निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (१)

बोलीचाहिँ हाम्रो व्यक्तित्व झल्काउने ऐना हो, किनकि बोलीमा हाम्रो विचार र भावना समावेश हुन्छ । यसकारण मुक्तिको प्रतिज्ञा पाएका परमेश्वरको सन्तान भएअनुरूप हामीले अनुग्रह र धन्यवादले भरिएको बोलीद्वारा परमेश्वरलाई महिमा चढाउनुपर्छ । अब, हामीले कस्तो बोली बोल्नुपर्छ भन्नेबारे बाइबलमार्फत अध्ययन गर्नेछौं । १. हामीले डाहलाई त्यागेर असल बोली बोल्नुपर्छ । तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् । अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ । सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ । जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ । एफि…

हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (२)

हामीले कस्तो बोली बोलेको परमेश्वर चाहनुहुन्छ भन्नेबारे लगातार अध्ययन गर्नेछौं । १. धन्यवाद दिने बोली तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन । कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन् । तर बरु धन्यवाद दिने काम होस् । किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन । एफि ५:३-४ हामीले धन्यवादको बोली बोल्नुपर्छ भनेर बाइबलमा सिकाइएको छ । पापले गर्दा मर्नुपर्ने भएको हाम्रो आत्मालाई बचाउन परमेश्वर स्वयम् यो पृथ्वीसम्म आउनुभयो । उहाँले हाम्रा सबै पापहरू क्षमा गरिदिनुभई हामीलाई बचाउनुभयो । यति मात्र होइन, उहाँले हामीलाई मृत्यु र…

शबाथ-दिनको तयारी कसरी गर्नुपर्छ होला ?

परमेश्वरबाट प्रशस्त आशिष् पाउनको निम्ति हामीले कसरी शबाथ-दिनको तयारी गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं । पहिलो, हामीले तयारीको दिनद्वारा शबाथ-दिनको तयारी गर्नुपर्छ । शबाथ-दिनको अघिल्लो दिनलाई शबाथको तयारी गर्ने भन्ने अर्थमा तयारीको दिन भनिन्छ । हामीले हाम्रो व्यक्तिगत कामकाजहरू सबै शबाथ-दिनको अघिल्लो दिनमै सिद्ध्याउँदा राम्रो हुन्छ, किनभने शारीरिक कामकाजले हामीलाई शबाथ-दिनमा आत्मा र सत्यतामा आराधना गर्न बाधा पुऱ्याउन सक्छ । “परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।” यूह ४:२४ दोस्रो, आराधनाप्रति हामीहरू समयनिष्ठ हुनुपर्छ । शबाथ-दिनको आराधना समयचाहिँ सारा ब्रह्माण्डमाथि शासन गर्नुहुने परमेश्वरलाई भेट्ने समय हो । यदि यो संसारमा कुनै देशका राष्ट्रपतिलाई भेट्ने अवसर मिल्यो भने मानिसहरू प्रतिज्ञा गरिएको समयभन्दा १ घण्टा अथवा कम्तीमा पनि २०-३० मिनेटअघि नै तोकिएको ठाउँमा पुगेर प्रतीक्षा गर्ने गर्छन् भने…

हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्ने कारण

हामीले किन परमेश्वरको वचन अध्ययन गर्नुपर्छ होला ? यसको कारण हामी बाइबलद्वारा पत्ता लगाऔं । १. हाम्रो आत्माको जीवनको निम्ति परमेश्वरको वचन जीवनको भोजन हो । येशूज्यूले मानिस परमेश्वरको वचनले जीवित रहँदछ भन्नुभएको छ । तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’ ।” मत्ती ४:४ के मानिस नखाईकन बाँच्न सक्छ ? सक्दैन । हामीले खाना खाएनौं भने हामीहरू बिस्तारै कमजोर हुँदैजान्छौं, अनि अन्त्यमा जीवन नै गुमाउन पुग्छौं । हाम्रो आत्मा पनि उस्तै हो । हामीले वचनको भोजन खाएनौं भने आत्मिक शक्ति नभएर हामीहरू आत्मिक रूपमा कमजोर हुन्छौं, अनि अन्ततः आत्मिक जीवन नै गुमाउन पुग्छौं । यसकारण हामीले जीवनको भोजन रहेको परमेश्वरको वचन सधैँ अध्ययन गर्नुपर्छ । २. विश्वासमा हुर्किएर…

हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्ने कारण

11:29
0:00 11:29

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।