यदि एक जना व्यक्तिको डोरी तान्ने शक्ति १०० हो भने सिद्धान्तको हिसाबले दुई जनाको २०० हुन्छ, अनि ३ जनाको ३०० हुन्छ । तर tug of war(डोरी तान्ने खेल)द्वारा परीक्षण गरिहेर्दा दुई जना व्यक्तिले एकसाथ डोरी तान्दा प्रत्येकले ९३% शक्ति लगाएका, ३ जनाले एकसाथ डोरी तान्दा प्रत्येकले ८५% शक्ति लगाएका अनि ८ जनाले एकसाथ डोरी तान्दाचाहिँ प्रत्येकले ४९% शक्ति मात्र लगाएका देखियो । सङ्ख्या वृद्धि भएसँगै प्रत्येक व्यक्तिले पुऱ्याउनुपर्ने योगदान पनि घट्ने गर्छ । यसलाई Ringelmann Effect[रिङ्गलम्यान प्रभाव] भनिन्छ ।
योचाहिँ ‘मैले नगरे पनि अरूले गरिहाल्छ नि’ भन्ने सोचाइबाट आउने प्रभाव हो । परिवारको सन्दर्भमा पनि उस्तै हो । घरचाहिँ सबै परिवार एकसाथ बस्ने ठाउँ हो, तर कहिलेकहीँ आफूले गर्नुपर्ने घरको काम एक-अर्कामाथि सार्ने गरिन्छ । आफूले गर्नुपर्ने काम अर्को व्यक्तिमा सार्ने बानी नै बस्यो भने के हुन्छ होला ? काम राम्ररी नहुन पनि सक्छ, तर यदि केही गरी काम राम्ररी भइहालेछ भने पनि अर्को सदस्य असन्तुष्ट बन्ने अवस्था हुन्छ ।
परिवारका सबै सदस्यहरू घरको मालिक भएको घर ! सबै सदस्यहरूले मालिकको जस्तो मनस्थिति लियो भने रिङ्गलम्यान प्रभाव होइन, Synergy Effect[सिनर्जी प्रभाव, दुई वा सोभन्दा बढी व्यक्तिहरूले एकसाथ काम गर्दा आउने सफल परिणाम] प्राप्त हुनेछ ।
- सुझाव
- घरको काममा रुचि राख्ने
- आफूले गर्नुपर्ने काम छ भने सक्रियतापूर्वक गर्ने
- सहयोग चाहिन्छ कि भनेर एक-अर्कालाई सोध्ने
- घरमा कसैले काम गरिरहेको छ भने सँगै मिलेर गर्ने
- परिवारसँगै खाना तयार गर्ने
- घरायसी मामिलाहरूको विषयमा एकसाथ छलफल गरेर निर्णय लिने
- घरमा प्रयोग हुने ऊर्जा बचत गर्ने
- पारिवारिक नियमको पालना गर्ने
- पारिवारिक कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी हुने