बाइबलको वचन
हामीलाई मुक्तिको निम्ति शिक्षा दिने बाइबल (२ तिमो ३:१५) ।
त्यसभित्र रहेको परमेश्वरको साँचो इच्छालाई अध्ययन गरौं ।
निस्तार-चाड
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…
परमेश्वरको प्रतिज्ञा, ‘अनन्त जीवन’
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
पवित्र र आशिषित शबाथ-दिन
म तिमीहरूलाई विश्राम दिनेछु ।
हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (१)
बोलीचाहिँ हाम्रो व्यक्तित्व झल्काउने ऐना हो, किनकि बोलीमा हाम्रो विचार र भावना समावेश हुन्छ । यसकारण मुक्तिको प्रतिज्ञा पाएका परमेश्वरको सन्तान भएअनुरूप हामीले अनुग्रह र धन्यवादले भरिएको बोलीद्वारा परमेश्वरलाई महिमा चढाउनुपर्छ । अब, हामीले कस्तो बोली बोल्नुपर्छ भन्नेबारे बाइबलमार्फत अध्ययन गर्नेछौं । १. हामीले डाहलाई त्यागेर असल बोली बोल्नुपर्छ । तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् । अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ । सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ । जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ । एफि…
हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (२)
हामीले कस्तो बोली बोलेको परमेश्वर चाहनुहुन्छ भन्नेबारे लगातार अध्ययन गर्नेछौं । १. धन्यवाद दिने बोली तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन । कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन् । तर बरु धन्यवाद दिने काम होस् । किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन । एफि ५:३-४ हामीले धन्यवादको बोली बोल्नुपर्छ भनेर बाइबलमा सिकाइएको छ । पापले गर्दा मर्नुपर्ने भएको हाम्रो आत्मालाई बचाउन परमेश्वर स्वयम् यो पृथ्वीसम्म आउनुभयो । उहाँले हाम्रा सबै पापहरू क्षमा गरिदिनुभई हामीलाई बचाउनुभयो । यति मात्र होइन, उहाँले हामीलाई मृत्यु र…
UBUNTU(उबुन्टू), हामी भएकोले म छु
जीवनको उत्तम रोजाइ
बुबा, आमा खै ?
येशूज्यूले खडा गर्नुभएको मण्डली थाहा छ ?
तपाईंको गृहनगर कहाँ हो ?
अमूल्य परिवारलाई भन्न मन लागेको कुरा
शबाथ-दिनको तयारी कसरी गर्नुपर्छ होला ?
परमेश्वरबाट प्रशस्त आशिष् पाउनको निम्ति हामीले कसरी शबाथ-दिनको तयारी गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं । पहिलो, हामीले तयारीको दिनद्वारा शबाथ-दिनको तयारी गर्नुपर्छ । शबाथ-दिनको अघिल्लो दिनलाई शबाथको तयारी गर्ने भन्ने अर्थमा तयारीको दिन भनिन्छ । हामीले हाम्रो व्यक्तिगत कामकाजहरू सबै शबाथ-दिनको अघिल्लो दिनमै सिद्ध्याउँदा राम्रो हुन्छ, किनभने शारीरिक कामकाजले हामीलाई शबाथ-दिनमा आत्मा र सत्यतामा आराधना गर्न बाधा पुऱ्याउन सक्छ । “परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।” यूह ४:२४ दोस्रो, आराधनाप्रति हामीहरू समयनिष्ठ हुनुपर्छ । शबाथ-दिनको आराधना समयचाहिँ सारा ब्रह्माण्डमाथि शासन गर्नुहुने परमेश्वरलाई भेट्ने समय हो । यदि यो संसारमा कुनै देशका राष्ट्रपतिलाई भेट्ने अवसर मिल्यो भने मानिसहरू प्रतिज्ञा गरिएको समयभन्दा १ घण्टा अथवा कम्तीमा पनि २०-३० मिनेटअघि नै तोकिएको ठाउँमा पुगेर प्रतीक्षा गर्ने गर्छन् भने…
हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्ने कारण
हामीले किन परमेश्वरको वचन अध्ययन गर्नुपर्छ होला ? यसको कारण हामी बाइबलद्वारा पत्ता लगाऔं । १. हाम्रो आत्माको जीवनको निम्ति परमेश्वरको वचन जीवनको भोजन हो । येशूज्यूले मानिस परमेश्वरको वचनले जीवित रहँदछ भन्नुभएको छ । तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’ ।” मत्ती ४:४ के मानिस नखाईकन बाँच्न सक्छ ? सक्दैन । हामीले खाना खाएनौं भने हामीहरू बिस्तारै कमजोर हुँदैजान्छौं, अनि अन्त्यमा जीवन नै गुमाउन पुग्छौं । हाम्रो आत्मा पनि उस्तै हो । हामीले वचनको भोजन खाएनौं भने आत्मिक शक्ति नभएर हामीहरू आत्मिक रूपमा कमजोर हुन्छौं, अनि अन्ततः आत्मिक जीवन नै गुमाउन पुग्छौं । यसकारण हामीले जीवनको भोजन रहेको परमेश्वरको वचन सधैँ अध्ययन गर्नुपर्छ । २. विश्वासमा हुर्किएर…
सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण
परमेश्वरले “सेवा गर्ने होओ” भन्नुभएको छ । स्वर्गीय सन्तान हामीहरू परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्दै परमेश्वरले खुशी मान्नुहुने स्वर्गीय सन्तानहरू बन्नुपर्छ । सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण के हो, बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं । पहिलो, ख्रीष्ट स्वयम्ले सेवाको उदाहरण देखाइदिनुभएकोले “... तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ । जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।” मत्ती २०:२६-२८ परमेश्वर सारा ब्रह्माण्डमा सर्वोच्च र महापवित्र व्यक्ति हुनुभए तापनि उहाँ स्वयम् यस पृथ्वीमा मानिसको स्वरूपमा आउनुभयो, अनि उहाँले हाम्रो निम्ति मृत्युसम्म बलिदान हुनुभएर हाम्रो सेवा गर्नुभयो । योचाहिँ उहाँले हाम्रो निम्ति देखाइदिनुभएको सेवाको उदाहरण…
हामीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ होला ?
सन्तानहरू एकतामा रहँदा परमेश्वर खुशी हुनुहुन्छ (भज १३३:१; फिलि २:१-२) । तर यदि हामीहरू एक-अर्कासँग रुखो व्यवहार गर्दै विचारशील हुँदैनौं भने एकतामा रहन कठिन हुन्छ । यसकारण हामीहरू प्रेमको मनद्वारा एक-अर्काप्रति नम्र र विचारशील हुँदै परमेश्वर खुशी हुनुहुने एकतामा रहनुपर्छ । अब, हामीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं । पहिलो, हामीले शिष्टतापूर्वक एक-अर्कालाई प्रेम गर्नुपर्छ । “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।” यूह १३:३४ परमेश्वरले हामीलाई प्रेम गर्नुभएजस्तै हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ भन्नुभएको छ । नयाँ करारद्वारा परमेश्वरको देह र रगत प्राप्त गरेका हामीहरू परमेश्वरसँग मात्र एउटै शरीर भएका होइनौं, तर दाजुभाइ-दिदीबहिनीसँग पनि एउटै शरीर भएका छौं । यसकारण…
धैर्य धारण गर्नुपर्ने कारण
विश्वासको जीवनमा हामीले धैर्य धारण गर्नुपर्ने कारण के होला ? बाइबलमार्फत यसको कारण पत्ता लगाऔं । १. उद्धार पाउन “भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन् । मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ । तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसैको उद्धार हुनेछ ।” मत्ती १०:२१-२२ अन्त्यसम्म स्थिर रहनेको उद्धार हुनेछ भनेर बाइबलमा सिकाइएको छ । यसकारण हामीले उद्धार पाउनलाई धैर्य धारण गर्नुपर्छ । अहिलेसम्म जतिसुकै ठूलो विश्वास लिएको भए पनि अन्त्यसम्म धैर्य धारण गर्न सकिएन भने त्यो विश्वासको के अर्थ रहन्छ र ? हामीले धैर्यताद्वारा विभिन्न कठिनाइहरूलाई जित्दै मुक्तिको आशिष् पाउनुपर्छ । तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ । लूक २१:१९ यो वचनमा पनि, हामीले धैर्यताद्वारा आत्माको मुक्ति…
धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरू
बाइबलमा, धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरूका कार्यसम्बन्धी थुप्रै अभिलेखहरू छन् । तिनीहरूको कार्यद्वारा, यो युगमा हामीले लिनुपर्ने धैर्यताको मनस्थितिबारे अध्ययन गर्नेछौं । १. अय्यूबको धैर्यता परमेश्वरले हेर्नुहुँदा अय्यूब धर्मी र निर्दोष मानिस थिए । छोरा-छोरीहरू पनि धेरै भएका तिनी समृद्ध थिए, अनि तिनलाई कुनै कुराको कमी थिएन । अय्यूबको डाह गरेको शैतानले अय्यूबलाई सहनै गाह्रो हुने परीक्षा गऱ्यो । अय्यूबले आफ्नो सम्पत्ति र सन्तानहरूसमेत गुमाए । यद्यपि ती सबै परीक्षाहरूको बाबजुद अय्यूबले गनगन नगरी केवल परमेश्वरलाई प्रशंसा गरे । ... भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु । परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस् ।” यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन् । अयू १:२१-२२ शैतानले…
परमेश्वरको वचन पूर्ण छ
परमेश्वरको वचन पूर्ण छ र यसमा कुनै अपवाद छैन । परमेश्वरले उहाँको वचन पूर्ण रूपमा पालन गर्ने मानिसहरूलाई मात्र आशिष् दिनुहुने भएकोले परमेश्वरको वचनलाई पूर्ण रूपमा पालन गर्नु नै आशिष् र मुक्तिको एकमात्र बाटो हो । १. नोआको जहाज पानी नै नपरेको त्यो समयमा परमेश्वरले नोआलाई ठूलो जहाज बनाउन आदेश गर्नुभयो । परमेश्वरले आदेश गर्नुभएको जहाजको लमाइ १४० मिटर, चौडाइ २३ मिटर र उचाइ १४ मिटरको थियो । ती दिनहरूमा अहिलेको जस्तो आधुनिक प्रविधि नभएकोले परमेश्वरले आदेश गर्नुभएको जहाज बनाउन लगभग असम्भव थियो । अझ त्यसमाथि त्यो जहाज बनाउन नोआलाई धेरै जनशक्ति र उपकरण आवश्यक पर्नुको साथै लगानी पनि धेरै चाहिएको हुनुपर्छ । विद्हरूको अनुमानमा त्यो जहाज बनाउन कम्तीमा पनि ४०देखि १२० वर्ष लागेको हुनुपर्छ । यस्तो विशाल जहाज बनाउन…
बोलीद्वारा पाइने आशिष् र श्राप
बाइबलमा बोलीद्वारा आशिष् पाएका मानिसहरू र श्राप पाएका मानिसहरूको इतिहास अभिलेख गरिएको छ । उनीहरूको इतिहासमार्फत हामीले कस्तो बोली बोल्नुपर्छ भन्नेबारे विचार गरिहेरौं । १. स्वर्गको राज्यका साँचाहरू पाएका पत्रुस येशू ... “तिमीहरू के भन्छौ, म को हुँ ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ ... म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ ।” मत्ती १६:१३-१९ येशूज्यूले “तिमीहरू के भन्छौ, म को हुँ ?” भनेर सोध्नुहुँदा, पत्रुसले “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र” भनेर विनाहिचकिचाहट जवाफ दिए । विश्वासपूर्ण बोलीको परिणामस्वरूप पत्रुसले येशूज्यूबाट स्वर्गको राज्यका साँचाहरू प्राप्त गर्ने ठूलो आशिष् पाउन…