विश्वासको जीवनको निर्देशिका​

ख्रीष्टियानले लिनुपर्ने सद्‌गुणको बारेमा बाइबलले कसरी शिक्षा दिएको छ होला ?

आराधनाको क्रम

कुनै पनि धर्मविधिको क्रम हुन्छ । हामीले परमेश्वरलाई चढाउने आराधनाको पनि क्रम छ । स्थानीय मण्डलीको विशेष अवस्थाअनुसार आराधनाको क्रम थोरै फरक हुन सक्छ । सामान्यतया आराधनाको क्रम निम्नानुसार हुन्छ : १) मौन प्रार्थना आँखा बन्द गरेर भक्तिपूर्ण मनले परमेश्वरलाई मौन प्रार्थना गरिन्छ (भज १४३:५) । २) महिमा स्तुति योचाहिँ परमेश्वरको अनुग्रहप्रति धन्यवाद र महिमा चढाउनलाई गाइने भजन हो (प्रका ५:१३) । यो क्षणमा सन्तहरूले उभिएर परमेश्वरको स्तुति गर्छन् । ३) प्रार्थना परमेश्वरलाई धन्यवाद र महिमा चढाउँदै, पाप स्वीकार गर्दै, चाहेको कुरा व्यक्त गर्दै प्रार्थना गरिन्छ । यो प्रार्थनाचाहिँ प्राय: प्रवचकले नै गर्दा उचित हुन्छ (यो क्षणमा पनि उभिएर प्रार्थना गरिन्छ) । प्रार्थनापछि यथास्थानमा बसिन्छ । ४) स्तुति शबाथको आराधनामा शबाथको विषय, चाडको आराधनामा चाडको विषय र अन्य विशेष आराधनामा…

आराधनाको बारेमा

आराधना भनेको मरणशील हामी मानव-जातिलाई अनन्त जीवन, आशिष् र मुक्ति दिनुभएर हाम्रो पाप सित्तैँमा क्षमा गरिदिनुभई स्वर्गमा डोऱ्याउनुहुने परमेश्वरको उदात्त प्रेमप्रति धन्यवाद चढाउँदै प्रार्थना र स्तुतिद्वारा परमेश्वरको महिमा गर्ने अनि आफूलाई विनम्र तुल्याएर परमेश्वरलाई आदर गर्ने धर्मविधि हो । त्यसोभए हामीले आराधना कहिले गर्नुपर्छ होला ? परमेश्वरलाई आराधना गरिने दिनहरू यस प्रकार छन् : पहिलो, शबाथ-दिनमा आराधना गर्नुपर्छ । शबाथ-दिनचाहिँ सृष्टिकर्ताको शक्तिलाई सम्झने दिन हो । शबाथ-दिन मानेमा हामीहरू परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको यथार्थतालाई पुनः निश्चित गर्न सक्छौं, र उहाँको उदेकको शक्तिलाई बुझ्न सक्छौं । हामीले परमेश्वरलाई पवित्र रूपले आराधना गर्दा शबाथको आशिष् प्रशस्त प्राप्त गर्न सक्नेछौं । यसरी आकाशमण्डल र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए । आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो । र…

आराधना गर्नुको उद्देश्य

हामीहरू वास्तवमा स्वर्गमा पाप गरेका पापीहरू हौं । त्यसोभए हामीले परमेश्वरलाई आराधना गर्नुको उद्देश्य के होला ? पहिलो, परमेश्वर र हामीबीचको सम्बन्धलाई बलियो पार्न हामीले सेवा गर्नुपर्ने व्यक्ति नै परमेश्वर हुनुहुन्छ । परमेश्वर स्वयम् आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएर मानिसलाई जीवन र सास दिनुभएका र पापी हामीलाई बचाउनुभएर सत्यताको वचनद्वारा स्वर्गको प्रतिज्ञा गर्नुभएका व्यक्ति हुनुहुन्छ । आराधनाले परमेश्वर र हामीबीच बुबा-आमा र सन्तान, राजा र प्रजा, सृष्टिकर्ता र सृष्टिका थोकको सम्बन्धलाई पुनः स्मरण गराएर त्यो सम्बन्धलाई बलियो बनाउँछ । हामीले सेवा गर्ने परमेश्वर को हुनुहुन्छ भन्ने कुरा आराधनाद्वारा निश्चित गरेर उहाँको अनुग्रहप्रति स्तुति चढाउँदा परमेश्वर र हामीबीचको सम्बन्धचाहिँ चुँडाउन नसकिने प्रेमको डोरीले अझ कसिलो गरी बाँधिन्छ । “म तिमीहरूका बीचमा हिँडडुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा…

प्रार्थना कसरी गर्नुपर्छ ?

प्रार्थना भनेको परमेश्वरसँगको आत्मिक वार्तालाप हो । त्यसैले परमेश्वरको अस्तित्वमा दृढ विश्वास गर्नुपर्छ, र हामीले मागेको कुरा उहाँले दिनुहुन्छ भन्ने विश्वाससाथ सारा हृदयले प्रार्थना गर्नुपर्छ । हामीले कसरी प्रार्थना गर्नुपर्छ भन्नेबारे विस्तृत रूपमा अध्ययन गरौं । १) सर्वप्रथम उहाँको राज्य र उहाँको धार्मिकताको निम्ति प्रार्थना गर्नुपर्छ । व्यक्तिगत स्वार्थ पूर्तिको निम्ति गरेको प्रार्थना वा परमेश्वरको इच्छासँग नमिल्ने प्रार्थनाचाहिँ नाबालकले बन्दूक वा खुकुरी दिनुहोस् भनेर मागेजस्तै हो । त्यसैले प्रार्थना गर्दा परमेश्वर प्रसन्न हुनुहुने र उहाँको इच्छासँग मिल्ने प्रार्थना गर्नुपर्छ । ​​​“तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर ...” मत्ती ६:३३ २) दिनुहुनेछ भन्ने पक्का विश्वाससाथ प्रार्थना गर्नुपर्छ । विश्वासविनाको प्रार्थनामा जीवन हुँदैन । प्रार्थनाचाहिँ परमेश्वरसँगको आत्मिक वार्तालाप हो । तसर्थ परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने दृढ विश्वाससाथ प्रार्थना गर्नुपर्छ…

प्रार्थना किन गरिन्छ ?

प्रार्थना गर्नुपर्ने कारण के होला ? कुनै उद्देश्यविना यतिकै प्रार्थना गर्ने मानिसहरू पनि छन् । तर यदि हामीले प्रार्थना गर्नुपर्ने कारण बुझेर स्पष्ट उद्देश्यका साथ प्रार्थना गर्छौं भने त्यो साँचो प्रार्थना बन्नेछ । त्यसोभए अब प्रार्थना किन गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्नेछौं । १) परमेश्वरलाई धन्यवाद चढाउन जीवनयापन गर्ने क्रममा परमेश्वरको प्रेम र अनुग्रहलाई महसुस गर्ने क्षणहरू धेरै हुन्छन् । परमेश्वरले हामीलाई प्रदान गर्नुहुने असङ्ख्य अनुग्रहप्रति धन्यवाद चढाउन हामी प्रार्थना गर्दछौं । “दैनिक भोजन दिनुभएकोमा धन्यवाद” भनेर खाना खाने बेलामा गरिने प्रार्थना छ, बिलकुलै समाधान गर्न नसकिने समस्याहरू परमेश्वरको सहयोगद्वारा सुरक्षित तवरले समाधान हुँदा चढाइने धन्यवादको प्रार्थना छ, अनि कठिन परिस्थिति आइपरे तापनि परमेश्वर हाम्रो आशा हुनुभएकोमा चढाइने धन्यवादको प्रार्थना पनि छ । परमेश्वरको अनुग्रहप्रति धन्यवाद चढाउने आदत बस्यो भने…

प्रार्थना भनेको के हो ?

प्रार्थनाचाहिँ परमेश्वरसँग आशिष् माग्ने विधि हो । अनि आफैले समाधान गर्न नसक्ने विभिन्न कठिन परिस्थितिहरू आइपर्दा परमेश्वरको न्यानो निगाहद्वारा सहयोग माग्ने विधि हो । मानिसलाई यो संसारमा जिउने क्रममा अर्को मानिसको सहयोगको आवश्यकता पर्ने समयहरू धेरै हुन्छ । तर मानिसको क्षमता र शक्ति सीमित हुन्छ । हामी परमेश्वरको सहयोगविना बाँच्न सक्दैनौं । तसर्थ हाम्रो कमजोरी जान्नुभएर सहयोग गर्नुहुने परमेश्वरलाई हामीले प्रार्थना गर्नुपर्छ । “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ । किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ ।” मत्ती ७:७-८ योचाहिँ प्रार्थना गऱ्यो भने सम्पूर्ण कुरा पूरा गरिदिनुहुनेछ भन्ने प्रतिज्ञाको वचन हो । प्रार्थनामा असीमित शक्ति हुन्छ । ‘शून्यता’बाट ‘कुनै कुरा’ सृष्टि गर्ने सामर्थ्य हुन्छ…