विश्वास र जीवन

सियोनको सुगन्ध

सत्यताको वचन सुनेर विश्वासद्वारा परिवर्तन भएका सन्तानहरूको प्रेरणादायी कहानी

आशिषित मिसन, प्रेमको जिम्मेवारी

म सानो छँदा पल्लो घरमा एउटा सानो मण्डलीका पास्टर दम्पती बस्थे । मेरी आमा उनीहरूको नजिकको साथी हुनुभएकोले र जन्मैदेखि नै म ख्रीष्टियान भएकीले स्वाभाविक रूपले उनीहरूकै मण्डली जाने गर्थें । आइतबारचाहिँ मेरो लागि हप्ताको सबैभन्दा व्यस्त दिन थियो । मण्डलीभित्र युवा समूहकी अध्यक्ष, आम मामिला प्रबन्धक, सचिव इत्यादि विभिन्न कार्यको जिम्मा पाएकीले म बिहान सबेरै मण्डली जाने गर्थें, अनि दिनभरिको कामले थकित भएर म मध्यराततिर घर फर्कन्थें । तरै पनि मलाई मण्डलीमा कार्य गर्न मन लाग्थ्यो । जीवनभर परमेश्वरलाई प्रेम गर्दै परमेश्वरको कार्य गर्नु नै मेरो एकमात्र चाहना थियो । मण्डलीमा प्रायः समस्या सृजना हुन्थ्यो । मण्डलीका सन्तहरूबीच धेरै विवाद हुन्थ्यो, अनि म विश्वविद्यालय तहकी विद्यार्थी हुँदा उनीहरूबीचको विवाद झन्-झन् चर्किएर अन्ततः उनीहरू दुई समूहमा विभाजन भए । प्रेम…

छा यङ ये / गिम्हे, कोरिया

सबैभन्दा मूल्यवान् कार्य, सबैभन्दा विशेष आशिष्

अधिकांश कोरियाली बुबाहरूको जस्तै मेरो जीवनयापन पनि, झिसमिसे प्रभातमा ताराहरूलाई हेर्दै काममा जाने र अबेर रातमा त्यही ताराहरूलाई फेरि हेर्दै घर फर्किने दिनहरूको श्रृङ्खला थियो । त्यस बेला, टाढाका ती ताराहरूको संसार कस्तो होला, ती ताराहरू कसको निम्ति चम्किरहेका होलान् भन्ने कुरा मलाई थाहै थिएन । मेरो एकमात्र लक्ष्य भनेकै परिवारको प्रमुख भएअनुरूप कसैसँग सहयोगको हात नफैलाई आफ्नो परिवारलाई आरामले पाल्नु थियो । यस्तो लक्ष्य लिएर मैले एक दिन पनि बिदा नलिईकन वर्षैभरि परिश्रमसाथ काम गरें । पत्नीबाट सत्यताको वचन सुनेपछि मेरो मनमा, सायद यो जीवन नै सबै थोक होइन होला भन्ने सोचाइ आयो । म ३० वर्षभन्दा लामो समयसम्म क्याथोलिक मण्डली धाएको भए पनि त्यहाँ मेरो विश्वास त्यति दह्रो थिएन । त्यसमाथि आफूले अघि कहिल्यै नसुनेको कुरा भएर होला…

छ्‌वे सु ह्यन / अस्टिन टाउन, भारत

उडाउ पुत्रको आँसु

उच्च माध्यमिक तहमा प्रवेश गर्नुअघि मेरी दिदी(काकाकी छोरी)बाट डोरिँदै म परमेश्वरको मण्डलीमा आएँ । बुबा-आमाले मलाई विरोध गर्नुभए तापनि परमेश्वरको वचनभित्र त्यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुन्दर एकता देखेर मलाई सियोन मन पर्थ्यो । विश्वविद्यालयमा प्रवेश गरेपछि मेरा बुबा-आमाले मेरो धार्मिक जीवनलाई स्वीकार्नुभयो, तर उतिखेरै मेरो मन परिवर्तन भयो । सुरुको मण्डलीका सन्तहरूले गाह्रो अवस्था आइपर्दा परमेश्वरमा पूर्ण भरोसा गर्दै आफ्नो विश्वासलाई दह्रिलो गरी जोगाएका भए पनि अनुकूल अवस्थामा चाहिँ सत्यतालाई बेवास्ता गर्न पुगेका थिए । त्योजस्तै, एक ताका सियोनतर्फ गएको मेरो मन पनि बिस्तारै संसारतर्फ जान थाल्यो, अनि म विश्वासको जीवनमा अल्छी भएँ । जागिर गर्न थालेपछि मैले विभिन्न ठाउँको यात्रा गर्दै आफूले गर्न चाहेका सबै कुरा गरें । मैले साँचो स्वतन्त्रता र खुशी नै त्यही हो भन्ठाने । यो संसार…

इम हि जङ / नाम्याङजु, कोरिया

गरिहेरेमा थाहा हुने कुरा

म सानो छँदै बुबा-आमा बित्नुभएकोले मैले जीविका चलाउन पैसा कमाउनुपर्ने भयो । यसैले मेरो जीवन युद्धजस्तै र संसार युद्धभूमिजस्तै थियो । कसैले मलाई जोगाउन नसक्ने यस निर्दयी संसारमा पछि नपर्नको निम्ति मैले पसीना बगाएर काम गरें । ढिलो उमेरमा परिवार पनि बन्यो तैपनि मेरो जीवन भने जस्ताको तस्तै थियो । बजारमा सामान आपूर्तिको काम गर्ने क्रममा, मैले रातमा काम, दिनमा आराम गर्दै १० वर्ष बिताएँ । व्यस्त दैनिक जीवनले गर्दा आफ्ना बालबच्चासँग भेट्न पनि गाह्रो थियो । त्यसैले मेरो मन भुलाउने कुरा भनेको बजारका मानिसहरूसँगै भट्टीमा पसेर मद्यपान गर्नु थियो । सायद जीवन कठिन भएरै होला, हामी सबै जना गरम मिजासका थियौं । हाम्रो बोली र कार्य पनि रुखो थियो । तैपनि हामीहरू परिवारजत्तिकै नजिक थियौं । रातभरि काम गरेपछि…

आन ब्यङ छान / सउल, कोरिया

परमेश्वरको इच्छाअनुसार

क्याथोलिक मण्डलीकी कट्टर विश्वासी, मेरी हजुरआमाको कारणले मैले अन्य धर्मको बारेमा कहिल्यै पनि सोच्न पाइनँ । परमेश्वरको मण्डली धाउनुहुने मेरा दिदी-भिनाजुले मलाई सत्यता जानकारी दिनुहुँदा म ‘बाइबलमा यस्तो वचन रहेछ’ भन्दै उत्सुक त हुन्थें, तर त्योभन्दा बढी बुझ्न मन गर्दिनथें । तर एक दिन दिदी-भिनाजुसँगै परमेश्वरको मण्डलीमा जाँदा मेरो सोचाइ परिवर्तन भयो । त्यो ठाउँका मानिसहरू प्रेमले भरिएका देखिन्थे । मलाई बाइबल अध्ययन गर्न पनि रमाइलो लाग्दैगयो । मैले पाप प्रायश्चितको रहस्यबारे सिकें, अनि ‘मानिस किन यस्तो कष्ट भोग्दै अन्त्यमा मर्नुपरेको होला ?’ भन्ने प्रश्नको उत्तर पनि विस्तृत रूपमा पाएँ । त्यस बेलासम्म म परमेश्वरलाई विश्वास गर्छु भनेर दाबी त गर्थें, तर गाह्रो अवस्था आइपर्दा म विश्वासबाट पछि हट्थें, अनि जिन्दगीलाई कठिन र निरर्थक यात्रा ठान्थें । परमेश्वरको इच्छाबारे ख्यालै…

सेलेन्ने क्रिस्टिन सान्चेज / लस एन्जलस, संयुक्त राज्य अमेरिका