पारिवारिक प्रेमको लेख
शान्त रूपमा भए पनि गहिरो प्रेम महसुस गर्न सकिने पारिवारिक प्रेमका कहानीहरू
छोरीलाई विदेश पठाउँदा
केही समयअघिको कुरा हो । कक्षा ६मा अध्ययनरत मेरी छोरी शिक्षण कार्यालयद्वारा प्रायोजित एक ऐतिहासिक भ्रमणका लागि विदेश गइन् । उनलाई जीवनमा पहिलो पटक उडान भर्ने अवसर प्राप्त भयो । प्रस्थानको दिनमा मेरा पतिले छोरीलाई बिहान सबेरै विमानस्थल पुऱ्याइदिनुभयो । तर प्रस्थानको समय हुनै लाग्दा कार्यवाहक शिक्षकबाट मलाई फोन आयो । “जि उनले पेट दुख्यो भन्दैछिन् । किन होला ?” मेरी छोरीले प्रायः डर लाग्दाखेरि पेट दुख्यो भन्छिन् । ऊसँग कुरा गरिहेर्दा, त्यो दिन पनि डरले गर्दा नै उनलाई पेट दुखेको थियो । समाधानको अर्को कुनै उपाय नभएकोले मैले उनलाई उडान भर्नअघि केही नखाईकन सुतेर आराम मात्र गर्नू भनें । बिरामी छोरीको निम्ति केही गर्न नसक्दा मन एकदमै दुख्यो । फोनमा त्यति कुरा गरेपछि साँझसम्मै कुनै सम्पर्क भएन । साँझमा…
मा उन ही / यशु, कोरिया
हजुरआमाको हृदयलाई बुझिदिने भतिजी
एकदमै सुन्दर मन भएकी मेरी एक जना भतिजी छिन् । उनले आफ्नी हजुरआमाको साँच्चै राम्रो हेरचाह गर्छिन् । उनले हजुरआमालाई मन पर्ने खाजा, सखरखण्ड, आलु र सुन्तलाहरू समय-समयमा पठाउने गर्छिन्, अनि केही स्वादिष्ट खानेकुरा खानुहोस् भन्दै वर्षमा तीन पटक केही खर्च पठाउने गर्छिन् । यस्तो मन भएकी भतिजीको निम्ति गत वर्ष निकै कष्टप्रद समय बन्यो । विवाह गरेपछिको लामो समयसम्म पनि उनी निःसन्तान भएकीले निकै चिन्तित थिइन् । उनी गर्भवती भइन्, तर बच्चा जन्माउनुअघि नै उनको गर्भ तुहियो । त्यो खबर सुन्नेबित्तिकै म भतिजीलाई राखेको अस्पतालमा गएँ, शोक गर्ने समय पनि थिएन । ९ महिनासम्म कोखमा हुर्काउँदै बच्चालाई स्वस्थ अवस्थामा हेर्ने दिनको प्रतीक्षा गरिरहेकी थिएँ भनेर भावविह्वल हुँदै उनले भनिन् । “काकी । मैले मेरी छोरीको अनुहार एक पटक नि…
इ सुन ओग / छाङवन, कोरिया
खुशी ल्याउने ‘हँसिलो मुहार’
एक दिन मलाई रिँगटा लाग्यो । पूरै शरीर कमजोर भएर उल्टी आउलाझैँ भयो । म स्वस्थ्य रूपले राम्ररी हुर्किंदैआएकी थिएँ । पहिला त्यसरी शारीर कमजोर हुने वा खाना नरुच्ने भएको थिएन । अचानक त्यस्ता लक्षणहरू देखा पर्दा मलाई चिन्ता लाग्यो । यसो सोचविचार गरेर म अस्पताल गएँ । त्यो त पहिला मेरा बुबालाई उपचार गरिएको अस्पताल थियो । डाक्टरले मलाई ती लक्षणहरूप्रति चिन्ता नलिन भन्नुभयो । उहाँलाई पहिला म त्यहाँ बुबासँग आएको कुरा याद रहेछ । उहाँले बुबाको हालखबर सोध्नुहुँदै, बुबा प्रायः बाहिर घुमफिर गर्नुहुन्छ कि गर्नुहुन्न भनेर सोध्नुभयो । डाक्टरले मेरा बुबा एकदम शान्त स्वभावको हुनुभएकोले घरमा एकलै बस्दाखेरि डिप्रेसनको शिकार बन्ने सम्भावना हुने हुँदा उहाँलाई धेरै हँसाउनू भनेर मलाई सल्लाह दिनुभयो । त्यतिञ्जेल मैले बुबालाई हँसाउनेबारे ख्यालै गरेकी…
स ही जङ / देजन, कोरिया
गिमबाब बनाउँदै
मलाई सानो छँदा गिमबाब खान मन पर्थ्यो । पिकनिक वा खेलकुदको दिनमा आमाले सधैँ मेरो लागि गिमबाब बनाइदिने गर्नुहुन्थ्यो । त्यसैले विशेष दिनमा गिमबाब खानुपर्छ भन्ने कुरा मेरो लागि सामान्यजस्तै बनेको थियो । समय बित्दैगयो, अनि म पनि आमा भएँ । आमाले जस्तै गरी मलाई पनि आफ्नो बच्चाको पिकनिकको लागि गिमबाब बनाइदिन मन लाग्यो । तर गिमबाब बनाउन त्यति सजिलो रहेनछ भन्ने कुरा पहिलो पल्ट महसुस भयो । अघिल्लो दिनमा मैले सबै तरकारीहरू किनेर काटकुट गरें । भात पकाउन, हाम(सुँगुरको फल मासु), फिस केक, गाँजर र अण्डा फ्राइ गर्नको लागि पिकनिकको दिनमा म बिहान सबेरै उठें । सबै सामग्रीहरू तयार गरेपछि अन्ततः गिमबाब बनाउने चुनौती मेरो अगि थियो । मैले गिम(समुद्री लेउको परिकार)माथि पातलो गरी भात छरें, अनि तयार गरिएका…
गिम यु रा / सुवन, कोरिया
सकारात्मक बोलीको बीउ
खुशी परिवार आराधनापछि हामीले पारिवारिक प्रेम र सञ्चारभित्रको ‘खुशी डिजाइन गर्ने सकारात्मक बोली’ भन्ने शीर्षकको एउटा लेख पढ्यौं । बोलीको शक्तिबारे बोध गराउने त्यो लेख प्रेरणादायक थियो । सन् २०१६को रियो दे जेनेइरो ओलम्पिकमा “म गर्न सक्छु, म गर्न सक्छु” भन्दै एक जना कोरियाली तरवारबाजले आफ्नो विपक्षीलाई तरवारबाजीमा पराजित गरेका थिए । तिनी हार्न लागिसकेका थिए । जित्ने सम्भावना एकदमै कम थियो, तर अन्त्यमा तिनले बाजी पल्टाएर तरवारबाजमा जित हासिल गरेका थिए । त्यतिखेर मेरो ७ वर्षीय छोरालाई गणितको हिसाब गर्न एकदम गाह्रो भइरहेको थियो । यसकारण म र मेरा पतिले उसको शिक्षकसँग अक्सर कुराकानी गरिरहन्थ्यौं । छोराले त्यो समयमा सिकिरहेको गणित एकदमै महत्वपूर्ण छ भनेर शिक्षकले भन्नुभयो । शिक्षकको सल्लाहलाई गम्भीर रूपमा लिएर हामीले हरेक दिन उसलाई विद्यालयबाट आएपछि…
रोक्सान के. मिलर / न्यू विन्डसर, न्यूयोर्क, संयुक्त राज्य अमेरिका
खरबूजा प्रेमी बहिनी
‘खरबूजा सौखिन’ र ‘खरबूजा प्रेमी’ यीचाहिँ मैले मेरी बहिनीलाई दिएका उपनामहरू हुन् । उनलाई खरबूजा एकदमै मन पर्छ, तर मलाई चाहिँ त्यो खाँदाखेरि बीच-बीचमा बीउहरू आइरहने भएकोले अलि झन्झटिलो लाग्छ । बहिनी कामबाट घर आएपछि आमाले काटेर फ्रिजमा राखिदिनुभएको खरबूजा लिएर आफ्नो कोठामा जान्छिन् । अनि उत्साहित हुँदै सबै खरबूजा धमाधम खान्छिन् । उनले गर्मीयाममा त्यसो गरेको प्रायः म दिनहुँ देख्दछु । मैले आमालाई खरबूजा कहिले-कहिले किनेर ल्याउने गर्नुहुन्छ भनेर सोध्दाखेरि उहाँले एक हप्तामा एक चोटि किन्ने गरेको कुरा बताउनुभयो । मेरी बहिनी एकलैले एक महिनामा लगभग ५ वटा खरबूजा खाने गर्दिरहेछिन् । खरबूजा खाँदा-खाँदा कस्तो अमन नभएको होला भनेर म छक्क पर्थें । उनले जाडोयाममा समेत “खरबूजा खान मन लाग्यो” भन्ने गर्छिन् । कस्तो अचम्म ! पक्कै पनि आमाले…
होङ जङ उन / सउल, कोरिया
भाइले बनाएको अण्डाको परिकार
मेरो भाइ सानो छँदा उसलाई अण्डाका परिकारहरू बनाउन सिक्ने इच्छा थियो । त्यसैले आमाले हामीलाई भेला गर्नुभएर “भाइले पकाएको परिकार नमीठो भयो भने पनि खाइदिनू ल” भन्नुहुन्थ्यो । पहिलो पल्टमा अण्डा अलि पाकेको थिएन । कसैले पनि त्यो खान नचाहिरहेका बेला उसले आएर सोध्यो, “कस्तो छ, ठीकै छ कि ?” “उम्, साँच्चै स्वादिष्ट छ !” आमाले भन्नुभयो । आमाले भाइको प्रशंसा गर्नुभएपछि हामीलाई आँखाले इसारा गर्दै त्यो खान भन्नुभयो । त्यसैले त्यो खानुबाहेक हामीसित अर्को विकल्प थिएन । भाइले फेरि अण्डाको परिकार बनाउन लाग्दा आमाले त्यो पाकेको छ कि छैन भनेर जाँच्न प्रेमपूर्वक सिकाइदिनुभयो । त्यो नयाँ जानकारीद्वारा उसको आत्मविश्वास बढ्यो, र उसले अण्डालाई अझ बढी पकायो । ऊ आफ्नो पकाउने शैलीप्रति सन्तुष्ट भएझैँ देखिन्थ्यो । उसले तुरुन्तै चाखेर हाम्रा…
बिआङ्का पापापिएट्रो / जर्जिया, एटलान्टा, संयुक्त राज्य अमेरिका
आमा र स्ट्रबेरी
म सानो छँदा हाम्रो परिवार एकदम गरीब थियो । एउटा कोठामा परिवारका ६ जना सदस्यहरू पल्टिँदा त यताउता हलचल गर्ने ठाउँ पनि हुँदैनथ्यो । बुबा-आमाले ४ जना सन्तानहरूलाई हुर्काउन अरूको खेत ठेक्कामा लिएर खेतीपाती गर्नुहुन्थ्यो । एक दिन म साह्रै बिरामी परेकीले विद्यालयबाट छुट्टी लिन चाहन्छु भनेर आमालाई भनें । घरमा एकलै रहँदा मेरो हेरचाह गर्न कोही नहुने भएकोले आमाले विद्यालय जानू भन्नुभयो । २ घण्टा हिँडेर विद्यालय आइपुग्दा मलाई यति गाह्रो भएको थियो, कि म डेस्कमा घोप्टो परेर बसें । मेरो अवस्था देखेर शिक्षिकाले मलाई घर पठाउन खोज्नुभयो । २ घण्टाको बाटो हिँड्नुपर्ने कुरा सोचेर मैले केहीबेर त्यहीँ आराम गर्छु भनें । तर अवस्था झन् गम्भीर भएर विद्यालय छुट्टी हुँदासम्म त ममा उठ्ने शक्तिसमेत थिएन । त्यो समयमा अप्रत्याशित…
बाग उन जा / गुमी, कोरिया
चक्लेट मिल्क
मेरा पतिले कामबाट घर फर्कंदा बनाना मिल्क किनेर ल्याउनुभयो । पहिले उहाँले त्यसो कहिल्यै गर्नुभएको थिएन । परिवारसँग मनोहर समय बिताउन चाहेर मैले सबै जना सँगै खाना खान बाहिर जाऔं भन्दाखेरि पनि उहाँले सीधै “तिमीहरू ३ जना जाओ” भन्नुहुन्थ्यो । त्यसैले म कहिलेकहीँ निराश हुन्थें । तर हिजोआज उहाँले प्रायः खाजाहरू, आइसक्रिम र हाम्रा बच्चाहरूलाई मन पर्ने कुराहरू ल्याउनुहुन्छ । वास्तवमा हाम्रा छोराहरूले बनाना मिल्क मन पराउँदैनन्, र उहाँले उनीहरूका लागि भनेर किनेर ल्याउनुभएकोले मैले साँचो कुरा उहाँलाई बताउन सकेकी थिइनँ । त्यसैले मैले “विभिन्न खानेकुरा किनेर ल्याउनु राम्रो छ । हाम्रा छोराहरूलाई चक्लेट मिल्क र स्ट्रबेरी मिल्क मन पर्छ” भनेर उहाँलाई सङ्केत दिएँ । तर त्यसपछि पनि उहाँले बनाना मिल्क नै किनेर ल्याइरहनुभयो । त्यसैले मैले नचाहँदा-नचाहँदै ती सबै…
होङ सन ओग / सउल, कोरिया
बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान
मचाहिँ ४ छोरीहरूमध्येकी साहिँली हुँ । कोरियामा ‘साहिँलीलाई लैजान त अनुहार हेर्नै पर्दैन’ भन्ने एउटा पुरानो ठट्यौली छ । यद्यपि मचाहिँ बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान थिएँ । सानो छँदा मलाई पोलियोको कारण उच्च ज्वरो आएको थियो । जसोतसो म मृत्युको मुखबाट उम्कें, तर मेरो कम्मरदेखि मुनिको भाग पक्षाघात हुने खतरामा थियो । मलाई जसरी भए पनि निको पार्नको लागि खेतबारीसमेत बेच्नुभएका मेरो बुबा-आमा हुनुभएकोले म लङ्गडी भए पनि हिँड्न भने सक्ने भएँ । मप्रति क्षमाप्रार्थी हुनुभएका बुबाले मलाई एक चोटि पनि गाली नगरी मायाले हुर्काउनुभयो । तर किशोरावस्थाबाट गुज्रने क्रममा निराश भएकी मैले, मेरो निम्ति कुनै कसर बाँकी नराख्नुभएका बुबा-आमालाई दोष दिँदै पढाइ छोड्ने निर्णय सुनाएँ । बुबाले मेरो भविष्यको खातिर कम्तीमा विद्यालयबाट उत्तीर्ण गर्नुपर्छ भन्नुहुँदै सम्झाउन खोज्नुहुँदा मलाई…
हा जङ ओ / जिन्जु, कोरिया
साँच्चै राम्रो गऱ्यौ !
एक जना आमा स्ट्रोलरमा सानो बालकलाई राखेर गुडाउँदै लिफ्टभित्र आउनुभयो । स्ट्रोलरमा रहेको बालकको कपाल एकदमै चम्किलो र आकर्षक थियो । त्यो बालकको नाडीमा मैले केही कुराको छाप देखें । त्योचाहिँ ‘Well Done, राम्रो गऱ्यौ’ भनेर लेखिएको छापजस्तै लाग्यो । “हेलो ! सानो बाबुको हातमा यो के हो नि ?” मैले त्यसरी सोध्दा उसकी आमाले नै जवाफ दिनुभयो । “यो त दिवा बाल-स्याहार केन्द्रकी शिक्षिकाले लगाइदिनुभएको छाप हो । उसलाई नुहाइदिँदाखेरि मेटाउन खोजेकी थिएँ, तर उसले रोएर मेटाउन नदिएकोले मैले त्यो मेटाइनँ । यसकारण त्यो छाप जस्ताको तस्तै छ ।” आमाले नुहाइदिँदा प्रशंसाको छाप मेटिने हो कि भनेर चिन्तित बनेको बालकको स्वरूपलाई सोच्दै म भित्रभित्रै मुस्काएँ । तब मलाई ‘प्रशंसाले ह्वेल माछालाई पनि नचाइदिन्छ’ भन्ने वाक्यांश याद आयो । जनावरहरू…
छोइ सग हुइ / सङनाम, कोरिया
प्रेमको शक्तिद्वारा सन्तानलाई जित्नुहुने आमा
मैले भाँडा माझिरहेको बेला मोबाइलमा घण्टी बज्यो । ‘आमा’ हेरेर मात्र पनि मैले यसो अनुमान लगाएँ । आमाले घरमा बनेका केही परिकारहरू लिन बोलाउन फोन गर्नुभएको हो जस्तो लाग्यो । ‘मैले पहिला फोन गर्नुपर्ने’ भनेर म क्षमाप्रार्थी भएँ । मेरा चार दिदीहरू र एक जना भाइ छन् । मेरो उमेर ४० कटिसकेको भए पनि आमाको नजरमा म अझै पनि उहाँलाई पिरोलिरहने कान्छी छोरीजस्तै छु । वास्तवमा सबैभन्दा कान्छोचाहिँ मेरो भाइ हो, तर ऊ अलि परिपक्व भएकोले होला आमाले मलाई कान्छोलाई झैँ व्यवहार गर्नुहुन्छ । मैले बच्चाले जस्तै “आमा” भन्दै फोन उठाएँ । मेरो अनुमान सही रहेछ । अघिल्लो दिनमा भेटघाटको लागि आउनुभएका मेरा काका-काकीले आमालाई फलफूल, मासु इत्यादि भोजनहरू टन्नै दिएर जानुभएको रहेछ, आमाले मलाई आएर केही लैजानको लागि बोलाउनुभयो…
इ सु जा / गुमी, कोरिया