विश्वास र जीवन

पारिवारिक प्रेमको लेख

शान्त रूपमा भए पनि गहिरो प्रेम महसुस गर्न सकिने पारिवारिक प्रेमका कहानीहरू

मेरो पहिलो तलब

मोबाइल भाइब्रेट हुँदा मैले त्यसमा आएको सन्देश हेरें । मेरो तलब बैंकमा जम्मा गरिएको रहेछ । मेरो जीवनको पहिलो तलब भएकोले म एकदमै खुशी थिएँ । ‘यो साँच्चै मेरै हो त ? यसलाई कसरी प्रयोग गर्ने होला ?’ उत्साहित हुँदै बैंकतिर लम्कने क्रममा मेरो मनमा थुप्रै कुराहरू खेल्न थाले । ‘योचाहिँ मेरो जीवनको पहिलो तलब भएकोले अहिलेसम्म मेरो निम्ति बलिदान गर्नुभएकी मेरी आमालाई दिन्छु ।’ मैले बैंकबाट जम्मै तलब झिकेर आमाको हातमा थमाइदिएँ । आमा खुशीले दङ्ग पर्नुहुन्छ होला भन्ठानेको थिएँ, तर उहाँले केही बेर खाम मात्र हेरिरहनुभयो । “छोरा, मलाई माफ गरिदेऊ । तिम्रो निम्ति केही गरिदिन नसकेकोमा म अत्यन्तै क्षमाप्रार्थी छु ।” मैले अनुमान गरेको भन्दा बिलकुल फरक प्रतिक्रिया देखेर म अकमक्क परें । आमा किन क्षमाप्रार्थी हुनुभएको…

गिम सन उ / सङनाम, कोरिया

आमाको तर्फबाट प्रेम दिँदै

“मि सुक ! स्ट्रबेरी खान आऊ ।” “मि सुक ! मकै एकदमै स्वादिष्ट छ । म उसिनिदिन्छु । खान आऊ ।” “मि सुक ! मैले डाँडातिर गएर केही सलादका साग र जडिबुटीहरू टिपेर ल्याएकी छु । एकदमै मीठो छ । खान आऊ ।” खानेकुरा हुँदैपिच्छे दिदीले मलाई बोलाउनुहुन्छ । मेरा ६ जना दाजुभाइ-दिदीबहिनीहरू छन्, र मेरी जेठी दिदीलाई म व्यस्त भइरहने कुरा राम्ररी थाहा छ । तापनि, केही मीठो कुरा हुँदैपिच्छे उहाँले मलाई बोलाउन कहिल्यै छुटाउनुहुन्न । उहाँसँग दुई वटा ठूला फ्रिज र दुई वटा किम्ची फ्रिजहरू छन् । उहाँको बैठक कोठामा चार वटा फ्रिजहरू लस्करै राखिएका छन् । उहाँको कान्छो छोरा सेनामा भर्ना भएपछि घरमा मेरी दिदी र भिनाजु गरी दुई जना मात्रै हुनुहुन्छ । त्यसैले उहाँहरूलाई त्यति धेरै…

गुवन मि सुग, दक्षिण कोरिया, सउल

आमाको चिठी

“आमा, म हुँ । के गर्दैहुनुहुन्छ ?” “ए, म त गृहकार्य गर्दैछु ।” “के लेख्दै हुनुहुन्छ नि ?” “हिज्जे जाँचमा नमिलेका शब्दहरूलाई तीन पटक लेख्दैछु ।” “ए त्यसोभए, तीन पटकभन्दा बढी नलेख्नुहोला । हात दुख्छ ।” “मैले त तीन पटकभन्दा बढी लेखिसकें ।” योचाहिँ मैले उहाँलाई फोन गर्दा हामीबीच हुने लगातारको कुराकानी हो । आफ्नो पारिवारिक परिस्थितिका कारण विद्यालय जान नपाउनुभएकी मेरी आमाले सधैँ शिक्षाको अभाव महसुस गर्नुहुन्थ्यो । हालसालै उहाँले एक जना परिचित व्यक्तिमार्फत ज्येष्ठ नागरिकहरूका लागि सञ्चालित हान्गुल(कोरियाली वर्णमाला) कक्षाको बारेमा थाहा पाउनुभयो । हप्तामा तीन पटक हुने कक्षामा उहाँ एक पटक पनि अनुपस्थित हुनुभएको छैन । उहाँले तोकिएको भन्दा बढी गृहकार्य गर्नुभएकोले शिक्षकहरूले उहाँको प्रशंसा गर्नुभयो र उमेरका कारण शिक्षकहरू उहाँको स्वास्थ्यप्रति चिन्तित हुनुभयो । सिक्ने चाहना…

ह्वाङ सु हुइ, दक्षिण कोरिया, सुवन

सुन्दर मन र हृदयस्पर्शी बोली

मेरो ८ वर्षीय जेठो छोरा सजिलै डराउँछ । राती शौचालय जाँदा होस् अथवा पानी पिउन जाँदा, ऊ सधैँ मलाई या त बुबालाई उठाउने गर्छ । तर एक दिन ऊ प्रभातमा उठेर एकलै शौचालय गयो । कसरी एकलै जान सकेको होला भनेर छक्क पर्दै मैले कान ठाडो पारेर ऊ शौचालयतिर हिँडेको पाइलाको आवाज सुनें । एकछिनपछि उसले शौचालयको ढोका बन्द गऱ्यो । ‘हँ ? छोरा होइन र ?’ अलमलिँदै म उठें, अनि बैठक कोठामा गएर पर्खिएँ । शौचालयको ढोका खोलेर बाहिर निस्केको व्यक्ति त मेरै जेठो छोरा थियो । “बाबु, शौचालयको ढोका किन लगाएको ? डर लागेन ?” “पानी फ्लस गरेको आवाजले अरूलाई ब्यूँझाउँछ कि भनेर ।” उसको कुराले मेरो मन छोयो । मैले उसलाई अँगालो हालें, अनि अरूप्रति विचारशील भइदिएको…

जङ उन यङ / विजङबु, कोरिया

मेरा बुबा

विवाहपछिको पहिलो बिदामा बुबा-आमालाई भेट्न जाँदाको कुरा हो । आराम गरिरहेको समयमा मेरा बुबा र पतिले बैठक कोठामा कुरा गरिरहनुभएको मैले सुनें । मेरा पति कोठामा आउनुभएपछि मैले उहाँलाई सोधें, “बुबासँग के विषयमा कुरा गर्नुभएको ?” “हामीले राजनीतिसम्बन्धी कुरा गऱ्यौं ।” “बुबाले राजनीतिको विषयमा कुरा गर्नुभयो ?” म छक्क परें । बुबालाई राजनीतिप्रति कुनै चासो छैन जस्तो मलाई लागेको थियो । त्यसपछिको राष्ट्रिय बिदामा मेरा बुबा र पति घरमै हुनुभएको बेलामा म र आमा Sauna(बाफमा गरिने शरीरको मालिश) लिन गयौं । बुबाले बिदाको दिनमा कि कोठामा बसेर टिभी हेर्ने कि त व्यायाम गर्नुहुने भएकोले उहाँहरूले छुट्टाछुट्टै समय बिताउनुहुन्छ होला जस्तो लागेको थियो । तर एक-दुई घण्टापछि घर फर्किंदा त बैठक कोठामा चेसको बोर्ड थियो । मेरा पतिले आफूले पहिलो चरणमा…

थाग जिन सुल / आन्याङ, कोरिया

दिदीको प्रेमको स्वीकारोक्ति

चन्द्र पात्रोअनुसार नव वर्ष परेको जाडो बिदामा म प्राथमिक तहको दोस्रो श्रेणीमा थिएँ । पहिला नजिकै बस्नुहुने मेरी फुपू टाढाको सहरमा सर्नुभएपछि एक दिन हामीलाई भेट्न आउनुभयो । लामो समयपछि भेट भएको उहाँको परिवारसँगै हामीले हर्षपूर्ण समय बितायौं । फर्कनुअघि फुपूले बिछोडिनुपरेकोमा क्षमाप्रार्थी हुँदै मलाई र बहिनीलाई आफ्नो घर लगेर डुलाउने अनि मीठो परिकार खुवाउने इच्छा गर्नुभयो । मलाई फुपू मन पर्थ्यो, अनि म उहाँसँगै जान पनि चाहन्थें, तर स्कूल सुरु हुनै लागेको र त्यसमाथि मलाई गाडीमा यात्रा गर्दा गाह्रो हुने भएकोले बुबा-आमाले मलाई जान दिनुभएन । अन्त्यमा फुपूले ७ वर्षकी मेरी बहिनीलाई मात्र लिएर जानुभयो । त्यो दिन मलाई थोरै एकलो महसुस त भयो, तर बिहिनीलाई खेलाउने जिम्माबाट मुक्त भएकीले राम्रो पनि लाग्यो । एक दिन, दुई दिन गर्दै…

हान यु मि / छाङवन, कोरिया

बुबाको घर

म सानो छँदा, बुबाले आफ्नो मासिक तलब बचत गरेर ईंटा, सिमेन्ट, फलामको डण्डी र साबेल जस्ता सामग्रीहरू किनेर ल्याउनुभयो, अनि ती सबैलाई आँगनमा जम्मा गरेर एकलैले घर बनाउनुभयो । पूरै धूलाम्मे भएर निधारबाट पसीनाका थोपाहरू चुहाउँदै खाल्डो खन्नुभएका बुबाको स्वरूप मलाई अहिले पनि याद छ । त्यस बेला म सानै थिएँ, र मेरो नजरमा घर बनाउने काम कहिल्यै सिद्धिँदैन जस्तो देखिएको थियो । बुबाले घर बनाउनको निम्ति किन यति धेरै परिश्रम गर्नुभएको होला भनेर मैले बुझ्नै सकेकी थिइनँ । जब म जवान भएँ तब, बुबाले वर्षौं लगाएर बनाउनुभएको घर अन्ततः सम्पन्न भयो । छिमेकका घरहरूमध्ये सबैभन्दा सुन्दर दुई तलाको घर थियो । राम्रो रङ लगाइएका बाहिरी भित्ताहरू, आमाको लागि बगैँचा र न्यायोपना महसुस हुने भित्री भाग ... घरका प्रत्येक कुना…

म्याड्रिड, स्पेन

दाजुभाइ-दिदीबहिनीलाई आफैलाई जस्तै प्रेम गर्नू

मेरो घरमा सधैँ कोलाहल र होहल्ला हुन्छ । त्यसरी कोलाहल मच्चाउनेहरूचाहिँ एक वर्षको भिन्नता भएका मेरा छोरा-छोरी हुन् । उनीहरू दुवै जना सँगै खेल्छन्, तर प्रायः झगडा गरिरहन्छन् । त्यसैले कहिलेकहीँ म उनीहरूलाई १ मिटर टाढा बस्नका लागि भन्छु । तर मैले खाना बनाउँदा वा सरसफाइ गर्दा उनीहरू फेरि सँगै खेल्न थाल्छन् । उनीहरूलाई देखेर मेरा छिमेकीहरूले “यी बच्चाहरू राम्ररी मिलेर बसेको देख्दा र एक-अर्काको राम्रो हेरचाह गरेको देख्दा एकदमै खुशी लाग्छ” भन्दै मेरो ईर्ष्या गर्छन् । यस्ता कुराहरू सुन्दा मन खुशी हुन्छ, तर उनीहरू लगातार झगडा गर्दा मेरो मन दुख्छ । एक दिन हाम्रो परिवारलाई मण्डलीको पारिवारिक निमन्त्रणा कार्यक्रममा पारिवारिक पत्र र पोस्टकार्ड बनाउने जिम्मेवारी दिइयो । त्यो पत्र बनाउनका लागि तस्बिरहरू चाहिने भएकोले बच्चाहरू भएको तस्बिरको एल्बम लिनका…

पार्क जङ आ, गिमछन, दक्षिण कोरिया

म आमाजस्तै बन्न चाहन्छु

हरेक मानिसको जीवनमा एक आदर्श व्यक्ति हुन्छ, र ऊ त्यो आदर्श व्यक्तिजस्तै बन्न चाहन्छ । मेरो जीवनको आदर्श व्यक्तिचाहिँ मेरी आमा हुनुहुन्छ, र म उहाँजस्तै बन्न चाहन्छु । परिवारमा उहाँ नै सबैभन्दा मायालु र विचारशील व्यक्ति हुनुहुन्छ । त्यसैले म उहाँले गर्नुभएको सबै कुरा सिक्न चाहन्छु । बाह्र वर्षको उमेरदेखि मैले घरका सबै काम सिकें, र आमालाई भान्सामा सहयोग गर्न थालें । तर पछि पढाइको कारणले गर्दा म उहाँबाट टाढा बस्नुपर्ने भयो । आमाबाट टाढा बस्न थालेपछि, आमाजस्तै बन्नको लागि कति बलिदान गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस भयो । परिवारका सबै सदस्यहरूको हेरचाह गर्दै उनीहरूको इच्छा पूरा गर्न उहाँको लागि सजिलो थिएन, तर पनि उहाँले अझै कडा परिश्रम गर्दैहुनुहुन्छ । एक दिन, बिदाको समयमा घर फर्किंदा मैले घरको सबै काम…

बिनी एलेक्जेन्ड्रा चेतियार, भारत

पानी पर्ने दिनमा

मलाई वर्षायाम खासै मन पर्दैन । उदास मौसमले निराश महसुस गराउनुका साथै लुगा र जुत्ता पनि भिजाइदिन्छ । स्नायु रोगबाट पीडित भएकोले मौसम केन्द्रले भन्दा पनि पहिला मेरो जोर्नीहरूले वर्षायाम आएको कुरा थाहा पाउँछ । त्यसैले योचाहिँ मलाई वर्षायाम मन नपर्नुको दोस्रो कारण हो । तर कहिलेकहीँ म पानीमा हिँड्दा मुस्कुराउने गर्छु । प्राथमिक विद्यालयको पहिलो दुई वर्ष मैले एउटा सानो सहरको विद्यालयमा अध्ययन गरें । मेरो घर सहरको केन्द्रमा थियो । नजिकै घर भएकोले विद्यालयको खेल मैदानबाट आमाले छतमा कपडा सुकाएको दृश्य स्पष्ट देखिन्थ्यो । त्यो समयमा विद्यार्थीहरूका लागि घरदेखि विद्यालयसम्म ३० मिनेट वा एक घण्टाभन्दा बढी बाटो हिँड्नु सामान्य कुरा थियो । तर उनीहरूको तुलनामा मेरो अवस्था एकदमै राम्रो थियो । एक दिन, विद्यालयको खेल मैदान हुँदै घरतिर…

छोइ जे जङ / दक्षिण कोरिया, गुनफो

बहुमुखी आमा

“आमा, म ठूली भएपछि आमा बन्नेछु ।” “किन ?” “किनभने आमाले एउटा हातले ट्वालेट पेपर र अर्को हातले मेरो हात समाउन सक्नुहुन्छ ।” मलाई यो कुरा याद त छैन, तर म ४ वर्षकी हुँदा मैले यसो भनेकी थिएँ भनेर आमाले बताउनुहुन्छ । बजारबाट घर फर्कंदा, मेरी आमाले एउटा हातमा ट्वाइलेट पेपरको प्याकेट र अर्को हातमा मेरो हात समाउनुहुन्थ्यो । सोचिहेर्दा, त्यसबेला आमाको त्यो स्वरूप मेरो लागि प्रभावशाली थियो । त्यो समयमा मेरो उचाइ ट्वाइलेट पेपरको ब्यागजत्रै भएकोले त्यो कुरा अर्थपूर्ण लाग्छ । अहिले म आमाभन्दा अग्ली भइसकें । तर अझै पनि मलाई मेरी आमा उत्कृष्ट लाग्छ । किनभने मैले वयस्क भएर पनि गर्न नसक्ने कामहरू आमाले सजिलै गर्नुहुन्छ । उहाँले गर्न नसक्ने काम केही छैन । वालपेपर टाँस्ने, फर्निचर सार्ने,…

इ जङ यन / बुछन, दक्षिण कोरिया

बिबिम्बाब

म विद्यालयबाट घर फर्किंदाखेरि मेरी आमाले कलिलो मूलाको किम्ची, उसिनेको जौ, एक चम्चा रातो खुर्सानीको पेस्ट र सिलामको तेल मिसाएर बिबिम्बाब बनाइदिने गर्नुहुन्थ्यो । यो मलाई सबैभन्दा मन पर्ने परिकार हो । तर विगत १० वर्षदेखि मैले मूलाको बिबिम्बाब खाएकी छैनँ । त्यसलाई हेर्दा मात्र पनि गला अवरुद्ध भएर मेरो गह भरिन्छ, र त्यो म खानै सक्दिनँ । १० वर्षअघिको कुरा हो । मेरो भाइले आमाको आयु अब १ हप्ता मात्र रहेको कुरा बतायो । आमा क्यान्सर रोगले ग्रस्त हुनुभएको भए पनि उहाँलाई जिउन कुनै समस्या परेको थिएन । उहाँसँग फोनमा कुरा गर्दैपिच्छे उहाँको आवाज, ममा उहाँले आफ्नो रोगलाई सजिलै जित्न सक्नुहुन्छ भन्ने सोचाइ आउनेसम्म सकारात्मक सुनिन्थ्यो । यसकारण भाइले भनेको कुरा मैले पत्याउनै सकिनँ । भित्रभित्रै मैले यसरी सोचें,…

स ह्यन जु / इन्छन, कोरिया

“म आमा बनेकोमा खुशी छु !”

विश्वविद्यालयको स्नातक समारोह हुनअघि मैले त्यसको लागि आवश्यक पर्ने कुराहरूको जानकारी लिन थालें । समारोह कहाँ हुन्छ होला, कति बजेसम्म पुग्नुपर्छ होला इत्यादि ... धन्न आमाले समयमै स्नातक क्यापको विषयमा सोध्नुभयो । समारोहमा उपस्थित भएँ भने स्वभावतः क्याप पाइहालिन्छ भन्ने लागेको थियो, तर त्यसो होइन रहेछ । “सामान विभागले स्नातक क्यापहरू उपलब्ध गराउँछ” भनेर आमाले भन्नुभयो । विद्यालयको वेबसाइटमा गएर यताउता खोज्दा आमाले भन्नुभएको कुरा ठीक पाएँ । आमाले त्यस विषयमा सुझाव नदिनुभएको भए स्नातक समारोहको दिनमा म अलमल्ल पर्नेथिएँ । स्नातक समारोहको दिन, सामान विभागबाट उपलब्ध गराइएको स्नातक क्याप लगाएर मैले साथीहरूसँग तस्वीर खिचिरहेको बेला मेरो तस्वीर खिचिरहनुभएकी आमालाई देखें । मैले आफ्नो क्याप र गाउन फुकालेर आमालाई लगाइदिएँ । उहाँले राम्ररी मिलाएर लगाउनुभएको देखेर मैले उहाँको विद्यालयका दिनहरूको…

गिम साङ ह्यो / सउल, कोरिया

बज्रपात

सर्ने योजना भएकोले केही बेर घर मिलाउने क्रममा, म अबेर रातसम्म भान्सा मिलाउनमा व्यस्त भएँ । अन्तिममा फ्रिज सफा गरिरहँदा त्यतिकै राखिएको प्लास्टिकको बोतलमा के रहेछ भनेर निश्चित गर्न त्यसलाई खोलेर हेरें । त्यही बेला अचानक बोतलमा भएको कुरा ‘भ्वाट्ट’ पड्किएर छताछुल्ल भयो । अमिलिएको ऐंसेलुको झोल लामो समय नचलाएर गुम्सिएकोले पड्कियो । भान्साचाहिँ छतदेखि भुइँसम्मै ऐंसेलुको झोलले राताम्मे भएर फोहोर भयो । यो ‘बज्रपात’जस्तै थियो । त्यस्तो अनपेक्षित अवस्थाप्रति म यति छक्क परें, कि के गर्ने भन्ने पत्तो नपाएर केवल थरथर काँपिरहें । बैठक कोठामा टिभी हेर्दाहेर्दै दौडिएर आउनुभएका मेरा पति पनि छक्क पर्नुभयो । त्यो अवस्थालाई ठम्याएर उहाँले तुरुन्तै टालो ल्याई दाग सफा गर्न थाल्नुभयो । बच्चाहरू ब्यूँझेलान् भनेर उहाँले आफ्ना पाइलाहरू बिस्तारै सार्नुभयो, तर बोतलको आवाज यति…

सउल, कोरिया

सानो हेरचाहद्वारा बनेको खुशी परिवार

निर्माणस्थलमा काम गर्नुहुने मेरा पति, प्रयोगशालामा अध्ययन गर्ने मेरी छोरी र म गरेर हामी ३ जनाको परिवार छ । मेरा पति र मेरी छोरी एकदमै व्यस्त हुने भएकोले हामीलाई एकै ठाउँमा भेला हुन गाह्रो छ । तर खुशी परिवार पुस्तकमा भएको ‘यो महिनाको मिसन’लाई लगनशीलतापूर्वक कार्यान्वयन गरेकोले मेरो परिवारमा थोरै परिवर्तन देखा पर्न थाल्यो । विगतमा मैले, बिहान सबेरै काममा जानुहुने मेरा पतिलाई भाँडा माझिरहेको बहाना गर्दै बेवास्ता गर्थें । तर अहिले भने म उहाँलाई प्रेमपूर्वक अँगाल्दै बिदाइ गर्छु । अनि पतिको तलब आउने दिन, म सधैँ कृतज्ञ मनद्वारा विशेष भोजन पनि तयारी गर्छु । परमेश्वरले निस्तार-चाडमा गोडा धुने धर्मविधिमार्फत उदाहरणस्वरूप देखाइदिनुभएको प्रेमलाई घरबाटै कार्यान्वयन गर्ने अर्थमा, हामीले हालसालै ‘परिवारको गोडा धोइदिने’ मिसन कार्यान्वयन गऱ्यौं । दिनभरि काम गर्दा बूट…

गिम उन सुक / सउल, कोरिया

सुभोशित औँलाको टुप्पा

एक दिन अचानक मलाई मेरो बाल्यकाल याद आयो । त्यो समयमा म करीब १० वर्षकी थिएँ । म विद्यालय जाने बाटोमा एउटा कस्मेटिक पसल थियो र पसल बाहिर नङ पालिशहरू राखिएको एउटा टोकरी थियो । एक दिन म र मभन्दा २ वर्ष कान्छी, मेरी बहिनी विद्यालयबाट घर फर्किरहँदा त्यो पसल अगाडि टक्क अडियौं । सानो तर सुन्दर बोत्तलमा राखिएका विभिन्न रङ्गका पालिशहरू निकै आकर्षक देखिन्थे । मैले कहिल्यै पनि नङ पालिश लगाएकी थिइनँ, अनि मेरा साथीहरूले नङ पालिश लगाएको देख्दा मलाई ईर्ष्या लाग्थ्यो । सायद त्यसैले होला मैले टोकरीमा भएको एउटा नङ पालिश झट्टै उठाएर आफ्नो खल्तीमा राखें । त्यहाँ केही बेर उभिरहेका हामीप्रति शङ्का लागेर एक जना कर्मचारी पसलबाट बाहिर निस्कियो । मेरी बहिनीले कर्मचारी आएको चाल पाउनेबित्तिकै मेरो…

गिम दो यङ / ब्यूनस आयर्स, अर्जेन्टिना

कठिनाइलाई जित्ने मेलमिलाप

पूरै विश्वलाई नै हल्लाएको ‘कोभिड-१९’को महामारीले हाम्रो दैनिक जीवनमा पनि धेरै परिवर्तन ल्यायो । प्रत्येक दिन टिभी समाचार, पत्र-पत्रिका, प्रकोप चेतावनी सन्देशहरू इत्यादिमार्फत हामीले व्यक्तिगत सरसफाइबारे मात्र नभएर ‘सामाजिक दूरी’ कायम गर्नेबारे पनि सिकेकाले घरमा बस्ने समय स्वाभाविक रूपमा लम्बिरहेको छ । यसरी म केही दिनसम्म घरमा मात्र कहिल्यै नबसेकीले सुरुमा त ‘घरमा कसरी समय बिताउने होला ?’ भनेर चिन्ता लागेको थियो । जाडोयामको लामो बिदामा बसेका मेरा छोराहरूका लागि प्रत्येक दिन तीन छाक खाना तयार गर्ने कार्य सजिलो थिएन । एक दिन खाना खाने क्रममा मेरो कान्छो छोराले यसो भन्यो, “आमा ! यसो सोचिहेर्दा, घरायसी काम गाह्रो नभए पनि अलि झर्कोलाग्दो हुन्छ ।” त्यसपछि उसले घरायसी काम आमा एकलैले होइन, बाँडेर गरौं भन्यो । अनि सिजर-पेपर-रक खेल खेलेर प्रत्येकले…

ग्वन मि सुग / सउल, कोरिया

हामी सबैभन्दा मायालु देखिँदा

मेरो बाल्यकालको स्वरूप स्पष्ट झल्काउने त्यस्तो एउटा कुरा छ । त्यो हो क्यामकर्डरद्वारा रेकर्ड गरिएको एउटा भिडियो टेप, जुनचाहिँ मेरा बुबाले बीस वर्षअघि किन्नुभएको थियो । स्मार्ट फोन प्रचलनमा आएदेखि घरको कुनै कुनामा थन्किएको क्यामकर्डरले ज्योति देख्न पाएको थिएन । त्यसलाई लामो समयसम्म नचलाएकोले टेप पहिचान उपकरणले काम गरेन । त्यसमा रेकर्ड गरिएका भिडियोहरू हेर्न म उत्सुक थिएँ । मैले भिडियोलाई डिजिटल फाइलमा रूपान्तरण गर्ने एउटा कम्पनी पत्ता लगाएँ, अनि त्यो टेप त्यहीँ दिएँ । एक हप्तापछि भिडियोसहित एउटा USB घर आइपुग्यो । मेरो परिवारका जम्मै सदस्यहरू उत्साहित हुँदै टिभीको अगाडि भेला भए, अनि भिडियो प्ले गरियो । मेरो पूरै शरीर घामका कारण कालो भएको थियो, साहिँली बहिनी थोते थिइन्, अनि मेरी कान्छी बहिनीचाहिँ भर्खरै एक वर्ष लागेकी थिइन् ।…

इ जङ यन / बुछन, कोरिया

म सधैँ तिम्रो साथमा हुनेछु

म उच्च माध्यमिक विद्यालयको तेस्रो वर्षमा अध्ययनरत छँदाको कुरा हो । मलाई पाकेट खर्च आवश्यक पर्दाखेरि बुबा-आमासँग नमागीकन मैले आफ्ना सामानहरू अनलाइनमार्फत बिक्री गर्ने गर्थें । प्रयोग भइसकेका सामानहरू बिक्री गर्दाखेरि हुने फाइदाहरू धेरै छन् । त्यसबाट मैले खर्च पाउन सक्ने मात्र होइन, आफूलाई नचाहिका सामानहरूलाई व्यवस्थित गर्दै आर्थिक व्यवस्थापनको भाव पनि लिन सक्थें । बाहिरी रूपमा अन्य विद्यार्थीले जस्तै कोठामा लगनशीलताका साथ पढिरहेको जस्तो देखिए तापनि मचाहिँ प्रयोग भइसकेका सामानहरू बिक्री गर्ने कामप्रति आकर्षित भएर ‘कसरी यो व्यापारद्वारा नाफा कमाउने होला ?’ भन्नेतर्फ केन्द्रित थिएँ । आफ्नो अमूल्य समयलाई सामान किनबेच कार्यमा खर्चने क्रममा मेरो शैक्षिक योग्यता परीक्षा(SAT) नजिकै थियो । त्यस बेला प्रहरी चौकीबाट फोन आयो । ठगी कार्यको लागि मसँग सोधपूछ गरिने कुरा बताइयो । बज्रपातजस्तै आइलागेको…

गाङ मिन स / सङनाम, कोरिया

छोरीलाई विदेश पठाउँदा

केही समयअघिको कुरा हो । कक्षा ६मा अध्ययनरत मेरी छोरी शिक्षण कार्यालयद्वारा प्रायोजित एक ऐतिहासिक भ्रमणका लागि विदेश गइन् । उनलाई जीवनमा पहिलो पटक उडान भर्ने अवसर प्राप्त भयो । प्रस्थानको दिनमा मेरा पतिले छोरीलाई बिहान सबेरै विमानस्थल पुऱ्याइदिनुभयो । तर प्रस्थानको समय हुनै लाग्दा कार्यवाहक शिक्षकबाट मलाई फोन आयो । “जि उनले पेट दुख्यो भन्दैछिन् । किन होला ?” मेरी छोरीले प्रायः डर लाग्दाखेरि पेट दुख्यो भन्छिन् । ऊसँग कुरा गरिहेर्दा, त्यो दिन पनि डरले गर्दा नै उनलाई पेट दुखेको थियो । समाधानको अर्को कुनै उपाय नभएकोले मैले उनलाई उडान भर्नअघि केही नखाईकन सुतेर आराम मात्र गर्नू भनें । बिरामी छोरीको निम्ति केही गर्न नसक्दा मन एकदमै दुख्यो । फोनमा त्यति कुरा गरेपछि साँझसम्मै कुनै सम्पर्क भएन । साँझमा…

मा उन ही / यशु, कोरिया