आराधना
शबाथ-दिनको तयारी कसरी गर्नुपर्छ होला ?
परमेश्वरबाट प्रशस्त आशिष् पाउनको निम्ति हामीले कसरी शबाथ-दिनको तयारी गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं । पहिलो, हामीले तयारीको दिनद्वारा शबाथ-दिनको तयारी गर्नुपर्छ । शबाथ-दिनको अघिल्लो दिनलाई शबाथको तयारी गर्ने भन्ने अर्थमा तयारीको दिन भनिन्छ । हामीले हाम्रो व्यक्तिगत कामकाजहरू सबै शबाथ-दिनको अघिल्लो दिनमै सिद्ध्याउँदा राम्रो हुन्छ, किनभने शारीरिक कामकाजले हामीलाई शबाथ-दिनमा आत्मा र सत्यतामा आराधना गर्न बाधा पुऱ्याउन सक्छ । “परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।” यूह ४:२४ दोस्रो, आराधनाप्रति हामीहरू समयनिष्ठ हुनुपर्छ । शबाथ-दिनको आराधना समयचाहिँ सारा ब्रह्माण्डमाथि शासन गर्नुहुने परमेश्वरलाई भेट्ने समय हो । यदि यो संसारमा कुनै देशका राष्ट्रपतिलाई भेट्ने अवसर मिल्यो भने मानिसहरू प्रतिज्ञा गरिएको समयभन्दा १ घण्टा अथवा कम्तीमा पनि २०-३० मिनेटअघि नै तोकिएको ठाउँमा पुगेर प्रतीक्षा गर्ने गर्छन् भने…
आराधकको मनस्थिति र व्यवहार
आराधकमा परमेश्वरलाई आदर गर्ने मनस्थिति हुनुपर्छ । जस्तै, यदि हामी राजालाई भेट्न लाग्दैछौं भने त्यसको लागि पूरै तयारी गर्ने गर्छौं । त्यसोभए सारा ब्रह्माण्डको सृष्टिकर्ता हुनुभएका परमेश्वरलाई भेट्न हामीले झन् कति धेरै तयारी गर्नुपर्छ होला ? सर्वप्रथम हामीले आराधनाको महत्त्व र आशिष्लाई महसुस गर्नुपर्छ, अन्य कुनै कुरालाई भन्दा आराधनालाई पहिलो प्राथमिकता दिनुपर्छ, र धन्यवादी मनले आराधनामा सहभागी हुनुपर्छ । हामी अरूको विश्वासद्वारा होइनकि आफ्नो विश्वासद्वारा आराधना गर्न जानुपर्छ । हामीमा आराधनाको तयारी गर्ने मनस्थिति भएमा मात्र हामीले परमेश्वरलाई पवित्र र अनुग्रहात्मक रूपले आराधना चढाउन सक्नेछौं । हामीले आराधनाको समयअघि तयारी गर्नुपर्ने कुराहरू के-के हुन्, अध्ययन गरौं । हामीहरू तोकिएको समयभन्दा अगाडि पुगेर आराधनाको तयारी गर्नुपर्छ । हाम्रो मन र शरीर परमेश्वरको सामु भक्तिपूर्ण हुनलाई हामीले उचित पोशाक लगाउनुपर्छ । हामीले…
आराधनाको क्रम
कुनै पनि धर्मविधिको क्रम हुन्छ । हामीले परमेश्वरलाई चढाउने आराधनाको पनि क्रम छ । स्थानीय मण्डलीको विशेष अवस्थाअनुसार आराधनाको क्रम थोरै फरक हुन सक्छ । सामान्यतया आराधनाको क्रम निम्नानुसार हुन्छ : १) मौन प्रार्थना आँखा बन्द गरेर भक्तिपूर्ण मनले परमेश्वरलाई मौन प्रार्थना गरिन्छ (भज १४३:५) । २) महिमा स्तुति योचाहिँ परमेश्वरको अनुग्रहप्रति धन्यवाद र महिमा चढाउनलाई गाइने भजन हो (प्रका ५:१३) । यो क्षणमा सन्तहरूले उभिएर परमेश्वरको स्तुति गर्छन् । ३) प्रार्थना परमेश्वरलाई धन्यवाद र महिमा चढाउँदै, पाप स्वीकार गर्दै, चाहेको कुरा व्यक्त गर्दै प्रार्थना गरिन्छ । यो प्रार्थनाचाहिँ प्राय: प्रवचकले नै गर्दा उचित हुन्छ (यो क्षणमा पनि उभिएर प्रार्थना गरिन्छ) । प्रार्थनापछि यथास्थानमा बसिन्छ । ४) स्तुति शबाथको आराधनामा शबाथको विषय, चाडको आराधनामा चाडको विषय र अन्य विशेष आराधनामा…
आराधनाको बारेमा
आराधना भनेको मरणशील हामी मानव-जातिलाई अनन्त जीवन, आशिष् र मुक्ति दिनुभएर हाम्रो पाप सित्तैँमा क्षमा गरिदिनुभई स्वर्गमा डोऱ्याउनुहुने परमेश्वरको उदात्त प्रेमप्रति धन्यवाद चढाउँदै प्रार्थना र स्तुतिद्वारा परमेश्वरको महिमा गर्ने अनि आफूलाई विनम्र तुल्याएर परमेश्वरलाई आदर गर्ने धर्मविधि हो । त्यसोभए हामीले आराधना कहिले गर्नुपर्छ होला ? परमेश्वरलाई आराधना गरिने दिनहरू यस प्रकार छन् : पहिलो, शबाथ-दिनमा आराधना गर्नुपर्छ । शबाथ-दिनचाहिँ सृष्टिकर्ताको शक्तिलाई सम्झने दिन हो । शबाथ-दिन मानेमा हामीहरू परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको यथार्थतालाई पुनः निश्चित गर्न सक्छौं, र उहाँको उदेकको शक्तिलाई बुझ्न सक्छौं । हामीले परमेश्वरलाई पवित्र रूपले आराधना गर्दा शबाथको आशिष् प्रशस्त प्राप्त गर्न सक्नेछौं । यसरी आकाशमण्डल र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए । आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो । र…
आराधना गर्नुको उद्देश्य
हामीहरू वास्तवमा स्वर्गमा पाप गरेका पापीहरू हौं । त्यसोभए हामीले परमेश्वरलाई आराधना गर्नुको उद्देश्य के होला ? पहिलो, परमेश्वर र हामीबीचको सम्बन्धलाई बलियो पार्न हामीले सेवा गर्नुपर्ने व्यक्ति नै परमेश्वर हुनुहुन्छ । परमेश्वर स्वयम् आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएर मानिसलाई जीवन र सास दिनुभएका र पापी हामीलाई बचाउनुभएर सत्यताको वचनद्वारा स्वर्गको प्रतिज्ञा गर्नुभएका व्यक्ति हुनुहुन्छ । आराधनाले परमेश्वर र हामीबीच बुबा-आमा र सन्तान, राजा र प्रजा, सृष्टिकर्ता र सृष्टिका थोकको सम्बन्धलाई पुनः स्मरण गराएर त्यो सम्बन्धलाई बलियो बनाउँछ । हामीले सेवा गर्ने परमेश्वर को हुनुहुन्छ भन्ने कुरा आराधनाद्वारा निश्चित गरेर उहाँको अनुग्रहप्रति स्तुति चढाउँदा परमेश्वर र हामीबीचको सम्बन्धचाहिँ चुँडाउन नसकिने प्रेमको डोरीले अझ कसिलो गरी बाँधिन्छ । “म तिमीहरूका बीचमा हिँडडुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा…