बाइबलको वचन
हामीलाई मुक्तिको निम्ति शिक्षा दिने बाइबल (२ तिमो ३:१५) ।
त्यसभित्र रहेको परमेश्वरको साँचो इच्छालाई अध्ययन गरौं ।
निस्तार-चाड
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…
सरसफाइको शक्ति
सबैलाई फोहोर ठाउँभन्दा सफा ठाउँ मनपर्छ । तर सबै ठाउँ आफै सफा हुन सक्दैन । कसैले कोठाभित्र फोहोर नल्याए पनि फोहोर आफै थुप्रिन्छ । अनि कोठाभित्र बसेर जुनसुकै कार्य गरे पनि फोहोर भइहाल्छ । तसर्थ हामी सरसफाइ गर्छौं । बढार्नु, फोहोर फाल्नु र व्यवस्थापन गर्नु सानो कामजस्तो लाग्न सक्छ । तर सरसफाइको शक्ति सोचेभन्दा आश्चर्यजनक हुन्छ । ब्रोकन विन्डो सिद्धान्त सरसफाइ गरेपछि शरीर थाक्छ तर यसले मनलाई ताजा गराइदिन्छ । सरसफाइले मानिसको मूड मात्र नभएर मन र व्यवहारमा पनि प्रभाव पार्छ । यो यथार्थतालाई ब्रोकन विन्डो सिद्धान्तद्वारा प्रमाणित गर्न सकिन्छ । अमेरिकी मनोवैज्ञानिक फिलिप जिम्बार्डोले एउटा परीक्षण गरे । उनले उस्तै अवस्थामा रहेका दुई वटा गाडिलाई (कार) एउटा असुरक्षित सडकमा छोडिदिए । उनले कारको हुड खुल्ला राखे र एउटा झ्याल…
कीराहरूबाट सिक्नुपर्ने कुरा, सामूहिक बुद्धिमता
कमिलाको झुण्डले खानेकुराको टुक्रा बोकेर व्यवस्थित रूपमा यात्रा गर्छन् । तिनीहरू बाटो थाहा भए जसरी सुरुदेखि अन्त्यसम्म क्रमबद्ध रूपमा मिलेर बस्छन् । कमिलाहरू एकदमै व्यवस्थित रूपमा हिँड्ने भएकोले तिनीहरूभन्दा दर्जनौं गुणा ठूलो मिठाइ पनि क्षणभरमै गायब गरिदिन्छन् । तर कमिला एकलै हिँडिरहेको दृश्य हेर्ने हो भने, त्यो अनियन्त्रित रूपमा सबै दिशातिर हिँड्छ, र बाटोमा भेटिने अवरोधहरूलाई बेवास्ता गर्दै त्यो अगाडि बढ्छ । त्यसरी हिँड्दा त्यो एकदमै अविवेकी देखिन्छ । यद्यपि जब यी कमिलाहरू एकसाथ भेला हुन्छन्, तब उनीहरूले एकैछिनमा खानेकुरा सङ्कलन गर्छन् । यो दृश्य एकदमै अद्भुत हुन्छ । एक प्रतिभाशाली गणितज्ञ, कमिला सहकार्य वा प्रतिस्पर्धामार्फत प्राप्त गरिने बौद्धिक क्षमतालाई सामूहिक बुद्धिमता1 (Collective Intelligence) भनिन्छ । योद्वारा एक जनाको बुद्धि मात्र नभएर धेरै जनाको बुद्धि प्रयोग गरी ठूलो शक्ति प्रदर्शन…
किनभने तिनीहरूले परमेश्वरको भय माने
याकूबका सन्तानहरू मिश्रमा बसोबास गर्दा, इस्राएलीहरूको संख्या दिनप्रतिदिन बढ्दैगयो, र तिनीहरू मिश्रीहरूभन्दा धेरै भए । संकटको अनुभूति गर्दै, मिश्रका राजाले हिब्रू सुँडेनीहरू, शिप्रा र पुआलाई बोलाए, र कडा आज्ञा दिए । “जब हिब्रू स्त्रीहरूले बच्चा जन्माउँछन् र उनीहरूलाई जन्माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्यसलाई मार । तर छोरी रहिछ भने त्यसलाई जिउँदै राख ।” त्यो समयमा राजाको आदेश नमान्दा मृत्युबाट बच्न सकिँदैनथ्यो । तर परमेश्वरको भय मान्ने सुँडेनीहरूले राजाको आज्ञा नमानी छोराहरूलाई जिउँदै राखे । यो सुनेर मिश्रका राजा निकै क्रोधित भए, र शिप्रा र पूआलाई बोलाए । “तिमीहरूले छोराहरूलाई किन छोड्यौ ? यसो किन गऱ्यौ ?” परमेश्वरले सुँडेनीहरूलाई बुद्धि दिनुभयो, र तिनीहरूले यसो भनेका कारण बचे । “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन्,…
अमर टेलोमियरहरू
१४औँ शताब्दीतिर, यूरोपेलीहरूको औसत आयु केवल ३८ वर्ष थियो । सन् १७९० मा साबुनको आविष्कारसँगै, बिरामी पर्नेहरूको संख्या उल्लेखनीय रूपमा घट्यो र उनीहरूको औसत आयु १० वर्षले बढ्यो । सन् १९२८ मा, एन्टिबायोटिक पेनिसिलिनको आविष्कारसँगै औसत आयु १० वर्षले बढेर ५८ वर्ष पुग्यो । अहिले २१ औँ शताब्दीमा औसत आयु ८० वर्ष पुगेको छ । विज्ञहरूले निकट भविष्यमा हाम्रो औसत आयु २० वर्षले वृद्धि भएर १०० वर्ष पुग्ने अनुमान लगाएका छन् । अहिले १०० वर्षको आयुबारे व्यापक रूपमा चर्चा भइरहेको छ । वैज्ञानिकहरूले ‘टेलोमियर’ (telomere)लाई बुढ्यौली र मानव आयुको एक महत्वपूर्ण कारकको रूपमा पहिचान गरेका छन् । ‘telomere’ चाहिँ telos(अन्तिम) र meros(भाग) भन्ने शब्द मिलेर बनेको शब्द हो, जसले क्रोमोजोमको अन्त्यलाई जनाउँछ । मानव कोषिका सामान्यतया आफ्नो जीवनकालमा ५० देखि…
किनभने परमेश्वरको कृपालु हात ममाथि थियो
यरूशलेम सहर उजाड भइरहेको छ भन्ने खबर सुनेर उदास भएका नहेम्याहले धेरै दिनसम्म प्रार्थना गरे, र अर्तासास्त राजाको समर्थनमा यरूशलेम मन्दिर पुनर्निमार्ण गर्न यहूदा गए । नहेम्याहले यरूशलेम पुगेर भत्केको पर्खालको निरीक्षण गरे । अनि यहूदीहरूलाई भेला गरेर यसो भने, “तिमीहरू हाम्रो दुर्दशा जान्दछौ । यरूशलेम उजाड भएको छ । त्यसका मूल ढोकाहरू आगोले भस्म भएका छन् । आओ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्दा हटाऔं ।” जब नहेम्याहले तिनीहरूलाई परमेश्वरको कृपालु हात कसरी उनीमाथि परेको थियो, र राजाले उनलाई के भनेका थिए भन्ने कुरा बताए तब इस्राएलीहरू प्रभावित भए, र भने, “हो, हामी पुनर्निर्माणको काम सँगै सुरु गरौं ।” तर जब होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबिया, र अरबी गेशेमले निर्माणको कुरा सुने, उनीहरूले इस्राएलीहरूको गिल्ला र खिसी…
पाउदान
१. यशैया अध्याय ६६मा परमेश्वरको पाउदानको रूपमा वर्णन गरिएको पृथ्वी परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो । मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ ?” यशै ६६:१ २. परमेश्वरको पाउदानको रूपमा वर्णन गरिएको महा पवित्रस्थानमा रहेको करारको सन्दूक “तब खडा भएर दाऊद राजाले भने, ‘हे मेरा दाजुभाइ र प्रजा हो, मेरा कुरा सुन । परमप्रभुको करारका सन्दूकको निम्ति एउटा विश्रामस्थान, हाम्रा परमेश्वरका पाउदानको निम्ति एउटा भवन बनाउनलाई मेरो मनमा विचार गरेको थिएँ, अनि मैले त्यो निर्माण गर्नलाई तयार पनि गरें ।’ ” १ इति २८:२ “हामी उहाँको वासस्थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं ।” भज १३२:७ ३. शत्रु दियाबलस ख्रीष्टको खुट्टाको पाउदान हुनेछ धेरै पहिले, युद्धको…
इतिहास र अगमवाणी
जोसन राजवंशको इतिहासमा पहिलो राजा तेजोदेखि २५औँ राजा छलजोङसम्म, करीब ४७२ वर्षको जोसन राजवंशको शासनकाल समेटिएको छ । १,८०० भन्दा बढी खण्डहरू मिलेर बनेको जोसन राजवंशको इतिहासमा जोसनको राजनीति, कूटनीति, शिक्षा, अर्थतन्त्र, उद्योग, सैन्य मामिला, धर्म, यातायात, कला र संस्कृतिहरू विस्तृत रूपमा अभिलेख छन् । एकदमै समर्पित भएर राजाको हिफाजत गर्ने अधिकारीहरूद्वारा लिखित त्यो इतिहासमा शाही गतिविधिका हरेक पक्षको विवरण विस्तृत रूपमा गरिएको छ । सन् १९९७ मा, UNESCOले जोसन राजवंशको इतिहासको सांस्कृतिक मूल्यलाई मान्यता दिँदै विश्व वृत्तचित्र सम्पदाको रूपमा दर्ता गर्यो । जोसन राजवंशको इतिहास लगायत अन्य ऐतिहासिक पुस्तकहरू अमूल्य छन्, किनभने तिनीहरूमा सयौं वर्षको विगतको इतिहास समेटिएको छ । बाइबललाई ऐतिहासिक पुस्तक मान्न सकिन्छ, किनकि यसमा इस्राएलको इतिहासको एक महत्त्वपूर्ण भागलाई समेटिएको छ । यद्यपि, यसको विशेषता सामान्य…
सुन्दर छाप
रूखको मुढालाई काटेर त्यसको काटिएको भागमा हेऱ्यो भने त्यहाँ बाक्लो घेरा बनेको देख्न सकिन्छ । मौसम परिवर्तनका कारण रूखको हुर्कने गतिमा भिन्नता हुँदा रूखमा घेराहरू बन्दछ । वसन्त र ग्रीष्मको बीचमा कोषिका विभाजन तीव्र गतिमा हुँदा रूखको भित्री भाग एकदमै कमलो र रङ पनि उज्यालो हुन्छ, तर ग्रीष्म अथवा शरद्को अन्ततिर कोषिका विभाजन हुन ढिलाइ हुँदा रूखको भित्री भाग एकदमै कडा र रङ पनि गाढा हुन्छ । यस्तो प्रक्रिया बारम्बार दोहोरिँदा रूखको मुढामा विशेष ढाँचामा घेराहरू बन्दछन् । रूखका यी घेराहरूलाई हेरेर रूखको उमेर मात्र होइन, तर त्यसको जीवनकालमा के-के भएको थियो भन्ने कुरासमेत थाहा पाउन सकिन्छ । समसितोष्ण क्षेत्रका कोणधारी रूखहरूमा स्पष्ट घेरा हुन्छ, तर सामान्य मौसमी परिवर्तन र शान्त हावापानी भएका क्षेत्रमा पाइने रूखहरूमा भने खासै स्पष्ट घेरा…
म पनि तिमीलाई दण्ड दिन्नँ
मन्दिरमा शिक्षा दिइरहनुभएका येशूज्यूकहाँ सबै मानिसहरू आए । शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए । तिनीहरूले येशूज्यूलाई सोधे, “व्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने आज्ञा दिएका छन् । तपाईं यसको बारेमा के भन्नुहुन्छ ?” तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यो प्रश्न सोधेका थिए । प्रश्न सोधी नै रहेका कारण येशूज्यूले आफ्नो मुख खोल्नुभयो । “तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस् ।” तिनीहरूले आफ्नो गल्ती महसुस गरे र एक-एक गरेर गए, र येशूज्यू त्यस स्त्रीसँग एकलै छोडिनुभयो । येशूज्यूले त्यस स्त्रीलाई सानो सोरमा भन्नुभयो । “म पनि तिमीलाई दण्ड दिन्नँ । जाऊ, अनि फेरि पाप नगर ।” आफ्नो पापको कारण मृत्युको मुखमा पुगेकी र मुस्किलले आफ्नो ज्यान बचाउन सफल…
कारागारबाट चिट्ठी
महात्मा गान्धीसँगै भारतको स्वतन्त्रताको निम्ति लडेका, र पछि भारतको प्रथम प्रधानमन्त्री भएका जवाहरलाल नेहरु । भारत बेलायतको शासनमुनि रहेको बेला औपनिवेशिक शासनको विरोध गरेका उनी कैयौँ पटक कारागारमा कैद भएका थिए । नैनी कारागारमा कैद भएको समयदेखि उनले आफ्नी छोरी इन्दिरालाई चिट्ठी लेखे । उनले ३ वर्षमा १९० वटा चिट्ठीहरू पठाए । त्यसोभए उनले आफ्नी मायालु छोरीलाई व्यग्रतापूर्वक के भन्न चाहेका थिए होलान् ? “हरेक जन्मदिनमा तिमीले शुभकामना र उपहारहरू पाउने गर्थ्यौ । तिमीलाई तिम्रो जन्मदिनको धेरै शुभकामना, तर यो नैनी कारागारबाट मैले तिमीलाई के उपहार पठाउन सक्छु र ? तिमीलाई भौतिक उपहार पठाउन असमर्थ छु ।” नेहरुले कारागारमा आफूले गर्न सक्ने सबै प्रयत्न गरेर आफ्नी छोरीलाई अमूल्य उपहार पठाए । त्यो नै संसारको इतिहासबारे उनको हस्त-लिखित कथा थियो ।…
मेरा भेडाहरूले मेरो सोर सुन्छन्
यहूदीहरूका चाड अर्थात् मन्दिर समर्पणको चाडमा येशू मन्दिरभित्र दलानमा टहलिरहनुभएको थियो । यहूदीहरूले उहाँका चारैपट्टि भेला भएर सोधे, “कहिलेसम्म तपाईं हामीलाई दोधारमा राख्नुहुन्छ ? तपाईं ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस् ।” “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ । मेरा पिताको नाउँमा जे काम म गर्दछु, तिनैले मेरो गवाही दिन्छन् । तर तिमीहरू विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेडामध्येका होइनौ । मेरा भेडाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन् । पिता र म एक हौं ।” येशूज्यूको कुरा सुनेपछि, यहूदीहरूले उहाँलाई हान्न ढुङ्गा उठाए । “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ ?” “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा…
झूट बोलेर सत्यलाई लुकाउन खोजे पनि
दुई स्त्रीहरू येशूज्यूको चिहानमा गए, र त्यहाँ तिनीहरूले एक जना स्वर्गदूतलाई भेटे । स्वर्गदूतले येशूज्यू जीवित भई उठ्नुभएको कुरा बताएपछि ती स्त्रीहरू एकदमै खुशी भए, र यो खबर येशूज्यूका चेलाहरूलाई सुनाउन दगुरे । पहरादारहरू पनि सहरमा गए र मुख्य पूजाहारीलाई त्यहाँ भएका घटनाहरूका बारेमा खबर दिए । जब मुख्य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, “तिमीहरूले भन्नू, कि ‘हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन् ।’ कतै हाकिमको कानमा यो कुरा पुगिहाल्यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं ।” मुख्य पूजाहारीहरूले सिकाएबमोजिम पहरादारहरूले जताततै झूटो अफवाह फैलाए । यो झूटो अफवाह यहूदीहरूको माझमा व्यापक रूपमा फैलियो । मुख्य पूजाहारीहरूले झूट बोलेर येशूज्यूको पुनरुत्थानको सत्यतालाई ढाकछोप गर्न खोजे । यद्यपि, ढिलो-चाँडो…
तिनीहरू सबैले एकै मनका भएर निरन्तर प्रार्थना गरे
“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” येशूज्यूले आफ्नो अन्तिम अनुरोध भन्नुभएर स्वर्ग उचालिनुभएपछि, उहाँका चेलाहरू जैतून डाँडाबाट यरूशलेम फर्किए । तिनीहरू माथिल्लो तलामा आफू बस्ने कोठामा गए, र सबै एकै मनका भएर निरन्तर प्रार्थना गरे । दश दिनपछि, पेन्तिकोसको दिन आयो । स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो र तिनीहरू बसेको पूरा घरै भरिदियो, र आगोका जिब्राहरूजस्ता भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे । येशूज्यूले, “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि” भन्नुभएअनुसारै सबै भयो । एकै चित्त र मनका भएर व्यग्रतापूर्वक प्रार्थना गरेपछि, चेलाहरूले पेन्तिकोसको दिनमा पवित्र आत्मा पाए र येशूज्यूको गवाही दिँदै साहसका साथ सुसमाचार प्रचार गरे । परिणामस्वरूप, एउटा आश्चर्यजनक घटना घट्यो जसअनुसार…
एउटा रोटी वा दुई वटा रोटी
यो कहानीका मुख्य पात्र एक उच्च माध्यमिक विद्यालयका विद्यार्थी हुन् । विद्यालयबाट घर फर्किंदा उसले सानो टेबिलमा दुई वटा रोटी र एउटा नोट भेट्टाउँछ । 'बहिनीसँगै बाँडेर खानू' नोट पढ्नेबित्तिकै उसले एउटा रोटी खान्छ । तर त्यतिले उसको पेट भरिँदैन, उसले आमाको कुरालाई बेवास्ता गरी बहिनीको भाग समेत खाइदिन्छ । प्रमाण हटाउनका लागि उसले आमाको नोटलाई डस्टबिनमा फालिदिन्छ । केही समयपछि बहिनी घर आउँछिन् र डस्टबिनमा फालिएको आमाको त्यो नोटलाई देख्छिन् । उनी रिसाउँछिन् र दाजु-बहिनीबीच झगडा सुरु हुन्छ । बहिनीसँग माफी मागेर अर्को रोटी किनिदिएमा समस्या समाधान हुनेछ भनेर दाजुले सोच्दछ, तर त्यो कुरा त्यति सरल थिएन । बहिनीले रोटी माग्दै यसो भन्छिन् । “तपाईंले दुई वटा रोटी खानुभएकोले म पनि दुई वटै रोटी खान्छु ! मलाई पनि दुई…
हारूनको दर्जा र मल्कीसेदेकको दर्जा
बाइबलमा दुई किसिमका पूजाहारी पदको विषयमा वर्णन गरिएको छ, हारूनको दर्जा र मल्कीसेदेकको दर्जा । १. हारूनको दर्जा हारूनको दर्जा भन्नाले पुरानो करारको नियम र व्यवस्थाअनुसार बलि चढाइने पूजाहारी पद हो । हारूनचाहिँ लेवी कुलका भएकाले, हारूनको दर्जालाई 'लेवीको पद(लेवीको दर्जा)' पनि भनिन्छ । हाम्रो विश्वासका पिता अब्राहामले इसहाक जन्माए, इसहाकले याकूब जन्माए, र याकूबले बाह्र जना छोराहरू जन्माए, जसमध्ये लेवीचाहिँ याकूब र उनकी पत्नी लेआका तेस्रो छोरा थिए । याकूबका छोरा योसेफ मिश्रका शासक भएपछि, याकूबको परिवारका सदस्यहरू मिश्रमा बसाइँ सरे र तिनीहरू करीब ४३० वर्षसम्म मिश्रमै रहे । याकूबका लाखौँ सन्तानहरू आफ्नो अगुवा मोशालाई पछ्याउँदै कनानतिर लागे । लाल समुद्र पार गरेपछि इस्राएलीहरू उजाड-स्थानमा प्रवेश गरे, र जब मोशाले सीनै पर्वतमा दश आज्ञाहरू प्राप्त गरे, तब तिनीहरूले दश…
तिम्रो विश्वास ठूलो रहेछ
तब येशू त्यहाँबाट निस्कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो । त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् । मेरी छोरीलाई भूतले साह्रै सताएको छ ।” येशूले त्यसलाई केही जवाफ दिनुभएन । उहाँका चेलाहरूले आएर उहाँलाई बिन्ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहिछे ।” उहाँले भन्नुभयो, “म इस्राएल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाइएको हुँ ।” तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र सहायताको लागि बिन्ती गरी । तर येशूज्यू दृढ हुनुहुन्थ्यो । “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन ।” “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्छन् ।” त्यस्तो अपमानजनक शब्द सुनेपछि पनि हार नमानेकी त्यो स्त्रीको मनोवृत्ति देखेर…
म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु
येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन् ?” “बप्तिस्मा-दिने यूहन्ना वा एलिया !” “कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना हुन् भनी भन्छन् !” चेलाहरूको कुरा सुनेर, येशूज्यूले फेरि तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ ?” पत्रुसले विश्वासका साथ जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र ।” “सिमोन ! तिमी धन्यका हौ । किनभने स्वर्गमा हुनुहुने मेरा पिताले तिमीलाई यो प्रकट गर्नुभएको हो ।” उहाँलाई सही तरिकाले चिनेका पत्रुसमाथि येशूज्यूले विशेष अनुग्रह गर्नुभयो । “म तिमीलाई भन्दछु कि, तिमी पत्रुस (चट्टान) हौ । म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन् । म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो…
यो मानिस को हो ?
येशूज्यूले डुङ्गाबाट समुद्र किनारमा भएका भीडहरूलाई परमेश्वरको वचन सुनाउनुभयो । साँझ परेपछि उहाँले चेलाहरूलाई “आओ, हामी पारिपट्टि जाऔं” भन्नुभयो । चेलाहरूले येशूज्यूलाई डुङ्गामा लगे, र अरू डुङ्गाहरू पनि तिनीहरूको पछि लागे । अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो । डराएका चेलाहरू डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएका येशूज्यूनेर आए र उहाँलाई ब्यूँझाए । “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन ?” तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो ! रोकिजा !” अनि बतास थामियो र ठूलो सन्नाटा छायो । उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ ? तिमीहरूमा विश्वास छैन ?” येशूज्यूको हप्काइ सुनेर चेलाहरू साह्रै भयभीत भए र आपसमा यसो…
“येशू, यहूदीहरूका राजा” भन्ने उहाँविरुद्धको दोष-पत्र
सत्यतामा रहेका परमेश्वरका सन्तानहरूलाई थाहा छ कि, येशूज्यू हाम्रो पापको प्रायश्चितको लागि क्रूसमा बलि हुनुभयो । त्यसोभए हामीले स्वर्गमा कस्तो पाप गऱ्यौं होला ? येशूज्यूको बलिदानद्वारा हामीले गरेको पाप र स्वर्गबाट धपाइनुको कारण पत्ता लगाऔं । येशूज्यू क्रूसमा टाँगिनुहुँदा उहाँको शिरदेखि मास्तिर ‘यहूदीहरूका राजा’ भन्ने दोषपत्र टाँसिएको थियो । “येशू, यहूदीहरूको राजा” भन्ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए । मत्ती २७:३७ येशूज्यू जन्मनुहुँदा यहूदा क्षेत्र रोमी साम्राज्यद्वारा नियुक्त हेरोद राजाको नियन्त्रणमा थियो । तर येशूज्यूले सुसमाचार प्रचार गर्नुहुँदा, रोमबाट पठाइएका राज्यपालले यहूदालाई शासन गरिरहेका थिए । त्यसैले त्यतिबेला कुनै स्थानीय राजा थिएनन्, केवल रोमी सम्राट कैसर मात्र राजा थिए । यदि कसैले राजा भनेर दाबी गऱ्यो भने रोमी साम्राज्य विरुद्ध राजविद्रोह गरेको ठहरिन्थ्यो । वास्तवमा प्रधान पूजाहारी…
गुन तिर्ने मन
चीनको छुङछिङबाट एक-अर्कासित चिनजान नभएका ५ जना मानिसहरू मिलेर एउटा साङ्गीतिक टोली गठन गरे । उनीहरू डाक्टर, गृहिणी, घरजग्गा खरीद-बिक्री गर्ने एजेन्ट जस्ता फरक पेशा र व्यक्तित्व भएका मानिसहरू थिए, जो सङ्गीतप्रति बिलकुल अनभिज्ञ थिए । जे होस् हातमा गिटार, बेस र मराकाजस्ता वाद्यवादन बोक्दै पेशेवर सङ्गीत प्रशिक्षकबाट सङ्गीत सिकेर उनीहरूले प्रस्तुतिको लागि कडा अभ्यास गरे । प्रस्तुतिमा ‘पुनर्जन्म(Reborn)’ र ‘जीवन महसुस(Feel Life)’ जस्ता अलि गाह्रो नोटका सङ्गीतहरू बजाउने योजना बनाएका ती सदस्यहरूको साङ्गीतिक टोलीको नाम ‘वान् म्यान्स् ब्यान्ड(एक जनाको ब्यान्ड)’ थियो । त्यो ब्यान्डको नामचाहिँ, केही समयअघि मात्र निधन भएको एक जना व्यक्तिबाट आँखा, मृगौला र कलेजो अनुदानस्वरूप पाएका त्यो ब्यान्डका सदस्यहरूको कहानीको आधारमा राखिएको थियो । सार्वजनिक हितको कार्यमा अग्रस्थानमा रहेका ती अनुदानकर्तालाई सङ्गीत असाध्यै मन पर्ने गरेको…