बाइबलको वचन
हामीलाई मुक्तिको निम्ति शिक्षा दिने बाइबल (२ तिमो ३:१५) ।
त्यसभित्र रहेको परमेश्वरको साँचो इच्छालाई अध्ययन गरौं ।
निस्तार-चाड
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…
सुसमाचारको जीवन्त सपना देखौं
शिक्षक, चित्रकार, गायक, प्रहरी, वैज्ञानिक वा देशको राष्ट्रपति … विद्यालयमा अध्ययन गर्दा हामीमध्ये धेरै जनाले आफ्नो भविष्यको लक्ष्य वा पेशाको बारेमा व्यक्तित्व विवरण फाराममा लेखेका थियौं जस्तो लाग्छ । तर विद्यालयबाट स्नातक भएर सामाजिक जीवन सुरु गरेपछि, यहाँहरूमध्ये कति जनाले बाल्यावस्थाका ती सपनाहरू वास्तवमै पूरा गर्नुभयो ? बाल्यावस्थामा वा त्यसपछि लिएका सपनाहरू पूरा गर्ने मानिस धेरै छैनन् । मानिसहरू आफ्नो रुचि परिवर्तन भएकोले वा परिस्थितिले गर्दा सपना पूरा गर्न सकिएन भन्ने गर्छन् । यसकारण मानिसहरूले ती अधूरो सपनाहरू हृदयमा राख्दा राख्दै बिस्तारै बिर्सन्छन् । त्यसोभए आफ्नो सपना पूरा गर्ने मानिस र पूरा नगर्ने मानिसबीच के भिन्नता छ होला ? सपना पूरा गर्ने मनिसहरूमा कहिल्यै नथाक्ने जोस, दृढ विश्वास, अथक परिश्रम र फलामजस्तै दह्रो इच्छाशक्ति हुन्छ । तर यी सबै कुराहरू…
कपालको एउटा रेसाले भन्न खोजेको कुरा
हालसालै, आधारभूत विज्ञान संस्थान (IBS) को क्वान्टम सूक्ष्म विज्ञान केन्द्रले परमाणु आकारको1 भण्डारण माध्यम आविष्कार गरेर सम्बन्धित क्षेत्रहरूमा ठूलो सफलता हासिल गरेको छ । अहिले हामी २० औँ शताब्दीको सूक्ष्म युग पार गर्दै २१ औँ शताब्दीको अतिसूक्ष्म (नानो) युगमा प्रवेश गरिरहेका छौं । १. नानो मापनको आकार । सन्दर्भको लागि, १ नानोमिटर (nm) भनेको १ मिटरको एक अरब भागको एक भाग हो । सयौँ वर्षको अनुसन्धानपछि पत्ता लागेको त्यो एकदमै सूक्ष्म र उत्कृष्ट भण्डारण क्षेत्र, वास्तवमा पहिलादेखि नै हाम्रो शिरमा रोपिएको रहेछ । त्यो कुरा अरू केही नभएर हाम्रो कपाल हो । मानिस जन्मनुभन्दा अघि नै कपाल उम्रिन थाल्छ । गर्भधारण भएको सातौँ हप्तामा छालाको तन्तुमा रौँ2 पलाउने स-साना प्वालहरू (हेयर फोलिकल्स) देखिन थाल्छन् । गर्भावस्थाको १० देखि १३ हप्ताको…
संसारलाई समेट्ने झ्याल, हाम्रो आँखा
साहित्य जगतका नोबेल पुरस्कार विजेता ‘जोसे सारामागो’ द्वारा लिखित उपन्यास ‘ब्लाइडनेस’को सुरुवात, एक जना गाडी चलाइरहेका व्यक्ति अचानक दृष्टिविहीन भएको घटनाबाट हुन्छ । त्यसको केही समयपछि उनको हेरचाह गर्ने पत्नी, उपचारका लागि आएको अस्पतालका बिरामीहरू, र उनको उपचार गर्ने नेत्रचिकित्सकसमेत अन्धा हुन थाल्छन् । यो अज्ञात अन्धोपन महामारी जस्तै फैलिन्छ र समाज तीव्र गतिमा ध्वस्त हुन्छ । ‘अन्धाको देशमा काणो राजा’ भन्ने उखानजस्तै, यस उपन्यासले दृष्टिको सामर्थ्यलाई निकै यथार्थपरक ढङ्गमा चित्रण गरेको छ । हामी प्रायः दृष्टिको महत्त्वलाई बिर्सिन्छौं । तर हाम्रो आँखा कति महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्न केवल एकछिन आँखा बन्द गरे पुग्छ । मानिसले प्राप्त गर्ने जानकारीमध्ये करिब ८० प्रतिशत जानकारी दृष्टिबाट प्राप्त हुन्छ । अब हामीलाई संसारसँग जोड्ने जटिल एवं संवेदनशील इन्द्रिय आँखाबारे अध्ययन गरौं ।…
खराब आदत हटाउने तरिका
“म तीस वर्षीय पुरुष हुँ, तर मेरो निधारमा गहिरो चाउरी परेकाले म ४० वर्षजस्तो देखिन्छु ।” योचाहिँ विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भान गोगले आफ्नो भाइ थियोलाई लेखेको पत्रको एक अंश हो । जीवनका कठिनाइहरू र सृजनात्मक चित्रकला रच्ने चिन्ताले तिनको निधारमा गहिरा रेखाहरू बसे । आफ्नो उमेरभन्दा बढी देखिन थालेपछि तिनी चिन्तित भए । त्यसो भए गोगलाई मात्र यस्तो चिन्ता भएको होला त ? हामी थकित वा निराश हुँदा थाहै नपाई ती भावनाहरू अनुहारमा प्रकट गर्ने गर्छौं । उमेर बढ्दैजाँदा चाउरी पर्नु प्राकृतिक जैविक प्रक्रिया हो । तर लगातार दोहोरिने मुखमुद्राले हाम्रो अनुहारका मांसपेशीहरू कडा हुँदै जान्छन् । कुनै कुरा मनपरेन भनेर सधैँ निधार खुम्च्याउने वा आँखीभौँ उचाल्ने बानी छ भने, केही वर्षपछि त्यही मुखमुद्रा हाम्रो स्थायी रूप बन्न सक्छ ।…
धन्यवादद्वारा पूरा हुने सुसमाचारको चमत्कार
“धन्यवाद !” योचाहिँ पसलबाट सामान किनेर फर्कँदा प्रायः सुनिने शिष्टाचारको बोली हो । यो शब्दले सबैलाई प्रभावित तुल्याउँछ, र फेरि केही सामान किन्नुपर्दा पुनः त्यही पसलमा फर्केर जान मन लाग्छ । हामीले अरूलाई धन्यवाद दिँदा पनि उस्तै हो । कसैले हाम्रो भलाइ गरिदिँदा वा सहयोग गर्दा धन्यवाद व्यक्त गऱ्यो भने उनीहरूले मात्र होइनकि, हामी आफूले पनि आनन्द महसुस गर्छौं । भनिन्छ, दैनिक जीवनमा धन्यवाद चढाउने सानो आदत पनि मानिसभित्र रहेको असीम क्षमता विकास गर्ने एउटा स्रोत हो । धन्यवादको शक्ति सञ्चय गर्दै गयो भने, यसले हाम्रो जीवनमा चमत्कार ल्याउन सक्छ । धन्यवादको शक्ति विदेश जाँदा हामीले सबैभन्दा पहिले सिक्ने शब्द नै “धन्यवाद” हो । प्रायः आमाहरूले आफ्ना छोरा-छोरीलाई “बुबा-आमा” भन्न सिकाएपछि “धन्यवाद” भन्न सिकाउँछन् । धन्यवाद व्यक्त गर्नुचाहिँ सबै मानिसहरूको…
विश्वासको स्कोर
१५औँ देखि १७औँ शताब्दीको बीचमा समुद्री प्रभुत्वको प्रतिस्पर्धा तीव्र हुँदा, विश्वव्यापी ढुवानी उद्योगमा ढिला आगमन भएको नेदरल्यान्डले युरोपको लगभग ८०% व्यापारिक जहाजहरू आफ्नो नियन्त्रणमा लिएर जलयातायात क्षेत्रमा प्रभुत्व जमायो । स्पेन, पोर्चुगल लगायत अन्य देशहरूलाई पछि पार्दै डचहरूले नेतृत्व लिन सक्नुको रहस्यचाहिँ डच व्यापारी जहाजहरूले बजारमा कमाएको उच्च स्तरको विश्वासले गर्दा थियो । वास्तवमा त्यो विश्वासको जडचाहिँ क्याप्टेन विलेम ब्यारेन्ट्स थिए । सन् १५९६मा क्याप्टेन बेरेन्ट्स, सुमेरू महासागर(Arctic Ocean) पार गर्दै एसियाको सबैभन्दा छोटो समुद्री मार्ग पत्ता लगाउनका लागि आफ्नो तेस्रो यात्रामा निस्किए । प्रतिद्वन्द्वी राष्ट्रहरूले स्थापित गरेका मार्गहरूलाई उछिन्ने दृढ सङ्कल्पका साथ उनले ठूलो आशा लिएर आफ्नो अभियानलाई अगाडि बढाए । तर दुःखको कुरा उनको जहाज एउटा हिमशिलामा फस्यो । नाविकहरूले पानीजहाजको छत भत्काएर बरफमा झुपडी बनाए, त्यही ओतभित्र…
अडिग रहने मानिस
उग्र छालहरू जहाजको भित्तामा ठोक्किरहने, त्यो १० दिने यात्रा । बन्दरगाहमा ओर्लेर, लगभग ३२ किलोमिटरको अप्ठ्यारो ढुङ्गेनी बाटो हिँडेपछि, जेजु टापुको देजङस्थित एउटा सानो झुपडी देखिन्छ । अप्रत्याशित राजनीतिक द्वन्द्वको चपेटामा परेका छुसा गिम जङ हीले आफ्नो निर्वासन जीवन बिताउने ठाउँ यहीँ नै थियो । कोरियाको जोसन राजवंशको उत्तरार्धमा गिम जङ ही एउटा प्रतिष्ठित घरानाका सन्तान र त्यस युगकै सबैभन्दा आदरणीय विद्वान् तथा कलाकार थिए । उनले सङग्युग्वान देसासङ (राष्ट्रिय विश्वविद्यालय सरहको सर्वोच्च शैक्षिक संस्थाको प्रमुख) र इजो छामफान (कर्मचारी मन्त्रालयको उपमन्त्री) जस्ता महत्त्वपूर्ण सरकारी पदहरू सम्हालेका थिए । साथै कूटनीतिक दूतका रूपमा चीन जाँदा उनले प्रसिद्ध विद्वान् र साहित्यकारहरूसँग ज्ञान आदानप्रदान पनि गरेका थिए । यति हुँदाहुँदै पनि उनको निर्वासन जीवन एकदमै कष्टकर र एकलो थियो । न्यून खानपानको…
सुगन्धमा लुकेका यादहरू : घ्राणशक्तिको रहस्य
कतैबाट पाकेको तामा वा गुन्द्रुकको झोलको मीठो बास्ना आउँदा त्यसले मलाई साँझको सूर्यास्तको लालीले रातो भएको गाउँघरको दृश्य याद दिलाउँछ । आमाले खस्रो हातले पकाउनुभएको जे कुरा पनि मिठो हुने भएकोले त्यो स्वाद सोच्दैपिच्छे आमाको धेरै याद आउँछ । योजस्तै, यहाँहरूले पनि कुनै न कुनै समयमा कुनै परिचित सुगन्धका कारण बिर्सिसकेको पुराना स्मृतिहरू ताजा भएको अनुभव पक्कै गर्नुभएको छ होला । अझ, ती सम्झनाहरू यति विस्तृत हुन्छन् कि तिनले आफूसँगै जोडिएका भावनाहरू समेत ब्युँताइदिन्छन् । सुगन्धले स्मरणशक्तिको एक शक्तिशाली माध्यमको रूपमा काम गर्दछ । आखिर सुँघ्ने शक्तिभित्र त्यस्तो के रहस्य लुकेको छ होला ? हामीले कसरी सुँघ्छौं नाकको टुप्पालाई उत्तेजित गर्ने मिठो सुगन्धले मुखमा थुक ल्याइदिन्छ । वास्तवमा खानेकुराबाट आउने विभिन्न गन्धहरूचाहिँ हावामा मिसिएका रासायनिक तत्त्वहरू हुन् । जब खानेकुराका…
परमेश्वरले हेर्नुभयो, त्यो असल थियो
हामीहरू अनन्त स्वर्ग–राज्यमा प्रवेश गर्ने लक्ष्य लिएर विश्वासको मार्गमा हिँडिरहेका छौं । विश्वासको उजाड–स्थानमा मानिसहरूलाई खुशी दिलाउने हेतूले विश्वासको मार्गमा हिँड्नेहरू पनि हुन्छन् भने परमेश्वरले हेर्नुहुँदा असल धार्मिक जीवन जिउने मानिसहरू पनि हुन्छन् । सुरुको मण्डलीको इतिहासलाई हेर्ने हो भने, प्रेरितहरू र सन्तहरूले “के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको ?” भन्दै परमेश्वरलाई खुशी दिलाउने दिशातर्फ विश्वासको मार्गमा हिँड्न हरप्रयत्न गरेका कुरा देख्न सकिन्छ (गला १:१०) । यो युगका हामीहरू पनि उस्तै नै हौं । हामीहरू ईश्वरीय स्वभाव धारण गर्न कोसिस गर्दै, माताको शिक्षाअनुसार सधैँ हाँस्दै जिउन खोज्नुको कारण पनि, त्यो नै परमेश्वरले हेर्नुहुँदा असल भएकोले गर्दा हो । परमेश्वरले हेर्नुहुँदा हामीले परमेश्वरलाई खुशी दिलाउने जीवनलाई रोज्नुपर्छ, तर हामीहरू कहिलेकहीँ आफ्नै नजरमा र अन्य मानिसहरूको नजरमा खुशी देखिने जीवनलाई रोज्न…
परमेश्वरबाट बोलावट पाएकाहरू
सर्वशक्तिमान् परमेश्वरले आफ्ना सन्तानहरूलाई बोलाउनुभएर तिनीहरूद्वारा आफ्ना महान् कार्यहरू पूरा गर्नुभएको छ भन्ने कुरा बाइबलको इतिहासद्वारा बुझ्न सकिन्छ । सम्पूर्ण थोकको सृष्टिकर्ता परमेश्वरले प्रत्येक युगमा यहोशू, शमूएल, दाऊद, पत्रुस र यूहन्नाजस्ता विश्वासका पुर्खाहरूलाई बोलाउनुभएर परमेश्वरको वचनको ज्योति ननिभोस् तर निरन्तर चम्किरहोस् भनी तिनीहरूलाई नियुक्त गर्नुभएको छ । यो अन्तिम युगमा, परमेश्वरले आफ्नो महान् कार्यमा हामीलाई बोलाउनुभएको छ । परमेश्वरको बोलावटप्रति योग्य हुन हामीहरूको मन कस्तो हुनुपर्छ भन्ने कुरा बाइबलको इतिहासद्वारा पत्ता लगाऔं । सम्पूर्ण शक्ति परमेश्वरसँग छ परमेश्वरले आफ्ना कामदारहरूलाई बोलाउनुहुँदा, उहाँले तिनीहरूको बाहिरी स्वरूप र क्षमता हेर्नुहुन्न । परमेश्वरलाई आफ्ना कामदारहरूबाट केही आवश्यक परेकोले तिनीहरूलाई बोलाउनुहुने हो र ? अवश्य होइन । सर्वशक्तिमान् परमेश्वरले एक थोपा पानी नभएको मरुभूमिमा चट्टानबाट प्रशस्त पानी निकालिदिनुभएको थियो र उहाँले आफ्ना प्यारा मानिसहरूलाई…
स्वर्गको ढोकालाई उघार्ने निस्तार-चाड
हिजोआज परमेश्वरलाई विश्वास गर्छौं भन्ने मण्डलीहरू संसारमा असंख्य छन् । तर मुक्तिको प्रतिज्ञा समाविष्ट परमेश्वरको चाड, नयाँ करार निस्तार-चाड मान्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो । “मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्” (होशे ४:६) भन्ने वचनजस्तै, अधिकांश मानिसहरूले बाइबललाई सही तरिकाले बुझेका छैनन् । तिनीहरू “निस्तार-चाड नमाने पनि हुन्छ । परमेश्वरलाई विश्वास मात्र गऱ्यो भने अवश्य स्वर्ग-राज्य प्रवेश गर्न सकिन्छ” भन्ने गलत सोचाइमा फसेका छन् । त्यसैले आज बाइबलको वचनद्वारा, हामीले मान्ने गरेको निस्तार-चाडको अर्थलाई पुन: स्मरण गर्दै सत्य र झूटलाई छुट्ट्याउने समय लिऔं । स्वर्ग-राज्यको ढोका बन्द गर्नेहरू २,००० वर्षअघि येशूज्यू यो पृथ्वीमा आउनुहुँदा, त्यो समयका धार्मिक नेताहरूले परमेश्वरको शिक्षालाई पछ्याउनुको सट्टा उल्टै धेरै मानिसहरूलाई गलत बाटोतर्फ डोऱ्याइरहेका थिए । “धिक्कार, तिमीहरूलाई शास्त्री र फरिसी हो, ढोंगीहरू…
विपत्ति र निस्तार-चाड
हामीहरू दैनिक जसो विपत्ति र दुर्घटनाका खबरहरू सुनिरहेका हुन्छौं । विभिन्न किसिमका विपत्तिहरूमध्ये सबैभन्दा ठूलो विपत्ति के होला ? हामीलाई कुनै भयानक विपत्तिबाट बचाउन परमेश्वरले निस्तार-चाड भन्ने औषधी बनाउनुभयो । त्यसोभए त्यो भयानक विपत्ति के होला ? मानिस मरेपछि, उसलाई यो संसारको कुनै पनि विपत्तिले केही असर गर्न सक्दैन । तर बाइबलमा हेर्ने हो भने सदासर्वदा भोगिने त्यस्तो विपत्ति पनि छ । त्यस्तो विपत्तिको चरम पीडाबाट छुटकारा पाउन अथवा मर्न खोजे तापनि त्यो असम्भव छ । हामीलाई यस्तो भयानक विपत्तिबाट बचाउन चाहनुभएर नै परमेश्वरले हामीलाई नयाँ करार निस्तार-चाड दिनुभएको हो । सदासर्वदा भोगिने विपत्ति अप्रत्याशित दुर्घटना र प्राकृतिक प्रकोपले ग्रस्त मानिसहरू संसारमा धेरै छन् । अनि रोग र आर्थिक सङ्कटको मारमा परेका मानिसहरू पनि धेरै छन् । यो संसारमा विपत्तिले…
निस्तार-चाड र मुक्तिको सत्यता
वर्तमान समयमा मानिसहरूले परमेश्वरको वचनलाई त्यागिरहेका छन् । परिणामस्वरूप संसारमा जताततै विपत्ति झरिरहेको छ, अनि संसार आत्मिक तिर्खाले छटपटाइरहेको छ (आमो ८:११; यर ४४:२३) । तापनि तिनीहरू “निस्तार-चाड हाम्रो मुक्तिसँग सम्बन्धित छैन, हामीले यो मान्न आवश्यक छैन” भन्दै निस्तार-चाडको सत्यतालाई इन्कार गर्ने गर्छन् । २,००० वर्षअघि येशूज्यूले शास्त्री र फरिसीहरूलाई तिनीहरूको ढोंगप्रति हप्काउनुभयो, र स्वर्ग-राज्यको रहस्यको ज्ञान तिनीहरूलाई चाहिँ दिइएको छैन भन्नुभयो । वर्तमान समयमा पनि परमेश्वरलाई विश्वास गर्छु चाहिँ भन्ने तर परमेश्वरको इच्छालाई सही तरिकाले नबुझ्ने मानिसहरू छन् । मानिसहरू ज्ञानको कमीले गर्दा नष्ट भएका छन् भनेर बाइबलमा भनिएजस्तै, तिनीहरूले परमेश्वरको वचन नजानेसम्म र ती पालन नगरेसम्म विनाशको बाटोमा जानुबाहेक तिनीहरूसँग अर्को विकल्प छैन (होशे ४:६; यशै ९:१६; मत्ती अध्याय २३) । विपत्तिको युगमा अझ चम्किलो गरी चम्कने मुक्तिको…
निस्तार-चाड र प्रतिज्ञाको चिन्ह
पृथ्वीका हरेक ठाउँहरूमा झरिरहेको विपत्तिका कारण अहिले सारा संसार चिन्तित अवस्थामा छ । युद्ध र द्वन्द्व मात्र होइनकि भूकम्प, सुनामी, ज्वालामुखी विस्फोटन र असामान्य मौसम परिवर्तन जस्ता विपत्तिहरू निरन्तर झर्नेछन् भनेर बाइबलमा हजारौँ वर्षअघिदेखि नै चेताउनी दिइएको थियो । हामी जिइरहेको यस पवित्र आत्माको युगमा यी सम्पूर्ण विपत्तिहरू एकै चोटि झरिरहेका छन् । परमेश्वरले आफ्ना प्रजाहरूलाई हरेक किसिमको विपत्तिबाट बचाउन यस युगमा निस्तार-चाड पुनर्स्थापना गरिदिनुभएको छ । ३,५०० वर्षअघि प्रस्थानको समयमा, विशेष गरी मिश्रमा भयानक विपत्ति झर्न लागेकोले परमेश्वरले निस्तार-चाड स्थापना गरिदिनुभएको थियो । कुनै पनि विपत्ति झार्नुअघि परमेश्वरले आफ्ना प्रजाहरूलाई परमेश्वरको सुरक्षा चिन्ह, निस्तार-चाड मान्न सक्ने गरेर पहिल्यै तयारी गराउनुहुन्छ । मुक्तिको प्रतिज्ञा, निस्तार-चाड यहोशूले यरीहो सहरलाई कब्जा गर्नुअघि सहरमा जासूसहरू पठाएका थिए । दुई जासूसहरू राहाब नाउँ भएकी…
मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ?
सिस्टर, धेरै आशिष् पाउनुहोस् । म पास्टर सुबोध हुँ । भेटेर खुशी लाग्यो । हजुर, मलाई पनि खुशी लाग्यो । पास्टर, म परमेश्वरको मण्डलीमा जान थालेको भर्खर मात्र हो । त्यसैले ममा धेरै प्रश्नहरू छन् । हाम्रो मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ? आखिरमा परमेश्वरलाई विश्वास गर्ने सबै मण्डलीहरू परमेश्वरको मण्डली नै होइनन् र ? यसरी सोच्ने मानिसहरू धेरै छन् । सिस्टर, तपाईंको छिमेकमा मात्र पनि थुप्रै मण्डलीहरू होलान् । तीमध्ये परमेश्वरले स्थापना गर्नुभएका मण्डलीहरू पनि छन् भने परमेश्वरले स्थापना नगर्नुभएका मण्डलीहरू पनि छन् । परमेश्वरले स्थापना नगर्नुभएका मण्डलीहरू पनि छन् अरे ? यदि त्यसो हो भने मण्डली जानुअघि, मैले कुन मण्डली परमेश्वरले स्थापना गर्नुभएको मण्डली हो भन्ने कुरा जान्नुपर्छ । हो नि ! त परमेश्वरले स्थापना गर्नुभएको…
87,499 भ्यु
परमेश्वरको मण्डलीमा किन क्रूस छैन ?
आज कार्यक्षेत्रमा साथीसँग कुराकानी हुँदा उनलाई ठीकसँग बुझाउन नसक्दा मलाई अलि दु:ख लागेको छ । के कुरा ? मेरी साथी पनि मण्डली जाने गर्छिन्, र मैले उनलाई क्रूसचाहिँ मूर्ति हो, राख्नुहुँदैन भनी बताएँ । तब उनले मलाई, “हैन क्रूस त मण्डलीको चिन्ह हो । कसरी मूर्ति हुन सक्छ र ?” भनिन् । म उनलाई विस्तृत रूपमा बुझाउन चाहन्थें, तर पदहरू राम्ररी याद आएन । क्रूस कसरी मूर्ति हो भन्ने कुरा तपाईंले मलाई पुनः एक चोटि सिकाइदिनुहुन्छ कि ? हुन्छ नि । पहिला दश आज्ञाको बारेमा हेरौं । “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू ...” प्रस्थान २०:४-५ के परमेश्वरले…
110,725 भ्यु
राहाब र अजिङ्गर
... के तपाईं त्यही हुनुहुन्न, जसले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो, र त्यस अजिङ्गरलाई वारपार छेड्नुभयो ? के तपाईं त्यही हुनुहुन्न, जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो, र आफूले उद्धार गर्नुभएकाहरू पार गर्नका निम्ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो ? यशै ५१:९ परमेश्वरले प्राचीन समयमा वारपार छेड्नुभएको र अन्तिम समयमा पनि वारपार छेड्नुहुने राहाब र अजिङ्गरको विषयमा अध्ययन गरौं । उहिले यरीहो सहरको भेद लिन गएका दुई जना जासूसहरूलाई आफ्नो घरमा लुकाएकी ‘राहाब(רחב)’ नाउँ गरेकी एक वेश्या थिइन् । तर यशैया ५१:९मा भनिएको राहाबचाहिँ, ती राहाब होइनन् । ‘राहाब(רהב)’ भनेको प्राचीन किम्वदन्तीअनुसार समुद्री दैत्यको हिब्रू नाउँ हो, अनि यो राहाबले देवताहरूको अगाडि आत्मसमर्पण गर्छ भन्ने गरिन्थ्यो । राहाब(רהב)को अर्थ हिब्रू भाषामा ‘हिंस्रक, आँधी र अहङ्कार’ हो । परमेश्वरका प्रजा इस्राएलीहरूलाई दासत्वमा राखेको…
हामी आफ्ना आँखा परमेश्वरतिर उठाउँछौं
मोआबी, अम्मोनी र केही सेनानीहरू यहूदाको विरुद्धमा युद्ध गर्न आइरहेका छन् भन्ने खबर सुनेपछि, राजा यहोशापातले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे । यहूदाका मानिसहरू परमेश्वरको मन्दिरमा भेला भए, र यहोशापात चाहिँ मन्दिरको नयाँ चोकको अगि खडा भएर प्रार्थना गरे । “हे परमेश्वर, तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्गादेखि हामीलाई धपाउन अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरू आइरहेछन् । उनीहरूको सामना गर्न हाम्रो केही शक्ति छैन । हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं ।” तब परमेश्वरको आत्मा एक जना लेवी यहासेलमाथि उत्रनुभयो । “हे सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस् । परमेश्वर तपाईंहरूलाई यही भन्नुहुन्छ : ‘नडराओ, यस ठूलो सैन्य-दलदेखि नआत्तिओ । किनभने लडाइँ परमेश्वरको…
परमेश्वरको मण्डलीका स्त्री सन्तहरूले आराधना समयमा किन शिरमा घुम्टो हाल्छन् ?
विश्वभरिका परमेश्वरको मण्डलीका तस्वीर अथवा भिडियोहरू हेर्दा अनौठो लाग्ने एउटा कुरा छ । देशैपिच्छे आराधना गरिने स्वरूप कसरी एउटै हुन सकेको होला ? स्त्री सन्तहरू सबैले शिरमा घुम्टो हाल्छन् भने पुरुष सन्तहरूचाहिँ शिर ढाक्दैनन् । परमेश्वरले सन्तहरूलाई, आराधना गर्दा पालन गर्नुपर्ने नियमहरू दिनुभएको छ । तीमध्येको एक नै घुम्टोको नियम हो । घुम्टोले शिर ढाक्नु पनि के परमेश्वरको नियम हो ? हो नि ! किनकि पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, ... १ कोरिन्थी ११:७ आराधना गर्दा अथवा प्रार्थना गर्दा पुरुषले शिर ढाक्नुहुँदैन । यो बाइबलको शिक्षा हो । यदि यो नियम पालन नगरी परमेश्वरलाई आराधना गरिन्छ भने त्योचाहिँ उल्टै परमेश्वरलाई अपमान गर्ने कार्य हुन्छ । हो त है ! स्त्रीको सन्दर्भमा पनि हेर्ने कि…
136,002 भ्यु
सत्यताको युगमा झूटलाई विश्वास गर्ने मानिसहरू
‘स्पागेटी फल्ने रूख छ र ?’ सन् १९५७ अप्रिल १ तारिखमा, बेलायतको BBCबाट ‘अप्रिल फुल्स डे(मूर्ख दिवस)’मा गलत समाचार प्रसारण गरिएको थियो । योजस्तै रमाइलोको लागि प्रसारित गलत समाचारले समाजमा खैलाबैला मच्चाउँछ । गलत जानकारीलाई कुनै लेखको ढाँचामा अनलाइनमा राखिएका गलत समाचारहरूले धेरै मानिसहरूलाई झुक्याइरहेको छ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव नजिकिरहेको गत ग्रीष्ममा, इन्टरनेटमा केही उम्मेदवारलाई चाहिँ अनुकूल हुने तर विपक्षी उम्मेदवारलाई चाहिँ हानि पुग्ने गलत समाचारहरू धेरै थिए । शंकास्पद लागेर, सञ्चार माध्यमहरूले ती लेखलाई पत्ता लगाए र ती गलत लेखहरूका अधिकांश स्रोतचाहिँ दक्षिण-पूर्व यूरोपको देश, माकेडोनियाको ‘भेलेस’ नाम गरेको सानो गाउँ रहेको पाइयो । केही किशोरहरूले यसलाई ‘डिजिटल गोल्ड रश’को रूपमा सङ्केत गर्दै गलत समाचारहरू बनाइरहेका थिए । वास्तवमा गलत समाचारले अमेरिकी राष्ट्रपतीय चुनावमा समेत असर…