यूबलाई सहनै गाह्रो हुने परीक्षा गऱ्यो । अय्यूबले आफ्नो सम्पत्ति र सन्तानहरूसमेत गुमाए । यद्यपि ती सबै परीक्षाहरूको बाबजुद अय्यूबले गनगन नगरी केवल परमेश्वरलाई प्रशंसा गरे । ... भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु । परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस् ।” यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन् । अयू १:२१-२२ शैतानले…