WATV.org is provided in English. Would you like to change to English?

मनको ऋण तिरौं

20,398 भ्यु
लेख सुन्नुहोस् 3:18

ऋण भनेको अर्को व्यक्तिलाई तिर्नुपर्ने कुरा हो । ऋण जति छिटो तिऱ्यो, उति नै मन ढुक्क हुन्छ । ऋण तिरेमा लामो समयसम्म सुमधुर सम्बन्ध कायम राख्न सकिन्छ । मनको ऋणको सवलमा पनि उस्तै होइन र ? वास्तवमा हामीहरू सधैँ परिवारसँग मनको ऋण लिँदै जिउँछौं भन्दा अतिशयोक्ति नहोला । हामीले कुनै शर्तविना प्रेम पाउँछौं, अनि अजानमा परिवारको मनमा चोट पुऱ्याउनुको साथै परिवारलाई चिन्तित तुल्याएका हुन्छौं । तैपनि ‘आ, परिवार त हो’ भन्ने सोच्दै स्वाभाविक ठानेर त्यसलाई त्यतिकै बेवास्ता गर्ने गर्छौं । यो वर्षान्तमा, वर्षभरि परिवारसँग लिएको मनको ऋण सबै तिर्दा कसो होला ? एक-अर्काप्रति धन्यवाद व्यक्त गर्दै, पीडालाई कम गर्दै न्यानो र शान्तिपूर्ण तवरले यो एक वर्षलाई बिदाइ गरौं ।

सुझाव
परिवारलाई चोट दिएको छ भने माफी माग्ने
परिवारलाई धन्यवाद व्यक्त गरेको छैन भने धन्यवाद भन्ने
परिवारको क्षमायाचना र धन्यवादप्रति सन्तुष्ट छैनौं भने पनि त्यसलाई खुशीसाथ स्वीकार्ने
एक महिनाभरि परिवारको ऋण तिर्ने मनद्वारा व्यवहार गर्ने
वर्षान्तमा सानोतिनो पारिवारिक भोज गरेर मनको ऋण तिर्ने
सानो उपहारद्वारा मनको ऋण तिर्ने

मनको ऋण तिरौं

3:18
0:00 3:18

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।