माताको आठौँ शिक्षा

“दाजुभाइ-दिदीबहिनीको प्रशंसा गरेमा प्रशंसा आफूमा नै फर्कन्छ ।”

54,180 भ्यु

भनिन्छ, “मीठो बोली पठाएमा मीठै बोली फर्कन्छ ।” यो भनाइले बोलीको विशेषतालाई दर्शाउँछ । वास्तवमा बोली भनेको प्रतिध्वनिजस्तै हो । हामीले अरूप्रति जस्तो बोली बोल्छौं, उताबाट पनि त्यस्तै बोली पाउँछौं । यदि अरूप्रति प्रशंसाको बोली बोल्छौं भने प्रशंसाकै बोली फर्कन्छ, र अरूलाई दोषारोपणको बोली बोल्छौं भने उताबाट पनि दोषारोपणकै बोली पाउँछौं । त्यसैले स्वर्गीय माताले हामीलाई “दाजुभाइ, दिदीबहिनीलाई प्रशंसा गरेमा प्रशंसा आफैमा फर्कन्छ” भन्ने शिक्षा दिनुभयो । हामीले यो शिक्षालाई याद गरेर सानो कुरामा पनि दाजुभाइ, दिदीबहिनीलाई प्रशंसा र प्रोत्साहन दिन्छौं भने त्यो प्रशंसा अन्ततः हामीमा नै फर्कनेछ । यसबाहेक यदि दाजुभाइ, दिदीबहिनीको मुखबाट प्रशंसा फर्किएन भने पनि हाम्रा सबै कार्य याद गर्नुभएका परमेश्वरबाट हामीले प्रशंसा र आशिष् पाउनेछौं ।

मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो । मत्ती ७:१२

अनि दाजुभाइ, दिदीबहिनीहरू सियोनमा एकतामा रहेको स्वरूप देखेर परमेश्वर प्रसन्न हुनुहुनेछ भन्ने कुरा पनि हामीले याद राख्नुपर्छ (भजन १३३:१-३) । त्यसोभए सियोनमा रहने आत्मिक परिवारहरूले आपसमा प्रेम बाँड्दै एकतामा रहनको निम्ति कसो गर्नुपर्छ होला ? यसको निम्ति, प्रेम समावेश भएको प्रशंसा र प्रोत्साहनको आवश्यकता पर्छ ।

हामी सबै जना कमजोर पापी भएकाले हामी प्रायः गल्ती गर्छौं, कहिलेकहीँ अनुचित बोली/व्यवहार गर्छौं । तर लगातार दाजुभाइ, दिदीबहिनीको गल्तीलाई औँल्याउँदै प्रकट गर्ने गर्छौं भने सियोनमा कहिल्यै एकता कायम हुँदैन । दाजुभाइ, दिदीबहिनीहरूको गल्ती अथवा कमजोरी देख्दा, हामी पनि विभिन्न पक्षमा कमजोर भएका पापीहरू हौं भन्ने कुरा याद गर्नुपर्छ, अनि उनीहरूको गल्तीलाई ढाकछोप गरिदिँदै प्रशंसा गर्नुपर्छ । यसो गर्नाले सियोनमा पूर्ण एकता कायम हुनेछ, र परमेश्वर प्रसन्न हुनुहुनेछ ।

परमेश्वरको यस्तो शिक्षालाई व्यवहारमा लागू गरेर दाजुभाइ, दिदीबहिनीलाई प्रशंसा गर्ने र सियोनमा पूर्ण एकता कायम राखेर परमेश्वरबाट प्रशस्त आशिष्‌ पाउने परमेश्वरका सन्तानहरू बनौं ।

समीक्षात्मक प्रश्न
माताको आठौँ शिक्षा के हो ?
दाजुभाइ, दिदीबहिनीको गल्ती देख्दा कसो गर्नुपर्छ भन्नेबारे छलफल गरौं ।