सन् २०१९ IWBA प्रवेशिका समारोह

“सियोनमा सिकेको प्रेमलाई म कार्यक्षेत्रमा लागू गर्दछु”

दक्षिण कोरिया

June 16, 2019 1065 हेरेको संख्या

ब्लाइन्ड भनिने सामाजिक एप सर्वेक्षणको नतिजाअनुसार, १० जनामा ९ जना जागिरेहरू बर्नआउट सिन्ड्रम(अत्यधिक र दीर्घ तनावले ल्याउने भावनात्मक, मानसिक र शारीरिक थकान)ले ग्रस्त रहेको पत्ता लाग्यो । जीविकोपार्जन र लक्ष्य हासिल गर्न मानिसहरू कडा परिश्रम गर्ने गर्छन्, तर प्रक्रिया सधैँ सजिलो मात्र हुँदैन ।

जागिरे युवाहरूले सही धार्मिक विश्वास र मूल्य-मान्यताको आधारमा जोशिलो र इनामदायक तवरले आफ्नो जीवनको निर्णायक समयलाई सदुपयोग गरून् भन्ने हेतुले परमेश्वरको मण्डलीले IWBA(International Worker Bible Academy, अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी) प्रशिक्षण प्रणाली सञ्चालन गर्दैआएको छ । जून १६ तारिखमा कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा सन् २०१९ IWBA प्रवेशिका समारोह गरियो, जसमा नव भर्ती विद्यार्थीहरू, दर्तित सदस्यहरू, युवा समूहका शिक्षकहरू र कोरियाली पादरी कर्मचारीहरू गरेर ६,५०० जनाभन्दा बढीको सहभागिता रह्यो । समारोह आरम्भ हुनअघि कार्यक्षेत्र, प्रत्येक क्षेत्र र पेशारत युवा कामदार मिसनको परिचय गराउने प्रदर्शनी तथा विविध कार्यक्रमले सहभागीहरूलाई मनोरञ्जन दिलाउनुका साथै लाभदायक सूचनाहरू पनि बटुल्न मद्दत गऱ्यो ।

पहिलो चरणको आराधनामार्फत माताले नव भर्ती तथा दर्तित सदस्यहरूलाई आशिष् दिनुभएर “व्यस्त कार्यक्षेत्रमा समेत बाइबलमा भएको प्रेमको शिक्षालाई परिश्रमसाथ पछ्याउँदै परमेश्वरको महिमा प्रकट गर्ने यहाँहरू नै अगमवाणीका नायक हुनुहुन्छ” भन्नुहुँदै प्रशंसा गर्नुभयो । “भोलिको कुनै टुङ्गो नभएको मानव-जीवनमा यहाँहरूचाहिँ स्वर्गीय इनाम सञ्चय गर्दैहुनुहुन्छ” भनेर मनोबल थपिदिनुहुँदै माताले “फर्केर नआउने यस वर्तमान समयलाई अमूल्य ठानेर, आत्मा बचाउने सबैभन्दा महत्त्वपूर्ण कार्य, कार्यक्षेत्रबाटै सुरु गरौं । मुक्तिको शुभ समाचार सुन्न नपाएर थकित जीवन बिताइरहेका आत्माहरूमाझ स्वर्गको आशा रोपिदिने कार्य भनेकै येशूज्यूले सिकाउनुभएको छिमेकी प्रेम हो” भनी अवगत गराउनुभयो (भज ११०:२-४; हितो २७:१; गला ६:७-८) ।

“संसारको ज्योति र नून होओ” (मत्ती ५:१३-१६) भन्ने वचनलाई उल्लेख गर्दै सन्तको भूमिका उल्लेख गर्नुभएका महासचिव पास्टर गिम जु छलले “अन्धकारलाई हटाउने ज्योति र भ्रष्टतालाई निर्मूल पार्ने नूनजस्तै, पवित्र परमेश्वरका सन्तानहरू अग्रसर भएर संसारलाई सही मार्गमा डोऱ्याऔं” भनी आग्रह गर्नुभयो (२ तिमो ३:१२-१५; भज ५५:२२-२३; यशै ३३:१) ।

दोस्रो चरणको प्रवेशिका समारोहमा चम्किला युवाहरूले भिडियो दैनिकीहरू र प्यानल छलफल जस्ता विभिन्न शैलीहरूमा IWBA नव भर्ती गाइड, सन् २०१८ परिणाम प्रतिवेदन एवम् सन् २०१९को भिजनसम्बन्धी प्रस्तुतिहरू बनाए । IWBA सदस्यहरूले आफ्नो कार्यक्षेत्रमा परमेश्वरको शिक्षालाई कार्यान्वयन गरेर सुसमाचारका नतिजाहरू प्रशस्त छोड्ने मात्र होइन, तर पढाइ बिदाको दौरान विविध स्वयंसेवा गतिविधि र सुसमाचार प्रचारको निम्ति विदेशतर्फ उडान भर्ने कार्यसमेत गरे । तिनीहरूको कार्यले नव भर्तीहरूमा सुसमाचारको आगो सल्काइदियो । जागिरको पहिलो दिन कार्यक्षेत्र जानअघि प्रवेशिका समारोहमा सहभागी भएका एक जना नव भर्ती ब्रदर इम दोङ ह्यन (व्यापारी / आन्सान, कोरिया) “जीवनमा पहिलो चोटि जागिर खान लागेकोले उत्साहको साथै चिन्ता पनि लागिरहेको थियो, तर आज मेरा सबै चिन्ताहरू दूर भएका छन्” भन्दै खुलेर हाँसे ।

उच्च शैक्षिक प्रस्तुति हासिल गरेका र सुकर्मद्वारा मण्डली एवम् समाजमा उदाहरण छोडेका करीब ४० जना सदस्यहरूले माताबाट उत्कृष्टता अवार्ड प्राप्त गरे । समारोह विसर्जन गर्नुहुँदै माताले “पिताले ‘भविष्यमा ठूलो इच्छा पूरा गर्ने अगमवक्ता’ भनेर प्रशंसा गर्नुभएका युवाहरूले सुसमाचारमा आफूलाई समर्पण गरेको देखेर गर्व लाग्छ” भन्नुहुँदै ठूलो ताली बजाइदिनुभयो ।

IWBA प्रवेशिका समारोहद्वारा मन र मस्तिष्कमा ताजगी लिएका जागिरे युवाहरूले एकै सोरमा “कार्यक्षेत्रचाहिँ पैसा कमाउने ठाउँ मात्र नभएर परमेश्वरको प्रेम साझा गर्ने ठाउँ बन्नेछ भनी आशा गर्दछौं” भने । सिस्टर सिम उन ह्ये(कर्मचारी / सङनाम, कोरिया)ले “दिनहुँ प्रभातमा उठेर काममा जाने र रातमा थकित भएर घर फर्कने जागिरेहरू मेरो वरिपरि धेरै छन् । तिनीहरूलाई नयाँ शक्ति पुनः प्राप्त गराउन म निरन्तर परमेश्वरको सान्त्वना बाँड्नेछु” भन्ने इच्छा जाहेर गरिन् । सिस्टर ग्वन ह्यन जङ(फिजिकल थेरापिस्ट / सउल, कोरिया)ले पनि “IWBA प्रशिक्षणको दौरान सिकेको विचारशीलता र सेवाको मनद्वारा म अस्पतालमा कार्य गर्न प्रयत्न गर्दैछु” भनिन् । “एक ताका एक जना सिकिस्त बिरामीलाई मैले एलोहिष्ट उपहारस्वरूप दिँदाखेरि तिनले, ‘आज स्वर्गदूतसित भेट भयो’ भनेको सुनेर मलाई एकदमै खुशी लाग्यो” भन्दै सिस्टरले बाइबलका वचनहरूलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता जाहेर गरिन् ।