निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

सत्यताभित्र आशिष्‌ पाउने सेवा

सेवाको कार्य एकदमै महान् र मूल्यवान् छ, तर सत्यता थाहा नपाइकन गरेको सेवामा परमेश्वरको आशिष्‌ प्रतिज्ञा गरिएको हुँदैन । यद्यपि सत्यतामा रहेर गरेको सेवामा चाहिँ प्रशस्त मात्रामा परमेश्वरको आशिष्‌ प्रतिज्ञा गरिएको हुन्छ । हामीले कस्तो मन लिएर सेवा गरेमा अझ धेरै आशिष् पाउन सकिन्छ भन्ने कुरा बुझ्न परआउनुाभएरमेश्वरका शिक्षाहरू हेरौं । १. सेवा गर्नको लागि सेवक बन्नुपर्छ । अरूलाई आदर गर्दै विशेष किसिमले व्यवहार गर्ने प्रक्रियालाई सेवा भनिन्छ । उच्च वर्गीयले निम्न वर्गीयलाई सेवा गर्न सक्दैन । तसर्थ अरूको सेवा गर्नको लागि अरूभन्दा पनि होचिन आवश्यक छ । मूल रूपमा परमेश्वर हुनुभए तापनि येशूज्यूले शरीरको वस्त्र धारण गर्नुभयो र दासको रूपमा आउनुभएर आज्ञाकारिता र सेावाको उदाहरण देखाइदिनुभयो(लूक २२: २६-२७) । हामीले येशूज्यूको शिक्षा याद गर्दै सेवकको मन लिएर सारा हृदयले…

परमेश्वरको आज्ञा पालन गर्नुपर्ने कारण

यदि हामी परमेश्वरका प्रजा हौं भने, हामीले उहाँले स्थापना गर्नुभएका आज्ञाहरू पालन गर्नुपर्छ । परमेश्वरको आज्ञा पालन गर्न किन महत्वपूर्ण छ भन्ने कुरा बाइबलद्वारा अध्ययन गरौं । १. परमेश्वरलाई प्रेम गर्नेहरूले परमेश्वरका आज्ञाहरू पालन गर्छन् मानिसहरू आफूले मन पराएको व्यक्तिलाई भेटेको बेलामा हरेक उपाय र तरिकाद्वारा त्यो व्यक्तिप्रतिको आफ्नो प्रेम दर्शाउन प्रयत्न गर्छन् । कहिले पत्रहरू मार्फत, कहिले गुलाबको फूल मार्फत, कहिले विभिन्न उपहारहरू मार्फत आफ्नो प्रेम व्यक्त गर्ने प्रयास गर्छन् । त्यसोभए हामीले परमेश्वरप्रतिको हाम्रो प्रेम कसरी व्यक्त गर्नुपर्छ ? परमेश्‍वरले हामीले उहाँप्रतिको हाम्रो प्रेमलाई पत्रहरू, गुलाबहरू वा उपहारहरूद्वारा व्यक्त गरेको चाहनुहुन्न, बरु उहाँ हामीले 'परमेश्‍वरका आज्ञाहरू पालन गरेर' उहाँको प्रेम व्यक्त गरेको चाहनुहुन्छ । “ “मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ…

निस्तार-चाड र परमेश्वरको छाप

अहिले संसारमा चारैतिर असंख्य विपत्तिहरू झरिरहेका छन् : राष्ट्र-राष्ट्रबीचको युद्ध, जातीय युद्ध, आतङ्क, अनिकाल, भूकम्प र मौसम परिवर्तनले ल्याएको खतरनाक ठण्डी, गर्मी अनि बाढी । जब यस्ता विपत्तिहरू आइलाग्छन्, तब कसलाई पुकार्ने अथवा कसो गर्ने भन्ने कुरा थाहा नपाएर मानिसहरू डरले थरथर काँप्न थाल्छन् । भविष्यमा झर्ने विपत्ति अनि विपत्ति झर्दा मानिसहरूले अपनाउने उपायको विषयमा बाइबलमा पहिल्यै अगमवाणी गरिएको थियो । “तिनीहरूले चिहानको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ । तिनीहरू माथि स्वर्गमा उक्ले तापनि, ... तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि, ... तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि ...” आमो ९:२-९ माथिको अगमवाणीमा उल्लेख गरिएजस्तै, मानव-जातिले सहनै नसक्ने यस्ता भयानक विपत्तिहरू पृथ्वीमा झर्ने भएकोले तिनीहरूले लुक्नको निम्ति ठाउँ खोजिरहेका छन् । माथिको अगमवाणीचाहिँ २,८०० वर्षअघिका आमोस…

के तपाईं कठिनाइमा हुनुहुन्छ ?

0:00
0:00 0:00

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।