सहचालक र यात्रु

23,106 भ्यु
लेख सुन्नुहोस् 1:57

यात्रुहरूको टिकेट जाँच गर्ने क्रममा रेलका सहचालकले एक जना यात्रुलाई भनेछन् ।

“तपाईं गलत रेलमा चढ्नुभएको रहेछ । अर्को स्टेसनमा ओर्लिएर अर्को रेल चढ्नुहोस् ।”

ती सहचालकले अर्को यात्रुलाई पनि त्यसै भनेछन् ।

“तपाईं गलत रेलमा चढ्नुभएको रहेछ । कृपया अर्को स्टेसनमा ओर्लिएर अर्को रेल चढ्नुहोस् ।”

तर टिकेट जति जाँच गऱ्यो त्यति नै गलत रेलमा चढेका यात्रुहरूको संख्या बढ्दैगयो । सबै यात्रुहरू गलत रेलमा चढेको कुरा थाहा हुँदा एक जना यात्रुले विनम्रतापूर्वक सहचालकलाई सोधेछन् ।

“माफ गर्नुहोस्, कतै तपाईं नै गलत रेलमा चढ्नुभएन ?”

बुझिहेर्दा, ती सहचालक नै गलत रेलमा चढेका रहेछन् ।

सहचालक र यात्रु

1:57
0:00 1:57

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।