‘खुशी परिवार’ अन्तर्राष्ट्रिय सम्मेलन

माताको प्रेम, खुशी परिवारको चाबी

दक्षिण कोरिया

April 6, 2019 1606 हेरेको संख्या

अप्रिल ६ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरको सेमिनार हलमा ‘खुशी परिवार’ अन्तर्राष्ट्रिय सम्मेलन गरियो । सन्तहरू लगायत स्थानीयवासीहरूको खुशी पारिवारिक जीवनमा सहयोग पुऱ्याउने हेतुले कोरिया तथा विदेशका पादरी कर्मचारीहरू एकै ठाउँमा भेला भए । महासचिव पास्टर गिम जु छलले अध्यक्षको रूपमा सम्मेलनको नेतृत्व गर्नुभयो, अनि संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, इक्वेडर, भारत र पेरुका प्यानल सदस्यहरूले आ-आफ्ना सांस्कृतिक अनुभव तथा उदाहरणहरू आपसमा बाँडे ।

“सामाजिक संरचनाको मूल तत्त्व रहेको परिवार खुशी हुँदा समाज र राष्ट्र पनि खुशी हुन्छ । परिवारबीचको साना-ठूला असमझदारी र कलह कम गर्न हामीले एक-अर्काका फरक पक्षहरूलाई बुझ्नुको साथै प्रत्येकको भूमिकाको कदर गर्नुपर्छ ।” (जोन पावर / रिजवुड, न्यूजर्सी, संयुक्त राज्य अमेरिका)

“बालबालिकाहरूले जीवनको अर्थ, विचारशीलता र सहनशीलता जस्ता सद्गुणहरू घरबाटै सिक्छन् । व्यस्त कामकाज, पढाइ र व्यक्तिगत रुचिका कारण पारिवारिक सम्बन्ध विगतमा जस्तो नहुने यस आधुनिक समाजमा, परिवारको भूमिका अझै पनि महत्त्वपूर्ण छ ।” (हेराल्दो इम्मानुएल दिआस फिएस्तास / कालाओ, पेरु)

“म आबद्ध एस्मेराल्डास मण्डलीमा सन्तहरूले ‘शबाथ-दिनको तयारी गर्ने खुशी परिवार’ मासिक पत्रिकाको सदुपयोग गर्दैहुनुहुन्छ । यसले पारिवारिक प्रेमलाई कार्यान्वयन गर्नमा ठूलो मद्दत पुऱ्याउँछ ।” (एलियास काइसेदो / एस्मेराल्डास, इक्वेडर)

“पुरुष-प्रधान वातावरणको अझैसम्म रहलपहल रहेको भारतीय समाजमा परमेश्वरको मण्डलीका विवाहित पुरुष समूह असल उदाहरण बन्न प्रयत्न गर्दैहुनुहुन्छ । बाइबलको शिक्षाअनुसार नम्र स्वभाव लिई मण्डली र घरमा सानातिना कुराहरूलाई मिलाएर खाना तयारी गरिदिन पनि सहयोग पुऱ्याउने स्वरूप देखेर छक्क पर्ने मानिसहरू धेरै छन् ।” (जोन शाह / न्यू डेल्ही, भारत)

प्यानल सदस्यहरूको आम राय नै ‘प्रेम’ थियो । आफूलाई सबैभन्दा निम्न स्थानमा राखेर परिवारका सबै सदस्यहरूको हेरचाह गर्नुहुने आमाको प्रेमको सद्गुण सिकेर त्यसलाई कार्यान्वयन गरेमा पारिवारिक सम्बन्ध अझ मजबूत बनाउन सकिन्छ । मिसनरी एलेक्जेन्डर होम्स(लन्डन, संयुक्त अधिराज्य)ले “बेलायतका विवाहित दम्पतीमध्ये ४२%ले छोडपत्र गर्ने गरेको तथ्याङ्कले देखाएको छ । पारिवारिक सम्बन्धमा सङ्घर्षरत मानिसहरूलाई परमेश्वरले जानकारी दिनुभएको ‘सहनशील, हठी नभएको, झर्को नमान्ने र दयालु’ प्रेमद्वारा विवाद समाधान गरेर परिवारमा शान्ति कायम राख्न सक्ने बनाउन सक्दो प्रयत्न गर्नेछु” भने ।