“मेरो परिवार उत्तम छ !” भन्दै बूढी औँला उठाउने

7,325 भ्यु

भनिन्छ, प्रशंसाले ह्वेल माछालाई समेत नचाइदिन्छ । प्रशंसाले सुन्ने मानिसलाई खुशी दिलाउँछ, अनि समस्यामा परेका मानिसहरूलाई शक्ति प्रदान गर्छ । प्रशंसाचाहिँ मानिसहरूले खाने अर्को भोजन हो भन्न सकिन्छ ।

“राम्रो !” “उत्तम !” “तपाईं उत्कृष्ट हुनुहुन्छ !”

बूढी औँला उठाउँदै प्रशंसाको बोली बोल्यो भने त्यसको प्रभाव दोबर हुन्छ । कहिलेकहीँ बूढी औँला उठाएको शक्तिशाली सङ्केतले धेरै शब्द बोलेकोले भन्दा पनि बढी प्रसन्न तुल्याउन सक्छ ।

डेल कार्नेगीले भनेका छन्, “हृदयस्पर्शी र प्रभावशाली बोलीचाहिँ प्रशंसाबाहेक छैन ।” हामीले कसैलाई प्रशंसा गरेको कुरा चाँडै बिर्सिन पनि सक्छौं, तर प्रशंसा पाएको व्यक्तिले चाहिँ त्यो कुरालाई जीवनभर याद गर्नेछ ।

यो महिनामा बूढी औँला उठाएर आफ्नो परिवारको धेरै प्रशंसा गर्नुहोस् । थकित हुँदा शक्ति उम्रनेछ, अनि आनन्दित हुँदाचाहिँ खुशी प्रस्फुटन हुनेछ ।

सुझाव
निम्न अवस्थामा कोसिस गरिहेर्नुहोस् :
अर्को व्यक्ति तपाईंप्रति विचारशील हुँदा
कसैले गाह्रो काम सिद्ध्याउँदा
आफू धन्यवादी हुँदा
परिवार सुन्दर र असल देखिँदा
अर्को व्यक्तिलाई हौसला दिन मन लाग्दा
यसरी गरिहेर्नुहोस् :
सन्देशमा बूढी औँला उठाएको स्टिकर पठाउने
बूढी औँला उठाएको तस्वीर वा भिडियो खिचेर पठाउने
दोबर प्रशंसा गर्न मन लाग्दाखेरि दुवै हातको बूढी औँला उठाउने
बूढी औँला उठाउँदै मुस्काउने