विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

शोक सन्तप्त व्यक्तिलाई कसरी मद्दत गर्ने ?

सबै मानिसहरूले, जीवनमा कसैलाई गुमाउँदाको क्षण अनुभव गरेका हुन्छन् । कसैले साथी गुमाउँछन्, कसैले परिवारजन, सहकर्मी, चिनाजाना इत्यादि गुमाउँछन् । कसैलाई गुमाउँदाको शोक र पीडा व्यक्तिअनुसार फरक त हुन्छ, तर आफ्नो मायालु परिवारजन गुमाउँदाको न्यास्रोपनाचाहिँ सबैभन्दा ठूलो हुन्छ । परिवारजन गुमाउँदाको शोकबाट सबै जना तर्किन चाहन्छन्, तर स्थायी/अस्थायी रूपमा आखिरमा सबैले यसको अनुभव गर्नुबाहेक विकल्प छैन । घनिष्ठ हुनुभएका हजुरबुबा, हजुरआमालाई गुमाएका नाति-नातिना, समुद्रपारिको विदेशमा पढ्न भनेर गएका सन्तानको तिर्सना गर्ने आमा, भेट्न चाहे तापनि भेट्न नसकिने गरी छरिएर रहेका परिवारजन, वर्षौंसम्म रोगसँग लडेर अन्तमा बित्नुभएका बुबालाई याद गर्ने छोरी, आधा जीवन सँगै बिताएका आफ्नो पतिलाई गुमाएकी पत्नी, दुर्घटनामा गुमाएका कलिला सन्तानलाई आफ्नो हृदयमा पुर्न विवश बनेका बुबा-आमा ... यदि हाम्रो वरिपरि यस्ता व्यक्तिहरू छन् भने हामीले उनीहरूलाई कसरी मद्दत…

टिभी बन्द गरेमा परिवार देख्न सकिनेछ !

​टेलिभिजन भन्ने शब्द प्राचीन ग्रीकको ‘टाढा’ भन्ने अर्थ रहेको ‘tele’ र ‘दृष्टि’ भन्ने अर्थ रहेको ‘vision’ भन्ने शब्दको संयोजनबाट आएको हो । शब्द आफैले बताएजस्तै टेलिभिजनचाहिँ टाढाको ठाउँ, पृथ्वीको विपरीत कुनामा भइरहेका कुराहरू पनि घरमै बसेर हेर्न सकिने प्रसारण प्रणाली हो । तर यसले वास्तवमा हाम्रो एकदमै नजिक रहने परिवारजनलाई चाहिँ हेर्नबाट रोक्छ भन्ने कुरा हामीले याद राख्नुपर्छ । रोइरहेको बच्चाको लागि टिभीमा कार्टुन लगाइदिनु अथवा सपरिवार भेला हुने बैठक कोठामा टिभी राख्नुचाहिँ दैनिक कुरा बनिसकेको छ । अहिले स्थलीय टिभी च्यानलहरू लगायत अन्य विभिन्न केबल च्यानलहरू पनि भएकाले अधिकांश परिवारहरू बिहान उठेदेखि राती ओछ्यानमा नढल्किउञ्जेल एउटा आदतको रूपमा टिभी अन गरेर राखिरहन्छन् । ‘स्वस्थ परिवारको गुण’ नामक पुस्तककी लेखिका डोलोरेस करेन भन्छिन्, “परिवार टुक्रिएकोले मानिसहरूले अत्यधिक मात्रामा टिभी हेर्न…

मध्य उमेर वर्गको किशोरावस्था भनिने ‘रजोनिवृत्ति’

‘हिजोआज आमाको व्यवहार अनौठो छ । उहाँले प्रायः झर्को लाग्छ, भावनात्मक रूपमा अस्थिरता छाउँछ, अनि सबै कुरा कष्टप्रद लाग्छ भन्नुहुन्छ । उहाँ एकदमै रिसाउने गर्नुहुन्छ, तर ओछ्यानमा पल्टिँदाखेरि अलि सुस्त बन्नुहुन्छ । उहाँलाई के भएको होला ?’ आमाको अनौठो व्यवहारले छोरा-छोरीलाई चिन्तित तुल्याउँछ । आमाले आफैलाई ऐनामा हेर्दाखेरि ऐनाको अगाडि कुनै वृद्धा बसिरहेजस्तो लाग्ने भएकोले उहाँलाई असहज महसुस हुन्छ । उहाँलाई अचानक आफ्नो मुटुको धडकन बढेजस्तो लाग्छ, अनि जति प्रयास गरे पनि आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न गाह्रो पर्छ । तर कुनै पनि कुरा कारणविना हुँदैन । यस्तो लगातार भइरह्यो भने महिलाहरूले आफू मध्य उमेर वर्गको किशोरावस्था भनिने ‘रजोनिवृत्ति’मा पुगें कि भनेर सोच्नुपर्छ । जीवन ऋतुहरूजस्तै परिवर्तनशील हुन्छ । ठूलो आवाजमा रोएर संसारमा पहिलो पाइला टेक्ने शिशुको बाल्यावस्थादेखि किशोरावस्थासम्मको समयचाहिँ साह्रो…

बच्चाहरूसँग गरिने ‘भावनात्मक कुराकानी’

बच्चाहरू भएको घर कुनै दिन पनि शान्त हुँदैन । बच्चाले, भनेको कुरा बुझ्ने भएर आफ्ना विचारहरू राख्न थालेसँगै बच्चा र बुबा-आमाबीच व्यापक द्वन्द्व सृजना हुन थाल्छ । एकदमै सुन्दर र प्यारो बच्चा नै भए पनि जिद्दी व्यवहार र झर्कोफर्को गर्दाखेरि बुबा-आमामा सबै कुरा छोडेर जाने मन पनि आउँछ । भनेको कुरा बच्चाले नमान्नु स्वाभाविकै हो । ऊ पनि मानिस भएकोले उसका केही चाहनाहरू हुन्छन्, अनि उसले आफ्नै तरिकाले सोच्ने गर्दछ । मानसिक र शारीरिक रूपमा अपरिपक्व भए पनि, अनि जरैदेखि मार्गनिर्देशनको आवश्यकता परेको भए पनि, सानै छ भनेर बेवास्ता गर्नुको सट्टा उनीहरूलाई सोच्न र बुझ्न सक्ने बन्नमा सहयोग गर्नुपर्छ । ‘सानो बच्चालाई के थाहा ?’ भन्ने सोच्दै बुबा-आमाको कुरा सुन्नैपर्छ भन्ने मनोवृत्ति लिएर बच्चासित व्यवहार गऱ्यो भने द्वन्द्व र सङ्घर्षको…

“हाम्रो घरमा पनि पारिवारिक भेला गरौं !”

विद्यालयमा कक्षा बैठक भन्ने हुन्छ, अनि कम्पनीहरूमा टोली बैठक र कार्यकारी सम्मेलन जस्ता विभिन्न किसिमका भेलाहरू आयोजना गर्ने गरिन्छ । कुनै सङ्गठन सञ्चालनको निम्ति भेलाचाहिँ स्वाभाविक र अपरिहार्य हुन्छ । परिवार पनि समाज निर्माण गर्ने एउटा सङ्गठन हो, जसमा समझदारी र सहमतिको निम्ति भेला आवश्यक हुन्छ । कसैले “पारिवारिक भेला गर्ने गर्नुभएको छ ?” भनेर सोध्यो भने “एक-अर्कासित मुश्किलले भेट हुन्छ,” “मेरो बच्चा अझै सानो छ,” “भेलामा खै के कुरा गर्ने र ?,” “उनीहरूले मैले भनेको सुने भइहाल्यो नि, भेला किन चाहियो र ?” यसरी प्राय: मानिसहरू पारिवारिक भेला आवश्यक नरहेको कुरा बताउने गर्छन् । व्यस्त औद्योगिक जीवनका कारण बुबा बाहिरको काममा, आमा घरायसी काममा, छोरा-छोरीहरू विद्यालयको अध्ययनमा व्यस्त रहने गर्छन् । यसकारण प्राय:जसो परिवारमा धेरै सदस्यहरू नभए तापनि पारिवारिक…

लोभ हटाएमा खुशी भरिन्छ !

नव वर्षको पहिलो दिन, सबै मानिसहरूको नव वर्षको शुभकामना सन्देश फरक-फरक हुने गर्छ, तर खासमा उनीहरूको कामना भने एउटै हुन्छ । त्यो नै ‘जीवन सुखी बनोस्’ भन्ने हो । खुशीको मापदण्डचाहिँ प्रत्येकको विचारअनुसार फरक हुन्छ । कसैले आफूसँग धेरै पैसा भएमा खुशी हुन सकिन्छ भनेर सोच्ने गर्छन् भने कसैले धेरै ख्याति कमाएमा खुशी हुन सकिन्छ भनेर सोच्ने गर्छन्, अनि कोहीचाहिँ आफूसँग अधिकार भएमा खुशी हुन सकिन्छ भनेर विश्वास गर्ने गर्छन् । तर एक जना करोडपति जे गोउल्डले मर्नुअघि “म संसारको सबैभन्दा दयालाग्दो मानिस हुँ” भनेका छन् । यूरोप कब्जा गर्न सफल भएका सम्राट नेपोलियनले “मेरो जीवनमा म साँच्चिकै खुशी भएको समयचाहिँ जम्मा ६ दिन थियो” भनी स्वीकारे । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई आफ्नो जीवनको सबैभन्दा खुशीको दिन…

घरायसी काम बाँडफाँडमा अचम्मको शक्ति छ ।

खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, सरसफाइ गर्ने, सामान मिलाउने, फोहोर व्यवस्थापन गर्ने, किनमेल गर्ने ... घरको काम दिनहुँ दोहोरिरहन्छ । गर्छौं तापनि त्यो देखिँदैन, तर गर्दैनौं त तुरुन्त प्रकट भइहाल्छ । घरको काम सरल र नगण्य देखिए तापनि यसको कारणले धेरै परिवारहरूमा कलह उत्पन्न हुन्छ । ‘तिमीले मलाई घरको काममा सघाउँदा के बिग्रिन्छ र ?,’ ‘हैन, दिनभरि काम गरेर आएको मान्छेलाई कति सताउन सक्नुभएको होला ?’ ‘आमाले नै यसो मिलाइदिनुभए हुन्छ नि’ ... समस्याचाहिँ घरको काम होइन, तर परिवारजनको सोचाइबीचको भिन्नता हो । कहिलेकहीँ घरको काम नगण्य र अनौठो लाग्नु तीतो यथार्थता हो । तर यदि भाँडा माझ्ने ठाउँ जुठा भाँडाहरूको दुर्गन्धले भरिएको छ, रेफ्रिजेरेटर रित्तो छ, फोहोर जताततै छरिएको छ, र नधोएकोले फोहोरै लुगा फेरि लगाउनुपऱ्यो भने के…

खुशी परिवार आराधना

शबाथको तयारी गर्ने ‘खुशी परिवार’ आराधना निर्देशिका ‘खुशी परिवार आराधना’चाहिँ शबाथ-दिनको तयारीस्वरूप हरेक शुक्रबार परिवारसँगै गरिने आराधना हो । हामीहरू एक हप्ताभरि गरेका कार्यहरू एक-आपसमा बाँड्दै परमेश्वरलाई धन्यवाद चढाउने र पारिवारिक एकता एवम् शान्तिको निम्ति प्रार्थना गर्दै पारिवारिक प्रेम बढाउने समय लिन्छौं । “मेरा शबाथहरू पवित्र राख, र ती मेरो र तिमीहरूका बीचमा चिन्ह होऊन् । तब तिमीहरूले म नै तिमीहरूका परमेश्वर हुँ भनी जान्नेछौ ।” इजकिएल २०:२० समय शबाथको तयारीको दिन शुक्रबार साँझ आराधना गर्ने । समयचाहिँ परिवारको अवस्थाअनुसार मिलाउने । क्रम १. तयारी भजन पारिवारिक आराधनाको तयारी गर्ने क्रममा नयाँ भजनद्वारा परमेश्वरलाई महिमा चढाउने । (अवस्थाअनुसार यो क्रम छोड्न पनि सकिन्छ ।) २. प्रतिनिधि प्रार्थना परिवारका सदस्यहरूले पालो तोकेर प्रार्थना गर्दा, प्रार्थनालाई जीवनको हिस्सा बनाउनमा धेरै सहयोग मिल्नेछ…

खुशी परिवार आराधना

5:02
0:00 5:02

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।