माताको दोस्रो शिक्षा
“परमेश्वरलाई महिमा दिएमा त्यो महिमा अन्ततः आफूमा नै फर्कन्छ ।”
हामीले प्रायः प्रशस्त फल फलेको रूखलाई हेर्दाखेरि आँखामा देखिने दृश्य फल र हाँगाहरूलाई मात्र हेर्ने गर्छौं, तर अदृश्य जरालाई भने बेवास्ता गर्न पुग्छौं । तर एकदमै रहरलाग्दो फल फल्नेसम्म पानी र अन्य पोषक तत्त्वहरू प्रदान गर्ने जराको भूमिका भने एकदमै महत्त्वपूर्ण हुन्छ । जराको कुनै अस्तित्व रहेन भने रूख पनि अस्तित्वमा रहन सक्दैन । हाँगाहरू जति मोटो र दह्रो भए पनि जराले राम्ररी काम गरेन भने त्यो रूख आफै बाँच्न अथवा फल फलाउन सक्दैन ।
त्यसै गरी हामी आफैले गरे जस्तो लाग्ने सबै कार्यहरू पनि हाम्रो शक्ति र बुद्धिद्वारा पूरा भएको होइनकि जराजस्तै अदृश्य ठाउँमा रहेर कार्य गर्नुहुने परमेश्वरको शक्तिद्वारा पूरा भएको हो भन्ने यथार्थतालाई हामीले कहिल्यै बिर्सिनुहुँदैन । ‘मैले गरेको हो’ भनेर सोच्नुचाहिँ एकदमै मूर्ख र डरलाग्दो सोचाइ हो । उहिले बेबिलोनका राजा नबूकदनेसरले पनि परमेश्वरलाई बिर्सेर सबै कुरा आफैले हासिल गरेको हो भन्दै घमण्ड गर्दा उनले आफ्नो समझशक्ति गुमाएर जनावरजस्तै जीवन बिताएका थिए । यदि हामीले पनि सबै कुराको श्रेय आफैलाई दिन्छौं भने घमण्डी भएर परमेश्वरप्रति आज्ञाकारी हुने मनसमेत गुमाएर अन्ततः आशिष्बाट वञ्चित हुनुबाहेक अर्को कुनै विकल्प रहँदैन । त्यसैले हामीले आशिष् पाएको चाहनुहुने परमेश्वरले सबै महिमा परमेश्वरलाई चढाएर नम्र मनद्वारा परमेश्वरमा भरोसा गरेको चाहनुहुन्छ । जराविना कुनै पनि हाँगाले फल फलाउन नसक्ने प्रकृतिको सिद्धान्तलाई मनमा राख्दै हरसमय हाम्रो साथमा रहनुभएर हामीलाई सहयोग गर्नुहुने परमेश्वरलाई मात्र महिमा चढाउने जीवन जिउनुपर्छ ।
त्यसैले हामीले परमेश्वरलाई महिमा चढायौं भने त्यो महिमा पुनः हामीलाई दिनुहुन्छ भन्ने वचन परमेश्वरले दिनुभयो । हाम्रो खातिर सबै कार्य पूरा गर्नुहुने परमेश्वरलाई हामीले महिमा चढाउनु भनेको एकदमै स्वाभाविक कुरा हो । तर परमेश्वरले हामीलाई त्यो कार्यको आशिष्समेत प्रतिज्ञा गर्नुभयो । परमेश्वरको यस्तो प्रतिज्ञालाई सम्झेर सबै कार्यमा परमेश्वरलाई महिमा चढाएर आशिष् प्राप्त गर्ने परमेश्वरका बुद्धिमान् सन्तानहरू हुन सकौं ।
- समीक्षात्मक प्रश्न
- माताको दोस्रो शिक्षा के हो ?
परमेश्वरको महिमा गर्नुको कारणबारे कुरा गरौं ।