तपाईं खुशी हुँदा मुस्काउनुहुन्छ, कृतज्ञ हुँदा धन्यवाद भन्नुहुन्छ, अनि क्षमाप्रार्थी हुँदा माफी माग्नुहुन्छ । आफ्नो मनका भावनाहरू प्रकट गरेमा त्यो अरू व्यक्तिमा प्रसार हुन्छ ।

पारिवारिक प्रेम पनि उस्तै हो । कहिलेकहीँ आफूले व्यक्त नगरे पनि उनीहरूलाई आफ्नो अवस्था थाहा छ होला भनेर सोच्न पुगिन्छ अथवा प्रेमजस्तो सकारात्मक भावना पनि नकारात्मक अभिव्यक्तिद्वारा व्यक्त गर्न पुगिन्छ । परिवारका सदस्यहरूले स्वभावत: एक-अर्कालाई प्रेम गर्छन्, तर सीधै प्रकट गर्दा अझ सार्थक हुन्छ नि, होइन र ?
कृपया यो महिना आफ्नो परिवारलाई हातले पान आकार बनाएर प्रेम व्यक्त गर्नुहोस् । तपाईंलाई अलि लाज लागे तापनि आफ्नो प्रेम प्रकट गर्दा खुशी महसुस भएर नयाँ शक्ति प्राप्त हुनेछ ।
- सुझाव
- १. पान आकार यसरी बनाउने
- दुई हात उठाएर टाउकोमाथि ठूलो पान आकार बनाउने
- दुवै बूढी औँला सँगै राखेर पानको चुच्चो भाग बनाउन तलतिर झार्ने र दुवै हातका चार वटा औँलाहरू खुम्चाएर पान आकारको माथिल्लो भाग बनाउने
- बूढी औँला र चोर औँला जोडेर क्रस गरी सुन्दर पान आकार बनाउने
- २. यस्तो बेलामा आफ्नो परिवारलाई पान आकार बनाएर देखाउने
- बिहान उठेपछि वा सुत्नुअघि
- विद्यालय, काम वा बाहिर जाने समयमा
- कामपछि घर आइपुग्दा
- आफू कृतज्ञ हुँदा वा आफ्नो परिवार कठिन परिस्थितिबाट गुज्रिँदा
- आफ्नो प्रेम शब्दद्वारा व्यक्त गर्न अप्ठ्यारो लाग्दा इत्यादि ।