बाइबलको वचन
हामीलाई मुक्तिको निम्ति शिक्षा दिने बाइबल (२ तिमो ३:१५) ।
त्यसभित्र रहेको परमेश्वरको साँचो इच्छालाई अध्ययन गरौं ।
निस्तार-चाड
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…
घुम्टो
परमेश्वरको सेवा गर्ने मानिसहरूले नियमित आराधनाको समयमा उचित पहिरन लगाउनु उनीहरूको कर्तव्य हो । परमेश्वरले हामीमा पवित्र मन हुनुपर्छ, अनि पुरुषले शिर ढाक्नुहुँदैन, तर स्त्रीले शिर ढाक्नुपर्छ भन्ने शिक्षा दिनुभयो । ... हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ । प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ । तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरेको जस्तो हो । १ कोर ११:३-५ हामीले आराधना गर्नुको उद्देश्य नै परमेश्वरको महिमा प्रकट गर्नु हो । परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले परमेश्वरको महिमा प्रकट गर्नको निम्ति आराधनाको समयमा शिर केहीले पनि ढाक्दैनन्, तर बाइबलको शिक्षाअनुसार स्त्री सन्तहरूले भने…