पानीको प्रभाव स्वास्थ्यमा यति धेरै हुन्छ, कि मानिसहरू “यदि तिमीले पर्याप्त पानी पियौ भने स्वस्थ र दीर्घायु हुनेछौ” समेत भन्ने गर्छन् ।
पानीले शरीरबाट विषाक्त पदार्थ निकाल्ने, रक्त सञ्चारमा सहयोग गर्ने र चयापचय(metabolism, मेटाबलिजम, जीवन कायम राख्नको निम्ति जीवित प्राणीभित्र हुने रासायनिक प्रक्रिया) पनि बढाउने गर्छ । त्यसमाथि पानीले रोग प्रतिरोधक क्षमता बढाउने र छालाको अवस्था सुधार्ने जस्ता विभिन्न भूमिकाहरू निर्वाह गर्दछ ।
अमेरिकाको क्यान्सर अनुसन्धान संस्थाका अनुसार प्रत्येक दिन चार गिलासभन्दा बढी पानी पिउने मानिसलाई दुई गिलासभन्दा कम पानी पिउनेलाई भन्दा कोलोरेक्टल क्यान्सर(colorectal cancer) र सिस्टाइसस्(cystitis, पिसाब पोल्ने रोग) लाग्ने सम्भावना ५०% वा सोभन्दा कम हुन्छ ।
यदि पर्याप्त मात्रामा पानी पिएन भने कोषिकाहरूमा फोहोर सञ्चय हुन्छ, अनि शरीर चाँडै थाक्ने गर्छ ।
यो महिनामा सहृदयले आफ्नो परिवारलाई एक गिलास पानी दिऔं । परिवारको सुस्वास्थ्यका लागि प्रेमले भरिएको पानी उपयुक्त हुन्छ ।
- सुझाव
- बिहान एक गिलास पानी दिने
- परिवारका सदस्यले औषधी खान लाग्दा गिलासमा पानी भरेर दिने
- पानीको तापक्रम धेरै तातो वा चिसो नहुने गरी ध्यान दिने
- पानीको सट्टामा क्याफेइनयुक्त कफि वा हर्बल चिया पिउन सकिँदैन ।
- पानीमा कागती वा जडीबुटी हाल्ने
- बाहिर जान लागेको वा काममा जान लागेको घरको सदस्यलाई पानीको बोतल दिने
- मुस्काउँदै कोमल बोलीद्वारा त्यो दिने