माताको शिक्षा
स्वर्गीय माताका १३ वटा शिक्षाहरू । हामीहरू प्रेमको शिक्षाभित्र स्वर्गीय चरित्र सिक्दछौं ।
माताको पहिलो शिक्षा
“परमेश्वरले सदा प्रेम दिनुभएजस्तै लिने प्रेममा भन्दा दिने प्रेममा अझ बढी आशिष् हुन्छ ।”
विस्तृत रूपमा हेर्ने
परमेश्वरले हामीलाई प्रेम नगर्नुभएको एक क्षण पनि छैन । हामी स्वर्ग-राज्यमा स्वर्गदूत छँदा पनि परमेश्वरले सधैँ हामीलाई प्रेम गर्नुभयो, हामीहरू स्वर्ग-राज्यमा जघन्य पाप गरेर यो पृथ्वीमा धपाइका भए पनि त्यो पाप क्षमा गरिदिनको निम्ति परमेश्वरले हाम्रो सट्टामा क्रूसमा टाँगिनुभएर त्यो प्रेम प्रमाणित गर्नुभयो । यसरी हामीलाई सधैँ प्रेम दिनुहुने परमेश्वरले “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर” (यूह १३:३४) भन्नुभएको छ । हामीले परमेश्वरबाट प्रेम पाएजस्तै हामीले पनि अरूहरूलाई प्रेम दिएको परमेश्वर चाहनुहुन्छ । अनि लिनुभन्दा दिनु अझ धन्य हो भन्ने वचन दिनुभएको छ । “मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कडा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ । प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि…
माताको दोस्रो शिक्षा
“परमेश्वरलाई महिमा दिएमा त्यो महिमा अन्ततः आफूमा नै फर्कन्छ ।”
विस्तृत रूपमा हेर्ने
हामीले प्रायः प्रशस्त फल फलेको रूखलाई हेर्दाखेरि आँखामा देखिने दृश्य फल र हाँगाहरूलाई मात्र हेर्ने गर्छौं, तर अदृश्य जरालाई भने बेवास्ता गर्न पुग्छौं । तर एकदमै रहरलाग्दो फल फल्नेसम्म पानी र अन्य पोषक तत्त्वहरू प्रदान गर्ने जराको भूमिका भने एकदमै महत्त्वपूर्ण हुन्छ । जराको कुनै अस्तित्व रहेन भने रूख पनि अस्तित्वमा रहन सक्दैन । हाँगाहरू जति मोटो र दह्रो भए पनि जराले राम्ररी काम गरेन भने त्यो रूख आफै बाँच्न अथवा फल फलाउन सक्दैन । त्यसै गरी हामी आफैले गरे जस्तो लाग्ने सबै कार्यहरू पनि हाम्रो शक्ति र बुद्धिद्वारा पूरा भएको होइनकि जराजस्तै अदृश्य ठाउँमा रहेर कार्य गर्नुहुने परमेश्वरको शक्तिद्वारा पूरा भएको हो भन्ने यथार्थतालाई हामीले कहिल्यै बिर्सिनुहुँदैन । ‘मैले गरेको हो’ भनेर सोच्नुचाहिँ एकदमै मूर्ख र डरलाग्दो सोचाइ हो…
माताको तेस्रो शिक्षा
“सुन्दर दृष्टिकोणले हेर्ने मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।”
विस्तृत रूपमा हेर्ने
यो पृथ्वीमा पापको खोल ओढेर जिइरहेका मानिस कोही पनि पूर्ण छैन । सबैमा गुण र अवगुण हुन्छ । जतिसुकै चरित्रवान्जस्तो देखिने मानिस भए पनि कहीँ-कतै कमजोर पक्ष हुन्छ, र जतिसुकै कमजोर चरित्र भएको मानिस भए पनि त्यो व्यक्तिमा कहीँ-कतै राम्रो पक्ष पनि हुन्छ । यदि हाम्रो मन घृणाले भरिएको छ भने अरूको गल्तीलाई मात्र औँल्याउन पुग्छौं, तर यदि सुन्दर मनद्वारा हेऱ्यौं भने अनुग्रहात्मक र राम्रा पक्षहरू मात्र देख्नेछौं । हरेक परिस्थितिमा सुन्दर मन लिन कदापि सजिलो छैन, तर परमेश्वरको वचनमा भरोसा गरेर दाजुभाइ-दिदीबहिनीलाई सुन्दर मनले हेर्न प्रयत्न गऱ्यौं भने माताको शिक्षाको वचनजस्तै हामीले घृणा नभएर पूर्ण प्रेम प्राप्त गर्न सक्नुको साथै परमेश्वरलाई खुशी तुल्याउन सक्नेछौं । अनि हाम्रा परमेश्वरले हाम्रो आत्मालाई प्रेम गर्नुभएजस्तै उहाँले हाम्रा दाजुभाइ-दिदीबहिनीको आत्मालाई पनि उत्तिकै प्रेम…
माताको चौथो शिक्षा
“अब्राहामले भतिजा लोतको निम्ति असल चीज त्याग गर्दा अझ उत्तम आशिष् पाएजस्तै हामीले पनि दाजुभाइ-दिदीबहिनीको निम्ति असल चीज त्याग गऱ्यौं भने अझ उत्तम आशिष् पाउनेछौं ।”
विस्तृत रूपमा हेर्ने
अब्राहामले परमेश्वरको बोलावट पाएर आफ्ना भतिजा लोतसँगै कनानको भूमिमा जाँदाखेरिको कुरा हो । जब तिनीहरूको बगाल र परिवारको सङ्ख्या बढ्दैगयो तब त्यो भूमि तिनीहरू दुवैका लागि साँघुरो भयो, अनि तिनीहरूका बगालका गोठालाहरूबीच झगडासमेत हुन थाल्यो । तब बगालका गोठालाहरू आपसमा झगडा नगरून् भनेर अब्राहामले भतिजा लोतलाई अलग्ग बाटो लाग्न सुझाव दिए । हुन त अब्राहामले पहिला रोजेर राम्रो भूमि आफूले लिन पनि सक्थे, तर तिनले लोतलाई पहिला भूमि रोज्न दिएर आफूले चाहिँ लोतले नरोजेको भूमि लिए । अब्राहाम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगडा पनि भयो । त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बस्थे । यसैकारण अब्राहामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचम झगडा नहोस्, किनकि हामी त नातेदार हौं । सारा…
माताको पाँचौँ शिक्षा
“अहङ्कारी मन भनेको आफूले चाहेअनुसार नहुँदा निराश हुने मन हो ।”
विस्तृत रूपमा हेर्ने
आफूलाई गरिएको व्यवहार, पाएको सेवा-सत्कारचाहिँ आफूले सोचेजस्तो नहुँदा मानिस निराश हुने गर्छ । यस्तो किसिमको निराशाचाहिँ अरूले आफूलाई बुझिदेऊन् अथवा सेवा गरून् भन्ने मनबाट आउँछ, जसलाई अहङ्कारी मन भनिन्छ । हामीहरू स्वर्गमा जघन्य पाप गरेर यो पृथ्वीमा धपाइएका पापीहरू हौं । त्यसैले हामीले कदापि अहङ्कारी मन लिनुहुँदैन, किनभने सेवा-सत्कार अथवा स्वीकार पाउने अधिकार पापीलाई हुँदैन । यस संसारको नियमलाई हेर्दा पनि, ठूलो अपराध गरेको अपराधीलाई झ्यालखानमा थुनिएर उसका सबै अधिकार र स्वतन्त्रता खोसिन्छ । तर आफू आत्मिक पापी हुँ भन्ने कुरा कहिलेकहीँ हामीहरू बिर्सने गर्छौं, र सेवा पाउन चाहने अहङ्कारी मन लिन पुग्छौं । अरूले आफूलाई नबुझिदिँदा अथवा सेवा नगर्दा हामीहरू निराश महसुस गर्दै गनगन र गुनासो गर्न पुग्छौं । यदि लगातार यसो भयो भने हामीले धन्यवादी मन गुमाउन पुग्छौं,…
माताको छैटौँ शिक्षा
“अरूहरूले काम गरेनन् भनेर गुनासो नगरी आफूले गर्नुपर्ने काम ईमानदार भएर गरौं । मालिकको मन लिएर काम गर्दा गाह्रो लाग्दैन र आनन्दित मनले काम गर्न सकिन्छ ।”
विस्तृत रूपमा हेर्ने
अरूहरूले काम नगरिरहेका बेला आफू एकलैले काम गर्नुपर्ने अवस्थाको पक्कै पनि सामना गरिन्छ । त्यस्तो अवस्थामा कहिलेकहीँ हामीहरू ‘उहाँले चाहिँ किन काम गर्नुहुन्न ?’ अथवा ‘किन मैले मात्र काम गर्नुपर्ने ?’ भनेर सोच्न सक्छौं, तर परमेश्वरले जस्तोसुकै अवस्थामा पनि मालिकको जस्तो मन लिएर काम गर्दा आनन्दित मनले काम गर्न सकिन्छ भन्नुभएको छ । खेतको मालिक र नोकरलाई एक पटक सोचौं । नोकरलाई फसल कटनीप्रति ठूलो चासो हुँदैन, र उसले न्यून प्रयत्न गर्छ । मालिकले हेरिरहेका छन् भने मात्र उसले कडा परिश्रम गरेको स्वाँग पार्छ । त्योचाहिँ उसले कति समय काम गऱ्यो भन्ने कुराको आधारमा ज्याला पाउने भएकोले हो । तर मालिकचाहिँ फरक हुन्छन् । तिनी सधैँ खेतको फसलप्रति चिन्तित हुन्छन्, बालीलाई सपार्ने उत्तम तरिकाको खोजीमा जुट्छन् । अरूले काम गरेन…
माताको सातौँ शिक्षा
“गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ । सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गरेमा गुनासो र अहङ्कार हटेर जान्छ, अनि नम्रताले हृदयमा वास गर्छ ।”
विस्तृत रूपमा हेर्ने
गुनासोचाहिँ सन्तुष्ट हुन नसक्दा उत्पन्न हुने मन हो । सन्तुष्ट हुन नजान्ने मानिसले सधैँ गुनासो गर्छ । परमेश्वरले जतिसुकै अनुकूल अवस्थामा राखिदिनुभए पनि उनीहरू धन्यवाद दिने कुराभन्दा पहिला नकारात्मक कुरा नै देख्छन् । तर माताले “गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ” भन्नुभएको छ । ‘त्यसो गर्नुहुँदैन,’ ‘मेरो तरिका अझ उत्तम छ’ अथवा ‘उसले मसित यस्तो व्यवहार नगर्नुपर्ने’ इत्यादि कुराहरू सोच्दा गुनासो गर्न पुगिन्छ । यस्ता गुनासोबाट हाम्रो मनमा अहङ्कार उत्पन्न हुन्छ, र अन्तिममा हामीले ‘सबैभन्दा राम्रो त म नै हुँ । मजत्तिको राम्रो त कोही छैनँ’ भनेर सोच्न पुग्छौं । अहङ्कारले हाम्रो आत्मालाई विनाशतर्फ डोऱ्याउने भएकोले हामीले जस्तोसुकै अवस्थामा पनि गुनासो नगर्न हरप्रयत्न गर्नुपर्छ । त्यसोभए गुनासो नगर्नको निम्ति हामीले कसो गर्नुपर्छ होला ? सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गर्नुपर्छ…
माताको आठौँ शिक्षा
“दाजुभाइ-दिदीबहिनीको प्रशंसा गरेमा प्रशंसा आफूमा नै फर्कन्छ ।”
विस्तृत रूपमा हेर्ने
भनिन्छ, “मीठो बोली पठाएमा मीठै बोली फर्कन्छ ।” यो भनाइले बोलीको विशेषतालाई दर्शाउँछ । वास्तवमा बोली भनेको प्रतिध्वनिजस्तै हो । हामीले अरूप्रति जस्तो बोली बोल्छौं, उताबाट पनि त्यस्तै बोली पाउँछौं । यदि अरूप्रति प्रशंसाको बोली बोल्छौं भने प्रशंसाकै बोली फर्कन्छ, र अरूलाई दोषारोपणको बोली बोल्छौं भने उताबाट पनि दोषारोपणकै बोली पाउँछौं । त्यसैले स्वर्गीय माताले हामीलाई “दाजुभाइ, दिदीबहिनीलाई प्रशंसा गरेमा प्रशंसा आफैमा फर्कन्छ” भन्ने शिक्षा दिनुभयो । हामीले यो शिक्षालाई याद गरेर सानो कुरामा पनि दाजुभाइ, दिदीबहिनीलाई प्रशंसा र प्रोत्साहन दिन्छौं भने त्यो प्रशंसा अन्ततः हामीमा नै फर्कनेछ । यसबाहेक यदि दाजुभाइ, दिदीबहिनीको मुखबाट प्रशंसा फर्किएन भने पनि हाम्रा सबै कार्य याद गर्नुभएका परमेश्वरबाट हामीले प्रशंसा र आशिष् पाउनेछौं । मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि…
माताको नवौँ शिक्षा
“समुद्रले सम्पूर्ण फोहोर-मैला लिएर शुद्ध गराएजस्तै सम्पूर्ण दाजुभाइ-दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गर्न सक्ने समुद्रजस्तै फराकिलो मन नै सच्चा सुन्दर मन हो ।”
विस्तृत रूपमा हेर्ने
स्वर्गीय माताले समुद्रजस्तै फराकिलो मन नै सुन्दर मन हो भन्नुभएको छ । समुद्रजस्तै फराकिलो मन भन्नाले दाजुभाइ, दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गरिदिएर उल्टै अरूको मनलाई शुद्ध गराउने मन हो । अनि योचाहिँ सजिलै रिसाउने, क्रोधित हुने मन होइनकि नम्रता र दयापूर्वक अरूलाई बुझिदिने, सहिदिने मन हो । स्वर्गीय माताले हेर्नुहुँदा यस्तो मन नै सुन्दर मन हो । त्यसोभए समुद्रजस्तै फराकिलो मन लिन हामीले कसो गर्नुपर्छ होला ? हाम्रो ठूलो पापसमेत क्षमा गरिदिनुभएका परमेश्वरलाई सोच्यौं भने हुन्छ । हामीहरू स्वर्गमा अक्षम्य पाप गरेर यो पृथ्वीमा धपाइएका पापीहरू हौं । तर परमेश्वर स्वयम् हाम्रो पापको निम्ति प्रायश्चितको बलि हुनुभयो । त्योद्वारा उहाँले हाम्रो पापको ज्याला सट्टामा तिरिदिनुभयो, र हाम्रा सबै पाप क्षमा गरिदिनुभयो । जब हामीले परमेश्वरको यस्तो अनुग्रह र प्रेमलाई सोच्दछौं…
माताको दशौँ शिक्षा
“थुमाद्वारा डोऱ्याइन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ ।”
विस्तृत रूपमा हेर्ने
स्वर्गीय माताले, थुमाद्वारा डोरिन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ भन्नुभएको छ, किनभने यदि हामीहरू थुमाभन्दा अझ सानो थुमा भएनौं भने हामीले कदापि थुमालाई पछ्याउन सक्नेछैनौं । थुमाभन्दा ठूलो बन्न खोजियो भने थुमाको नेतृत्वसँग हाम्रो सोचाइ मिलेको अवस्थामा हामी उहाँलाई एकैछिन त पछ्याउछौं, तर उहाँको नेतृत्वसँग हाम्रो सोचाइ नमिलेको अवस्थामा चाहिँ हामी आफ्नो इच्छाअनुसार गर्न थाल्छौं । हामीले आफ्नो सोचाइलाई फालेर थुमालाई पछ्याउनको निम्ति हामीहरू थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ । थुमा हुनुभएका परमेश्वरद्वारा डोरिन र स्वर्गीय राज्य प्रवेश गर्न हामी परमेश्वरभन्दा अझ सानो बन्नुपर्छ अर्थात् हामीले आफ्नो सोचाइलाई फालेर परमेश्वरको वचनलाई पूर्ण ठान्दै आज्ञाकारी हुनुपर्छ । विश्वासको जीवन जिउने क्रममा, परमेश्वरले सजिलो बाटोको सट्टामा किन हामीलाई कठिन बाटोमा डोऱ्याउनुहुन्छ भन्ने कुरा हामीहरू बुझ्दैनौं । अनि कहिलेकहीँ परमेश्वरको वचन…
माताको एघारौँ शिक्षा
“ठूलो भाँडा बन्ने प्रक्रियामा बलिदानको आवश्यकता पर्दछ ।”
विस्तृत रूपमा हेर्ने
परमेश्वरले हामीलाई भाँडासँग दृष्टान्त गर्नुभएको छ । सानो टोकरीमा धेरै फलफूल राख्न नसकिएजस्तै, हामीले जतिसुकै धेरै आशिष् पाउन र ठूलो कामदारको रूपमा प्रयोग हुन चाहे तापनि यदि हाम्रो मनको भाँडा सानो छ भने हामीले त्यो आशिष् कदापि प्राप्त गर्न सक्नेछैनौं । हामीसित धेरै आत्माहरूलाई समेट्न सक्ने ठूलो मनको भाँडा छ भने मात्र हामीले पवित्र आत्माको आशिष् प्रशस्त प्राप्त गर्न सक्नेछौं । तर भाँडा फराकिलो र गहिरो बनाउनको निम्ति कष्ट र खारिने प्रक्रियाबीच गुज्रिनुपर्ने हुन्छ । सियोनमा धेरै आत्माहरूलाई अँगाल्नको निम्ति बलिदानको आवश्यकता पर्छ । विश्वासको जीवन भर्खर सुरु गरेकोले हामीले एकदेखि दशसम्म विचारशील भइदिनुपर्ने त्यस्ता आत्माहरू पनि हुन्छन् भने रुखो र कठोर स्वभाव लिएका आत्माहरू पनि हुन्छन् । यी सबै आत्माहरूलाई हामीले प्रेमद्वारा अँगाल्नुपर्छ, र उनीहरूलाई विश्वासको सही मार्गमा डोऱ्याउनको…
माताको बाह्रौँ शिक्षा
“परमेश्वरसमेत सेवा गर्न यो पृथ्वीमा आउनुभयो । त्यसैले सेवा पाउने अपेक्षा नगरी आपसमा सेवा गर्ने मन नै परमेश्वर खुशी हुनुहुने मन हो ।”
विस्तृत रूपमा हेर्ने
हामीले कसो गर्नुपर्छ भन्ने कुरा परमेश्वर स्वयम्ले गर्नुभएर विश्वासको उदाहरण देखाउनुभयो । तीमध्ये एउटाचाहिँ ‘सेवाको उदाहरण’ हो । परमेश्वरचाहिँ सारा ब्रह्माण्डमा सबैभन्दा उच्च र आदरयोग्य हुनुहुन्छ, अनि सम्पूर्ण सृष्टिका थोकहरूबाट सेवा पाउनुपर्ने अस्तित्व हुनुहुन्छ । तर उहाँले उल्टै हाम्रो सेवा गर्नुभयो । परमेश्वरको यस्तो उदाहरणलाई पछ्याउँदै हामीले हाम्रा दाजुभाइ, दिदीबहिनीको सेवा गर्नुपर्छ । अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो । उहाँले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन् । तर तिमीहरूचाहिँ यस्तो नहोओ । तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस् । किनभने ठूलो को हो ? भोजन खान बस्ने कि सेवा गर्ने ? के भोजन खान बस्ने होइन ? तर…
माताको तेह्रौँ शिक्षा
“हामीले वर्तमान कष्टहरू सहँदै धैर्य गर्नुपर्ने कारणचाहिँ स्वर्ग-राज्य हाम्रो हुने भएकोले हो ।”
विस्तृत रूपमा हेर्ने
विश्वासको जीवन जिउने क्रममा हामीहरू गाह्रो र कष्टकर अवस्थाको सामना गर्छौं । कहिले सत्यताको निम्ति सतावट भोगिन्छ त कहिले शैतानको परीक्षामा पनि परिन्छ । अनि कहिलेकहीँ सियोनमा दाजुभाइ, दिदीबहिनीहरूसँग मनमुटाव हुने अथवा अन्य विभिन्न समस्या पनि आउँछ । सबै सन्तहरू कष्ट र सतावटको सामना गर्दै विश्वासको बाटो हिँड्छन् । तर परमेश्वरले हामीलाई, भविष्यमा आउने स्वर्गलाई याद गर्दै यी सम्पूर्ण कष्टलाई सहनू, धैर्य गर्नू भन्नुभएको छ । परमेश्वरले हाम्रो निम्ति स्वर्गमा अकल्पनीय आशिष्हरू तयार गर्दैहुनुहुन्छ । त्यहाँ फेरि शोक, पीडा र कष्ट नै हुनेछैन । अनन्त खुशी र आनन्दले भरिएको ठाउँ हुनेछ । यो पृथ्वीको हाम्रो जीवन गाह्रो र कष्टकर भए पनि त्यो स्वर्गको महिमालाई सोच्यौं भने जित्न सक्नेछौं नि, होइन र ? यो पृथ्वीको पीडा र कष्टलाई अनन्त स्वर्गको आशिष्सँग…