bible-word-nefaith-life-ne
  • No categories

बारम्बार सोधिने प्रश्नहरू

परमेश्वरको मण्डलीको बारेमा बारम्बार सोधिने प्रश्नहरू

परमेश्वरको मण्डलीले पारिवारिक खुशीको लागि कस्ता किसिमका कार्यहरू गर्दछ ?

भनिन्छ, घरचाहिँ बुबाको राज्य, आमाको संसार र छोरा-छोरीको स्वर्ग हो । घरचाहिँ मानव समाजको जग निर्माण गर्ने खुशीको आधारभूत एकाइ हो । त्यसैले परमेश्वरको मण्डलीले परिवारमा एक-अर्कालाई आदर गर्ने, विचारशील हुने र मेलमिलापमा रहने जस्ता बाइबलका शिक्षाहरू सिकाउँदछ । सन्तहरूले परिवारबाटै परमेश्वरको प्रेमलाई कार्यान्वयन गर्न सकून् भनेर परमेश्वरको मण्डलीले मासिक…

के परमेश्वरको मण्डलीले येशूज्यूलाई विश्वास गर्छ ?

परमेश्वरको मण्डली येशूज्यूलाई श्रद्धापूर्वक विश्वास गर्ने र उहाँको भय मान्ने मण्डली हो । यसको साथै योचाहिँ परमेश्वरको शिक्षालाई कार्यान्वयन गर्ने र मुक्तिको मार्ग प्रचार गर्ने मण्डली हो । येशूज्यूको क्रूसको बलिदानचाहिँ मानव-जातिको पाप सित्तैँमा क्षमा गरिदिनुभएका परमेश्वरको बलिदान हो । यदि येशू ख्रीष्टको प्रायश्चितको बलिदान र प्रेम नभएको भए मानव-जाति सबै अनन्त मृत्यु, पीडा र विनाशमा परेर मर्नुबाहेक अर्को विकल्प रहनेथिएन । येशूज्यूविनाको संसारचाहिँ निराशा र कष्टले भरिएको संसार हो । येशूज्यूचाहिँ मानव-जातिलाई मुक्तिको ज्योति प्रदान गर्न यो पृथ्वीमा आउनुभएर अनन्त जीवनको आशा दिनुभएका व्यक्ति हुनुहुन्छ । परमेश्वरको मण्डलीले येशूज्यूलाई विश्वास गर्छ, अनि उहाँलाई प्रेम गर्नुको साथै मानव-जातिलाई उहाँको महान् प्रेम र बलिदान सुनाउने कार्य गर्छ । अनि यो मण्डलीले येशूज्यूको नाउँलाई मात्र नभएर येशूज्यूको नयाँ नाउँलाई पनि विश्वास गर्छ,…

के परमेश्वरको मण्डलीले बाइबललाई विश्वास गर्छ ?

परमेश्वरलाई विश्वास गर्ने मानिस जो कोही होस्, उसले परमेश्वरको वचन समावेश भएको बाइबललाई विश्वास गर्नु स्वाभाविक हो । बाइबल परमेश्वरबाट पवित्र आत्माको प्रेरणा पाएका अगमवक्ताहरूद्वारा लिखित परमेश्वरको पवित्र र अचूक वचन हो (२ तिमो ३:१६-१७; २ पत्र १:२०-२१) । यसमा मानव-जातिलाई पापबाट मुक्त गराउने परमेश्वरको इच्छा, मानव-जातिलाई प्रेम गर्नुहुने परमेश्वरको प्रेमको मन, अनन्त स्वर्ग र मुक्तिको सन्देशको साथै हाम्रो आत्मासम्बन्धी शिक्षाहरू समावेश छ । युगको आदिदेखि अन्तसम्म देख्नुहुने परमेश्वरले हामी मानव-जातिलाई बाइबलद्वारा हाम्रो आत्मिक गृहनगर स्वर्ग-राज्यतर्फको सही मार्गमा डोऱ्याउँदैहुनुहुन्छ । परमेश्वरको यस्तो महान् वचन समावेश भएको बाइबललाई हामीले कसरी विश्वास नगरिरहन सक्छौं र ?

परमेश्वरको मण्डलीको दृष्टिकोणमा विधर्म भनेको के हो ?

बाइबलका अनुसार विधर्मी भनेको परमेश्वरलाई विश्वास गर्छु भनेर दाबी गरे तापनि परमेश्वरको आज्ञा पालन नगर्ने र मानव-निर्मित नियम र सिद्धान्तको छलमा परेर गठन भएको एक समूह हो (१ पत्र २:१-३) । वैधानिक अथवा विधर्म भन्ने कुराचाहिँ येशू ख्रीष्टको आज्ञा पालन गरेको छ कि छैन भन्ने कुराद्वारा निर्धारण गर्न सकिन्छ । सुरुको मण्डलीको समयमा पनि विधर्मीहरूदेखि सावधान बस भनेर चेतावनी दिइएको थियो (तीत ३:१०) । त्यसपछि मण्डलीमा अन्य धर्मका रीतिथितिहरू भित्रिएर त्यसले साँचो ख्रीष्टियान धर्मको कार्यजस्तै गरेर जरा गाड्यो । यसै क्रममा बाइबल-विरोधी सिद्धान्त र धर्मले ख्रीष्टियान सिद्धान्तको रूप लियो जुन अहिलेसम्म पनि पालन हुँदैआएको छ । यसर्थ हिजोआज परमेश्वरलाई विश्वास गर्छु भनेर दाबी गरे तापनि परमेश्वरको आज्ञा पालन नगर्ने त्यस्ता मण्डलीहरूलाई नै बाइबलमा विधर्मीको संज्ञा दिइएको छ । परमेश्वरको आज्ञा…

परमेश्वरको मण्डलीले हुर्किरहेका किशोर-किशोरीहरूका लागि कस्तो शिक्षा प्रदान गर्दछ ?

किशोर-किशोरीहरू र बालबालिकाहरू उज्ज्वल भविष्य निर्माण गर्ने नायकहरू हुन् । परमेश्वरको मण्डलीले उनीहरूलाई आफ्नो सपना साकार गर्नको लागि सच्चरित्र निर्माण गर्न, नम्र हुन, विस्तृत ज्ञान हासिल गर्न, सन्तानोचित कर्तव्य पूरा गर्न, शिष्टाचार र सद्गुण सिक्न मद्दत गर्दछ । ग्रीष्म र हिउँदे विद्यार्थी शिविरको समयमा बाइबल प्रशिक्षण, उल्लेखनीय प्रवक्ताहरूमार्फत विशेष वक्तव्य, किशोर-किशोरीहरूका लागि अर्केस्ट्रा कन्सर्ट, छात्रवृत्ति, विभिन्न ठाउँहरूको भ्रमण, स्वयंसेवा गतिविधिहरू, र सोउल(आशाको उद्यान) जस्ता मासिक पत्रिका नै यसका प्रतिनिधि कार्यहरू हुन् । किशोर-किशोरीहरू, बुबा-आमाहरू तथा शिक्षकहरू पनि सँगै सहभागी भएर एक-अर्कासित कुराकानी गर्ने र मेलमिलापमा रहने समय लिइरहेका छन् ।

परमेश्वरको मण्डलीले मानव-जाति र समाजका लागि के-कस्ता कार्यहरू गर्दछ ?

परमेश्वरले मानव-जातिलाई प्रेम गर्नुहुन्छ । परमेश्वरको मण्डलीले परमेश्वरको मुक्तिको खबर सारा संसारलाई थाहा दिनको निम्ति सुसमाचारका गतिविधिहरू गर्दछ । यसले राष्ट्रियता, जाति र संस्कृतिको सीमाभन्दा टाढा पुगेर विविध राहत कार्य, समानतासम्बन्धी जनचेतना, शिक्षा प्रवर्द्धन, वातावरण संरक्षण र मानव एकतासम्बन्धी गतिविधिहरूद्वारा मानव-जातिको हर्षपूर्ण भविष्य निर्माणमा विशेष ध्यान दिइरहेको छ । यसको साथै भूकम्प, आँधी र बाढी आउँदा विभिन्न मानवीय राहत तथा मर्मत-सम्भारका गतिविधिहरूद्वारा यो मण्डलीले छिमेकीप्रतिको प्रेमलाई व्यवहारमा लागू गरिरहेको छ । परमेश्वरको मण्डलीले अन्तर्राष्ट्रिय सङ्गठन र सरकारसँगको साझेदारीमा मानव-जातिको खुशी र शान्तिका लागि UN SDGs(दिगो विकास लक्ष्यहरू)लाई कार्यान्वयन गर्न प्रयास गरिरहेको छ ।

परमेश्वरको मण्डलीले धेरै स्वयंसेवा कार्यहरू गर्नुको कारण के हो ?

स्वयंसेवा ख्रीष्टियानको कर्तव्य हो । परमेश्वरलाई विश्वास गर्ने सन्तले संसारको नून र ज्योतिको भूमिका निर्वाह गर्नुपर्छ, अनि आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ भनेर बाइबलमा शिक्षा दिइएको छ (मत्ती ५:१३-१६; २२:३९) । परमेश्वरको मण्डलीले कोरिया लगायत विश्वभरिका विपन्न छिमेकीहरूलाई सहयोग गर्नुका साथै वातावरण सरसफाइ जस्ता विविध स्वयंसेवा गतिविधिहरू गर्दैआएको छ । यसको एकमात्र कारण नै सबै मानिसहरू यो विश्वव्यापी गाउँका एउटै परिवार भएकाले हो । बाइबलमा भएको असल सामरीको दृष्टान्तचाहिँ छिमेकीलाई प्रेम गर्नेसम्बन्धी असल शिक्षा हो । यस विषयमा वर्णन गर्नुभएका येशूज्यूले “तिमीहरूले पनि त्यसै गर” भन्नुभयो । परमेश्वरको यस्तो शिक्षालाई पछ्याउँदै विश्वव्यापी परमेश्वरको मण्डलीले एकै मनद्वारा स्वयंसेवा कार्यहरू गर्दैआएको छ ।

परमेश्वरको मण्डलीले संसारमा द्वन्द र भेदभाव हटाउन के-कस्ता गतिविधिहरू गर्दछ ?

भेदभावचाहिँ आफूलाई उच्च स्थानमा राखेर अरूलाई होच्याउने सोचाइबाट उत्पन्न हुन्छ । परमेश्वरले हामी मानव-जातिलाई आपसमा सेवा र प्रेम गर्नू भन्ने शिक्षा दिनुभएको छ । संसारमा सबैभन्दा स्वच्छ प्रेम नै आमाको प्रेम हो । अनि मानव-जातिलाई एउटै परिवारको रूपमा लिनुहुने माताको मनद्वारा परमेश्वरको मण्डलीले राष्ट्रियता, जाति, लिङ्ग र संस्कृतिबीच कुनै भेद नराखी संसारलाई एकताबद्ध हुन मद्दत पुऱ्याउँछ । बहुसांस्कृतिक परिवार वा अन्तर्राष्ट्रिय विद्यार्थीहरू र विदेशी संस्कृति अनुभव टोलीका लागि संस्कृति आदानप्रदान गर्ने अभियान र भेदभाव अन्त्य गर्ने अभियान पनि तीमध्येको एक हो । यदि सबैले माताको मन लिए भने भेदभाव हराएर यो संसार शान्तिपूर्ण ठाउँ बन्नेछ ।

परमेश्वरको मण्डली विश्वव्यापी मण्डली हो । विभिन्न पृष्ठभूमिका यति धेरै मानिसहरू कसरी एकतामा रहन सकेका होलान् ?

विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूको वर्ण, भाषा र संस्कृति फरक भए तापनि सबै जना पिता परमेश्वर र माता परमेश्वरको प्रेमभित्र रहेका एउटै परिवार हुन् । विश्वभरिका पादरी कर्मचारीको सम्मेलन, सुसमाचार सक्रियता गतिविधिहरू, अन्तर्राष्ट्रिय सहकारिता, समाज सेवा, अन्तर्राष्ट्रिय बाइबल गोष्ठी र “माफ गर्नुहोस्, धन्यवाद” जस्ता प्रेम आदनप्रदान गर्ने विभिन्न अभियान र बैठकहरू नै स्वर्गीय परिवारजनको एकताको आधार हो । मानव-जातिलाई अनन्त खुशी बाँड्ने उद्देश्यका साथ विश्वव्यापी परमेश्वरको मण्डली एउटै मनद्वारा एकताबद्ध भएको छ ।

परमेश्वरको मण्डलीमा जानुका राम्रा पक्षहरू के-के हुन् ?

परमेश्वरले स्थापना गर्नुभएर हुर्काउनुभएको परमेश्वरको मण्डलीचाहिँ बाइबलमा आधारित प्रवचन, पवित्र र भक्तिपूर्ण आराधना, पादरी कर्मचारी तथा सन्तहरूको नम्रता र विचारशीलता, बाँडचूँड तथा विभिन्न स्वयंसेवा गतिविधिले भरिएको प्रेमको गुँड हो । यो ठाउँमा पवित्र परमेश्वरको प्रेम र अनुग्रहद्वारा अनन्त जीवन र खुशीयाली प्राप्त हुन्छ । अनि मानव-जीवनको मूल अर्थलाई महसुस गर्नुको साथै आशापूर्ण भविष्य र मुक्तिप्रति निश्चितता प्राप्त गर्न सकिन्छ । परमेश्वरको सन्तान भएअनुरूप सही शिक्षाहरू सिकेर परिवार, विद्यालय र समाजमा असल जीवन बिताउँदै आफ्नो परिवारसँग मिलापमा रहेमा समुदाय, देश र सारा संसारलाई नै शान्तिमय ठाउँमा परिणत गर्न सकिनेछ ।