तपाईं दिनमा कति पटक आफ्नो परिवारलाई बोलाउनुहुन्छ ? आफूले बोलाउने कोही हुनु अथवा आफूलाई बोलाउने कोही हुनु भनेको मनोहर कुरा हो । बोलाउनु भनेको खोज्नु हो । हामी एकलै छैनौं, तर अरूसँग सम्बन्धमा छौं भन्ने अर्थ हो ।

कुनै एक जना कविले यसो भनेका थिए, “मैले उसको नाम बोलाउँदा ऊ मकहाँ आयो, र एउटा फूल बन्यो ।” तर कुनै मानिस सुन्दर फूल अथवा ओइलाएको फूल बन्ने कुराचाहिँ त्यो मानिसलाई कसरी बोलाइएको छ भन्ने कुरामा निर्भर हुन्छ । कसैले हँसिलो सोरले बोलायो भने प्रतिक्रिया दिन पनि सजिलो हुन्छ, तर छुच्चो र दिक्कलाग्दो सोरले बोलायो भने गाह्रो हुन्छ ।
मानिसको मन उसको सोरमा समेटिएको हुन्छ । कृपया आफ्नो अनमोल परिवारका सदस्यहरूलाई प्रेमको मनले बोलाउनुहोस् । तब उनीहरू सुगन्धित बास्ना फैलाउने सुन्दर फूलहरू बन्नेछन् ।
- सुझाव
- आफ्नो परिवारका सदस्यहरूलाई मायालु सोरले बोलाउने
- न्यानो र हँसिलो सोरले बोलाउने
- उनीहरूलाई मन पर्ने उपनामले बोलाउने
- उनीहरूलाई “ओइ” वा “तँ” भनेर नबोलाउने
- उनीहरूको नाउँअगि परिमार्जक थप्ने (जस्तै : ‘मेरो प्रिय ( ),’ मायालु ( ),’ ‘मेरो एकमात्र ( )’ आदि ।)
- कसैलाई पनि नकारात्मक भावले नबोलाउने