समाज सेवा
परमेश्वरको मण्डलीले अमूल्य जीवन बचाएर कष्टलाई सँगै जित्दै विश्व-शान्ति र मानव-जातिको खुशी निर्माण गर्दछ ।

माताको प्रेमभित्र सबै जना खुशी हुने संसार
परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीचाहिँ सम्पूर्ण मानव-जातिलाई प्रदान गर्ने जीवनको घर हो । यसभित्र एकसाथ जिउने मानव-जातिहरू सबै एकै परिवारजस्तै हुन् । तर विश्वभरि युद्ध, अनिकाल, महामारी इत्यादिले ग्रसित भएर पीडामा गुज्रिरहेका मानिसहरूको सङ्ख्या वर्षैपिच्छे बढ्दो छ । अनपेक्षित सामाजिक, आर्थिक र वातावरणीय प्रकोपहरूले जीवन, शिक्षा, स्वास्थ्य र वातावरण जस्ता मानव-जातिको आधारभूत अधिकारलाई चेताउनी दिँदै मानव-जातिको अस्तित्वलाई समेत जोखिममा पारिरहेको छ । परमेश्वरको मण्डलीले सारा मानव-जातिका निम्ति स्वस्थ र हर्षपूर्ण संसार, आमाको काखजस्तै न्यानो र शान्तिमय संसार बनाउने लक्ष्य लिएको छ ।
व्यावहारिक विचार
आमाको प्रेम नै खुशीको स्रोत
आजको विश्वव्यापी गाउँका परिवारहरूलाई अत्यावश्यक कुरा भनेको नै आमाको प्रेम हो । दिने प्रेम, सुन्दर मन, परिवारमा आमाको प्रेम र रुचि, विचारशीलता र बलिदानले परिवारमा शान्ति र एकता ल्याएजस्तै, विपत्ति र द्वन्द्वले भरिएको यो संसार माताको प्रेमले भरिएमा मानव-जातिले अनन्त खुशी र शान्ति प्राप्त गर्न सक्नेछन् ।
मानिस परिवर्तन त संसार परिवर्तन
मानव-समाजको सबैभन्दा सानो एकाइ ‘मानिस’ । मानिस परिवर्तन भएमा उसको परिवार परिवर्तन हुनेछ, अनि समाज, सहर र देश गर्दै पूरै संसार परिवर्तन हुनेछ । परिवारको केन्द्र हुनुभएकी ‘आमा’को प्रेमद्वारा हामीहरू, प्रत्येक व्यक्तिलाई खुशीपूर्ण परिवर्तन प्रदान गर्दछौं, र परिवर्तन भएका मानिसहरू सबै मिलेर खुशीपूर्ण संसार निर्माण गर्दछौं ।
परमेश्वरको मण्डलीले SDGsसँग सहकार्य गर्दछ ।
यूएन दिगो विकास लक्ष्यहरू(SDGs)को मुख्य उद्देश्य नै मानव शान्ति र खुशी हो । परमेश्वरको मण्डलीले अन्तर्राष्ट्रिय सङ्गठनहरू, सरकारी निकायहरू, सामाजिक संघ-संस्थाहरू र स्थानीय समाजसँग सहकार्य गर्दै SDGsलाई समर्थन गर्दछ ।

SDGs(Sustainable Development Goals, दिगो विकास लक्ष्यहरू)
यूएन दिगो विकास लक्ष्यहरू भनेको मानव-जातिको दिगो विकासको निम्ति सन् २०१५मा यूएनले अपनाएको एजेन्डा र अन्तर्राष्ट्रिय समुदायका साझा लक्ष्यहरू हुन् । यसमा ‘कसैलाई पनि नछुटाऔं’ भन्ने विचारधारा लगायत गरीबी, रोग, शैक्षिक मामिला, वातावरण विनाश र आर्थिक मन्दी इत्यादि मानव-जातिले सामना गरिरहेका विभिन्न समस्याहरू उन्मूलन गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले सन् २०३०सम्ममा लागू गरिसक्ने १७ वटा लक्ष्यहरू, १६९ वटा योजनाहरू र २३० वटा सूचाङ्कहरू समावेश छन् ।


















SDGs कार्यान्वयन क्षेत्रहरू
परमेश्वरको मण्डलीले गर्ने समाज सेवा SDGsअनुरूप छ ।
विश्व शान्ति | आपत्कालीन उद्धार | प्रकोपबाट राहत, मर्मत सम्भार सेवा, राहत कोष तथा साजसामग्री अनुदान, निःशुल्क भोजन वितरण, प्रकोप पूर्वतयारीसम्बन्धी शिक्षा |
![]() ![]() ![]() |
गरीबी र अनिकाल उन्मूलन | गरीब परिवारहरूलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण, किसानहरू, मछुवाहरू र पशुपालक कृषकहरूलाई सहयोग तथा रकम अनुदान |
![]() ![]() |
|
सफा पानी र स्वच्छता | पानीको अभाव भएका देशहरूलाई पानी पम्प सहयोग, स्वच्छतामा सुधार |
![]() |
|
स्वास्थ्य कल्याण | रक्तदान, उपचार सहयोग, स्वास्थ्य परामर्श, रोगको रोकथाम |
![]() |
|
कल्याण प्रर्वद्धन | ज्येष्ठ नागरिकहरूका लागि सान्त्वनादायक भोज, निःशुल्क केश सिङ्गार सेवा, बुज्रुग र बहुसांस्कृतिक परिवारहरूलाई सहयोग, छिमेकीहरूका लागि प्रदर्शनी, अर्केस्ट्रा कन्सर्ट, क्षेत्रीय तथा राष्ट्रिय कार्यक्रमहरूमा समर्थन, सार्वजनिक नियम क्याम्पेन, किसान, मछुवा तथा पशुपालक कृषकहरूलाई सहयोग |
![]() ![]() |
|
गुणस्तरीय शिक्षा | प्रकोपले क्षतिग्रस्त विद्यालयका भवनहरू पुनर्निर्माण, शैक्षिक सुविधा तथा सामग्री अनुदान, विद्यालयको माहोल सौन्दर्यीकरण, पढाइ खर्च सहयोग, चरित्र शिक्षा |
![]() ![]() |
|
वातावरण संरक्षण | स्थानीय वातावरण सुधार, पारिस्थितिक प्रणाली संरक्षण, जलवायु परिवर्तन प्रतिक्रिया, वातावरण संरक्षण क्याम्पेन |
![]() ![]() ![]() |
|
अपराध न्यूनीकरण | विश्वव्यापी अपराध न्यूनीकरण क्याम्पेन |
![]() |
|
साझेदारी | SDGs कार्यान्वयनका लागि विश्वव्यापी फोरम, MOU हस्ताक्षर, बैठक, समर्थन हस्ताक्षर, समर्थन क्याम्पेन |
![]() |
विश्वव्यापी स्वयंसेवाको वर्तमान अवस्था
परमेश्वरको मण्डलीले देश र समाजमा वातावरण संरक्षण गर्नुको साथै विपन्न छिमेकीहरूलाई आशा र साहस प्रदान गर्दै विविध स्वयंसेवा कार्यहरू गर्ने गर्दछ । मण्डलीका सन्तहरू मात्र नभएर उनीहरूका परिवार, छिमेकी, साथी, चिनाजाना र सबै वर्गका मानिसहरू पनि यो कार्यमा सहभागी भइरहेका छन् ।

उपलब्धिहरू

विश्वमा दिगो शान्तिको जग बसाल्दै
- अन्तर्राष्ट्रिय कार्यक्रम सफल पार्नलाई गरिएको समर्थन
- देश-देशबीच संस्कृति आदानप्रदान
- अन्तर्राष्ट्रिय समस्या समाधानको निम्ति सहकारिता तथा सञ्चार सुधार

दिगो विकास लक्ष्यहरू(SDGs) कार्यान्वयनका लागि समर्थन
- गरीबी तथा अनिकाल उन्मूलन, रोग रोकथाम तथा उपचार, प्रकोप पीडितहरू तथा असुरक्षित सामाजिक समूहको मानव अधिकार संरक्षण, र बालबालिका तथा युवा शिक्षाको लागि समर्थन
- जलवायु परिवर्तन प्रतिक्रिया, वातावरण, स्वच्छता तथा खानेपानीको गुणस्तरमा सुधार, वन फँडानीको कडा प्रतिकार

समाज र देश विकासको निम्ति सहयोग
- क्षेत्रीय विकास तथा वातावरण सुधार
- क्षेत्रीय समस्याहरू समाधान
- सार्वजनिक-निजी सहकारिता तथा सर्वसाधारणको एकता

पारिवारिक खुशी र छिमेकी एकताको प्रवर्द्धन
- स्वयंसेवामा परिवार र छिमेकीहरूको सहभागिता विस्तार
- पारिवारिक कार्यक्रम र सांस्कृतिक गतिविधिहरू साझा
- छिमेकीप्रतिको विचारशीलता प्रवर्द्धन

बालबालिका तथा युवाहरूको चरित्र निर्माण
- आत्मसम्मानमा सुधार, पारिवारिक प्रेम प्रवर्द्धन
- ज्ञान विस्तार, परोपकारितामा सुधार
- साथीहरू र पीढीहरूबीच सञ्चार सुधार
- सामाजिकता बीजारोपण

नागरिकहरूमा चेतनाको विकास
- विभिन्न पृष्ठभूमिका मानिसहरूलाई स्वयंसेवामा सहभागी हुन प्रोत्साहन
- अरूप्रतिको विचारशीलतामा सुधार
- वातावरण संरक्षणसम्बन्धी जनचेतना जागरण
- विश्वव्यापी गाउँमा चेतना बीजारोपण