बाइबलसम्बन्धी सामान्य ज्ञान
बाइबल बुझ्नमा मद्दत मिल्ने पृष्ठभूमिसम्बन्धी ज्ञान सिकौं ।
गलत अभियोग
१. कल्दीहरूले दानिएलका ३ साथीहरूलाई अभियोग लगाएका बेबिलोनका राजा नबूकदनेसरले सुनको मूर्तिको सामु घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फ्याँकिने घोषणा गरे । तापनि दानिएलका तीन साथीहरू– शद्रक, मेशक र अबेद्नगोले सुनको मूर्तिलाई दण्डवत् गरेनन् । त्यस बेला, यी तीन जनाको डाह गर्ने केही कल्दीहरूले उनीहरूमाथि अभियोग लगाए, अनि उनीहरूले सजाय पाऊन् भनी राजालाई कुरा लगाए । यसै बेला केही ज्योतिषीहरू अगि सरेर यहूदीहरूका विरुद्धमा अभियोग लगाए । दान ३:८ ※ कल्दियाचाहिँ बेबिलोनको दक्षिणमा अवस्थित एक क्षेत्रको नाउँ थियो । कल्दीहरूले बेबिलोनमाथि शासन गर्न थालेपछि बेबिलोनलाई कल्दिया भनिन्थ्यो । राजा नबूकदनेसरको कठोर उर्दीको बाबजुद शद्रक, मेशक र अबेद्नगोले मूर्तिलाई दण्डवत् नगरेकाले राजाको क्रोध उनीहरूमाथि खनियो, र अन्तत: साधारणभन्दा सात गुणा चर्को आगोको भट्टीमा उनीहरू फ्याँकिए ।…
छुटकारा
शैतानको योजनाअनुसार पापी आत्माहरूलाई बचाउन येशूज्यू यो पृथ्वीमा शरीरमा आउनुभयो, र पापबलिको रूपमा बलिदान हुनुभयो । बाइबलमा “पापको ज्याला मृत्यु हो” भनिएको छ । त्यसैले पापी आत्मालाई बचाउनको निम्ति पाप नभएको धर्मी मानिस मर्नैपर्छ । पुरानो करारको समयमा पापी मानिसलाई छोडिदिँदा त्यो छोडिदिने व्यक्ति त्यसको सट्टामा मर्नुपर्थ्यो (१राजा २०:४२)। 【स्वर्गीय संसारबाट आएका पाहुनाहरू, अध्याय १३ ‘पहिलो आदम र अन्तिम आदम’बाट】 १. शाब्दिक अर्थ ग्रीक भाषामा छुटकारालाई ‘λυτρον [Lutron]’ भनिन्छ, जसको अर्थ दास वा बन्दीको रिहाइको सट्टामा माग गरिने रकम (फिरौती) हो । २. इतिहासमा उल्लेख गरिएको छुटकाराको अर्थ (१ राज २०:१-४३) इस्राएलका राजा आहाबले अरामका राजा बेन-हददका सेनाविरुद्ध युद्ध गरे । उनले बत्तीस राजाहरू, उनीहरूका घोडाहरू र रथहरूसमेत साथमा लिएर माथि सामरियामा (इस्राएलको राजधानी) घेरा हालेर त्यसलाई आक्रमण गरे ।…
हिब्रू-यहूदी र ग्रीक-यहूदी
ती दिनमा जब चेलाहरूको संख्या बढ्दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए । प्रेरित ६:१ प्रेरित अध्याय ६मा ग्रीक-यहूदी र हिब्रू-यहूदीलाई देख्न सकिन्छ । हिब्रू-यहूदी र ग्रीक-यहूदीहरू को हुन् भन्ने कुरा पत्ता लगाऔं । हिब्रू-यहूदीहरूले हिब्रू भाषा बोल्थे (सुरुको मण्डलीको समयमा आरमेइक भाषा भनिन्थ्यो) र ग्रीक यहूदीहरूले ग्रीक भाषा बोल्थे । आरमेइक र यहूदी ई.पू ६००तिर बेबिलोनीहरूको कब्जामा परेका यहूदीहरूले ७० वर्षसम्म दासको जीवन बिताए । यसरी बेबिलोनीहरूद्वारा पराजित भएपछि यहूदीहरूले उनीहरूको पुर्ख्यौली हिब्रू भाषा बोल्नुको सट्टा बेबिलोन साम्राज्यको आधिकारीक भाषा अर्थात् आरमेइक भाषा बोल्न थाले । यरूशलेम फर्केपछि पनि उनीहरूले आरमेइक भाषा बोलिरहे । यहाँसम्म कि येशूज्यूको समयमा पनि उनीहरूले आरमेइक भाषा नै बोले । येशूज्यूले यूहन्नाका छोरा सिमोनलाई…
पुरीम
पुरीमचाहिँ हामानले फारस [मादी-फारस]मा रहेका सबै यहूदीहरूलाई पूर हालेर मार्ने निर्णय गरेको दिन अर्थात् एस्तर र मोर्दकैले हामानलाई पराजित गरेको दिनको सम्झना गर्ने दिन हो (चिट्ठा, एस ३:७; ९:१)। मोशाको व्यवस्थामा, परमेश्वरले मोशामार्फत तोक्नुभएको ३ चरणका ७ वटा चाडहरू छन् । तर ‘पुरीम’चाहिँ एक इस्राएली पर्व हो, जुन ३ चरणका ७ वटा चाडहरूसँग सम्बन्धित छैन । ‘पुरीम’को उत्पत्तिबारे अध्ययन गरौं । १. ऐतिहासिक पृष्ठभूमि यहूदीहरू बेबिलोनमा कैदी बनाएर लगिए । तर केही समयपछि बेबिलोन फारस [मादी-फारस] द्वारा नष्ट भयो, र यहूदीहरू फारसीहरूको शासनमा रहे । यहूदीहरू अल्पसंख्यक जाति थिए, तर पनि तिनीहरूले परमेश्वरको प्रजा भएको कुरामा गर्व गर्दै परमेश्वरको इच्छा पालन गर्न खोजे । जब परमेश्वरको योजनाअनुसार यहूदीहरूले बेबिलोनमा ७० वर्षसम्म कैदी जीवन बिताए, तब उनीहरू पहिलो र दोस्रो पल्ट…
सुसमाचारको ज्योति र बिजुली
येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो । विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन । अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु ।” मत्ती १३:३४-३५ येशूज्यूले आफ्ना मायालु सन्तानहरूका निम्ति स्वर्ग-राज्यका रहस्यहरू दृष्टान्तमा जाहेर गर्नुभयो, किनभने स्वर्ग-राज्यको ज्ञान दिइएका मानिसहरू छन् भने त्यो ज्ञान नदिइएका मानिसहरू पनि छन् । बाइबलको दृष्टान्तको वचनमध्ये आज बिजुली र सुसमाचारबीचको सम्बन्धबारे अध्ययन गरौं । “किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ ।” मत्ती २४:२७ १. बिजुली ज्योति हो बिजुलीचाहिँ बादलहरूमा भएको वायुमण्डलीय विद्युत एक आपसमा ठोक्किँदाखेरि देखिने ज्योतिको झिल्का हो । धुम्मिएको दिन अथवा निस्पट्ट अँधेरी रातमा देखा पर्ने बिजुलीले एकै निमेषमा विशाल क्षेत्रलाई उज्यालो बनाइदिन्छ…
घर-देवताहरू
तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन् । ... यसरी उनले खोज्न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन् । याकूब झोकिए, र लाबानलाई हप्काएर भने, ... अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो । तपाईंका घरेलु मालहरूमध्ये के भेट्टाउनुभयो खै ? ती तपाईंका र मेरा कुटुम्बहरूका अगाडि राखिदिनुहोस् । यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन् । उत्पत्ति ३१:३४-३७ घर-देवताहरूचाहिँ याकूबका मामा लाबान बस्ने मेसोपोटामियाका प्रत्येक घरहरूमा पुजिने मूर्ति थियो । याकूबकी पत्नी राहेलले आफ्नो बुबाको घरबाट घर-देवताहरू चोरेको कुरादेखि न्यायकर्ताहरूको समय, राजाहरूको समय र परमेश्वरको आज्ञा अवहेलना गरी राज्यहरू विभाजन भएको समय अर्थात् उत्तर इस्राएल र दक्षिण यहूदा विभाजन भएको समयसम्म विभिन्न मूर्तिहरू र घर-देवताहरू पुज्ने प्रचलन थियो भन्ने कुरा बाइबलमा लेखिएको छ ।…
पाउदान
१. यशैया अध्याय ६६मा परमेश्वरको पाउदानको रूपमा वर्णन गरिएको पृथ्वी परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो । मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ ?” यशै ६६:१ २. परमेश्वरको पाउदानको रूपमा वर्णन गरिएको महा पवित्रस्थानमा रहेको करारको सन्दूक “तब खडा भएर दाऊद राजाले भने, ‘हे मेरा दाजुभाइ र प्रजा हो, मेरा कुरा सुन । परमप्रभुको करारका सन्दूकको निम्ति एउटा विश्रामस्थान, हाम्रा परमेश्वरका पाउदानको निम्ति एउटा भवन बनाउनलाई मेरो मनमा विचार गरेको थिएँ, अनि मैले त्यो निर्माण गर्नलाई तयार पनि गरें ।’ ” १ इति २८:२ “हामी उहाँको वासस्थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं ।” भज १३२:७ ३. शत्रु दियाबलस ख्रीष्टको खुट्टाको पाउदान हुनेछ धेरै पहिले, युद्धको…
हारूनको दर्जा र मल्कीसेदेकको दर्जा
बाइबलमा दुई किसिमका पूजाहारी पदको विषयमा वर्णन गरिएको छ, हारूनको दर्जा र मल्कीसेदेकको दर्जा । १. हारूनको दर्जा हारूनको दर्जा भन्नाले पुरानो करारको नियम र व्यवस्थाअनुसार बलि चढाइने पूजाहारी पद हो । हारूनचाहिँ लेवी कुलका भएकाले, हारूनको दर्जालाई 'लेवीको पद(लेवीको दर्जा)' पनि भनिन्छ । हाम्रो विश्वासका पिता अब्राहामले इसहाक जन्माए, इसहाकले याकूब जन्माए, र याकूबले बाह्र जना छोराहरू जन्माए, जसमध्ये लेवीचाहिँ याकूब र उनकी पत्नी लेआका तेस्रो छोरा थिए । याकूबका छोरा योसेफ मिश्रका शासक भएपछि, याकूबको परिवारका सदस्यहरू मिश्रमा बसाइँ सरे र तिनीहरू करीब ४३० वर्षसम्म मिश्रमै रहे । याकूबका लाखौँ सन्तानहरू आफ्नो अगुवा मोशालाई पछ्याउँदै कनानतिर लागे । लाल समुद्र पार गरेपछि इस्राएलीहरू उजाड-स्थानमा प्रवेश गरे, र जब मोशाले सीनै पर्वतमा दश आज्ञाहरू प्राप्त गरे, तब तिनीहरूले दश…
“येशू, यहूदीहरूका राजा” भन्ने उहाँविरुद्धको दोष-पत्र
सत्यतामा रहेका परमेश्वरका सन्तानहरूलाई थाहा छ कि, येशूज्यू हाम्रो पापको प्रायश्चितको लागि क्रूसमा बलि हुनुभयो । त्यसोभए हामीले स्वर्गमा कस्तो पाप गऱ्यौं होला ? येशूज्यूको बलिदानद्वारा हामीले गरेको पाप र स्वर्गबाट धपाइनुको कारण पत्ता लगाऔं । येशूज्यू क्रूसमा टाँगिनुहुँदा उहाँको शिरदेखि मास्तिर ‘यहूदीहरूका राजा’ भन्ने दोषपत्र टाँसिएको थियो । “येशू, यहूदीहरूको राजा” भन्ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए । मत्ती २७:३७ येशूज्यू जन्मनुहुँदा यहूदा क्षेत्र रोमी साम्राज्यद्वारा नियुक्त हेरोद राजाको नियन्त्रणमा थियो । तर येशूज्यूले सुसमाचार प्रचार गर्नुहुँदा, रोमबाट पठाइएका राज्यपालले यहूदालाई शासन गरिरहेका थिए । त्यसैले त्यतिबेला कुनै स्थानीय राजा थिएनन्, केवल रोमी सम्राट कैसर मात्र राजा थिए । यदि कसैले राजा भनेर दाबी गऱ्यो भने रोमी साम्राज्य विरुद्ध राजविद्रोह गरेको ठहरिन्थ्यो । वास्तवमा प्रधान पूजाहारी…
राहाब र अजिङ्गर
... के तपाईं त्यही हुनुहुन्न, जसले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो, र त्यस अजिङ्गरलाई वारपार छेड्नुभयो ? के तपाईं त्यही हुनुहुन्न, जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो, र आफूले उद्धार गर्नुभएकाहरू पार गर्नका निम्ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो ? यशै ५१:९ परमेश्वरले प्राचीन समयमा वारपार छेड्नुभएको र अन्तिम समयमा पनि वारपार छेड्नुहुने राहाब र अजिङ्गरको विषयमा अध्ययन गरौं । उहिले यरीहो सहरको भेद लिन गएका दुई जना जासूसहरूलाई आफ्नो घरमा लुकाएकी ‘राहाब(רחב)’ नाउँ गरेकी एक वेश्या थिइन् । तर यशैया ५१:९मा भनिएको राहाबचाहिँ, ती राहाब होइनन् । ‘राहाब(רהב)’ भनेको प्राचीन किम्वदन्तीअनुसार समुद्री दैत्यको हिब्रू नाउँ हो, अनि यो राहाबले देवताहरूको अगाडि आत्मसमर्पण गर्छ भन्ने गरिन्थ्यो । राहाब(רהב)को अर्थ हिब्रू भाषामा ‘हिंस्रक, आँधी र अहङ्कार’ हो । परमेश्वरका प्रजा इस्राएलीहरूलाई दासत्वमा राखेको…
गेहेन्ना
१. ठाउँको नाउँ हिब्रू भाषामा ‘गे-हिन्नोम’ (हिन्नोमको बेँसी) र ग्रीक भाषामा ‘गेहेन्ना’ भनिने शब्द प्राचीन यरूशलेमको दक्षिण-पूर्वमा अवस्थित एउटा सानो बेँसीको नाउँ हो । यो ठाउँचाहिँ इस्राएलका राजाहरूको समयमा, प्रजाहरूले साना बालबालिकाहरूलाई आगोमा बलि गरेर आफ्नो देवतालाई अर्पण गर्ने कुख्यात ठाउँ थियो । प्राचीन समयमा, इस्राएलीहरूले अज्ञात देवता मोलोख(साँढे आकारको एक मूर्ति)लाई बलि चढाउने गर्थे । त्यो साँच्चै अति घिनलाग्दो कार्य थियो: तिनीहरूले फलामको मूर्ति बनाएर त्यसलाई आगोमा रातो नहोउञ्जेल तताउँथे, र बेसरी तातिएको फलामे मूर्तिको दुवै हातमा आफ्ना कलिला छोरा-छोरीहरूलाई बलि गर्थे । “यहूदाका मानिसहरूले मेरो दृष्टिमा दुष्ट काम गरेका छन्, परमप्रभु भन्नुहुन्छ ... आफ्ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन–हिन्नोमको बेँसीमा तोपेतका अल्गा ठाउँहरू तिनीहरूले बनाएका छन् । यस्तो आज्ञा मैले दिएको थिइनँ, न त त्यो कुरा मेरो मनमा…
निकेयाको सम्मेलन र एरियसवाद
ई.सं. ३२५मा विशेष गरी एरियसवाद साथै निस्तार-चाडको विषयमा उठेको विवाद साम्य पार्नको निम्ति निकेया सम्मेलन गठन गरिएको थियो । उक्त विवादले रक्तपातसमेत निम्त्यायो, जुनचाहिँ इतिहासमा अन्धकारको अध्याय रूपमा रहेको छ । एरियसको जिद्दी एरियसचाहिँ मिश्रको अलेक्जेन्ड्रिया मण्डलीका धर्मगुरुको रूपमा विशिष्ट पद ओगटेका व्यक्ति थिए । तिनले निम्न लिखित अनौठा सिद्धान्तहरूमा जिद्दी गर्दै सार्वजनिक आलोचना उत्पन्न गराए : १. ख्रीष्टचाहिँ शरीर धारण गर्नुभएका लोगोस हुनुहुन्छ (ग्रीकमा λóγoς जसको अर्थ हो ‘वचन’ अथवा ‘सत्य’) । २. ख्रीष्टमा परिवर्तन र कष्ट सम्भव छ । ३. तसर्थ लोगोस परिवर्तनीय छ, परमेश्वरको बराबरी छैन । एरियसको जिद्दीअनुसार, येशूज्यू परमेश्वर होइन केवल परमेश्वरको सृष्टिका थोक हुनुभएकोले उहाँ अनन्त हुनुहुन्न; अनि पुत्रचाहिँ पिता परमेश्वरको पहिलो सृष्टि भएजस्तै, पवित्र आत्मा पनि पुत्र परमेश्वरको पहिलो सृष्टि हो । मानिसहरूले…