प्रार्थनाको विषय के हुनुपर्छ होला ?

1566 हेरेको संख्या

परमेश्वरको सहयोगविना हामीले आफ्नो शक्तिद्वारा केही पनि गर्न सक्दैनौं । त्यसैले हामीले परमेश्वरसित सहयोग मागेको परमेश्वर चाहनुहुन्छ (मत्ती ७:७-८), र अदृश्य संसारबाट हाम्रो प्रार्थनामा कान लगाउनुहुँदै सधैँ हामीलाई सहयोग गर्नुहुन्छ । यसकारण हामीले सधैँ लगनशीलताका साथ प्रार्थना गर्न प्रयत्न गर्नुपर्छ (१ थेस ५:१७) ।

त्यसोभए हामीले कुन-कुन विषयमा प्रार्थना गर्नुपर्छ होला ? बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं ।

  1. १. पहिला उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर भन्नुभएको छ (मत्ती ६:२५-३४) ।
  2. २. बुद्धिको अभाव छ भने बुद्धि माग भन्नुभएको छ (याक १:५) ।
  3. ३. परीक्षामा नपर्नलाई प्रार्थना गर भन्नुभएको छ (लूक २२:४०) ।
  4. ४. पवित्र आत्मा माग भन्नुभएको छ (लूक ११:१३) ।
  5. ५. प्रचारको ढोका खोलिदिन प्रार्थना गर भन्नुभएको छ (कल ४:२-६) ।
  6. ६. निर्भयतासाथ सुसमाचारको रहस्य घोषणा गर्न सक्नको निम्ति प्रार्थना गर भन्नुभएको छ (एफि ६:१८-१९) ।
  7. ७. विश्वासमा स्थिर रहनको निम्ति प्रार्थना गर भन्नुभएको छ (कल ४:१२) ।
  8. ८. सत्यताको वचन पूर्ण रूपमा बुझ्ने गराइदिनुहोस् भनी प्रार्थना गर भन्नुभएको छ (भज ११९:१८) ।
  9. ९. अरूलाई क्षमा गरिदिन प्रार्थना गर भन्नुभएको छ (मर्क ११:२५) ।
  10. १०. पापप्रति पश्चात्तापको प्रार्थना गर भन्नुभएको छ (प्रे ८:२२) ।
  11. ११. विश्वास नसेलाउनको निम्ति प्रार्थना गर भन्नुभएको छ (लूक २२:३२) ।

यति मात्र होइन, कुनै चिन्ताको विषय अथवा आफूले चाहेको कुराको निम्ति पनि प्रार्थनाद्वारा परमेश्वरसित बिन्ती गर्नुपर्छ । जे भए पनि प्रार्थनामा मागेको कुरा प्राप्त हुन्छ भन्ने विश्वास गऱ्यो भने त्यसैअनुसार हुनेछ भन्नुभएको छ (मर्क ११:२४) । तर आफ्नो पापमय अभिलाषाको निम्ति गलत तरिकाले माग्यो भने परमेश्वरबाट प्रार्थनाको उत्तर आउँदैन (याक ४:२-३) ।

येशूज्यू स्वयम्‌ले पनि प्रार्थनाद्वारा सुसमाचारको कार्य गर्नुभएर उदाहरण देखाइदिनुभयो । येशूज्यूचाहिँ प्रार्थनाविनै हामीलाई मुक्ति दिन सक्नुहुने सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ, तापनि यदि लगनशीलताका साथ प्रार्थना गऱ्यो भने परमेश्वरले सुनिदिनुभएर उत्तर दिनुहुनेछ भन्नुहुँदै उहाँले हाम्रो निम्ति प्रार्थनाको उदाहरण देखाउनुभयो (लूक ११:९-१३) । “निरन्तर प्रार्थना गरिरहो” भन्नुभएका परमेश्वरको इच्छामा आज्ञाकारी भएर परमेश्वरको अनुग्रह र आशिष् प्रशस्त पाउने सियोनका सन्तानहरू होऔं ।

समीक्षात्मक प्रश्न
परमेश्वरले कस्तो प्रार्थनाको उत्तर दिनुहुन्न ?
आफूले विगतमा चढाएको प्रार्थनालाई फर्केर हेर्दै परमेश्वरले चाहनुभएको प्रार्थना चढाऔं ।