बाइबल र विज्ञान
विज्ञानलाई पनि नाघेको ‘सृष्टिकर्ताको अभिलेख’ हेरौं ।
मातृ नैसर्गिकता
प्रकृतिमा भएका सम्पूर्ण जीवित प्राणीहरू अरूको शिकार हुनबाट बच्न आ-आफ्ना प्राकृतिक शत्रुहरूबाट भाग्ने गर्छन् । तर मातृ नैसर्गिकताबाट उत्पन्न हुने साहसले ती प्राणीहरूलाई प्रकृतिको प्रबन्धविरुद्ध समेत जाने गराउँछ । जिराफले निडरतापूर्वक ५ वटा भोकाएका सिंहहरूलाई सीधै आक्रमण गर्छ, अनि सर्पसँग लड्न लोखर्केले आफ्नो ज्यानको बाजी राख्छ । त्यसको एकमात्र कारण नै आफ्ना बच्चाहरूलाई बचाउनको निम्ति हो । समुद्रमा बच्चा डल्फिनलाई आक्रमण गरेको सार्कलाई माउ डल्फिनले टाउकोले हिर्काउँदा सार्कको मृत्यु भएको घटनासमेत घटेको थियो । अबुझ वन्य जनावरको संसारमा आफ्ना बच्चाहरूलाई सुरक्षा गर्ने आमाहरूको सङ्घर्ष साँच्चै आश्चर्यजनक र हृदयस्पर्शी छ । मानिस पनि अपवादमा पर्दैन । कट्टरपन्थी आतङ्कवादी समूहको कुनै सदस्यसँग विवाह गर्न घरबाट भागेकी अपरिपक्व छोरीलाई सीधै आफैले गएर उद्धार गरी ल्याएकी आमा पनि छिन् । त्यसरी आतङ्कवादी समूहको कार्यकारी…
देखिने कुरा मात्र सबथोक होइन
मानवजातिले ‘सर्वश्रेष्ठ प्राणी’ को गरिमालाई जोगाउँदै, सभ्यताको क्षेत्रमा आश्चर्यजनक रूपमा प्रगति गरेको छ । तर ‘सर्वश्रेष्ठ’ भन्ने शब्दको अर्थ नै हराउने गरी, मानवजातिमा एउटा ठूलो कमजोरी छ । त्यो ठूलो कमजोरी भनेको संसारलाई आफ्नो त्रुटिपूर्ण ज्ञानेन्द्रियद्वारा बुझ्ने कुरा हो । अर्को शब्दमा भन्नुपर्दा, संसारप्रतिको हाम्रो चेतनाको स्तर ज्ञानेन्द्रियहरूमा निर्भर हुन्छ, अर्थात् हाम्रा ज्ञानेन्द्रियहरूले जति देख्न, सुन्न र महसुस गर्न सक्छन्, हामीले संसारलाई त्यही सीमाभित्र मात्र अनुभव गर्न सक्छौं । मानिसहरूले दृष्टि, श्रवण, गन्ध, स्वाद र स्पर्श जस्ता पाँच ज्ञानेन्द्रियहरूद्वारा संसारलाई बुझ्छन् । “हजार पटक सुन्नुभन्दा एक पटक देख्नु राम्रो हो” भन्ने भनाइजस्तै मानिसहरूले अन्य ज्ञानेन्द्रियहरू भन्दा दृष्टिलाई बढी विश्वास गर्छन् । कारण वस्तुहरूलाई बुझ्न वा पहिचान गर्नका लागि दृष्टिले ठूलो भूमिका खेल्छ । दृष्टिको ज्ञानेन्द्रियले धेरै जानकारीहरू सङ्कलन गरी मस्तिष्कमा…
बुबा-आमाबाट पाइने आयु
अहिले सुपर आयु समूह समाज आउँदैछ, र स्वास्थ्य तथा दीर्घायुसम्बन्धी धेरै समाचारहरू बाहिर आइरहेका छन् : १२० वर्षभन्दा बढी बाँचेर गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत मानिसहरूको दीर्घायुको रहस्य, विश्वका दीर्घायु गाउँ र गाउँलेहरूको जीवनपद्धति, जापानमा २६ वर्षसम्म बाँचेर हालसालै मरेको कुकुर इत्यादि । अरूको तुलनामा अलिकति लामो जीवन जिउँदा मानिसहरूको ध्यानार्कषण हुनुको कारण के होला ? किनभने दीर्घायुचाहिँ मानव-जातिको साझा चाहना हो । सभ्यताको विकास उल्लेखनीय रूपले भए तापनि विज्ञानले समेत अझै सुल्झाउन नसकेको रहस्य नै जीवन हो भन्ने कुरा यसबाट प्रमाणित हुन्छ । जीवन भनेको महसुस गर्न सजिलो तर परिभाषित गर्न निकै गाह्रो चीज हो । जीवनचाहिँ जीवित प्राणीहरू जिउँदो हुँदा हुने एउटा साझा गुण हो, अनि यसलाई सामान्यतया चयापचय(metabolism१), पुनरुत्पत्ति(regeneration) र विकास जस्ता विभिन्न विशेषताको रूपमा परिभाषित गरिन्छ ।…
अनन्त, अपरिवर्तनीय मानकको खोजीमा
आइतबार दिउँसो, गिम नाउँ गरेकी एक जना गृहिणी आफ्नो परिवारसँग किनमेल गर्न गइन् । तापक्रम माइनस २ डिग्री सेल्सियस भएकोले साथमा जाकेट लिएर उनीहरू गाडीमा चढे । नेभिगेसन प्रणालीले ५ किलोमिटरको दूरीमा रहेको सुपरमार्केट २० मिनेटमा पुग्न सकिने कुरा देखायो । सुरुमा, ती ग्रीहिणी आफ्नो श्रीमानको लागि जुत्ता किन्न गइन् । श्रीमानले २७५ मि.मि र २८० मि.मिको जुत्ता लगाइ हेरे, तर पछि उनले ठूलो साइजको जुत्तालाई रोजे । किराना पसलबाट, उनीहरूले बेलुकाको खानाको लागि ६०० ग्राम गाईको मासु, कम रकममा १ लिटरको दुई बोत्तल दूध र ५ किलोग्रामको स्याउ किने । तापक्रम, दूरी, तौल र विभिन्न आकार जस्ता अनगिन्ती सङ्ख्यात्मक कुराहरूले हामी जीवनभर घेरिएका हुन्छौं । मापनका यी एकाइहरू कसरी बनाइएका होलान् ? सभ्यताको मापन र एकाइ मानिसहरूले खेती गर्न…
शरीरको तापक्रमलाई कायम राख्दै
सन् १९९७मा ब्लकबस्टर बनेको चलचित्र ‘टाइटानिक’ । गहिरो आन्ध्र महासागरमा टाइटानिक डुबिरहँदा चलचित्रका मुख्य पात्र ज्याकले हड्डीसमेत ठिहिऱ्याउने चिसो पानीबाट रोजलाई उचालेर, तैरिरहेको जहाजको टुक्रामाथि राखे । अन्तमा ज्याक आफूचाहिँ बरफजस्तै चिसो भएर समुद्रमा डुबे । धेरै मानिसहरूलाई भावविह्वल बनाएको ज्याक र रोजको अन्तिम बिछोडको त्यो दृश्यलाई, अहिले पनि उत्कृष्ट चलचित्र दृश्यको रूपमा लिने गरिन्छ । ‘टाइटानिक’ चाहिँ वास्तविक घटनामा आधारित चलचित्र हो । सन् १९१२ अप्रिल १० तारिखमा, त्यो समयमा विश्वकै सबैभन्दा ठूलो पानीजहाज टाइटानिकले बेलायतको साउथ हेम्पटनबाट अमेरिकाको न्यू योर्कतर्फ करीब २,२०० यात्रु बोकेर औपचारिक यात्रा सुरु गरेको थियो । हुन त त्यसलाई ‘कदापि नडुब्ने जहाज’ भनिए तापनि प्रकृतिको शक्तिको तुलनामा त्यो केही रहेन । यात्रा सुरु गरेको ४ दिनपछि त्यो भाँचियो र गहिरो सागरमा डुब्यो । जहाज…
बाँच्नको निम्ति अनुकूलित मानव ज्ञानेन्द्रिय
सानो छँदा हामीले चलचित्रमा हेर्ने गरेको हाम्रो सुपरहिरो, सुपरम्यान ! ऊसित अलौकिक शक्ति हुन्छ । ऊसित आकाशमा स्वतन्त्र रूपले उड्न सक्ने शक्ति मात्र होइनकि एक हातले गाडी उचाल्न सक्ने शक्ति, टाढाका वस्तुहरू हेर्न सक्ने उत्कृष्ट दृष्टि र धेरै टाढाको सानो आवाज पनि सजिलै सुन्न सक्ने श्रवण शक्ति पनि हुन्छ । यीचाहिँ मानव-जातिले लिन नसक्ने शक्तिहरू हुन् । यही कारणले बच्चाहरूका लागि सुपरम्यान भनेको एकदमै डाहलाग्दो पात्र हो । त्यसोभए यदि हामीले पनि सुपरम्यानको जस्तै विशेष शक्ति पायौं भने के हुन्छ होला ? बाह्य क्रियाशीलताप्रति उचित प्रतिक्रिया मानव-जातिले वरिपरिको वातावरणबाट आउने विभिन्न किसिमका सङ्केत तथा जानकारीलाई आफ्नो ज्ञानेन्द्रियद्वारा स्वीकार्छ । तब मस्तिष्कले विस्तृत रूपमा विश्लेषण गरेर मोटर अङ्ग रहेका मांसपेशीहरूलाई आदेश दिई क्रियाशीलताप्रति प्रतिक्रिया जनाउँछ । यसलाई ‘क्रियाशीलता र प्रतिक्रिया’ भनिन्छ…
जीवनबाट सुरु हुने जीवन
कुनै समयमा चित्र कोर्न र कीराहरू हेर्न असाध्यै मन पराउने एक जना केटी थिइन् । ती केटीले रूखको हाँगामा टाँसिएको एउटा वस्तु देखिन् जुन कुनै ढुङ्गा वा बीउजस्तो देखिन्थ्यो । उनले महिनौसम्म त्यो वस्तुमा आएको परिवर्तन अवलोकन गरिन् र त्यसको चित्र बनाइन् । वसन्त ऋतु आएसँगै त्यो वस्तु नरम पखेटाका साथ आकाशमा उड्यो । वास्तवमा त्यो वस्तु प्युपा थियो जुन पुतलीको स्वरूपमा परिवर्तन भयो । प्युपालाई पहिलो पटक जादुई रूपमा परिवर्तन भएको देख्ने उक्त केटी मेरियन थिइन्, जो १७औँ शताब्दीकी जर्मन चित्रकार र पहिलो महिला कीटवैज्ञानिक थिइन् । यो वर्तमान समयमा कुरुप देखिने झुसिल्कीरा सुन्दर पुतलीमा परिवर्तन हुन्छ भन्ने कुरा सबैलाई थाहा छ तर सयौँ वर्षअघि कसैलाई पनि थाहा थिएन । मानिसहरूले फोहोरबाट निस्कने झुसिल्कीरालाई 'शैतानको फल' भन्थे, र पुतलीलाई…
आमा र बच्चालाई जोड्ने गर्भनाल र प्लेसेन्टा
कुनै समयमा अस्वच्छ र संक्रामक फोहोर मानिने गर्भनाल(umbilical cord) र प्लेसेन्टा(placenta), अहिले चिकित्सा क्षेत्रमा निकै चासोको विषय बनेको छ । त्यसको कारणचाहिँ वैज्ञानिकहरूले गर्भनाल र प्लेसेन्टामा विभिन्न किसिमका तन्तुहरूमा रूपान्तरण हुन सक्ने स्टेम कोषिकाहरू पत्ता लगाएकोले गर्दा हो । विशष गरी नालको रगत, जसलाई गर्भनालको रगत पनि भनिन्छ, त्यसमा रगत निर्माण गर्ने स्टेम कोषिकाहरू हुन्छन् र हड्डी, मांसपेशी तथा अङ्गहरू बनाउने मेसेन्काइमल स्टेम कोषिकाहरू(mesenchymal stem cells) हुन्छन् । हाल, यसलाई विभिन्न रोगहरूका उपचारका लागि अध्ययन गरिँदैछ र केही प्रविधिहरू त व्यावसायिक रूपमा प्रयोगमा समेत आइसकेका छन् । सन् २०००मा संयुक्त राज्य अमेरिकामा बस्ने ६ वर्षीया मोली नाम गरेकी बालिका फान्कोनी एनीमिया(रगतसम्बन्धी रोग) भन्ने घातक आनुवंशिक रोगबाट ग्रस्त भइन् । त्यसको एकमात्र उपचार भनेको स्टेम कोषिका प्रत्यारोपण थियो, तर उनीहरूले त्यो…
कीराहरूबाट सिक्नुपर्ने कुरा, सामूहिक बुद्धिमता
कमिलाको झुण्डले खानेकुराको टुक्रा बोकेर व्यवस्थित रूपमा यात्रा गर्छन् । तिनीहरू बाटो थाहा भए जसरी सुरुदेखि अन्त्यसम्म क्रमबद्ध रूपमा मिलेर बस्छन् । कमिलाहरू एकदमै व्यवस्थित रूपमा हिँड्ने भएकोले तिनीहरूभन्दा दर्जनौं गुणा ठूलो मिठाइ पनि क्षणभरमै गायब गरिदिन्छन् । तर कमिला एकलै हिँडिरहेको दृश्य हेर्ने हो भने, त्यो अनियन्त्रित रूपमा सबै दिशातिर हिँड्छ, र बाटोमा भेटिने अवरोधहरूलाई बेवास्ता गर्दै त्यो अगाडि बढ्छ । त्यसरी हिँड्दा त्यो एकदमै अविवेकी देखिन्छ । यद्यपि जब यी कमिलाहरू एकसाथ भेला हुन्छन्, तब उनीहरूले एकैछिनमा खानेकुरा सङ्कलन गर्छन् । यो दृश्य एकदमै अद्भुत हुन्छ । एक प्रतिभाशाली गणितज्ञ, कमिला सहकार्य वा प्रतिस्पर्धामार्फत प्राप्त गरिने बौद्धिक क्षमतालाई सामूहिक बुद्धिमता1 (Collective Intelligence) भनिन्छ । योद्वारा एक जनाको बुद्धि मात्र नभएर धेरै जनाको बुद्धि प्रयोग गरी ठूलो शक्ति प्रदर्शन…
विश्वको सबैभन्दा सही घडी
सबैभन्दा उत्कृष्ट अत्तर बनाउनको लागि, मानिसहरूले मध्यरातदेखि बिहानको २ बजेसम्म गुलाफ टिप्ने गर्छन् । योचाहिँ अँध्यारो र चिसो बिहानको समयमा गुलाबको सुगन्ध सबैभन्दा उत्कृष्ट हुने भएकोले हो । त्यसोभए किन बिहानको समयमा गुलाब अझ बढी सुगन्धित हुन्छ होला ? अनि तिनीहरूले यो समयमा सुगन्ध निकाल्नुपर्छ भनेर कसरी थाहा पाउँछन् होला ? यो कुरा केवल गुलाबको सन्दर्भमा मात्र लागू हुँदैन । हरेक दिन मध्यान्हको समयमा, त्यो समय थाहा भएजस्तै गरी पेट गुडगुड हुन्छ । अनि खाजा खाएर काम गर्न थालेपछि फेरि ३ बजेतिर पहिल्यै योजना बनाएजस्तै गरी निद्राले शरीर लट्ठ हुन थाल्छ । सूर्य उदाउँदा शरीर ब्यूँझिन्छ र रात पर्दा निदाउँछ । शरीरमा घडी भएजस्तै गरी मानिस लगायत असङ्ख्य जीव र बिरुवाहरूले दिन, महिना र वर्षको चक्रमा धेरै कुराहरू दोहोऱ्याइरहेका हुन्छन्…
जस्तो बुबा, त्यस्तै छोरा
सन् १९२०मा एक जना महिलाले आफू रुसको अन्तिम ग्रेन्ड रानी अनास्तासिया रहेको दाबी गरिन् । बोल्शेविक क्रान्तिका दौरान रुसी राजपरिवारका सदस्यहरू निर्ममतापूर्वक मारिएका थिए । उक्त घटना घटेको २ वर्ष भएको थियो । अनास्तासियाचाहिँ रुसका अन्तिम सम्राट निकोलस द्वितीयकी चौथो सन्तान थिइन्, जो ४ जना राजकुमारीहरूमध्ये सबैभन्दा मायालु थिइन् । ती महिलाको उपस्थितिले, रुसी राजपरिवारमा घटेको दुःखद घटनाप्रति सहानुभूति जगाउनुको साथै सर्वसाधारणको ध्यान पनि खिँच्यो । ती महिलाको नाम हो एना एन्डर्सन । राजपरिवारको बारेमा विस्तृत रूपमा जानकार भएकीले, अनि राजपरिवारको शिष्टतासँग परिचित र तिनको वरपरका मानिसहरूले तिनको बारेमा गवाही दिएकाले तिनी विवादको केन्द्र बनिन् । सत्यतथ्य पत्ता लगाउन ३७ वर्षको लामो युद्धपछि सन् १९७०मा जर्मन सर्वोच्च अदालतले त्यो कुरा सत्य हो कि होइन भनेर प्रमाणित गर्न नसकिएको फैसला सुनायो…