WATV.org is provided in English. Would you like to change to English?

सन् २०१९ ASEZ तथा ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा संस्कृति आदनप्रदान

सबै जना सुरक्षित रहने स्वस्थ संसारको निम्ति

July 31, 2019 505 हेरेको संख्या

ग्रीष्म बिदाचाहिँ विश्वविद्यालय विद्यार्थी तथा जागिरे युवाहरूका निम्ति हजार टुक्रा सुनजस्तै हुन्छ । परमेश्वरको मण्डलीका युवा सन्तहरू क्याम्पसको पढाइ र जागिरमा समर्पित रहने गर्छन् । उनीहरू अनुभवमा सुधार ल्याउन वा युवावस्थाको मज्जा लिनको निम्ति नभएर फराकिलो संसारका छिमेकीहरूको सहयोग र जिउने घर, यस पृथ्वीको सुरक्षाको निम्ति ग्रीष्म बिदाको पर्खाइमा हुन्छन् ।

जुलाईको अन्ततिर परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ तथा जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOका ५४० जना सदस्यहरूले विश्वका ८४ वटा सहरहरूतर्फ उडान भरे । बल्दो उत्साहको साथै पासपोर्ट र सुटकेससहित प्रस्थान गरेका उनीहरूले प्रत्येक सहरलाई आवश्यक रहेको स्वयंसेवा कार्यहरूमा आफूलाई समर्पित गरे ।

ASEZ_अपराधमुक्त संसार निर्माणका लागि विश्वव्यापी गतिविधिहरू

ASEZले ‘परिवर्तन ल्याउने मानिसहरूको सङ्कल्प’ कार्यान्वयनतर्फ केन्द्रित रहेर स्वयंसेवा गतिविधि गर्दछ । योचाहिँ सन् २०१९ जुलाई १५मा आयोजित विश्वव्यापी ASEZ सम्मेलनमा ४२ वटा देशका विश्वविद्यालय विद्यार्थीहरूद्वारा अपनाइएको सङ्कल्प थियो । यसमा अपराधमुक्त सडक तथा विद्यालय(Zero crime street and school) तोकेर क्षेत्रीय र राष्ट्रिय स्तरबाट अपराधको अवस्था अनुकूलन स्वयंसेवा कार्यक्रमहरू विकास गर्ने, प्रत्येक गतिविधिलाई ASEZ सल्लाहकार समिति प्रणालीद्वारा छुट्ट्याउने, प्रत्येक क्षेत्रका विशेषज्ञहरूसँगको सञ्चारद्वारा विश्वविद्यालयका विद्यार्थीहरूको दक्षता बढाउने जस्ता कार्यहरू समावेश छ ।

विभिन्न देशका सहरहरूमा गएका ASEZ विद्यार्थीहरूले प्रत्येक क्षेत्रको अपराध स्थिति जाँच्नको निम्ति धेरै सरकारी तथ्याङ्क र अपराधसम्बन्धी प्रसङ्गहरू प्रयोग गरेर उपयुक्त स्वयंसेवा कार्यक्रमहरूको धारणाहरू अगि सारे । केही सदस्यहरूले चाहिँ ज्येष्ठ नागरिकहरू कठिन जीवनयापनका कारण चोरीमा संलग्न हुने गरेको कुरा समाविष्ट प्रसङ्गहरूबाट उपायहरू लिएर प्राप्त जानकारीको आधारमा कार्यक्रमहरूको योजना बनाए । यसको अतिरिक्त ASEZ सदस्यहरूले कार्यक्रमसँग सम्बन्धित व्यक्ति तथा स्थानीय VIPहरूलाई सल्लाहकार समिति सदस्यको रूपमा नियुक्त गरेर उपयोगी जानकारी एवम् अनुभव बटुल्ने हेतुले उनीहरूसँग छलफल गरे । ग्वाटेमालाको राष्ट्रिय सांस्कृतिक सम्पदा दरबार, अस्ट्रेलियाको हर्निसबाइ सिटी हल तथा दक्षिण अफ्रिकाको यूनिभर्सिटी अफ फ्रि स्टेट जस्ता मुख्य स्थानहरूमा गरिएको छलफलमा देशपिच्छे, साधारण चोरी पैठारीदेखि लिएर आगजनी जस्ता गम्भीर अपराधहरूसम्बन्धी विभिन्न घटनाहरूको विषयमा विचार-विमर्श गरियो । ग्वाटेमालाका उपराष्ट्रपति जाफेत अर्नेस्टो कब्रेरा फ्रान्कोले विश्वविद्यालय विद्यार्थीहरूलाई भेटेर भने, “विश्वविद्यालयका विद्यार्थीहरूले समाजमा सकारात्मक प्रभावहरू ल्याइरहेका छन् ।” उनले विद्यार्थीहरूका गतिविधिहरूको निरन्तर समर्थन गर्ने प्रतिज्ञा गरे । काल्लाओका प्रहरी प्रमुख एडगार्डो एमिलियो गारिडो लोपेजले भने, “हामीहरू २६,००० विद्यार्थीहरूलाई अपराधबाट टाढा रहने गराउनको निम्ति कार्यक्रमहरूको योजना बनाइरहेका छौं । यो कार्यक्रमको एक हिस्साको रूपमा यहाँहरूको सहकार्य आवश्यक छ, किनभने विश्वविद्यालय विद्यार्थीहरूचाहिँ पेरुको भविष्यलाई नेतृत्व गर्नेहरू हुन् ।”

ASEZले, शीघ्र स्थानीय अवस्थाहरूको पहिचान गरेर योजनाहरू बनायो, र ती योजनाहरूलाई तुरुन्तै कार्यान्वयन गऱ्यो । ती सबै योजनाचाहिँ CPTED[Crime Prevention Through Environmental Design]मा केन्द्रित थियो । ASEZ सदस्यहरूले भेनेजूएला र फिलिपिन्सका आपराधिक गल्लीहरूमा परिवारसम्बन्धी भित्ते-चित्रहरू कोर्ने र संयुक्त अधिराज्यको एप्सोमका सडकहरूबाट फोहोरहरू हटाउने कार्य गरे । उनीहरूले पेरुको आरेक्विपाका पैदल मार्गहरूमा वृक्षारोपण गरे ।

ASEZ सदस्यहरूले अपराधमुक्त सडक तथा विद्यालय प्रोजेक्टतर्फ पहिलो पाइला चाल्नको निम्ति स्थानीय विद्यालय तथा नगरपालिकाहरूको भ्रमण गरे । मन्डालय राष्ट्रिय उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक एलियोनर एस. सान्टोसले भने, “विद्यालयहरूमा हिंसात्मक गतिविधिहरू रोक्न अत्यन्त जरुरी छ । आमाको प्रेम नै समाधानको मुख्य चाबी हो भन्ने मान्यता लिएको ASEZसँग म सहमत छु ।” ASEZ सदस्यहरूले भारतको पानाजी, मेक्सिकोको मेक्सिको सिटी अनि अर्जेन्टिनाको ब्यूनोस आयर्समा मानिसहरूलाई अपराधका जोखिमहरूबारे जानकारी गराएर जनचेतना जगाउनको निम्ति गोष्ठी, सम्मेलन तथा फोरमहरूको आयोजना गरे ।

ASEZ WAO : “पृथ्वीलाई बचाउन चाहनुहुन्छ भने ट्याप(TAP) गर्नुहोस् !”

जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले Take Action Project[TAP] गतिविधि सञ्चालन गरिरहेको छ । योचाहिँ मानव-जाति र पृथ्वीबीच सन्तुलित विकासको निम्ति एकसाथ कार्य गर्न अनि मानिसहरूको हृदय घचघचाएर संसारमा परिवर्तन ल्याउनमा जागिरेहरूले लगाउने स्वयंसेवा प्रयत्न हो, जुनचाहिँ विश्व अर्थव्यवस्थाको प्रेरक शक्ति हो ।

छोटो बिदाको समयमा विदेश भ्रमणमा गएर ASEZ WAO सदस्यहरूले आ-आफ्ना पेशाहरूको अनुभवबाट लिएका ज्ञान र विगतका TAP गतिविधिहरूको आधारमा वातावरण प्रदूषण, किशोर-किशोरीहरू, ज्येष्ठ नागरिकहरू, सरसफाइ जस्ता पक्षहरूमा देखिएका विश्वव्यापी समस्याहरू समाधानमा नेतृत्व लिए । उनीहरूले अमेरिकाको न्यूयोर्कस्थित फार्मिङडेल सार्वजनिक पुस्तकालयको वरपर वातावरणसम्बन्धी जनचेतना जगाउने हेतुले प्लास्टिकजन्य सामग्रीहरूको प्रयोग कम गराउनको निम्ति फोरमको आयोजना गरे, न्यूजिल्यान्डको वेलिङ्गटनमा वातावरणमा असर गर्ने हानिकारक झारहरू हटाउने कार्य गरे, गस्टभोका प्राथमिक तहका विद्यार्थीहरूको निम्ति दन्त स्वास्थ्य कक्षा सञ्चालन गरे, भारतको रायपुरमा रक्तदानको महत्त्व जानकारी गराउने उद्देश्यका साथ क्याम्पेनहरू सञ्चालन गरेर स्वास्थ्य अधिकृतहरूलाई रक्त आपूर्तिमा सहयोग पुऱ्याए ।

उनीहरूले निजी प्रतिनिधिको भूमिका पनि निर्वाह गरे । मलेसियाको क्वाला लम्पुरस्थित SK(A) बुकिट केमान्डोल विद्यालयमा कोरियाली वर्णमाला र परम्परागत खेलहरू सिकाए, अनि ताइवानको ताइचुङमा विद्यार्थी तथा बुज्रुगहरूका निम्ति कोरियाली सांस्कृतिक कार्यक्रमको आयोजना गरे ।

ASEZ WAO सदस्यहरूको अर्थपूर्ण बिदाको समय पहिचान भएसँगै उनीहरूको कार्य स्थानीय सञ्चार माध्यमहरूद्वारा समाचारमार्फत प्रसारण भयो, अनि नगरपालिकाका कर्मचारी लगायत जनसाधारणले पनि उनीहरूलाई प्रोत्साहन दिए ।

“जस्तो यो सरसफाइद्वारा स्पष्ट नै छ, ASEZ WAO युवा सदस्यहरूको जोश र सकारात्मक ऊर्जाले हाम्रा छिमेकी र समुदायहरूलाई प्रसन्न तुल्याएको छ, अनि अन्ततः वातावरणीय जोखिमहरूबाट पृथ्वी र मानव-जातिलाई बचाउने कार्यमा योगदान पुऱ्याएको छ ।” सिकागो डिफेन्डर, अमेरिकी अनलाइन पत्रिका

“यहाँहरूका गतिविधिहरूले कम्बोडियाका समस्याहरू समाधानमा सहयोग पुऱ्याएको छ । Aदेखि Zसम्म, उत्तम संसार निर्माणमा प्रयत्नरत ASEZ WAOलाई म समर्थन गर्दछु ।” बो छमसेरे / शिक्षा, युवा तथा खेलकुद उपमन्त्री, कम्बोडिया

व्यस्त कार्यतालिका समाप्त गरेर कोरिया फर्कनुअघि ASEZ WAOले क्यालुकन सिटीका नगर प्रमुख ओस्कर जि. मालापिटान, अमेरिकी सिनेट सदस्य केभिन थोमन लगायत विभिन्न सङ्गठन तथा प्रभावशाली व्यक्तित्वहरूबाट पुरस्कार तथा प्रमाण-पत्र प्राप्त गऱ्यो । ASEZ WAOले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित ग्लेन्डेल नगर परिषद्को नियमित बैठकमा निमन्त्रणा पाएर सभाका सदस्यहरूबाट समर्थन प्राप्त गऱ्यो । मेक्सिकोमा दन्त स्वास्थ्य कक्षा सञ्चालन गरेपछि सिस्टर गिम यु जिन(दन्त चिकित्सक / नाजु, कोरिया)ले भनिन्, “बच्चाहरूको दन्त स्वास्थ्यको हेरचाह गर्न अत्यावश्यक छ । त्यसैले होला शिक्षकहरू कृतज्ञ हुनुहुन्थ्यो । विश्वको अर्को कुनामा रहेका बच्चाहरूलाई आफ्नो पेशा अनुभवबाट बटुलेको ज्ञानद्वारा सहयोग गर्न पाउँदा मलाई एकदमै गर्व लाग्यो ।”

“खोजको वास्तविक यात्रामा, नयाँ परिदृश्य पहिल्याउने कुरा नभएर नयाँ आँखा लिने कुरा समावेश हुन्छ” भन्ने एक जना उपन्यासकारको भनाइजस्तै, विश्वभर स्वयंसेवा गतिविधिहरूद्वारा आफ्नो क्षितिजलाई फराकिलो पारेर अझ परिपक्व भई युवा सदस्यहरू आ-आफ्नो क्याम्पस र कार्यस्थल फर्किए । उनीहरूले आफ्ना अनुभवहरू बाँड्दै नगरपालिका तथा कल्याण केन्द्रहरूको समन्वयमा व्यवस्थित स्वयंसेवा प्रयासलाई जारी राख्नेछन् ।