परमेश्वरको मण्डलीले मानव-जाति र समाजका लागि के-कस्ता कार्यहरू गर्दछ ?

12,059 भ्यु

परमेश्वरले मानव-जातिलाई प्रेम गर्नुहुन्छ । परमेश्वरको मण्डलीले परमेश्वरको मुक्तिको खबर सारा संसारलाई थाहा दिनको निम्ति सुसमाचारका गतिविधिहरू गर्दछ ।

यसले राष्ट्रियता, जाति र संस्कृतिको सीमाभन्दा टाढा पुगेर विविध राहत कार्य, समानतासम्बन्धी जनचेतना, शिक्षा प्रवर्द्धन, वातावरण संरक्षण र मानव एकतासम्बन्धी गतिविधिहरूद्वारा मानव-जातिको हर्षपूर्ण भविष्य निर्माणमा विशेष ध्यान दिइरहेको छ । यसको साथै भूकम्प, आँधी र बाढी आउँदा विभिन्न मानवीय राहत तथा मर्मत-सम्भारका गतिविधिहरूद्वारा यो मण्डलीले छिमेकीप्रतिको प्रेमलाई व्यवहारमा लागू गरिरहेको छ ।

परमेश्वरको मण्डलीले अन्तर्राष्ट्रिय सङ्गठन र सरकारसँगको साझेदारीमा मानव-जातिको खुशी र शान्तिका लागि UN SDGs(दिगो विकास लक्ष्यहरू)लाई कार्यान्वयन गर्न प्रयास गरिरहेको छ ।