निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

“मलाई आदर गर्नेलाई म आदर गर्नेछु”

इस्राएलमा राजा खडा हुनअघि, प्रधान पूजाहारीको रूपमा समस्त इस्राएलीहरूलाई अगुवाइ गर्ने एलीका दुई छोराहरू थिए- होप्नी र पीनहास । यी दुई छोराहरूले पनि आफ्ना बुबाको कार्यलाई पछ्याउँदै पूजाहारीको पद लिएका थिए । तर यिनीहरूले परमेश्वरलाई बलिदान चढाउनुअगावै आफूले खानको लागि बलिको मासु जबरजस्ती खोसेर परमेश्वरको बलिदानलाई तुच्छ ठान्ने दुस्साहस गरे । आफू पूजाहारी हुँ भन्ने कुरालाई बिर्सिएर दुष्ट कार्य गरेका यी दुई छोराहरूको त्यो दुष्टताको खबर सारा इस्राएलभरि फैलियो । त्यो खबर सुनेपछि एलीले आफ्ना छोराहरूलाई दुष्ट कार्य रोक्न कडा चेताउनी दिए, तर एलीका छोराहरूले न आफ्ना गल्तीहरूप्रति पछुतो गरे, नता आफ्नो दुष्टता नै छोडे । तब परमेश्वरका एक जना दास एलीकहाँ आएर भने, “त्यसकारण परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘तेरो परिवार र तेरा पिताको परिवारले सधैँभरि मेरो सामुन्ने सेवा गर्दछन्…

परमेश्वरलाई हेरेको भए

मोशा दश आज्ञा लिन सीनै पर्वतमा उक्लेको दर्जनौं दिन भइसकेको थियो । उनलाई पर्खेर बसिरहेका इस्राएलीहरूले हारूनकहाँ गएर यसो भने, “हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस् ।” “हामीलाई मिश्रबाट निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौं ।” हारूनले मानिसहरूलाई शान्त बनाउन उनीहरूले भनेझैँ गरे । “मकहाँ सुन ल्याओ ।” मानिसहरूले ल्याएको सुनबाट हारूनले एउटा बाछा बनाए । अनि तिनीहरूले त्यो सुनको बाछा अगाडि होमबलि र मेलबलि चढाएर नाच्दै रमाइलो गर्न थाले । मोशाचाहिँ मिश्रका राजा फारोकहाँ सहासका साथ गएर इस्राएलीहरूलाई छुटकारा गराउन आग्रह गर्ने, ओभानो भूमिमा हिँड्नका लागि लौरोद्वारा लाल समुद्र फटाउने, र महिमामा आउनुभएका परमेश्वरलाई आमनेसामने देख्ने व्यक्ति थिए । यस्तो महान् अगुवा लामो समयसम्म हराएकोले इस्राएलीहरू चिन्तित भए । तिनीहरूले आफ्नो अगुवाविना मर्ने डरले हारूनलाई मूर्ति बनाउन भने ।…

मुक्तिको कार्य पूरा गर्ने शक्तिको स्रोत

सियोनका परिवारहरूले विश्वासभित्र एकै मनका भएर परिश्रम गरिरहनुभएको परिणामस्वरूप विश्वभरि ७,०००भन्दा बढी सियोनहरू स्थापना भएका छन् । आश्चर्यजनक मुक्तिको कार्यलाई हेर्दै, कसै-कसैले प्रधान कार्यालयको फलानो विभाग योजना बनाउनमा सिपालु भएकोले यस्तो हुन सकेको हो, र कसैले चाहिँ उत्कृष्ट नेतृत्व क्षमता भएका पादरी कर्मचारीहरू र मिसनरीहरू भएकाले यस्तो परिणाम आउन सकेको हो भनेर सोच्न सक्लान् । तर बाइबलद्वारा हेर्ने हो भने स्वर्गीय सुसमाचारचाहिँ परमेश्वरले जसलाई नियुक्त गर्नुभए पनि सारा संसारमा फैलिनेछ, र मुक्तिको कार्यचाहिँ परमेश्वरको सहयोगद्वारा पूरा हुन सक्छ भन्ने कुरा महसुस गर्न सकिन्छ । हामीहरू स्वर्गदूतको संसारमा पाप गरेर यो पृथ्वीमा धपाइएका पापी स्वर्गदूतहरू हौं । त्यसैले हामी कसैले पनि घमण्ड अथवा गर्व गर्न मिल्दैन । बरु उल्टै “प्रभु, म पापी हुँ” भनेका कर उठाउनेको जस्तो विश्वास लिएर अझ धेरै…

बीउ छर्दै

सन् २०१७ जनवरीमा, चिलीको माउले लगायत धेरै क्षेत्रहरूमा ठूलो वन डढेलो लागेको थियो । त्यो डढेलो एकदमै विशाल भएकोले राष्ट्रिय आपतकालीन समय घोषणा गरियो, र विपत्तिको परिणामस्वरूप ११ जनाको मृत्यु हुनुका साथै ७,००० भन्दा बढी मानिसहरू पीडित भए । वन डढेलोले लगभग ४,५७० वर्ग किलोमिटर(११३००००)जङ्गल खरानीमा परिणत भयो । कालो धुँवाको मुस्लोले ढाकिएको पहाडलाई देखेर सबै जना अलमल्ल परेको समयमा एक जना कुकुर प्रशिक्षकले डढेलो लागेको क्षेत्रलाई पुनर्स्थापन गर्ने विशेष विचार व्यक्त गरे । त्यो विचार आश्चर्यजनक रूपमा सरल थियो । तिनले भेडा रखदेख गर्ने तालिम प्राप्त कुकुरहरूलाई विशेष गरी भरियाका निम्ति तयार पारिएको झोला पिठ्यूमा बोक्न लगाए र तिनीहरूलाई डढेलो लागेको त्यो पहाडमा दौड्न लगाए । त्यो झोलामा विशेषज्ञहरूले सावधानीपूर्वक छनौट गरेका विभिन्न बीउहरू थिए । ती कुकुरहरू पहाडको…

हिब्रू-यहूदी र ग्रीक-यहूदी

ती दिनमा जब चेलाहरूको संख्या बढ्‌दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए । प्रेरित ६:१ प्रेरित अध्याय ६मा ग्रीक-यहूदी र हिब्रू-यहूदीलाई देख्न सकिन्छ । हिब्रू-यहूदी र ग्रीक-यहूदीहरू को हुन् भन्ने कुरा पत्ता लगाऔं । हिब्रू-यहूदीहरूले हिब्रू भाषा बोल्थे (सुरुको मण्डलीको समयमा आरमेइक भाषा भनिन्थ्यो) र ग्रीक यहूदीहरूले ग्रीक भाषा बोल्थे । आरमेइक र यहूदी ई.पू ६००तिर बेबिलोनीहरूको कब्जामा परेका यहूदीहरूले ७० वर्षसम्म दासको जीवन बिताए । यसरी बेबिलोनीहरूद्वारा पराजित भएपछि यहूदीहरूले उनीहरूको पुर्ख्यौली हिब्रू भाषा बोल्नुको सट्टा बेबिलोन साम्राज्यको आधिकारीक भाषा अर्थात् आरमेइक भाषा बोल्न थाले । यरूशलेम फर्केपछि पनि उनीहरूले आरमेइक भाषा बोलिरहे । यहाँसम्म कि येशूज्यूको समयमा पनि उनीहरूले आरमेइक भाषा नै बोले । येशूज्यूले यूहन्नाका छोरा सिमोनलाई…

अटुट मनोभावको शक्ति

हेनरी म्याटिस (Henri Matisse)एक प्रतिभाशाली चित्रकार हुनुका साथै २०औँ शताब्दीका ग्राफिक कलाका सबैभन्दा प्रभावशाली व्यक्तित्व थिए, तर उनको सपना चित्रकार बन्ने थिएन । सुरुमा कलामा विशेष रुची नभएका म्याटिसले कानून विषय अध्ययन गरेर अदालतको कर्मचारीको रूपमा सामान्य जीवन बिताए । त्यो समयमा अत्यन्त गम्भीर मानिने एपेन्डिसाइटिस रोग लागेपछि उनको जीवन नाटकीय रूपमा परिवर्तन भयो । शल्यक्रियापछि लामो समयसम्म निको हुने क्रममा, उनकी आमाले उनलाई एउटा रङ्गको बक्सा उपहारस्वरूप दिइन्, जसले गर्दा उनको जीवन पूर्ण रूपमा परिवर्तन भयो । कलाको संसारमा पूर्ण रूपमा मोहित भएका म्याटिसले आफ्नो बुबाको विरोधको बाबजुद चित्रकारको रूपमा आफ्नो जीवन फेरि सुरु गरे । पछि उनले चित्रमा आफ्ना भावनाहरू पोखिने गरी स्वतन्त्र रूपमा उज्यालो रङ्गहरूको प्रयोग गर्ने फौविजम् (Fauvism)को आविष्कार गरेर आधुनिक कलामा क्रान्ति ल्याए । न्यूनतम…

अनन्त, अपरिवर्तनीय मानकको खोजीमा

आइतबार दिउँसो, गिम नाउँ गरेकी एक जना गृहिणी आफ्नो परिवारसँग किनमेल गर्न गइन् । तापक्रम माइनस २ डिग्री सेल्सियस भएकोले साथमा जाकेट लिएर उनीहरू गाडीमा चढे । नेभिगेसन प्रणालीले ५ किलोमिटरको दूरीमा रहेको सुपरमार्केट २० मिनेटमा पुग्न सकिने कुरा देखायो । सुरुमा, ती ग्रीहिणी आफ्नो श्रीमानको लागि जुत्ता किन्न गइन् । श्रीमानले २७५ मि.मि र २८० मि.मिको जुत्ता लगाइ हेरे, तर पछि उनले ठूलो साइजको जुत्तालाई रोजे । किराना पसलबाट, उनीहरूले बेलुकाको खानाको लागि ६०० ग्राम गाईको मासु, कम रकममा १ लिटरको दुई बोत्तल दूध र ५ किलोग्रामको स्याउ किने । तापक्रम, दूरी, तौल र विभिन्न आकार जस्ता अनगिन्ती सङ्ख्यात्मक कुराहरूले हामी जीवनभर घेरिएका हुन्छौं । मापनका यी एकाइहरू कसरी बनाइएका होलान् ? सभ्यताको मापन र एकाइ मानिसहरूले खेती गर्न…

पुरीम

पुरीमचाहिँ हामानले फारस [मादी-फारस]मा रहेका सबै यहूदीहरूलाई पूर हालेर मार्ने निर्णय गरेको दिन अर्थात् एस्तर र मोर्दकैले हामानलाई पराजित गरेको दिनको सम्झना गर्ने दिन हो (चिट्ठा, एस ३:७; ९:१)। मोशाको व्यवस्थामा, परमेश्वरले मोशामार्फत तोक्नुभएको ३ चरणका ७ वटा चाडहरू छन् । तर ‘पुरीम’चाहिँ एक इस्राएली पर्व हो, जुन ३ चरणका ७ वटा चाडहरूसँग सम्बन्धित छैन । ‘पुरीम’को उत्पत्तिबारे अध्ययन गरौं । १. ऐतिहासिक पृष्ठभूमि यहूदीहरू बेबिलोनमा कैदी बनाएर लगिए । तर केही समयपछि बेबिलोन फारस [मादी-फारस] द्वारा नष्ट भयो, र यहूदीहरू फारसीहरूको शासनमा रहे । यहूदीहरू अल्पसंख्यक जाति थिए, तर पनि तिनीहरूले परमेश्वरको प्रजा भएको कुरामा गर्व गर्दै परमेश्वरको इच्छा पालन गर्न खोजे । जब परमेश्वरको योजनाअनुसार यहूदीहरूले बेबिलोनमा ७० वर्षसम्म कैदी जीवन बिताए, तब उनीहरू पहिलो र दोस्रो पल्ट…

शरीरको तापक्रमलाई कायम राख्दै

सन् १९९७मा ब्लकबस्टर बनेको चलचित्र ‘टाइटानिक’ । गहिरो आन्ध्र महासागरमा टाइटानिक डुबिरहँदा चलचित्रका मुख्य पात्र ज्याकले हड्डीसमेत ठिहिऱ्याउने चिसो पानीबाट रोजलाई उचालेर, तैरिरहेको जहाजको टुक्रामाथि राखे । अन्तमा ज्याक आफूचाहिँ बरफजस्तै चिसो भएर समुद्रमा डुबे । धेरै मानिसहरूलाई भावविह्वल बनाएको ज्याक र रोजको अन्तिम बिछोडको त्यो दृश्यलाई, अहिले पनि उत्कृष्ट चलचित्र दृश्यको रूपमा लिने गरिन्छ । ‘टाइटानिक’ चाहिँ वास्तविक घटनामा आधारित चलचित्र हो । सन् १९१२ अप्रिल १० तारिखमा, त्यो समयमा विश्वकै सबैभन्दा ठूलो पानीजहाज टाइटानिकले बेलायतको साउथ हेम्पटनबाट अमेरिकाको न्यू योर्कतर्फ करीब २,२०० यात्रु बोकेर औपचारिक यात्रा सुरु गरेको थियो । हुन त त्यसलाई ‘कदापि नडुब्ने जहाज’ भनिए तापनि प्रकृतिको शक्तिको तुलनामा त्यो केही रहेन । यात्रा सुरु गरेको ४ दिनपछि त्यो भाँचियो र गहिरो सागरमा डुब्यो । जहाज…

मैले पूर्ण रूपमा परमेश्वरलाई पछ्याएँ

लामो समयसम्म उजाड-स्थानमा भौंतारिएपछि इस्राएलीहरू अन्ततः कनानको भूमिमा प्रवेश गरे । परमेश्वरको आज्ञाअनुसार प्रत्येक कूलले भूमिको अधिकार पाउनको लागि चिट्ठा हाले, र यर्दनको पश्चिमी भूमि बाँड्ने समयमा कालेब यहोशूकहाँ गए । कालेबले भने, “अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु । तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु । यसकारण अब यो पहाडी देश[हेब्रोन] मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो । त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठूला-ठूला गढ भएका सहरहरू छन् भन्ने तपाईंले त्यस बेला सुन्नुभएकै थियो । परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु ।” कालेबले ४५ वर्षअघि नै हेब्रोनको भूमिको अधिकार पाउने परमेश्वरको प्रतिज्ञा पाइसकेका थिए । कालेबले त्यो दिनसम्म पनि परमेश्वरले गर्नुभएको प्रतिज्ञा बिर्सेका थिएनन् । कालेबको…

त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू

दाऊदका छोरा अब्शालोमले विद्रोह गरेर ‘दाऊदको सहर’ लिइहाल्यो, र आफ्ना बाबुलाई मार्ने योजना बनायो । यसैबीच दाऊदले देशमा सुव्यवस्थित क्रम बसाल्नको निम्ति अब्शालोमकहाँ सेनाहरू पठाए । सेनाहरू पङ्क्तिबद्ध भएर अगि बढ्दाखेरि मूल ढोकाको छेउमा उभिरहेका दाऊदले आफ्ना सेनापतिहरूलाई यस्तो आदेश दिए । “मेरो खातिर त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू ।” एफ्राइमको वनमा भीषण युद्ध भयो । अब्शालोमलाई पछ्याएका मानिसहरू दाऊदका सेनाहरूद्वारा पराजित भए, र अब्शालोम पनि दाऊदका मानिस योआबको बर्छाद्वारा मारियो । यो खबर सुनेपछि, राजा शोकाकुल भए । तिनी मूल ढोकामाथिको कोठामा गएर रोए, अनि माथि हिँड्दैजाँदा यसो भन्दै रोए, “हाय मेरो छोरो ! मेरो छोरो अब्शालोम, मेरो छोरो अब्शालोम ! तेरो सट्टामा मै मरेको भए त हुनेथियो ! हाय अब्शालोम, मेरो छोरो, मेरो छोरो !” अब्शालोम देशद्रोही…

एक-अर्कासँग जोडिएको जीवन

एघार जना मानिसहरूले मिश्रका शासकलाई दण्डवत् गरे । तिनीहरूलाई तिनीहरूका धोक्रामा भेटिएको योसेफको चाँदीको कचौराबारे सोधपुछ गरियो । “तिमीहरूले किन यस्तो काम गऱ्यौ ?” योसेफले तिनीहरूलाई कडासँग हप्काए । वास्तवमा यी सब कुरा योसेफले बनाएको योजना थियो । धेरै पहिले, योसेफलाई उनका दाजुहरूले अन्यायपूर्वक मिश्रमा बेचेका थिए, उनी मिश्रका शासक बने र सम्पूर्ण देशमाथि शासन गरे । गम्भीर अनिकालका कारण देशमा भण्डारन गरिएको अन्न बेच्दैगर्दा योसेफले कनानबाट मिश्रमा अन्न किन्न आएका आफ्ना दाजुहरूलाई देखे । तर उनीहरूले भने योसेफलाई चिनेनन् । एकै नजरमा आफ्ना दाजुहरूलाई चिनेका योसेफले आफ्ना दाजुहरू जासूस भएको शंका गर्ने नाटक गरे र उनीहरूलाई कनानबाट कान्छो भाइ, बेन्यामीनलाई ल्याउन भने । योसेफका दाजुहरू आफ्ना बुबा याकूबकहाँ फर्के, जो योसेफ र कान्छो छोरा गुमाउनु पर्दा निराश थिए ।…

सुसमाचारको ज्योति र बिजुली

येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो । विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन । अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु ।” मत्ती १३:३४-३५ येशूज्यूले आफ्ना मायालु सन्तानहरूका निम्ति स्वर्ग-राज्यका रहस्यहरू दृष्टान्तमा जाहेर गर्नुभयो, किनभने स्वर्ग-राज्यको ज्ञान दिइएका मानिसहरू छन् भने त्यो ज्ञान नदिइएका मानिसहरू पनि छन् । बाइबलको दृष्टान्तको वचनमध्ये आज बिजुली र सुसमाचारबीचको सम्बन्धबारे अध्ययन गरौं । “किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ ।” मत्ती २४:२७ १. बिजुली ज्योति हो बिजुलीचाहिँ बादलहरूमा भएको वायुमण्डलीय विद्युत एक आपसमा ठोक्किँदाखेरि देखिने ज्योतिको झिल्का हो । धुम्मिएको दिन अथवा निस्पट्ट अँधेरी रातमा देखा पर्ने बिजुलीले एकै निमेषमा विशाल क्षेत्रलाई उज्यालो बनाइदिन्छ…

बिहानको प्रार्थना

बिहान सबेरै उठेर येशूज्यू एकान्त ठाउँमा जानुभयो । सिमोन र तिनीसँग हुनेहरूले उहाँलाई प्रार्थना गरिरहेको भेट्टाए । “सबैले तपाईंलाई खोजिरहेका छन् ।” येशूज्यूले तिनीहरूलाई भन्नुभयो । “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ ।” उहाँले सारा गालीलमा र सभाघरहरूमा प्रचार गर्नुभयो । अघिल्लो रात सबै प्रकारका बिरामीहरूलाई निको पार्दै र भूतहरू धपाउँदै व्यस्त रहनुभएका येशूज्यूले आफ्नो शारीरिक थकानका बाबजुद बिहान सबेरै उठ्नुभएर प्रार्थना गर्नुभई दिनको सुरुवात गर्नुभयो । सुसमाचारको मिसन पूरा गर्नको निम्ति येशूज्यूले चुपचाप आफ्नो पाइला अगाडि बढाउनुभयो । “सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो । हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदेऊन्, ...” कलस्सी…

हामी सुसमाचार प्रचार गर्छौं

पावल र बारनाबासले लिस्त्रा सहरमा आइपुगेर सुसमाचार प्रचार गरे । त्यहाँ एक जना लङ्गडो मानिसले पावलको कुरा ध्यान दिएर सुनिरहेका थिए । पावलले त्यसलाई एकटक लगाएर हेरे, र निको हुने त्यसको विश्वास छ भन्ने देखिकन ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी ।” अनि त्यो जुरुक्क उठ्यो र हिँड्न थाल्यो । जब पावलले गरेको यो काम भीडले देख्यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्च सोरले यसो भने, “देवहरू मान्छेको रूपमा हामीकहाँ ओर्लेर आएछन् ।” मन्दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्याएर त्यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्छा गरे । तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्नो वस्त्र च्याती यसो भन्दै कराएर मानिसहरूका बीचमा दौड्दैगए र भने, “मानिसहरू हो, तपाईंहरू किन यस्तो काम…

पवित्र आत्माले डोऱ्याउनुभएबमोजिम

प्रचार यात्राको क्रममा पावल र तिनका सहकर्मीहरू, एसियामा वचन प्रचार गर्नलाई पवित्र आत्माबाट मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातिया(वर्तमानमा मध्य-टर्की)का इलाकाहरू भएर माइसियाको साँधमा आइपुगे । तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे । तर त्यो ठाउँमा जाने अनुमति नपाएकाले तिनीहरू पश्चिमतिर फर्किए, अनि एसिया र यूरोपको बीचमा अवस्थित त्रोआसको सिमानातिर अगि बढे । त्रोआसमा रात बिताउँदा पावलले माकेडोनियाका एक जना मानिसलाई दर्शनमा देखे । “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नुहोस् ।” पावलले यो दर्शन आफ्ना सहकर्मीहरूलाई बताएपछि तिनीहरू “परमेश्वरले माकेडोनियाका मानिसहरूलाई सुसमाचार प्रचार गर्न हामीलाई बोलाउनुभएको हो” भन्दै उतिखेरै माकेडोनियातिर जान जहाजमा चढे । तिनीहरू माकेडोनियाको मुख्य सहर फिलिप्पीमा केही दिनसम्म बसे । तिनीहरू शबाथमा सहरको ढोकाबाट बाहिर नदीको किनारमा गए, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी तिनीहरूले अनुमान लगाएका…

मेटाडोर

रातो कपडा हल्लाउने बुलफाइटरको दक्ष हातमा परेको साँढे उत्तेजित हुन्छ । हडबडाएको साँढेको पछाडि धेरै भालाहरू अड्किएको हुन्छ । अन्ततः धारिलो छुरीले साँढेको खोपडी छेड्दा त्यो ठाउँको ठाउँ ढल्छ । साँढेको खोपडीमा छुरी प्रहार गर्ने बुलफाइटरलाई नै स्पेनी भाषामा ‘मेटाडोर’ भनिन्छ । हिजोआज मेटाडोरले कसैको निन्दा गर्ने हेतुले यथार्थतालाई विकृत गर्ने र सार्वजनिक विचारलाई हेरफेर गर्ने कालो सङ्गठित प्रचारलाई जनाउँदछ । साँढेलाई लोभ्याएर त्यसको खोपडी छेड्ने बुलफाइटरको धारिलो छुरीजस्तै मेटाडोरले अवैध रूपमा बोलीद्वारा अन्य मानिसहरूमा घातक प्रहार गर्दछ । सुरुदेखि नै अरूलाई हानि पुऱ्याउने मेटाडोरबाट प्रहार भएको मानिसले कहीँ-कतैबाट चोट पाइहाल्छ । अनि त्यो पुष्टि गर्न र त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा पत्ता लगाउन पनि गाह्रो हुन्छ । बाइबलको इतिहासमा पनि मेटाडोरको अस्तित्व छ । २,००० वर्षअघि येशूज्यूले नयाँ…

बाँच्नको निम्ति अनुकूलित मानव ज्ञानेन्द्रिय

सानो छँदा हामीले चलचित्रमा हेर्ने गरेको हाम्रो सुपरहिरो, सुपरम्यान ! ऊसित अलौकिक शक्ति हुन्छ । ऊसित आकाशमा स्वतन्त्र रूपले उड्न सक्ने शक्ति मात्र होइनकि एक हातले गाडी उचाल्न सक्ने शक्ति, टाढाका वस्तुहरू हेर्न सक्ने उत्कृष्ट दृष्टि र धेरै टाढाको सानो आवाज पनि सजिलै सुन्न सक्ने श्रवण शक्ति पनि हुन्छ । यीचाहिँ मानव-जातिले लिन नसक्ने शक्तिहरू हुन् । यही कारणले बच्चाहरूका लागि सुपरम्यान भनेको एकदमै डाहलाग्दो पात्र हो । त्यसोभए यदि हामीले पनि सुपरम्यानको जस्तै विशेष शक्ति पायौं भने के हुन्छ होला ? बाह्य क्रियाशीलताप्रति उचित प्रतिक्रिया मानव-जातिले वरिपरिको वातावरणबाट आउने विभिन्न किसिमका सङ्केत तथा जानकारीलाई आफ्नो ज्ञानेन्द्रियद्वारा स्वीकार्छ । तब मस्तिष्कले विस्तृत रूपमा विश्लेषण गरेर मोटर अङ्ग रहेका मांसपेशीहरूलाई आदेश दिई क्रियाशीलताप्रति प्रतिक्रिया जनाउँछ । यसलाई ‘क्रियाशीलता र प्रतिक्रिया’ भनिन्छ…

घर-देवताहरू

तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन् । ... यसरी उनले खोज्न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन् । याकूब झोकिए, र लाबानलाई हप्काएर भने, ... अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो । तपाईंका घरेलु मालहरूमध्ये के भेट्टाउनुभयो खै ? ती तपाईंका र मेरा कुटुम्बहरूका अगाडि राखिदिनुहोस् । यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन् । उत्पत्ति ३१:३४-३७ घर-देवताहरूचाहिँ याकूबका मामा लाबान बस्ने मेसोपोटामियाका प्रत्येक घरहरूमा पुजिने मूर्ति थियो । याकूबकी पत्नी राहेलले आफ्नो बुबाको घरबाट घर-देवताहरू चोरेको कुरादेखि न्यायकर्ताहरूको समय, राजाहरूको समय र परमेश्वरको आज्ञा अवहेलना गरी राज्यहरू विभाजन भएको समय अर्थात् उत्तर इस्राएल र दक्षिण यहूदा विभाजन भएको समयसम्म विभिन्न मूर्तिहरू र घर-देवताहरू पुज्ने प्रचलन थियो भन्ने कुरा बाइबलमा लेखिएको छ ।…

मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ ?

“उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ ।” प्रभुका दूतको निर्देशन पाएका फिलिप मरुभूमिमा आइपुगे । सुनसान ठाउँमा उनले एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो ठूला पदाधिकारी थिए । उनी यरूशलेममा आराधना गर्न गएका थिए । उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी धर्मशास्त्र पढिरहेका थिए । पवित्र आत्माले फिलिपलाई भन्नुभएझैँ, उनी रथको साथ लागे र सोधे, “तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ ?” तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र ?” अनि तिनले फिलिपलाई रथमा चढी तिनको साथमा बस्ने अनुरोध गरे । “जसरी भेडा काटिनलाई लगिन्छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन ... कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन् ?” नपुंसकको प्रश्नमा फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको…